दर्ता तथा प्रवेश
अमेरिका
विभिन्न नेपाली समुदायद्धारा स्वस्थ्य शिविर र रक्तादान
मंगलबार, 15 मे 2012 19:37    PDF Print E-mail

 

alt

एभरेस्ट सम्वाददाता

न्युयोर्क- रक्तदान जीवन दान भन्ने पवित्र उद्धेस्य बोकेका विभिन्न १० नेपाली सस्थाले आइतबार न्युयोर्कमा रक्तादान तथा निशुल्क स्वस्थ्य शिविर आयोजना गरियो । स्थानीय चेन फेडेरेसनको हलमा आयोजित कार्यक्रममा विभिन्न नेपाली समुदायको उत्साहजनक सहाभागीता रहेको थियो । 'मदर्स डे' को अवसरमा आयोजित उक्त कार्यक्रम सिन्धु युएसए वेलफेर सोसाइटी, थकाली सेवा समिति, एनआरएन युएसए, मुस्ताङ किदुग, किरात राई सोसाइटी अफ अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज, ग्यालसुम्दो सेवा संस्था, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका, एसोसिएसन अफ नेपलिज फिजिसिएन इन अमेरिका र अमेरिका नेपाल फ्रेण्डसीप सोसाइटीको विशेष पहलमा भएको थियो ।

कार्यक्रममा १ सय भन्दा बढिले रक्ताचाप, कोलस्ट्रोल र सुगर जस्ता अन्य रोगहरुको निशुल्क परिक्षण गर्नका साथै चिकित्सकहरुबाट परामर्स समेत लिएका थिए । स्वस्थ्य परिक्षण पछि ७२ जनाले रक्तदान गरेका थिए ।

उक्त अवसरमा व्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनालीले यो पटक समेत गरि १ सय ४ पटक रक्तादान गरिसकेका छन । रक्तादान गर्नेहरुलाई संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी नियोगका उपप्रमुख सेवा लम्साल अधिकारी र अमेरिकन रेडक्रसका लेखा प्रबन्धक थोमस केनले प्रमाणपत्र प्रदान गरेका थिए । अमेरिकन रेडक्रसका लेखा प्रबन्धक केनले ७२ जनाले प्रदान गरेको रगतबाट २१५ जनाको अमूल्य जीवन बचाउन सक्ने भन्दै नेपाली समुदायले रक्तदानको क्षेत्रमा देखाएको यो सद्भाव र सहयोग महत्वपूर्ण रहेको बताए ।

रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकहरु डा. भूपेन्द्र वाग्ले, डा. रेखा हमाल, डा. उमेश पौडेल र डा.विनोद शाह आदि स्वास्थ्यकर्मीहरुले निःशुल्क स्वस्थ्य जाच गर्नमा योगदान पुर्‍याएका थिए । कार्यक्रम आयोजक सस्थाका तर्फबाट अर्जुन मैनाली, वंशलाल तामाङ, परिता राजभण्डारी, सतेन्द्र शाह, दावाग्याल्पो पुनेल, पूनम काफले , मणि वाङदेल, छेपक दोर्जी र ओमकार गौचन विशेष रुपमा खटेका थिए । त्यस्तै स्थानीय विलियम कुलिन ब्रान्ड हाई स्कुलका नेपाली क्लबका अध्यक्ष शिशिर थोकरको नेतृत्वमा आएका विद्यार्थीहरुले स्वयमसेवकको भुमीका निभाएका थिए ।

 

तस्विर अशोक पन्त नेपाल फोटोन्युज डटकम

पछिल्लो परिमार्जन ( मंगलबार, 15 मे 2012 20:27 )
 
अमेरिका र नेपाल चेम्बर अफ कमर्स बिच सम्झौता
आइतबार, 13 मे 2012 14:16    PDF Print E-mail

alt

अमेरिका, न्यूयोर्क - हालै गठित अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालका बिचमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा memorandum of understanding (mou) मा एक सम्झौता भएको छ । अमेरिका नेपाल व्यवसायी संघको आयोजनामा न्यूयोर्क रिजउडमा आयोजित कार्यक्रममा संघको तर्फवाट सचिव प्रकाश थापा, अध्यक्ष मोहन ज्ञवाली र नेपाल चेम्बर अफ कमर्सका तर्फवाट महासचिव कमलेस कुमार अग्रवाल र अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले हस्ताक्षार गर्नुभएको छ ।

 

