Everest Times

युएस क्लाइबर्समा नया नेतृत्व चयन

us-nepal-climber

us-nepal-climber-1

 

एभरेष्टटाइम्स
न्युयोर्क— युएस नेपाल क्लाइबर्स एसोसियसनको पहिलो अधिबेसनले पासाङ रिन्जी शेर्पाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । आइतबार ज्याक्सनहाइटमा सम्पन्न सस्थाको अधिबेसनले महासचिवमा ङवाङ ङिमा शेर्पा, सचिवमा पासाङ ङिमा शेर्पा , प्रथम उपाध्याक्षमा पेमा छोवाङ शेर्पा , द्धितिय उपाध्याक्षमा आङ जाङबु शेर्पा र कोषाध्याक्षमा लाछी कुन्सन गुरुङ र सहकोषाध्याक्षमा फुर्वा शेर्पा सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा आङ गेल्जे शेर्पा, गेल्बु शेर्पा, काजी शेर्पा र निमा काजी शेर्पा चयन गरेको छ । कार्यक्रममा सस्था निवर्तमान महासचिव ल्हाक्पा नुर्बु शेर्पा सस्थाले अहिलेसम्म  गरेको गतिविधिहरुको बारेमा सवैलाई जानकारी गराएका थिए भने सस्थाको आर्थिक विवरण निवर्तमान अध्यक्ष शेराब जाङबु शेर्पाले जानकारी गराएका थिए । कार्यक्रममा डेट दर्जन बढि सगरमाथा आरोहण गरिसकेका आरोहीको साथै कान्छो आरोही तेम्बाछिरि शेर्पा पनि उपस्थित थिए ।

उक्त अवसरमा सस्थाका अनरारी एम्बसाडर तथा चर्चित अमेरिकी आरोही भेनेसी ओभरेन र सल्लाहकार आङ छिरिङ शेर्पाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । एसोसियसन अमेरिकामा रहेका आरोहीहरु तथा आरोहण क्षेत्रलाई माया गर्नेहरुको सस्था हो । यसले नेपालमा दुख पाएका आरोहीहरुको बालबच्चहरुको हितमा विभिन्न परोपकारी कार्य गर्नका साथै अमेरिकामा हरेक मे २९ को दिन एभरेष्ट डे कार्यक्रम मनाउदै आउनको साथै अमेरिकन अल्पाइन क्लबको सहयोगमा न्युयोर्कमा वाल क्लाइम्बिङ प्रतियोगिता आयोजना गदै आएको छ ।

प्रतिकृया दिनुहोस्