Everest Times

अमेरिकी सरकारले दुई नेपालीलाई कुईन्स बोरो मेम्बरमा नियुक्त

अमेरिकी सरकारले शेर्पा किदुगका पुर्व अध्यक्ष ल्होप्साङ थिले शेर्पा र रिज्युउड नेपाली सोसाइटीका सस्थापक अध्यक्ष मोहन ज्ञवालीलाई कुइन्सको बोरो प्रेसिडेन्टले कम्युनिटि बोर्ड ‘थ्रि’ र बोर्ड ‘फाइभ’मा नियुक्त गरेको छ ।

शेर्पा किदुगको पुर्व अध्यक्ष लोप्साङ ठिले शेर्पा सालाकालाई न्युयोर्कको कुइन्स बोरो प्रेसिडेन्टले कम्युनिटि बोर्डथ्रीको बोर्ड मेम्बरमा नियुक्ती गरेको छ । यो नियुक्ती पाउने उनी पहिलो शेर्पा हो । उनलाई गत अप्रिलको १ तारिखबाट आगामी सन २०१९ को मार्च ३१ तारिखसम्मलाई यो जिम्मेवारी दिएको हो । उनले पाएको यो जिम्मेवारी अबको युवा पुस्ताको लागी प्रेरणाको स्रोत बन्ने छ । यसको साथै अब उनीबाट युवा पुस्ताहरुले सिक्ने मौका समेत मिल्नेछ । ‘ मेहेनत गरेमा असम्भव भन्ने कुरा केही पनि छैन ’ लोप्साङले भने ‘ यो देशमा नेपाली समाजको अबको युवाहरुले मेहेनत गरेमा धेरै कुराहरु सिक्न सकिने र गर्न सकिने अवसरहरु रहेछ ’ । उनले पाएको यो जिम्मेवारीले अब नेपाली समुदायलाई न्युयोर्कसिटि र संघीय सरकारसग काम गर्ने तरिकाको बारेमा बुझन सजिलो हुने भएको छ । बोर्डले शिक्षा, वातावारण, स्वास्थ्य तथा मानव सेवा, घर ब्यवसाय, जनसुरक्षा, सार्वजानिक यातायत, सरसफाई, बजेट, प्रहरी लगायतका बिषयमा स्थानिय सरकारसंग कार्य गर्दछ ।

मिचिगन युनिभर्सिटि र न्युयोर्क स्टेट युनिभर्सिटि असवाइगोबाट विजनेस र प्रशासन विषयमा मास्टस अध्ययन गरिसकेका उनी अहिले कोलोम्बिया युनिभर्सिटिबाट सामाजिक निति विषयमा समेत उच्च अध्ययन गरिरहेका छन ।  शेर्पा समुदायको हितमा स्थापित शेर्पा किदुगमा सन २००१ देखि लागेका उनले २००७ सम्ममा महत्वपुर्ण कार्यहरु गर्न सफल भएका थिए । किदुगको नेतृत्व गरि सकेका उनकै कार्यकालमा किदुगलाई फाइवोवानथ्रिसीको रुपमा मान्यता प्रदान गरि कानुनी तथा व्यवहारिक रुपमा अघि बडाएका थिए । उनकै कार्यकालमा पहिलो पटक शेर्पा किदुगको कार्यालय खडा गरि अहिलेको गुम्बा निर्माणको लागी त्यतिखेर ब्रुकलिनको जाङबु शेर्पा, छोङबा शेर्पा खम्बाचे, कर्मा शेर्पा खम्बाचे (केके कर्मा ) र उनी आफैले शुरु गरेको आर्थिक संकलनबाटनै ट्रष्टीको अवधारण शुरु गरि गुम्बा खडा भएको अविष्मरणीय रहेको बताउछन ।

हिमालयन बुद्धिष्ठ कम्युनिटिको नेतृत्व गर्ने बेला उनकै नेतृत्वमा रेडियो सिटि हलमा दलाई लामाको चार आर्य सत्य धार्मिक प्रवचनको आयोजना गरि किदुग र अन्य तिब्बती समुदायको धार्मिक कार्यमा आर्थिक सहयोग जुटाउन सफल भएका थिए । सिन्धुपाल्चोक तातोपानी निवासी लोप्साङ सन १९९८ मा अमेरिका आएका थिए ।

 

 

मोहन ज्ञवालीलाई कम्युनिटि बोर्ड ‘फाइभ’ मा नियुक्त 


रिज्युउड नेपाली सोसाइटीका सस्थापक अध्यक्ष मोहन ज्ञवालीलाई न्यूयोर्क सिटीको कुइन्सबोरो प्रेसिडेन्टले कुइन्स बोरोको कम्युनिटी बोर्ड फाइभको बोर्ड मेम्बरमा नियुक्त गरेका छन । उनलाई गत अप्रिल १ तारिखदेखि आगामी सन २०१९ को मार्च ३१ तारिखसम्मको लागी नियुक्त गरेको हो । सन् १९९६ देखि न्यूयोर्कमा बसोबास गर्दै आएका ज्ञवालीले रिजउड क्षेत्रमा नेपाली समाजमा पुर्‍याएको योगदान र सक्रियतालाई मुल्याङकन गरि सिटिले बोर्डमा नियुक्त गरेको हो ।

‘ नेपाली समाजमा सामाजिक सेवा गर्ने क्रममा मैले पाएको यो नियुक्तीले अब सिटिसग मिलेर सामाजिक सेवा गर्ने थप जिम्मेवारी महसुस भएको छ ’ मोहन ज्ञवालीले भने—‘ यो नियुक्तीसंगै अब हामीले सिटिसग मिलेर काम गर्नका लागी बाटो खुलेको छ ’ । बोर्डको कार्यक्षेत्र न्यूयोर्क शहरको क्वीन्स बोरो अन्र्तगत रिजउड, मास्पेथ, मिडल भिलेज, गेलेण्डल र उडसाईड क्षेत्रको केहि भाग समेत पर्दछ ।

सामाजिक सेवाको भावनाले ओतप्रोत ज्ञवालीले रिज्युउडको नेपाली समाजमा आफुले खोलेको नेल्सबाट करिब ५ सय भन्दा बडिलाई निशुल्क प्रशिक्षण दिनुको साथै काम खोजिदिने, अपार्टमेन्ट, कोठा खोजिदिने, विद्यालय खोजिदिने, कोही विरामी भएमा अस्पतालमा पुर्‍याउने लगायतका विभिन्न सामाजिक सेवाको कार्यहरु गदै आएका थिए । उनले रिज्युउडको साथै कनेटिकेट र न्युर्जिका नेपालीलाई पनि सहयोग गदै आएका थिए ।

स्थानीय डेमोक्रेटिक क्लबको एक्जुकेटिभ बोर्डमा रहेका ज्ञवालीलाई नेपाली समाजमा सामाजिक सेवा गरेकै कारण सन २००२ मा न्युयोर्कसिटि सिटि कम्पट्रोलरले साउथ एसियन हेरिटेज अवार्डबाट पुरस्कृत गरेका थिए भने सन २०१६ मा न्युयोर्क सिटि काउन्सील विमुन एलिजावेथ क्राउलीले पनि सम्मान गरेका थिए । नेपालमा अर्घाखाची जिल्लामा जन्मेका उनी हाल एनआरएन बोर्ड अफ डाइरेक्टरको साथै प्रस्तावित फेडरल क्रेडिट युनियनका संयोजकको जिम्मेवारी लिइरहेको छ । यो दुई वर्षदेखि चलीरहेको अन्तिम अवस्थामा पुगेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्