अमेरिका भ्रमणमा रहेका उक्त व्यापारी मण्डलको स्वागतका लागी आयोजित उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूयोर्क स्थित कार्यालय नियोग र अमेरिका नेपाल व्यवसायी संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो । संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले "आज भएको यो सम्झौता अमेरिकामा रहेका नेपाली व्यवसायी र नेपालमा रहेका व्यवसायीका लागी ऐतिहासिक भएको छ भन्नुभयो ।" आजबाट अमेरिका नेपाल व्यवसायी संघ चेम्बरको आघिकारिक प्रतिनिधि भएको छ भन्दै उहांले यस संस्थाले नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको लागी चेम्बरले नेपाल र अमेरिकन सरकार संग पहल गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै चेम्बरका महासचिव कमलेस कुमार अग्रवालले यो सम्झौताले नेपाल र अमेरिकामा बसेर व्यवसाय गर्ने व्यापारी बिच एउटा पुलको काम गर्ने ,देशमा नयां लगानिका बाटाहरु खुल्ने र व्यापारीहरु बिच समन्वय सहकार्यमा महत्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयो । 

alt

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मिसनका नायव स्थायी प्रतिनिधी सेवा लम्सालले अमेरिका नेपाल व्यवसायी संघले सुरु गरेको यो काम ऐतिहासिक भएको र नेपाल मिसनले यो काम लाई सफल बनाउन सक्दो सहयोग गर्ने छ भन्नुभयो । त्यसैगरि मिसनका मिनिष्टर अफ काउन्सिल अमृत राईले अमेरिकामा हरेक संस्था भएपनि व्यापारीको संस्था नभएको र यो संघले व्यापारीहरुको लागी थालेको एकताले अमेरिकन नेपाली व्यवसायीहरु एक जुट भएर अगाडी बढ्ने छन भन्नुभयो ।

अमेरिकाका लागी नेपाली वाणिज्य दुत प्रेम राजा महतले यो संघले व्यापारीहरुलाई एकजुट बनाउनुहोस आफुले हरेक कदममा सहयोग गर्ने भन्दै अमेरिकी सरकार, यहांको चेम्बर संघ नेपाली व्यवसायीका लागी आफू काम गर्न तयार रहेको छु भन्नुभयो । दुई चेम्बरका बिचमा भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपाली व्यवसायीलाई ठूलो फाईदा पुग्ने छ भन्नुभयो ।

उक्त समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष् खगेन्द्र जिसीले नेपालमा बन्न लागेको संविधानमा दोहोरो नागरिताको प्रावधान हटाउन थालिएको छ भन्दै सबैले मिलेर यसलाई टड्कारो रुपमा उठाउनु पर्छ भन्दै यो संघले गर्ने क्रियाकलपमा आफ्रनो पूर्ण रुपमा सहयोग हुने छ भन्नुभयो । त्यसैगरि कार्यक्रममा रिजउड नेपलिज सोसाइटिका अध्यक्ष श्री पराजुलिले सामाजिक संस्था र व्यापारीक संस्था बिच समन्वय हुनुपर्छ भन्दै यो संघले अमेरिकामा रहेका व्यापारीहरुको उत्थानका लागि लडोस आफूले हरेक कदममा साथ दिन्छ भन्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले आगामी ६ देखि एक वर्ष भित्र अधिवेशन गर्ने ,हाल सम्म ३१वटा विभिन्न राज्यबाट २४० व्यपारीहरुले आवद्धता जनाइसकेको र यो संस्था गैर राजनितीक , मुनाफा रहित हुने उल्लेख गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सानुबाबु सिलवालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै व्यापारिक हितको लागी यो संस्था गठन भएकोले नेपालमा अमेरिकन लगानि भित्रयाउने महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्नु भएको छ ।

 

कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङ् छिरिङ्ग शेर्पा , पत्रकार सूर्य थापा , युएनडिएफका अध्यक्ष सिता खरेल , समाज सेवी डा; तारा निरौला ,वाल्टिमोर एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठ , शेर्पा किदुङ्गका सचिव पाशाङ्ग शेर्पा लगायतका वक्ताले दुई चेम्बर बिच भएको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै यसले व्यपारीहरुको हकहित,सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य केदार श्रेष्ठ लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत भाषण संघका कोषाध्यक्ष कुगां शेपाले गनुभएको थियो भने कार्यक्रमको संञ्चालन सचिव प्रकाश थापाले गनुभएको थियो ।

 

alt

 

अन्तमा अध्यक्ष मोहन ज्ञवालीले कार्यक्रममा सहभागीलाई धन्यवाद भन्दै आज भएको दुइ चेम्बर विचको सम्झौताले दुई देश विच व्यापारिक फाइदा हुने छ भन्दै नेपाल चेम्बर अफ कमर्सले नेपालमा विदेशी लगानी भित्रयाउनका लागी नेपालीहरुलाई वातावरण तयार गर्न अनुरोध गर्दै यहांको नेपाली व्यापारी, व्यवसायीहरुलाइ एक भएर लाग्नका लागी आव्हान गर्नुभयो ।

पछिल्लो परिमार्जन ( आइतबार, 13 मे 2012 14:43 )
 
शेर्पा किदुगको बुद्ध जयन्ती
सोमबार, 07 मे 2012 16:20    PDF Print E-mail

alt

 

