| अमेरिकामा क्रियासिल नेपाली पत्रकारको अधिबेसन सम्पन्न । |
|
| 
अमेरिका र क्यानडाभरिको नेपाली पत्रकारहरुको साझा सस्था नेपाल अमेरिका पत्रकार संघ नेजाको तेस्रो अधिबेसन आइतबार न्युयोर्कमा सम्पन्न भयो । अमेरिकाको विभिन्न राज्यमा क्रियासिल सयौ पत्रकारहरुको वीच सम्पन्न अधिबेसनले आङछिरिङ शेर्पाको सभापतित्वमा नया नेतृत्व चयन गरेको छ । उक्त कार्यसमितिको बरिष्ठ उप सभापतिमा गौतम दाहाल, महासचिवमा किसोर पन्थी, सचिवमा शिव विष्ट र कोषाध्याक्षमा गीता पन्थ चयन भएको छ । त्यस्तै पुर्वी क्षेत्रिय उपाध्याक्षमा पुरुषोत्तम ढकाल पेनसिलभेनिया, सुदुर पश्चिम क्षेत्रीय उपाध्याक्षमा जाङबु शेर्पा क्यालिफोर्निया, उपाध्याक्ष वासिटन डिसि क्षेत्रबाट विश्वराज थापा भर्जिनियालाई चयन गरेको छ । अधिबेसनले तीन जना सदस्य पछि थप्ने गरि सदस्यहरुमा न्युयोर्कस्थित दिनेश जंग शाह र इन्दिरा चोङबाङलाई पनि चयन गरेकेा छ ।
उक्त अधिबेसनमा बरिष्ठ उपाध्याक्ष बाहेक सवै पदहरु निर्विरोध निर्वाचित भएका थिए । बरिष्ठ उपाध्याक्ष पदका लागी गौतम दाहाल र सर्मिला उप्रेती वीच निर्वाचन भएको थियो । नेजाले अधिबेसन सफल बनाउन सबैलाई विज्ञाप्ती मार्फत धन्यवाद ज्ञापन गरेको छ । उक्त अधिबेसन योगेस उपाध्याय, गिरिश पोखरेल, शैलेश श्रेष्ठ र प्रताप अधिकारीको निर्वाचन कमिटिमा अधिबेसन सम्पन्न भएको थियो ।

बसन्त डान्स सेन्टरका बाल कलाकारहरु राष्ट्रिय गीत गाउदै पछिल्तिर प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी उपप्रमुख सेवा अधिकारी बाया र वीचमा नेजाको सभापति कृष्ण शर्मा र दायातिर सल्लाहकार योगेस उपाध्याय ।
न्युयोर्कको ऐष्टोरियास्थित चेन फेडरेसनमा आयोजित उक्त अधिबेसनको उदघाटन संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी उप प्रमुख सेवा अधिकारीले गर्नुभएका थिए । उहाले मुलुकबाट टाढा यहासम्म आएर पनि नेपाली भाषा सस्कृतिको संरक्षण र नेपाली पत्रकारको हितमा नेजाले उल्लेखनीय कार्य गरेको बताउनु भएकी थिइन । उक्त अवसरमा समाजसेवी तथा प्राध्यापक डा तारा निरौला, नेपाल तथा पत्रकार महासंघका पुर्व कोषाध्याक्ष शिव खडका, बरिष्ठ पत्रकार तथा सल्लाहकार योगेस उपाध्याय, पत्रकार तथा पुर्व अध्यक्ष गिरिस पोखरेल, सल्लाहकार प्रताप अधिकारी, सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, रिज्युड नेपाली सोसाइटीका अध्यक्ष श्रीपराजुली, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष तथा १०३ औ पटक रक्तादान गर्न अर्जुन मैनाली, नेपाल आर्थिक पत्रकार संघ सेजनका अध्यक्ष प्रदीप चापागाई, युवा नेता आनन्दा विष्ट, नेपाली कांग्रेस उत्तर अमेरिका केन्दि्रय प्रतिनिधि मृदुला कोइराला, कानुन व्यवसायी खगेन्द्र जिसि, अन्तराष्टिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल, सगरमाथा टिभिका सञ्चालक राम खरेल , एनआरएन बोड अफ डिरेक्टर तथा कानुन व्यवसायी रमेश श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएका थिए । नेजाको सचिव सर्मिला उप्रेतीद्धारा सञ्चालित कार्यक्रममा अध्यक्ष कृष्ण शर्माले अमेरिकामा आएर पनि पत्रकारितामा क्रियासिल पत्रकारको हितमा सधै नेजा रहेको धारण व्यक्त गरेका थिए । कार्यक्रमको मध्यभागमा गायक तिलक श्रेष्ठले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । त्यस्तै महासचिव आङछिरिङ शेर्पाले वाषिर्क प्रगति विवरण प्रस्तुत गर्ने क्रममा नेजाले