Everest Times

बिवादको कारण एनआरएन अमेरिकाको निर्वाचन हुने की नहुने अन्यौलमा

एनआरएन अमेरिकाले सदस्यता वितरण गरेको एक हप्ता भइसकेको छ । निर्धारित योजना अनुसार सदस्यता वितरणपछि गठित सदस्यता छानवीन समितिले यही ३१ तारिख निर्वाचन कमिटिलाई जिम्मा दिनु पर्ने हो । तर यो संभव छैन । यतिखेर न्यायिक कमिटिले बोर्डलाई दिएको पत्रको कारण विवाद लम्बिदै गएमा तोकिएको समयमा निर्वाचन हुने की नहुने भन्नेमा अन्यौल बडेको छ । न्यायिक कमिटि भन्छन बोर्डले पछि थप गरेका सदस्यहरुलाई यो निर्वाचनमा भोट हाल्न दिनु मिल्दैन र समितिमा छानेको राजनितिमा सक्रिय दुई जना पनि हटाउनु पर्छ । यता बोर्ड भन्छ हामीले बनाएको करिब ३ हजार सदस्यहरुको मत अधिकार कसरी बञ्चित गर्न मिल्छ ? उनीहरुले भोट दिन पाउनु पर्छ । अहिले बोर्ड र न्यायिक कमिटि बीच यही द्धन्द चलेको छ । जति विवाद बडदै जान्छ तब निर्वाचन गर्ने संभवना कम हुदै जाने देखिएको छ । यतिखेर कमिटिले सकारत्माक जवाफ नदिएर बोर्डले साधारण सभा गर्नेतिर गएको अवस्थामा निर्वाचनको मिति सार्नु पर्ने देखिन्छ । तर ग्लोबल सम्मेलन अगावै निर्वाचन हुन सकेन भने कहिले हुन्छ त्यो निर्वाचन अन्यौल हुन सक्छ ।
कमिटि र बोर्डको द्धन्धलाई मिलाउनका लागी बोर्डको उपाध्याक्ष कृष्ण पोखरेलको संयोजकत्वमा ५ सदस्यीय समितिले न्यायिक कमिटिलाई मिलाइदिनु भनेर अनुरोध पत्र लेखेका छन । ‘ यतिखेर सस्था जोगाउनतिर लाग्नु हामी सवैको कर्तव्य हो भनेर हामीले न्यायिक कमिटिसग अनुरोधको लागी पत्रचार गरिसकेका छौ ’ उपाध्याक्ष पोखरेलले भने ‘ सदस्यता वितरणमा म्याद नथपु भनेर मैले पनि बोर्डको बैठकमा नोट अफ डिसेन्ट लेखेको हो तर बोर्डको बहुमत सदस्यले गरेको निर्णयलाई मैले पनि माने र अब सवैले मान्नैपर्छ ’ । राम्रो हुदै गएको सस्थामा भएको केही कमि कमजोरिलाई लिएर राजनिति गरिराख्नु भन्दा पनि मिलेर अघि बडनका लागी हामीले न्यायिक समितिलाई सकारत्माक जवाफको लागी आज मगलबार वेलुकी १२ भित्रसम्ममा पर्खिरहेको छु ’ । यो न्यायिक कमिटि एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्रीको कार्यकालमा बाल्टिमोरमा भएको साधारण सभामा नियुक्त भएको हो । गत मार्च २१ तारिखसम्म कार्यकाल रहेको यो कमिटि अर्को व्यवस्था नभएकोले तर्दथ कमिटिको रुपमा रहेको बोर्डले जनाएको छ । यो न्यायिक कमिटिमा कानुन व्यवसायीहरु दुर्गा भुर्तेल, गिरिजा गौतम र यज्ञ गौतम रहेको छ । बोर्डले बनाएको ३ हजार सदस्यहरुको मतधिकार खोस्ने काम न्यायिक कमिटिले गरेमा चाडै विशेष साधारण सभा बोलाएर अर्को न्यायिक समिति गठन गर्ने योजना रहेको बोर्डले जनाएको छ । कमिटिलाई आगामी निर्वाचनमा कोषाध्याक्षको उम्मेद्धावर रविन बज्राचार्यले बोर्डले सदस्यता वितरणको म्याद थप गर्नु गलत भएकोले पछि बनेका सदस्यहरुले मत हाल्न दिन नहुने र छानवीन समितिमा राजनितिक व्यक्तिलाई राखेको हटाउनु पर्ने भनी उजुरी हालेका थिए । उनकै उजुरीको आधारमा न्यायिक कमिटिले यो कदम चालेको हो ।