ल्हाक्पागेलु शेर्पा

न्युयोर्क . शान्तिको अग्रदुत भगवान बुद्धको २५५६ औ जन्म जयन्तीको अवसरमा न्युर्योकस्थित शेर्पा एसोसियसन शेर्पा किदुगले आफनै भवनमा विविध कार्यक्रमका साथ बुद्ध जयान्ती मनायो । विहानदेखिनै पुजाका साथ शुरु भएको कार्यक्रममा उपस्थित धर्मगुरुहरुले किदुगले नवनिर्मित छोक्स्याममा देवदेवताको मुर्ति र महत्पुर्ण धार्मिक पुस्तक प्रतिस्थापना गरि पुजा प्रर्थाना गरेका थिए । विहानी साङ सेरकिम र बुद्ध बन्दनाका साथ शुरु भएको पुजा कार्यसंगै लामा गुरुहरुले सम्पुर्ण प्राणी जगत र विश्व शान्तिका कामना गरेका थिए । कार्यक्रममा शेर्पा किदुगको बौद्ध शिक्षक लोपेन गिर्मि छोटक र किदुग कार्य समितिका सदस्य लोपेन लामा पेम्बा शेर्पाले बुद्धको दर्शन र बुद्ध जयन्तीको बारेमा प्रवचन दिनुभएको थियो । त्यस्तै उपस्थित भक्तजनहरुले सामुहिक रुपमा बुद्ध बन्दना र प्रार्थना समेत गरेका थिए ।

 

 

alt

 

न्युयोर्कमा बसोबास गर्दै आइरहेको शेर्पाहरुको विशेष प्रयोजनमा भएको कार्यक्रममा किदुगका अध्यक्ष छोङबा शेर्पाले सबैलाई स्वागत गरेका थिए । किदुगका महासचिव दावा जाङबु शेर्पाद्धारा सञ्चालित कार्यक्रममा सास्कृतिक केन्द्रका अध्यक्ष छोङबा शेर्पा र किदुगका पुर्व महासचिव आङ ग्याल्जेन शेर्पाले शेर्पा किदुगको गतिविधिको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कल्चर सेन्टरको लागी सहयोग गर्ने नया संरक्षक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । उक्त अवसरमा किदुगको सास्कृतिक उप समितिद्धारा तयार पारेको बर्दो थोटुलको सिडि स्यारे टुल्कु रिम्पोचेद्धारा विमोचन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा न्युयोर्कको वाल्देनस्थित परमपुज्य गुरु शाक्य टि्रजेन रिम्पोचेको छेचे कुन्छोकलिङ गुम्बाबाट शेर्पा सास्कृतिक केन्द्रको लागी २५ हजार डलर प्रदान गरेका थिए ।

पछिल्लो परिमार्जन ( आइतबार, 13 मे 2012 13:37 )
 
अमेरिकामा क्रियासिल नेपाली पत्रकारको अधिबेसन सम्पन्न ।
सोमबार, 07 मे 2012 04:55    PDF Print E-mail

alt

अमेरिका र क्यानडाभरिको नेपाली पत्रकारहरुको साझा सस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको तेस्रो अधिबेसन आइतबार न्युयोर्कमा सम्पन्न भयो । अमेरिकाको विभिन्न राज्यमा क्रियासिल सयौ पत्रकारहरुको वीच सम्पन्न अधिबेसनले आङछिरिङ शेर्पाको सभापतित्वमा नया नेतृत्व चयन गरेको छ । उक्त कार्यसमितिको बरिष्ठ उप सभापतिमा गौतम दाहाल, महासचिवमा किसोर पन्थी, सचिवमा शिव विष्ट र कोषाध्याक्षमा गीता पन्थ चयन भएको छ । त्यस्तै पुर्वी क्षेत्रिय उपाध्याक्षमा पुरुषोत्तम ढकाल पेनसिलभेनिया, सुदुर पश्चिम क्षेत्रीय उपाध्याक्षमा जाङबु शेर्पा क्यालिफोर्निया, उपाध्याक्ष वासिटन डिसि क्षेत्रबाट विश्वराज थापा भर्जिनियालाई चयन गरेको छ । अधिबेसनले तीन जना सदस्य पछि थप्ने गरि सदस्यहरुमा न्युयोर्कस्थित दिनेश जंग शाह र इन्दिरा चोङबाङलाई पनि चयन गरेकेा छ ।

 

उक्त अधिबेसनमा बरिष्ठ उपाध्याक्ष बाहेक सवै पदहरु निर्विरोध निर्वाचित भएका थिए । बरिष्ठ उपाध्याक्ष पदका लागी गौतम दाहाल र सर्मिला उप्रेती वीच निर्वाचन भएको थियो । नेजाले अधिबेसन सफल बनाउन सबैलाई विज्ञाप्ती मार्फत धन्यवाद ज्ञापन गरेको छ । उक्त अधिबेसन योगेस उपाध्याय, गिरिश पोखरेल, शैलेश श्रेष्ठ र प्रताप अधिकारीको निर्वाचन कमिटिमा अधिबेसन सम्पन्न भएको थियो ।

alt

 

बसन्त डान्स सेन्टरका बाल कलाकारहरु राष्ट्रिय गीत गाउदै पछिल्तिर प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी उपप्रमुख सेवा अधिकारी बाया र वीचमा नेजाको सभापति कृष्ण शर्मा र दायातिर सल्लाहकार योगेस उपाध्याय ।

 