अमेरिकामा विभिन्न कार्यक्रम गर्नका साथै नेपालमा दुर्घटनामा परेका र विरामी भएर समास्या परेका पत्रकारहरुलाई आर्थिक सहयोग गदै आएको बताउनु भएका थिए । त्यस्तै नेजाले यस बर्षदेखिन नेपालको ग्रामीण भेगमा उत्कृष्ट पत्रकारिता गदै आएको नेजा बद्रीकुल उत्कृष्ट पुरस्कार प्रेस स्वतन्त्र दिवसको अवसर पारेर हेटौडाका पत्रकार प्रताप विष्टलाई १ लाख ११ हजार १ सय ११ रुपिया प्रदान गरेकेा बताउनुभयो । कार्यक्रममा नेजाद्धारा प्रकाशित स्मारिका प्रयासको पनि विमोचन भएको थियो ।

नेजाको अधिबेसनपछि नवनिर्वाचित कार्यसमिति र पुर्व कार्यसमितिका पदाधिकारीहरु , निर्वाचन मण्डल र सल्लाहकारहरु ।
तस्विरहरु ल्हाक्पागेलु शेर्पा , विमल नेपाल
|
| पछिल्लो परिमार्जन ( सोमबार, 07 मे 2012 19:08 ) |
|
| नेताको कमजोरीले देश पछि परेको छ । |
|
|

न्युयोर्क- तामाङ सोसाइटी अफ अमेरिकाको हालै निर्वाचित नया कार्य समितिले भारत सरकारका पुर्व सुरक्षा सल्लाहकार तथा सिक्किम विश्वविद्यालयका उपकुलपति डा. महेन्द्र पि लामालाई न्युयोर्कमा एक कार्यक्रमको वीच खादा ओढाएर स्वागत गरियो । न्युयोर्कमा अफिसियल भ्रमणको सिललिामा आइपुगेका बखत उपस्थित उपकुलपति लामाले नया कार्यसमितिलाई बधाईदिदै आफनो अनुभव र सरसल्लाह दिएका थिए । "हामी जहा पुगेपनि ज्ञान र शिक्षानै एकदम महत्वपुर्ण कुरा रहेछ " । उनले भने आज नेपालमा तामाङ जाती पछि पर्नुको मुख्य कारण भनेको पनि शिक्षाकै अभावको कारण हो । उनले भने " दार्जिलिङमा म उपकुलपति भएर मात्र होइन अरु जातहरुमा हेर्दा पनि सवैभन्दा टाठाबाठा र शिक्षित भनेकै तामाङ जातीनै हो " । उनले सवैलाई अनुरोध गरे तपाईहरुले पुग्ने गरि खर्च गर्नुहुन्छ भने शिक्षामा मात्र गर्नुस " । तपाईहरुले गर्नुभएको लगानी जीवनभरिमा स्पष्ट नतिजा देख्नु हुनेछ ।
नेपाली मुलको तामाङ लामा दार्जिलिङमा जन्मेर हुर्केर सानो उमेरमा उपकुलपति भएको व्यक्ति हुन । उनले भारतको सुरक्षा समितिमा काम गरेको अनुभवदेखि विश्वविद्यालयको उपकुलपति हुदाको रोचक अनुभव सुनाएका थिए । उक्त अवसरमा उनले नेपालमा नेताहरुको स्वार्थी विचारको कारण देश उभो लाग्न नसकेको गुनासो गरेका थिए । देशमा नेता र दलहरुको सोचाईमा परिवर्तन नआएसम्म कहिले पनि राम्रो परिवर्तन नआउने बताएका थिए । उनले भने देशमा नेतृत्व गर्छु भन्ने नेपालको नेताहरुलाई किराको रुपमा तुलना गरेका थिए । उनले भने "देश सुधार्न नसक्ने नेपालको नेताको सोचाई भुसुनाको जस्तो छ , काम गर्ने तरिका गंगाटोको जस्तो छ अनि टोकाई उपियाको जस्तो छ " । यस्तै सोचाईले गर्दा देश कहिल्यै पनि माथि उठन नसकेको हो । नेपाल आर्थिक दृष्टिले धेरै माथि पुग्ने देश भएपनि नेताहरुको कमजोर सोचको कारण जहाको त्यही भएको उनका धारण रहेको छ । दुई विशाल मुलुकको वीचमा भएपनि नेपालमा भएको श्रोत साधानको हिसाबले आर्थिक रुपमा सम्पन्न हुने धेरै आधारहरु छन तर नहुनुमा नेताहरुकै सोचको कमजोरी हो । उनको साथमा न्युस्कुल तथा न्युयोर्कस्थित इण्डिया चाइना इनिष्टच्युडको डाइरेक्टर अशोक गुरुङ पनि आएका थिए । कार्यक्रममा सोसाइटीका पुर्व अध्यक्षहरु सुबास लामा, राम तामाङ , बंशलाल तामाङ , इन्द्र तामाङ र भरत लामाको उपस्थिति रहेको थियो ।

सोसाइटीको महासचिव बुद्धिमान तामाङद्धारा सञ्चालित कार्यक्रममा वर्तमान अध्यक्ष सांगे लामा रुम्बाले सवैलाई स्वागत गरेका थिए ।
तस्विर तथा लेख आङछिरिङ शेर्पा
|