एनआरएन आइसिसिमा भुवन भर्सेज पन्त राजनिति
एनआरएन अमेरिकामा मात्र होइन एनआरएन केन्द्रमा पनि अबको नया नेतृत्व चयनको लागी ठुलो राजनिति शुरु भएको छ । अमेरिकामा केही दिन अघि क्षेत्रिय संयोजक सोनाम लामा र उपसंयोजक एसि शेर्पाले एनआरएनको केन्द्रिय कार्यविधि सञ्चालनको बारेमा प्रेश विज्ञाप्ती जारी गरेका थिए । उनीहरुको विज्ञाप्तीले सस्थाको अध्यक्षमा उम्मेद्धवर दिनेको हकमा एक कार्यकाल काम गरेको हुनुपर्ने उल्लेख गरेका थियो । त्यसको तीन दिनपछि आइसिसिको महासचिव डा बद्री केशीले अमेरिकामा एनआरएन सन २००६ देखि दर्ता भएको आधिकारिकताको बारेमा अर्को विज्ञाप्ती ज।री गरेका छन । आइसिसिबाट दुई किसिमले भइरहेको यो विज्ञाप्ती बाजीले दुई खेमाको राजनिति स्पष्ट देखिन्छ ।
यतिखेर अमेरिका धेरै सदस्यहरु बनेको मुलुक भएकोले केन्द्रको ध्यान अमेरिकातिर सोझिएको छ । आगामी नेतृत्वका लागी एनआरएन अध्यक्ष शेष घले नजिक रहेका भुवन भट्टलाई अध्यक्ष बनाउनमा घले लागेका देखिन्छन भने उपेन्द्र महत्तो नजिक रहेका कुमार पन्तलाई अध्यक्ष बनाउन महतो लागी परेको केन्द्रका एक सदस्यले बताए । आगामी नेतृत्वमा कसलाई लैजाने भन्नकै लागी अहिले विश्वका विभिन्न मुलुकहरुमा सदस्यता बनाउनेहरुको लहड चलेको छ । एनआरएन केन्द्रमा उपेन्द्र महत्तो र शेष घलेले आआफनै किसिमको छावी बनाएकोले उनीहरुको सोच अनुसारको आ आफनै समुहहरु यस अघिदेखिनै बनेका छन । त्यही अनुसार अहिले विश्वका विभिन्न मुलुकहरुमा पनि त्यही किसिमको समुहहरु बनेका छन । यी समुहहरुले यस पटक पनि विगतमा जस्तो जसले बढि खर्च गर्न सक्छ उसैले जित्ने आशा पनि गदै आएको छ । अमेरिकामा पनि एनआरएनको अध्यक्ष डा केशब पौडेल शेष घले सर्मथकको रुपमा देखिन थालेपछि कुमार पन्तले गौरि जोसिलाई आन्तरिक रुपमा सहयोग गदै आएको छ । त्यसो त गौरिकै विरुद्धमा आरसि र डिआरसिले प्रेश विज्ञाप्ती जारी गरेको भनी कुमार पन्तको अगुवाईमा केन्द्रले विज्ञाप्ती निकालेको एक केन्द्रिय सदस्यले बताए ।

प्रतिकृया दिनुहोस्