न्युयोर्कको ऐष्टोरियास्थित चेन फेडरेसनमा आयोजित उक्त अधिबेसनको उदघाटन संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी उप प्रमुख सेवा अधिकारीले गर्नुभएका थिए । उहाले मुलुकबाट टाढा यहासम्म आएर पनि नेपाली भाषा सस्कृतिको संरक्षण र नेपाली पत्रकारको हितमा नेजाले उल्लेखनीय कार्य गरेको बताउनु भएकी थिइन । उक्त अवसरमा समाजसेवी तथा प्राध्यापक डा तारा निरौला, नेपाल तथा पत्रकार महासंघका पुर्व कोषाध्याक्ष शिव खडका, बरिष्ठ पत्रकार तथा सल्लाहकार योगेस उपाध्याय, पत्रकार तथा पुर्व अध्यक्ष गिरिस पोखरेल, सल्लाहकार प्रताप अधिकारी, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, रिज्युड नेपाली सोसाइटीका अध्यक्ष श्रीपराजुली, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा १०३ औ पटक रक्तादान गर्न अर्जुन मैनाली, नेपाल आर्थिक पत्रकार संघ सेजनका अध्यक्ष प्रदीप चापागाई, युवा नेता आनन्दा विष्ट, नेपाली कांग्रेस उत्तर अमेरिका केन्दि्रय प्रतिनिधि मृदुला कोइराला, कानुन व्यवसायी खगेन्द्र जिसि, अन्तराष्टिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल, सगरमाथा टिभिका सञ्चालक राम खरेल , एनआरएन बोड अफ डिरेक्टर तथा कानुन व्यवसायी रमेश श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएका थिए । नेजाको सचिव सर्मिला उप्रेतीद्धारा सञ्चालित कार्यक्रममा अध्यक्ष कृष्ण शर्माले अमेरिकामा आएर पनि पत्रकारितामा क्रियासिल पत्रकारको हितमा सधै नेजा रहेको धारण व्यक्त गरेका थिए । कार्यक्रमको मध्यभागमा गायक तिलक श्रेष्ठले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । त्यस्तै महासचिव आङछिरिङ शेर्पाले वाषिर्क प्रगति विवरण प्रस्तुत गर्ने क्रममा नेजाले अमेरिकामा विभिन्न कार्यक्रम गर्नका साथै नेपालमा दुर्घटनामा परेका र विरामी भएर समास्या परेका पत्रकारहरुलाई आर्थिक सहयोग गदै आएको बताउनु भएका थिए । त्यस्तै नेजाले यस बर्षदेखिन नेपालको ग्रामीण भेगमा उत्कृष्ट पत्रकारिता गदै आएको नेजा बद्रीकुल उत्कृष्ट पुरस्कार प्रेस स्वतन्त्र दिवसको अवसर पारेर हेटौडाका पत्रकार प्रताप विष्टलाई १ लाख ११ हजार १ सय ११ रुपिया प्रदान गरेकेा बताउनुभयो । कार्यक्रममा नेजाद्धारा प्रकाशित स्मारिका प्रयासको पनि विमोचन भएको थियो ।

 

alt

 

 नेजाको अधिबेसनपछि नवनिर्वाचित कार्यसमिति र पुर्व कार्यसमितिका पदाधिकारीहरु , निर्वाचन मण्डल र सल्लाहकारहरु ।

 

तस्विरहरु ल्हाक्पागेलु शेर्पा , विमल नेपाल

 

 

 

 

पछिल्लो परिमार्जन ( सोमबार, 07 मे 2012 19:08 )
 
न्युयोर्कमा नेपाली पत्रकारको अधिबेसन चहलपहल
बिहिबार, 03 मे 2012 14:46    PDF Print E-mail

 alt 

न्युयोर्क- अमेरिकाभरिका नेपाली पत्रकारहरुको साझा सस्था नेपाल अमेरिका पत्रकार संघ -नेजा) को यही मे ५ र ६ तारिख न्युयोर्कमा हुने तेस्रो महाधिबेसनका लागी विभिन्न राज्यबाट पत्रकारहरु आउने क्रम बढेको छ । आगामी दुई वर्षेको लागी नया नेतृत्व चयन हुने यो अधिबेसनका लागी सुक्रबारदेखिनै पत्रकारहरु न्युयोर्कमा भेला हुन थालेका छन । पुरानो र नया दुबै गरि करिब सय भन्दा बढि सदस्यता रहेको नेजाले यस पटक न्युयोर्कको चेन फेडरेसनमा अधिबेसन आयोजना गदै छ । अधिबेसनमा भाग लिन आउने पत्रकारहरुको शनिबार साझ संयुक्त राष्ट संघका लागी नेपाल मिसनले रात्री भोजको आयोजना गर्ने भएको छ ।