| पछिल्लो परिमार्जन ( बुधबार, 02 मे 2012 17:49 ) |
|
| नाइनटिन सेभेन्टी फोर एडीको मिलनमा सबै नाचे । |
| बिहिबार, 26 अप्रिल 2012 05:29 |
 |
 |
 |
|
| 
आङछिरिङ शेर्पा
न्युयोर्क- लामो समयदेखिन नेपालमा अलगिएका चर्चित रक व्याण्ड नाइटिन सेभेन्टी फोरएडीका व्याण्ड मेम्बरहरु न्युयोर्कमा आएर मिलेका छन । आपसी असमहमतिका कारण अलग भएर पनि न्युयोर्कमा एकता भएर गीत प्रस्तुत गर्दा उनीहरुका फयानहरु मात्र होइन स्वयम व्याण्ड मेम्बर पनि खुसी भएका थिए ।
नेपाली संगीत दुनियामा बेग्लै चिनारी बनाउन सफल यो व्याण्डका मेम्बरलाई एकता गराउने मुख्य योगदान एनवाइसी हिमालयन प्रोजेक्टले गरेका हुन । प्रोजेक्टले न्युयोर्कमा सांगितिक कार्यक्रम आयोजना गर्ने क्रममा उनीहरुलाई एकता गराएका हुन । ' नेपालका चर्चित नेपाली व्याण्ड मेम्बर वीच एकता गराई कार्यक्रम आयोजना गर्न पाउदा हामीलाई निकै गौरब लागेको छ' एनवाइसी हिमालयन प्रोजेक्टका सस्थापक सदस्य पासाङ शेर्पा भन्छन-' उहाहरुको नेपाली गीत संगीत क्षेत्रको लगाव र योगदानको कदरस्वरुव हामीले यो पहल गरेको हो' । पासाङ न्युयोर्कको युवामाझ चर्चित समसरा सांगितिक समुह र एनवाइएनसी फुटबल क्लबका प्रतिनिधि हुन । यसै वर्ष स्थापना भएको सस्थाले छोटो समयमै 'नाइनटिन सेभेन्टी फोर रि युनाइट' कन्र्सट र न्युयोर्कको मनाङ मस्याङदी फुटबल क्लबलाई एक हजार डलर समेत सहयोग गर्न सफल भएका छन । पासाङ समसरा सांगितिक व्याण्डको सस्थापक गायक तथा गितारिष्ट तथा जिमिनका प्रतिनिधि समेत हुन । उनीसंगै समसरा व्याण्डकै अर्का व्याण्ड मेम्बर तथा मनाङ मस्याङदी बस्केटबल क्लबका सस्थापक सदस्य कर्मा तेन्जिङ र जिमि गुरुङ याक तीन जना मिलेर यो सस्था स्थापना गरेका हुन । तीनै जनाको सोच अनुसार यो प्रोजेक्टले गीत संगीतको प्रर्वद्धनसंगै नेपाली प्रतिभालाई माथि उठाउने कार्यक्रम गर्नका साथै नेपाली चलचित्रलाई विश्व बजारमा माथि उठाउने लक्ष्य रहेको छ । यही लक्ष्य अनुरुप उनीहरुले पहिलो पटक गत हप्ता म्यानहृटनको सेकेन्ड एभिन्युमा सयौ दर्शकहरुको वीच कन्र्सट तथा फेसन सो कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा आर्युवेदा र सोलानीका संगितिक समुहले पनि बेग्ला बेग्लै गीत प्रस्तुत गरेका थिए ।

नेपाली तथा तिब्बेतीयन डिजाइनरलाई प्रोत्साहनका लागी गरेको फेसन सोमा मिस एएनए २००८ का विमिन रञ्जितले संयोजन गरेकी थिइन । फेसन डिजाइनरहरु ङमिाडोमा, तेन्जिङ स्याम्फेल र प्रतिक्षा श्रेष्ठले डिजाइन गरेकेा लुगामा मिस नेपाल युएसए सुजिता बस्नेत र मिस एएन २०१० का समरागी श्रेष्ठ लगायतका १५ जना चर्चित मोडलले मोडलिङ गरेका थिए ।
कार्यक्रममा लामो समयदेखिन अलग भएको नाइन्टिन सेभेन्टी फोर एडीको मिलन समुहको गीत सुन्न टाढाटाढादेखि न्युयोर्कमा दर्शहरु ओइरिएका थिए । पुरानै व्याण्डको सबै सदस्यहरुले संगीत प्रस्तुत गर्दा उपस्थित सवै हर्षले नाचेका थिए । व्याण्डका गायक तथा गितारिष्ट फिरोज स्याङदेन व्याण्डबाट अलग भएर केही वर्षदेखिन न्युयोर्कमा बस्दै आएका थिए । अन्य चार जना मनोज केसी, निराकार याक्थुम्बा, एडि्रन प्रधान र सन्जय श्रेष्ठ भने रक फर नेपालको निम्तोमा अमेरिकामा संगितिक कार्यक्रम प्रस्तुत गर्न आएका छन ।

