एल्बम कभरमा ट्रम्पको शव

November 5, 2017

अमेरिकी र्‍यापर स्नुप डग एउटा गीति एल्बम सार्वजनिक गर्ने तयारीमा छन् । तर, गीत सार्वजनिक नहुँदै एल्बम ‘मेक अमेरिका क्रिप अगेन’ले चर्चा पाएको छ । उनले आफ्नो एल्बमको ‘कभर फोटो’ सार्वजनिक गरेपछि एक्कासि विवाद र चर्चामा आएको हो ।

 

इन्स्टाग्रामबाट सार्वजनिक गरेको स्नुपको गीति एल्बमको कभर फोटोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शव देखिन्छ । यद्यपि, विवादमा तानिएपछि उनले अहिले त्यो तस्बिर इन्स्टाग्रामबाट हटाइसकेका छन् । तस्बिरमा स्नुप उभिएको अवस्थामा देखिन्छन् भने, उनको अगाडि अमेरिकी झन्डामा बेरिएको शव पनि देखिन्छ । शवको गोडाको बुढीऔँलामा एउटा ट्याग झुन्ड्याइएको छ, जहाँ ‘ट्रम्प’ लेखिएको छ ।

४६ वर्षीय स्नुपको प्रचारमा सक्रिय एक व्यक्तिले मिडियालाई बताएअनुसार पहिले एल्बमको अर्कै कभर तयार गरिएको थियो । ‘पहिलेको कभरमा ट्रम्पले लगाउनेजस्तो रातो क्यापका साथ ‘मेड अमेरिका ग्रेट अगेन’को मजाक उँडाइएको थियो । नयाँ कभरमा नीलो क्यापका साथ ‘मेक अमेरिका क्रिम अगेन’ लेखिएको छ,’ उनले भनेका छन् ।(नयाँ पत्रिकामा खबर छ ।)

सम्बन्धित समाचार