" प्रवासको पत्रकारितासंगै नेजाको यो कार्यकाल समग्रमा नेपाली पत्रकारहरुको हितमा केही गरु भन्ने भावनाले अघि बडयौ " नेजाको महाधिबेसन तयारी समितिको संयोजक एवं महासचिव आङछिरिङ शेर्पाले भने " विशेष गरि हाम्रो लक्ष्य भनेको पनि प्रवासको पत्रकारिताको विकाससंगै नेपालमा क्रियासिल पत्रकारको लागी केही सहयोग गरु भन्ने हो " । उनले भने । उनका अनुसार नेजाको दुई वर्षे कार्यकालमा नेपाली पत्रकारहरुको हित अनुरुप यस वर्षदेखिन नेजा बद्रीकुल उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेजाद्धारा पहिलो पटक स्थापित १ लाख ११ हजार १ सय ११ नेपाली राशीको बद्री-कुल मेमेरियल पत्रकारिता पुरस्कार पयो पटक कान्तिपुरकर्मि बरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको छ । लामो समयदेखिन पत्रकारितामा लागेर कान्तिपुर दैनिकका लागि हेटौंडालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका विष्टले मकवानपुर जिल्लाका बनकरिया तथा चेपाङ्ग समुदायको उत्थानका साथै सामाजिक विकासकालागि पत्रकारितामार्फत विशेष भूमिका निर्वाह गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार बरिष्ठ पत्रकार भारतदत्त कोइरालाको संयोजकत्वमा पत्रकारहरु धर्म अधिकारी,खिम घले र सुशील शर्मा सदस्य रहेको पुरस्कार छनौट समितिले गरेको पठाएको सिफारिस आधारमा गरिएकेा हो ।

का अनुसार यो कार्यसमितिले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बाषिर्क भेला आयोजना गर्नुको साथै नेजाको सहयोगार्थ भर्जिनियाको फेयरफेक्सस्थित चलचित्र हलमा दास ढुङ्गा प्रदर्शन र खग्रास चलचित्र प्रदर्शन गरिएको थियो । यसै गरि नेजाले राजाको प्रत्यक्ष शासनकालमा जनताले भोग्नु परेको पिडा र तत्कालिन सेना प्रमुख रुक्मंगत कटुवलले निभाएको भुमीको बारेमा नेपाली समुदाय माझ अन्तरक्रिया भएको थियो ।

त्यस्तै नेपाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त विनय कसजुसंग प्रवासमा नेपाली पत्रकारिताको बारेमा र इन्टरनेशनल सेन्टर फर जोर्नालिज -आइसीएफजे)का कार्यक्रम निर्देशक रोबर्ट टिन्सिलीसंग पेशागत हकहित र नेपाली पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने सम्बन्धमा कार्यक्रमको विषयमा वार्ता गरेका थिए । यसको साथै नेजाले नेपालमा मोटरसाइकल दुर्घटनामा घाइते भएका रविन थपालियालाई १ हजार अमेरिकी डलर, त्यस्तै मृगौला रोग पीडित पत्रकार रमेश चालिसेको उपचारार्थ नेजाले ६० हजार ७ सय ५० रुपियाँ सहयोग रकम उपलब्ध गराएको छ । ती रकम नेजाले नेपाल पत्रकार महासंघको भवनमा आयोजित कार्यक्रममा सम्बन्धीत व्यक्तिलाई हस्तन्तरण गरेका थिए । नेजाले यस अघि मोटरसाइकल दुर्घटनामा परेको नेपाल समाचारपत्रको पत्रकार गजेन्द्र बुढाथोकी समेत आर्थिक सहयोग गरेका थिए । त्यस्तै हालै

झापामा कार्यरत पत्रकार यादवप्रसाद पौडेलको हत्याको घट्नालाई नेजाले एक विज्ञप्ति प्रकाशित गर्दै भत्र्सना गदै घट्ना निष्पक्ष छानवीन तथा दोषी माथि कार्वाहीको माग गरिएको थियो ।

पछिल्लो परिमार्जन ( बिहिबार, 03 मे 2012 14:54 )
 
पुस्तकालयका लागी सायद प्रर्दशन हुने
बिहिबार, 03 मे 2012 04:17    PDF Print E-mail

 

 alt

न्युयोर्क -  समय सापेक्षित रुपमा नेपाली चलचित्रमा आउन थालेको गुणस्तरिय विकास तथा परिवर्तनको कारणले अमेरिकामा पनि अहिले नेपाली चलचित्र प्रर्वद्धन हुन थालेको छ । हरेक हप्ता कार्यक्रम हुने व्यस्त न्युयोर्कमा हिन्दी चलचित्र मात्र रुचाउनेहरु समेत हलमा नेपाली फिल्म लागेको सुनेपछि हेर्ना पछि परेका छैनन । न्युयोर्कमा नेपाली चलचित्र हेर्ने वातवारण नेपाली युवाहरुको पहलमा स्थापित आइन्च प्रोडक्सनले गरेको छ । " नेपाली चलचित्रको प्रर्वद्धनसंगै सामाजिक कार्यमा सहयोग पुर्‍याउने उद्धेस्यले हामी यो कार्यमा लागेको हो " प्रोडक्सनका सस्थापक रोजन श्रेष्ठले बताए । न्युयोर्कमा दर्ता भएको यो सस्थाले गत महिना विभिन्न हलमा लुट चलचित्र सफलताका साथ प्रर्दशन गरेका थिए । त्यही सफलतापछि आइन्चले अब आगामी मे को १२ र १३ तारिख दुई दिन नेपाली चलचित्र सायद देखाउने भएको छ ।

 