आर्युवेदा - नेपाली र अमेरिकन कलाकार अiवद्ध अमेरिकाको नेपाली संगितिक व्याण्ड हो आर्युवेदा । सन २००७ देखि अमेरिकामा खोलिएको यो व्याण्डले विभिन्न राज्यमा अहिलेसम्म सयौ कार्यक्रममा आफनो कला प्रस्तुत गरेका थिए । दिवस गुरुङ मुख्य गायक रहेकेा आर्युवेदमा माइक पाकार ड्राम बजाउछन भने दन हालपेरिन वेस गितार बजाउछन । दिवससंगै उनीहरु दुबैले राम्रो नेपाली संगीत बजाउछन । अध्ययनको क्रममा यी अमेरिकन कलाकारले नेपाली गीत बजाउन सिकेका थिए । आयुर्वेदिक भने झै आर्युवेदाले मौलिक संगीतलाइ पस्कने मद्धत गरेको छ । ' हामीलाई आर्युवेदामा लागेर नेपाली संगीतसंग नजिक हुन पाउदा मनमा खुसी लागेको छ ' माइक पारकार बताउछन ।
|
|
| नेपाली-गैरनेपाली बिहे अनुभव आफ्ना आफ्नै |
|
| 
विष्णुप्रसाद पौडेल न्युयोर्क– घामको ´झुल्को उदाएदेखि नअस्ताएसम्म हामीबीच आफ्नो संस्कृति र परम्परासँग सधैं सम्झौता गर्नुपथ्र्यो यसले गर्दा पनि हामीबीच मायाको दुरी बढ्दै गयो । त्यसपश्चात हामी डिभोस्र गर्न बाध्य भयौं– भन्छन् अजय छोचुंन तर पनि अझै उनी मप्रति चिन्तित भएको पाउँछु र ममा पनि उनीप्रतिको माया भने हट्न सकेको छैन । डिभोर्स भएपछि पनि बेलाबेलामा कुराकानी भइरहन्छ ।
अजयको भन्दा बेग्लै भोगाइ छ पोखरा घर भएका देवीरमण सापकोटाको । अमेरिकी महिलासँग लामो समयदेखि सुखद दाम्पत्य जीवन बिताइरहेका छन् उनी । सुखद दाम्पत्य जीवनको श्रेय उनी सांस्कृति समझदारीलाई दिन्छन् । एसियाली जीवनशैली बुझेकी उनकी जीवनसाथीले नेपालमै आएर परम्परा र संस्कृतिलाई राम्रोसँग अध्ययन अवलोकन गरेकी थिइन् । देवी र अजयले भने झैं विभिन्न भाषा संस्कृति र परम्परा भएकाहरुबीच आनिबानी र जीवनशैलीमा फरकपन हुन्छ नै । त्यसमा सम्झौता भए सम्बन्ध दीगो हुन्छ नभए छोटो ।
अजयको अनुभवमा नेपालीभन्दा गैरनेपालीहरु खुला र उदार हुन्छन् । पारदर्शिता पनि गैरनेपालीहरुको विशेषता हो । बन्द समाजभित्र हुर्के बढेका नेपालीहरुको गैरनेपालीसँगको दाम्पत्य जीवनको अनुभव कतै छोटो त कतै लामो पनि भेटिएको छ । उदार र खुला समाज र बेग्लै भाषा संस्कृति अनि परम्परा भएकाहरुसँग नेपालीहरुले गाँसेको जीवनसाथीको सम्बन्धका विभिन्न उतारचढावलाई एउटै निष्कर्षमा उतारेर सफल वा असफल भन्न सकिने अवस्था छैन ।
|
|
| अमेरिकामा रहेका बिद्यार्थीहरुको प्राथमिकता - पढाई भन्दा काम पहिलो |
| मंगलबार, 13 मार्च 2012 17:33 |
 |
 |
 |
|
|  यदु देवकोटा न्युयोर्क÷ काठमाण्डौ बागबजारका भौमिक (नाम परिवर्तन) बिद्यार्थी भिसामा अध्ययको लागि अमेरिका आएको एक बर्ष पुग्न बाँकी नै रहेको छ । भर्खरै १८ बर्ष पुग्न लागेका भौमिक काठमाण्डौका एक ब्यापारीका छोरा हुन् । उनका अरु साथीहरु अमेरिका आएर पढाई छोडेर शरणर्थी बनेको र रेष्टुरेन्टमा काम गरेर पैसा कमाएको देखेपछि अहिले उनी पनि शरणर्थीको लागि निवेदन फाईल गर्न कानुन ब्यावसायीकहाँ धाईरहेका छन् । बिराटनगरका अजय (नाम परिवर्तन) बिद्यार्थी भिसामा अमेरिका आएको ५ बर्ष भयो । तीन बर्षमा सिध्याउनुपर्ने उनको कलेजको अण्डर ग्राजुयशन अहिलेसम्म पुरा भएको छैन् ।। अमेरिका आएको एक महिना बित्न नपाउदै उनलाई घर परिवारबाट अमेरिका आएको पैसा तिर्ने बेला भयो, छिटो पैसा पठाउन घर परिवारले दिने गरेको दवावले गर्दा अहिलेसम्म उनले आफ्नो पढाई पुरा गर्न नसकेका हुन् । उनी अब पढाईलाई निरन्तरता दिने भन्दा पनि अमेरिकामा पाए शरणर्थीको माध्यमबाट ग्रीन कार्ड लिने नपाए स्टाटस छोडरे केही समय काम गर्ने अनि नेपाल फर्कने सोचाईमा पुगेका छन् । भक्तपुरका रमेश (नाम परिवर्तन) गत जुलाईमा भएको कलेज बीदामा नेपाल गएका थिए । नेपाल रहदा उनलाई आफ्नो घर परिवारका