नेपाल, अमेरिका र अष्ट्रिलिया एक साथ प्रर्दशन हुने यो चलचित्रको अमेरिका वितरण आइन्चले गर्ने भएको छ । "शिक्षाको लागी सिनेमा" भन्ने मुल मन्त्र बोकेको यो चलचित्रबाट आएको आम्दानीले नेपालमा पुस्तकालय बनाउने भएको छ । आइन्चले माइसन्सार फाउण्डेसनसंग मिलेर पुस्तकालय बनाउने यो योजना अन्र्तगत न्युयोर्क र बोष्टन लगायत अन्य राज्यहरुमा पनि यो चलचित्र प्रर्दशन गर्ने सोच राखेको छ । न्युयोर्कमा सटमुभी निर्माताको रुपमा चिनिन्दै आएको रोजन र कमल गुरुङद्धारा स्थापित यो सस्थाले सायदपछि आपवाद चलचित्र प्रर्दशन गर्ने भएको छ । यी चलचित्रपछि भविष्यमा नेपालमा बृद्धा आमाहरुको हितमा पनि केही गरु भनेर रचनात्माक कार्यको सोच पनि बनाइरहेका छौ कमलले बताए ।

 

" विदेशमा रहेपनि नेपालको शिक्षा लगायत अन्य क्षेत्रमा सघाउ पुर्‍याउन खोजेको सस्थाकेा यस्तो उद्धेस्य देशको लागी धेरै महत्वपुर्ण हो " आइन्चका सल्लाहकार अन्जन श्रेष्ठले भने" यस्तो कार्यमा सहयोग पुर्‍याउन सवैलाई आग्रह पनि गर्दछु " । अन्जन न्युयोर्कको क्रियासिल सामाजिक सस्था जिमिनको सस्थापक सदस्य समेत हुन ।

पछिल्लो परिमार्जन ( बिहिबार, 03 मे 2012 04:21 )
 
नेताको कमजोरीले देश पछि परेको छ ।
बुधबार, 02 मे 2012 01:41    PDF Print E-mail

 

 

 

 

alt

 

न्युयोर्क- तामाङ सोसाइटी अफ अमेरिकाको हालै निर्वाचित नया कार्य समितिले भारत सरकारका पुर्व सुरक्षा सल्लाहकार तथा सिक्किम विश्वविद्यालयका उपकुलपति डा. महेन्द्र पि लामालाई न्युयोर्कमा एक कार्यक्रमको वीच खादा ओढाएर स्वागत गरियो । न्युयोर्कमा अफिसियल भ्रमणको सिललिामा आइपुगेका बखत उपस्थित उपकुलपति लामाले नया कार्यसमितिलाई बधाईदिदै आफनो अनुभव र सरसल्लाह दिएका थिए । "हामी जहा पुगेपनि ज्ञान र शिक्षानै एकदम महत्वपुर्ण कुरा रहेछ " । उनले भने आज नेपालमा तामाङ जाती पछि पर्नुको मुख्य कारण भनेको पनि शिक्षाकै अभावको कारण हो । उनले भने " दार्जिलिङमा म उपकुलपति भएर मात्र होइन अरु जातहरुमा हेर्दा पनि सवैभन्दा टाठाबाठा र शिक्षित भनेकै तामाङ जातीनै हो " । उनले सवैलाई अनुरोध गरे तपाईहरुले पुग्ने गरि खर्च गर्नुहुन्छ भने शिक्षामा मात्र गर्नुस " । तपाईहरुले गर्नुभएको लगानी जीवनभरिमा स्पष्ट नतिजा देख्नु हुनेछ ।

 

alt 

 

 नेपाली मुलको तामाङ लामा दार्जिलिङमा जन्मेर हुर्केर सानो उमेरमा उपकुलपति भएको व्यक्ति हुन । उनले भारतको सुरक्षा समितिमा काम गरेको अनुभवदेखि विश्वविद्यालयको उपकुलपति हुदाको रोचक अनुभव सुनाएका थिए । उक्त अवसरमा उनले नेपालमा नेताहरुको स्वार्थी विचारको कारण देश उभो लाग्न नसकेको गुनासो गरेका थिए । देशमा नेता र दलहरुको सोचाईमा परिवर्तन नआएसम्म कहिले पनि राम्रो परिवर्तन नआउने बताएका थिए । उनले भने देशमा नेतृत्व गर्छु भन्ने नेपालको नेताहरुलाई किराको रुपमा तुलना गरेका थिए । उनले भने "देश सुधार्न नसक्ने नेपालको नेताको सोचाई भुसुनाको जस्तो छ , काम गर्ने तरिका गंगाटोको जस्तो छ अनि टोकाई उपियाको जस्तो छ " । यस्तै सोचाईले गर्दा देश कहिल्यै पनि माथि उठन नसकेको हो । नेपाल आर्थिक दृष्टिले धेरै माथि पुग्ने देश भएपनि नेताहरुको कमजोर सोचको कारण जहाको त्यही भएको उनका धारण रहेको छ । दुई विशाल मुलुकको वीचमा भएपनि नेपालमा भएको श्रोत साधानको हिसाबले आर्थिक रुपमा सम्पन्न हुने धेरै आधारहरु छन तर नहुनुमा नेताहरुकै सोचको कमजोरी हो । उनको साथमा न्युस्कुल तथा न्युयोर्कस्थित इण्डिया चाइना इनिष्टच्युडको डाइरेक्टर अशोक गुरुङ पनि आएका थिए । कार्यक्रममा सोसाइटीका पुर्व अध्यक्षहरु सुबास लामा, राम तामाङ , बंशलाल तामाङ , इन्द्र तामाङ र भरत लामाको उपस्थिति रहेको थियो ।

alt

 