सदस्य र आफन्तले मात्र होइन्, आफुले १२ कक्षा सम्म पढेको कलेजमा प्रिन्सिपलले समेत पढाई कहाँ पुग्यो भनेर सोधेनन् । सबैले उनलाई गर्ने एउटै प्रश्न थियो, अमेरिकामा तीन बर्षमा कति पैसा कमायौ । घर किन्यौ की किनेनौ । आफ्नो दुई महिनाको नेपाल बसाईमा उनलाई कसैले पनि पढाई कस्तो छ भनेर सोधेनन् । सबैले कति लाख पैसा कमाईस भनेर मात्र सोध्ने गरेकोले अब उनले पढाईलाई भन्दा पनि कामलाई पहिलो प्राथमिकता दिएका छन् । अहिले उनी कलेज जाने गर्दैनन् । कलेजमा एक सेमेष्टर बीदा लिएका छन् । राम्रो काम पाए उनी अब कलेज नजाने मनस्थितीमा पुगेका छन् । यी माथिका प्रतिनिधी उदाहरणहरु नेपालबाट अमेरिका बिद्यार्थी भिसामा पढ्न आउने आम नेपाली बिद्यार्थीहरुको हो । नेपालबाट अमेरिकाको हावर्ड, कोलम्बिया, न्युयोर्क युनिभर्सिटी लगायका प्रसिद्घ बिश्व बिद्यालयमा पढ्न आउने बिद्यार्थीहरु बाहेक अन्य सामान्य कलेजमा पढ्न आउने अधिकांश बिद्यार्थीहरुले आप्mनो पढाई पुरा गर्न सकेका छैनन् । अमेरिका पढ्न आउने अधिकांश बिद्यार्थीहरुले आर्थिक कारणले पढाईलाई निरन्तरता दिन नसकेको बताएका छन् । उनीहरु काम नगरी पढ्न नसक्ने बताउछन् । नेपालको प्रसिद्घ औद्योगिक समुह चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरी (चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीका जेठो छोरा) ले बेलायतमा अध्ययन गरेका हुन् । उनी बेलायतमा बसेर ब्यवस्थापन पढ्दा रेष्टुरेन्टमा काम गरेर पढेको बताउँथे । अर्थबिद् डा. विश्वम्भर प्याकुरेलले अमेरिकामा बसेर पढेका हुन् । उनले पिएचडी गर्दा रेष्टुरेन्टमा वेटरको काम गर्दथे रे । पछि रेष्टुरेन्टका मालिकले आफ्नो वेटर पिएचडीको बिद्यार्थी भएको थाहा पाए पछि उनको अलिकति तलव बढाई दिनुको साथै रेष्टुरेन्टमा आउने ग्राहकसँग प्याकुरेलको पढाइृको बारेमा खुव प्रशंसा गर्ने कुरा प्याकुरेल बताउने गर्दथे । चौधरी र प्याकुरेल काम गरेर अध्ययन अघि बढाएका प्रतिनिधी पात्र मात्रै हुन् । बिदेशमा आएर काम गर्दै अध्ययन पुरा गरेका र नेपालमा गएर आप्mनो क्षेत्रमा बिज्ञ कहलिएका नेपालीहरुको संख्या थुप्रै छ । तर पछिल्लो समयमा बिदेश पढ्न भनेर आउने तर पढाइृ पुरा नगर्ने बिद्यार्थीहरुको संख्यामा भएको बृद्धिलाइृ हेर्ने हो भने एकातिर नेपालमा भोलिका दिनहरुमा दक्ष जनशक्तिको अभाव अझ बिकराल हुने देखिन्छ भने आर्कोतिर देशले एउटा बिद्यार्थीलाई १२ कक्षासम्म अध्ययनको लागि गरेको खर्चबाट केही पनि प्रतिफल नपाउने भएको छ । अमेरिकाको विदेश मन्त्रालयको शैक्षिक तथा साँस्कृतिक ब्युरोको सहकार्यमा इन्टिच्युट अफ इन्टरनेशनल एजुकेशनले तयार पारेको पछिल्लो तथ्यांकमा अमेरिका पढ्न आउने विदेशी बिद्यार्थीहरुको संख्यामा नेपाली बिद्यार्थीहरु ११ औ स्थानमा रहेका छन् । अमेरिका पढ्न आएका कुल बिदेशी बिद्यार्थीहरुमध्ये नेपाली बिद्यार्थीले ८ प्रतिशत हिस्सा ओगटेका छन् । नेपालबाट सन् शैक्षिक सत्र २००८÷०९ को तुलनामा शैक्षिक सत्र सन् ०९÷१० मा अमेरिका पढ्न आउने बिद्यार्थीको संख्या ३ प्रतिशतले घटेको छ । सन् २००८÷०९ को शैक्षिक सत्रमा मा ११ हजार ५ सय ८१ जना नेपालीहरु बिद्यार्थी भिसामा अमेरिका आएकोमा सन् ०९÷१० को शैक्षिक सत्रमा ११ हजार २ सय ३३ जना नेपालीहरु बिद्यार्थी भिसमा अमेरिका पढ्न आएको पाइन्छ । यसरी आएको पढ्न आएका बिद्याथीृहरुमध्ये ५८ प्रतिशले मात्रै आफ्नो पढाई पुरा गरेको अध्ययनले देखाएको छ । बाँकी ४२ प्रतिशले पढाईलाई पुरा गरेका छैनन् । नेपाली बिद्यार्थीहरु पढाई पुरा गरे पनि नगरे पनि तत्काल नेपाल फर्कने मनस्थितीमा देखिदैनन् । नेपालबाट आएका बिद्यार्थीहरुले आफ्नो पढाई किन पुरा गर्न सकेनन् भन्ने बिषयमा खासै कुनै संघ संस्थाहरुले अध्ययन गरेर खास कारण के हो भन्ने थाहा हुन सकेको छैन् । तर पनि यस संवाददाताले न्युयोर्कमा भेटेका बिद्यार्थीहरुसँग प्रत्यक्ष भेटेर गरेको कुराकानी र न्युयोर्क बाहिर रहेका बिद्यार्थीरुसग अनलाईन तथा टेलिफोनमा गरेका कुराकानीलाई आधार मान्ने हो भने अधिकांश बिद्यार्थीहरुले पैसाको कारणले अध्ययनलाई निरन्तरता दिन नसकेको बताएका छन् । बिश्व प्रसिद्ध बिश्व बिद्यालयमा भर्ना भएर अध्ययन गर्न आउने बिद्यार्थी बाहेक अधिकांश बिद्यार्थीहरु शुरुमा ग्रामिण क्षेत्रका कलेजहमा भर्ना भएर आउने र त्यहाँ एक सेमेष्टर पुरा गरेपछि शहरी क्षेत्रका कलेजहरुमा स्थानान्तरण हुने गरेको पाइृन्छ । नेपालबाट पैसा ल्याएर आफ्नो अध्ययनलाई अघि बढाउन नसक्ने पृष्ठभूमिबाट आएका त्यस्ता बिद्यार्थीहरु शहरमा काम पनि गर्ने र अध्ययन पनि अघि बढाउने उद्देश्यले शहरी क्षेत्रका कलेजहरुमा स्थानान्तरण हुने गरेको पाईए पनि कामको चापले गर्दा पढाईलाई निरन्तरता दिन सकेको पाईदैन् । पैसाको अभाव भईरहेको बेलामा काम गरेर पैसा पाईरहेको र नेपालबाट पनि पैसा पठाउन दवाव आईरहने भएकोले बिस्तारै पढाई छोडेको बताएका छन् । ‘के गर्ने नेपालबाट पैसा ल्याएर पढ्न सक्ने हैसियत छैन् त्यसमाथि अमेरिका आउदाको ऋण तिर्न पैसा पठाउन परेको छ, अनि कसरी पढाईलाइृ निरन्तरता दिने ?’ अजयले भने । उनले आफु पढ्न भनेर नै अमेरिका आएको भए पनि आर्थिक कारणले गर्दा पढाईलाई भन्दा कामलाई पहिलो प्राथमिकता दिन बाध्य भएको बताए । अजयको यो भनाईसँग शिक्षाबिद् डा. तारा निरौला पनि सहमत देखिन्छन् । ‘नेपालबाट अमेरिका वा युरोपमा सरकारी छात्रबृत्ति पाएर पढ्न जाने बिद्यार्थी बाहेक अधिकांशले घरबाट पैसा ल्याएर पढ्ने हैसियत राख्दैनन्, उनहिरु बिदेश गएर काम पनि गर्ने पैसा पनि कमाउने उद्देश्य राखेर आएका हुन्छन् र काम गर्ने क्रममा पैसा देखेपछि पढाईप्रति भन्दा पैसा प्रति बढी आकर्षित हुनु स्वभाविक हो’ डा. निरौलाले भने । उनी बिद्यार्थीहरुले पढाई छोड्नुको मुख्य कारणमा पैसाको अभाव भईरहेको बेला साधारण काम गरेर हप्तैपिच्छे केही पैसा पाउन थालेपछि खर्च गर्नको लागि पैसाको अभाव पनि भएन् र निगरानी गर्ने अभिभावक पनि नहुनुलाई मान्दछन् । ‘नेपालीहरु जो बिदेश पढ्न आएका छन् उनीहरु नेपालमा १२ कक्षासम्म अभिभावक र बोडिङ स्कुलको कडा निगरानमिा बसेर आएका हुन्छन्, अमेरिकी खुला परिवेशमा आए पछि कसैको निगरानी नहुने भएको र खर्च गर्न पैसा पनि हुने भएकोले जिन्दगी भनेको नै यही हो भन्ने भावनाको बिकास हुने भएकोले पढाई पुरा गर्न नसकेका हुन्’ डा. निरौलाले भने । उनले पछिल्लो चरणमा केही बिद्यार्थीहरुमा दुःख गरेर भए पनि आफ्नो पढाईलाई पुरा गरौ भन्ने भन्दा पनि अहिले गरेको काम बाट पनि पैसा पाईएको नै छ, पढे पनि यही काम गर्ने हो भन्ने भावनाको बिकास हुँदै गएको बताए । जुन नेपालको र स्वयम बिद्यार्थीको भविश्यको लागि नराम्रो पक्ष हो । यसरी पढाई छोड्ने बिद्यार्थीहरु नेपाल फर्कने भन्दा पनि शरणर्थी भएर नै भए पनि अमेरिकामा नै स्थायी बसोवास गर्ने मनस्थितीमा देखिन्छन् । ‘पढाई पुरा गरेर नेपाल गई अफिसमा काम गरे पनि यहाँ रेष्टुरेन्ट वा स्टोरमा काम गरेर कमाएको जति पैसा कमाईदैन, अनि किन पढाईलाई पहिलो प्राथमिकता दिनुप¥यो र ?’ भौमिकले भने ‘बरु यतै शरणार्थी बनेर वा अन्य कुनै उपाय लगाएर कागज बनायो बस्यो ’ । अहिले नेपालमा रहेका घर परिवार लगायत समाजको सोचाई पनि पढाइृलाई भन्दा पैसालाइृ प्राथमिकता दिने मनस्थिती छ । जसरी भए पनि पैसा भएको मान्छेलाइृ ठुलो मान्छे भन्ने मान्यता समाजमा बिकास हुँदै गएको छ । यसको मनोबैज्ञानिक असर बिदेश पढ्न गएका बिद्यार्थीहरुमा पनि परेको छ । अधिकांश अभिभावकहरुमा छोरा तथा छोरी बिदेशमा पढ्न पठाउने हो पढे पढ्छ नपढे पैसा कमाउछ भन्ने मनोबिज्ञान रहेको छ । यसले गर्दा बिदेशमा आउने बिद्यार्थीहरुलाई पढाईलाई भन्दा कामलाई प्राथमिकता दिन दवाव परेको छ । ‘कलेजको प्रिन्सिपलले समेत पढाई कहाँ पुग्यो भनेर सोध्नुभन्दा कति पैसा कमायौ भनेर सोध्न थालेपछि समाजका अन्य मानिसले त पैसा कमाउन भन्ने नै भए’ रमेशले भने ‘त्यही भएर काम बढी गर्ने निष्कर्षमा पुगेको हुँ’ । उनाले बिदेशमा तथता स्वदेशमा रहेका बिद्यार्थीहरुलाई राम्रो पढ्न नैतिक दवाव दिने हो भने समाजको मानसिकता पनि परिवर्तन गर्नुपर्ने बताए । अमेरिका आउने कोरिया, चाइना लगायत अन्य देशका बिद्यार्थीहरुलाई अमेरिकामा नै बसोवास गरी बिभिन्न ब्यापार ब्यवसाय गरेका नागरिकहरु र उनीहरु आवद्ध संघ संस्थाहरुले छात्रबृत्ति दिने, अफ्नो पसल तथा कार्यालयमा काम दिने, परीक्षाको समयमा बीदा दिने तथा अन्य आर्थिक सहयोग उपलब्ध गराउने गर्दछन् । तर नेपाली संघ संस्थाहरु नेपाली बिद्यार्थीहरुलाइृ सहयोग उपलब्ध गराउन सकेका छैनन् । नेपालीहरु अमेरिकामा ब्यापार ब्यवसाय गरेर भन्दा पनि अर्काको काम गरेर बसेकाहरु बढी भएकोले सहयोग उपलब्ध गराउन सक्ने हैसियत बनाएका छैनन् । एकातिर उनीहरु आवद्ध संघ संस्थाहरु भर्खर बामे सर्न लागेको अवस्थामा रहेको र आर्कोतिर अमेरिकामा रहेका नेपाली समुदायहरुको संघ संस्थाहरु पनि नेपालका राजनीतिक दलहरुजस्तै बिभिन्न चिरामा बिभाजित भएकोले संगठित रुपमा सहयोगहरु उपलब्ध हुन नसकेको हो ।
|
|
| न्युयोर्कमा रमाइलोका साथ मनायो ल्हाप्सु । |
| मंगलबार, 28 फेव्रुवरी 2012 12:07 |
 |
 |
 |
|
| 
आङछिरिङ शेर्पा
न्युयोर्क- उडसाइड, रुजभेल्ट र एष्टोरिया क्षेत्रमा विहानदेखिन लामबद्ध दर्जनौ बसहरु ल्हाप्सुमा जानेहरुको प्रतिक्षारत थिए । त्यही बस र पाहुनालाई सबेरैदेखिन ल्हाप्सु स्वयसेवकहरुले व्यवस्थापन गर्न व्यस्त थिए । सबै भेला भइसकेपनि पनि कोही छुटछन की भनेर एकाध घण्टा सवैलाई कुरेर मात्र न्युर्योक हुदै न्युजर्सि तर्फ प्रस्थान गरियो । करिब दुई घण्टाको यात्रामा अधिकांस सहाभागीहरु बस चढेदेखिन हातको डेङ जपेर 'ओम मने पद्यमे हु'को पवित्र मन्त्र जप्दै थियो । उनीहरुले मनभित्रबाट परमपुज्य ठुल्सिक रिम्पोचे योगदान सम्झना साथै सिघ्र आवतारी आगमानको प्रार्थना
गरिरहेका थिए । अधिकांस बसभित्र आफनै पारिवारिक गफ बाहेक विगतको वर्षहरुमा जस्तो गीत गाउने र हस्ने हसाउने कार्य केही पनि भएकेा थिएन ।

बसभित्र जति शान्त थियो । कार्यक्रम स्थलमा पुगेपछि उतिनै शान्तमय थियो । तर भिडभाड विगतको भन्दा कम्ति थिएन । पाहुनाहरुलाई आयोजकका तर्फबाट स्वागतमा खटिएका महिला टोलिले छिमार, खाप्सा र चिया खुवाएर ल्होसारको शुभकामना दिइरहेका थिए । वर्षभरिमा भेट नभएका आफन्तहरु आपसमा टसिदेलेक अभिवादन गरिरहेका थिए । शेर्पा जातीको महान पर्व '२१३९ छु मो डुक्ल्हो' गरुढ बर्ष ल्होसारको आगमनको पछिको त्यो विशेष दिन थियो । ल्होसार सुरुको पहिलो र दोश्रो दिन शेर्पा समुदायले आफनै परिवारमा पुजापाठका साथ मनाएपछि मात्र सबै जना सार्वजनिक स्थलमा भेला ल्हाप्सु मनाउने चलन रहेको छ ।
गुम्बामा विहानदेखि भइरहेको पुजा र दिउसो रुखमा लगाएको लुङदाले विश्व शान्तिको कामना र प्राणी जगतको कल्याणको कामना गरेका थिए । ल्हाप्सुमा सबै आफनै किसिमले व्यस्त भएपनि दिउसो दुई बजेसम्म शेर्पा कल्चरले गुम्बा निर्माणका लागी रकम संकलन गरिरहेका थिए । रकम संकलनको क्रममा उनीहरुले करिब एक लाख डलर संकलन गरेका थिए । त्यस लगतै न्युयोर्कका बसोबास गदै आइरहेका लामा गुरुहरुले हरेक वर्ष जस्तै यस पटक पनि लामा -छयाम) नृत्य गरि सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । त्यसपछि शेर्पा लोक गायक देण्डी शेर्पाले विश्व शान्तिको गीत प्रस्तुत गरेका थिए । दिउसो भोजनपछि अर्को वर्षको आयोजक छानेपछि आयोजकले एकतिर डिजेको संगीतमा र अर्कोतिर गुम्बाको सामुन्नेमा सेबु्र नचाएर सबैलाई आनन्दीत तुल्याएका थिए । त्यो बेजोड सागितिक माहौला र हर्षोल्लासमा सेबु्र नाच्नेहरुको वीच हातको ठेङ जप्दै रिम्पोचेको लागी माने जप गरिरहेका थिए । कोही भने टोलाइरहेका थिए ।

' लामा खेन रिम्पोचे देहवसान हुनु भएको ६ महिना पनि वित्न पाएको छैन यस्तो रमाइलो त नगरे हुन्थ्यो तर के गर्ने ? सहाभागी ङवाङपासाङ शेर्पा आखाभरि आसु निकाल्दै भन्थे । तर यता ल्हाप्सु आयोजक समितिका सदस्य आङ देण्डी शेर्पा भने रिम्पोचे वितेको एक वर्ष पुरा भएको र सवैको चाहना अनुसार रमाइलो गरेको बताउछन । परापुर्व कालदेखिन ल्हाप्सुमा लामा नृत्य र सेबु्रका साथ रमाइलो गदै आएको नेपालको एक मात्र शेर्पा गुम्बामा भने यस पटक पुजापाठ मात्र भयो । हामी सवै शेर्पाको प्रमुख ठुल्सिक रिम्पोचेप्रतिको श्रद्धाको कारण यस पटक शेर्पा गुम्बाको ल्हाप्सुमा लामा नृत्य र सेबु्र नगरेको आयोजकहरु बताउछन । त्यसो त विश्वभरि जहा शेर्पाहरु रहेका छन त्यहा पनि यो वर्ष परम्परागत रुपमा ल्होसार मनाएपनि नाचगानको पाटीहरु भने सवै स्थागित भइसकेको छ ।
|
| पछिल्लो परिमार्जन ( बुधबार, 29 फेव्रुवरी 2012 02:00 ) |
|
| अमेरिकी राजनीतिमा उदाउँदै नेपाली |
| मंगलबार, 21 फेव्रुवरी 2012 13:24 |
 |
 |
 |
|
| (जाङ्बु शेर्पा)
दर्शन रौनियार वासिङ्टनबाट कंग्रेसम्यानको उम्मेदवार हुँदैछन् भने अमेरिकी राजनीतिमा फड्को मार्न आफ्ना पाइलालाई अघि बढाइरहेका छन् भर्जिनियाका हरि शर्मा पनि। दर्शन र हरि जस्तै रोजर अधिकारी पनि डेमोक्रयाट हुन्। यी दुईभन्दा रोजरको बुझाइमा अमेरिकी राजनीतिजस्तो सजिलो कहिँ छैन। 'प्रतिवद्धता र क्षमता छ भने नेपालमा जस्तो यहाँ ठूला नेताको पुच्छर बनिरहनु पर्दैन। यहाँ कुरा हैन काम देखाएर माथि आउने हो,' ट्रेसी काउन्टीमा डेमोक्रेटिक पार्टीका निवर्तमान बोर्ड अध्यक्ष रहेका अधिकारी भन्छन्।

|
| पछिल्लो परिमार्जन ( मंगलबार, 21 फेव्रुवरी 2012 13:38 ) |
|
| न्युयोर्कमा डान्स सिक्नहरुको लर्को |
| सोमबार, 20 फेव्रुवरी 2012 06:29 |
 |
 |
 |
|
| (विष्णुप्रसाद पौडेल), न्युयोर्क,
साथीभाईहरु सगं पार्टीमा नाच्न नजानेका कारण शिवानी शाही लाई अचेल डान्स स्कुल धाउनु परेको छ अब उनी आफना साथीभाई भन्दा कम भएकी छैनन अब उनी साथीहरु सगं कुममा कुम मिलाएर नाच्ने भएकी छन । 
|
| पछिल्लो परिमार्जन ( सोमबार, 20 फेव्रुवरी 2012 12:56 ) |
|
|