सोसाइटीको महासचिव बुद्धिमान तामाङद्धारा सञ्चालित कार्यक्रममा वर्तमान अध्यक्ष सांगे लामा रुम्बाले सवैलाई स्वागत गरेका थिए ।

तस्विर तथा लेख आङछिरिङ शेर्पा

पछिल्लो परिमार्जन ( बुधबार, 02 मे 2012 17:49 )
 
नाइनटिन सेभेन्टी फोर एडीको मिलनमा सबै नाचे ।
बिहिबार, 26 अप्रिल 2012 05:29    PDF Print E-mail

alt

आङछिरिङ शेर्पा

न्युयोर्क- लामो समयदेखिन नेपालमा अलगिएका चर्चित रक व्याण्ड नाइटिन सेभेन्टी फोरएडीका व्याण्ड मेम्बरहरु न्युयोर्कमा आएर मिलेका छन । आपसी असमहमतिका कारण अलग भएर पनि न्युयोर्कमा एकता भएर गीत प्रस्तुत गर्दा उनीहरुका फयानहरु मात्र होइन स्वयम व्याण्ड मेम्बर पनि खुसी भएका थिए ।

नेपाली संगीत दुनियामा बेग्लै चिनारी बनाउन सफल यो व्याण्डका मेम्बरलाई एकता गराउने मुख्य योगदान एनवाइसी हिमालयन प्रोजेक्टले गरेका हुन । प्रोजेक्टले न्युयोर्कमा सांगितिक कार्यक्रम आयोजना गर्ने क्रममा उनीहरुलाई एकता गराएका हुन । ' नेपालका चर्चित नेपाली व्याण्ड मेम्बर वीच एकता गराई कार्यक्रम आयोजना गर्न पाउदा हामीलाई निकै गौरब लागेको छ' एनवाइसी हिमालयन प्रोजेक्टका सस्थापक सदस्य पासाङ शेर्पा भन्छन-' उहाहरुको नेपाली गीत संगीत क्षेत्रको लगाव र योगदानको कदरस्वरुव हामीले यो पहल गरेको हो' । पासाङ न्युयोर्कको युवामाझ चर्चित समसरा सांगितिक समुह र एनवाइएनसी फुटबल क्लबका प्रतिनिधि हुन । यसै वर्ष स्थापना भएको सस्थाले छोटो समयमै 'नाइनटिन सेभेन्टी फोर रि युनाइट' कन्र्सट र न्युयोर्कको मनाङ मस्याङदी फुटबल क्लबलाई एक हजार डलर समेत सहयोग गर्न सफल भएका छन । पासाङ समसरा सांगितिक व्याण्डको सस्थापक गायक तथा गितारिष्ट तथा जिमिनका प्रतिनिधि समेत हुन । उनीसंगै समसरा व्याण्डकै अर्का व्याण्ड मेम्बर तथा मनाङ मस्याङदी बस्केटबल क्लबका सस्थापक सदस्य कर्मा तेन्जिङ र जिमि गुरुङ याक तीन जना मिलेर यो सस्था स्थापना गरेका हुन । तीनै जनाको सोच अनुसार यो प्रोजेक्टले गीत संगीतको प्रर्वद्धनसंगै नेपाली प्रतिभालाई माथि उठाउने कार्यक्रम गर्नका साथै नेपाली चलचित्रलाई विश्व बजारमा माथि उठाउने लक्ष्य रहेको छ । यही लक्ष्य अनुरुप उनीहरुले पहिलो पटक गत हप्ता म्यानहृटनको सेकेन्ड एभिन्युमा सयौ दर्शकहरुको वीच कन्र्सट तथा फेसन सो कार्यक्रमको आयोजना गरियो ।

 

alt

 

कार्यक्रममा आर्युवेदा र सोलानीका संगितिक समुहले पनि बेग्ला बेग्लै गीत प्रस्तुत गरेका थिए ।

 

 

alt

 

 

नेपाली तथा तिब्बेतीयन डिजाइनरलाई प्रोत्साहनका लागी गरेको फेसन सोमा मिस एएनए २००८ का विमिन रञ्जितले संयोजन गरेकी थिइन । फेसन डिजाइनरहरु ङमिाडोमा, तेन्जिङ स्याम्फेल र प्रतिक्षा श्रेष्ठले डिजाइन गरेकेा लुगामा मिस नेपाल युएसए सुजिता बस्नेत र मिस एएन २०१० का समरागी श्रेष्ठ लगायतका १५ जना चर्चित मोडलले मोडलिङ गरेका थिए ।

कार्यक्रममा लामो समयदेखिन अलग भएको नाइन्टिन सेभेन्टी फोर एडीको मिलन समुहको गीत सुन्न टाढाटाढादेखि न्युयोर्कमा दर्शहरु ओइरिएका थिए । पुरानै व्याण्डको सबै सदस्यहरुले संगीत प्रस्तुत गर्दा उपस्थित सवै हर्षले नाचेका थिए । व्याण्डका गायक तथा गितारिष्ट फिरोज स्याङदेन व्याण्डबाट अलग भएर केही वर्षदेखिन न्युयोर्कमा बस्दै आएका थिए । अन्य चार जना मनोज केसी, निराकार याक्थुम्बा, एडि्रन प्रधान र सन्जय श्रेष्ठ भने रक फर नेपालको निम्तोमा अमेरिकामा संगितिक कार्यक्रम प्रस्तुत गर्न आएका छन ।

 

 

alt

 

आर्युवेदा - नेपाली र अमेरिकन कलाकार अiवद्ध अमेरिकाको नेपाली संगितिक व्याण्ड हो आर्युवेदा । सन २००७ देखि अमेरिकामा खोलिएको यो व्याण्डले विभिन्न राज्यमा अहिलेसम्म सयौ कार्यक्रममा आफनो कला प्रस्तुत गरेका थिए । दिवस गुरुङ मुख्य गायक रहेकेा आर्युवेदमा माइक पाकार ड्राम बजाउछन भने दन हालपेरिन वेस गितार बजाउछन । दिवससंगै उनीहरु दुबैले राम्रो नेपाली संगीत बजाउछन । अध्ययनको क्रममा यी अमेरिकन कलाकारले नेपाली गीत बजाउन सिकेका थिए । आयुर्वेदिक भने झै आर्युवेदाले मौलिक संगीतलाइ पस्कने मद्धत गरेको छ । ' हामीलाई आर्युवेदामा लागेर नेपाली संगीतसंग नजिक हुन पाउदा मनमा खुसी लागेको छ ' माइक पारकार बताउछन ।

 
तामाङ सोसाइटीमा साङगे
बुधबार, 25 अप्रिल 2012 03:58    PDF Print E-mail

alt

न्युयोर्क- तामाङ जातीको हकहितको लागी स्थापित तामाङ सोसाइटी अफ अमेरिकाको छैटो अधिबेसनले साङगे लामा रुम्बाको अध्यक्षतामा नया कार्य समिति गठन गरेको छ । न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको भवनमा आयोजित उक्त अधिबेसनले उपाध्याक्षमा फुर्वा तामाङ घिसिङ, महासचिवमा बुद्धिमान तामाङ, सचिवमा अमर तामाङ र कोषाध्याक्षमा निमा पाखि्रन र सहकोषाध्याक्षमा विजय तामाङलाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा लुइसाङ वाइवा, सुनिता तामाङ, राधिका तामाङ, धन बहादुर तामाङ र विजय तामाङलाई निर्वाचित गरेको छ ।

 

पछिल्लो परिमार्जन ( बिहिबार, 26 अप्रिल 2012 04:13 )
 
बाल्टिमोरमा पहिलोपटक रक्तदान
सोमबार, 16 अप्रिल 2012 11:20    PDF Print E-mail

alt

 

बाल्टिमोर,अमेरिका— नयाँ वर्षको अवसर पारेर नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरले यहाँ रक्तदान कार्यक्रम सम्पन्न गरेको | आइतवार टिमोनियमस्थित  स्थानीय रेडक्रस केन्द्रमा आयोजित रक्तदान कर्यक्रममा विभिन्न १९ जनाले रक्तदान गरेका थिए | बाल्टिमोरमा नेपाली समुदायको तर्फबाट रक्तदान आयोजना गरिएको यो नै पहिलोपटक हो | कार्यक्रमको बारेमा जानकारी पाएर आयोजक रक्तदाताहरुलाई प्रोत्साहन प्रदान गर्नका लागि न्यूयोर्कमा रहेका ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली   स्थानीय नेपाली सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका बानाका अध्यक्ष विजय श्रेष्ठ पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो | कार्यक्रम जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति सुभाष घिमिरेको संयोजनमा भएको थियो | रक्तदान गर्न नमिलेता पनि कार्यक्रममा स्थानीय अन्य कांग्रेस शुभेच्छुकहरुको पनि उपस्थिति रहेको थियो

कसले गरे रक्तदान

कार्यक्रममा सुभाष घिमिरे,गौतम दाहाल,अनुप खनाल,रेखा दाहाल घिमिरे,संजीव खड्का,अमृता पाण्डे,दिलकुमार श्रेष्ठ,सुवीर प्रधान,कृष्ण बराल,आनन्दकृष्ण घिमिरे,शोभा घिमिरे,कुलमणी आचार्य,श्यामकृष्ण घिमिरे,प्रवीण खड्का,किरण पन्थ,राजन त्रिपाठी,सतिश चापागाईं,सगर घिमिरे कूलप्रसाद गुरुङले रक्तदान गर्नु भएको थियो | यसैबीच समितिका सभापति सुभाष घिमिरेले सम्पूर्ण रक्तदाता,उपस्थित अन्य महानुभावहरु रेडक्रस केन्द्रका सबैलाई कार्यक्रम सफल बनाई दिनु भएको भन्दै च्याप्टर कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्

पछिल्लो परिमार्जन ( सोमबार, 16 अप्रिल 2012 11:25 )
 


Page 1 of 3