दर्ता तथा प्रवेश
अमेरिका गतिविधि
विभिन्न नेपाली समुदायद्धारा स्वस्थ्य शिविर र रक्तादान
मंगलबार, 15 मे 2012 19:37    PDF Print E-mail

 

alt

एभरेस्ट सम्वाददाता

न्युयोर्क- रक्तदान जीवन दान भन्ने पवित्र उद्धेस्य बोकेका विभिन्न १० नेपाली सस्थाले आइतबार न्युयोर्कमा रक्तादान तथा निशुल्क स्वस्थ्य शिविर आयोजना गरियो । स्थानीय चेन फेडेरेसनको हलमा आयोजित कार्यक्रममा विभिन्न नेपाली समुदायको उत्साहजनक सहाभागीता रहेको थियो । 'मदर्स डे' को अवसरमा आयोजित उक्त कार्यक्रम सिन्धु युएसए वेलफेर सोसाइटी, थकाली सेवा समिति, एनआरएन युएसए, मुस्ताङ किदुग, किरात राई सोसाइटी अफ अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज, ग्यालसुम्दो सेवा संस्था, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका, एसोसिएसन अफ नेपलिज फिजिसिएन इन अमेरिका र अमेरिका नेपाल फ्रेण्डसीप सोसाइटीको विशेष पहलमा भएको थियो ।

कार्यक्रममा १ सय भन्दा बढिले रक्ताचाप, कोलस्ट्रोल र सुगर जस्ता अन्य रोगहरुको निशुल्क परिक्षण गर्नका साथै चिकित्सकहरुबाट परामर्स समेत लिएका थिए । स्वस्थ्य परिक्षण पछि ७२ जनाले रक्तदान गरेका थिए ।

उक्त अवसरमा व्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनालीले यो पटक समेत गरि १ सय ४ पटक रक्तादान गरिसकेका छन । रक्तादान गर्नेहरुलाई संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी नियोगका उपप्रमुख सेवा लम्साल अधिकारी र अमेरिकन रेडक्रसका लेखा प्रबन्धक थोमस केनले प्रमाणपत्र प्रदान गरेका थिए । अमेरिकन रेडक्रसका लेखा प्रबन्धक केनले ७२ जनाले प्रदान गरेको रगतबाट २१५ जनाको अमूल्य जीवन बचाउन सक्ने भन्दै नेपाली समुदायले रक्तदानको क्षेत्रमा देखाएको यो सद्भाव र सहयोग महत्वपूर्ण रहेको बताए ।

रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकहरु डा. भूपेन्द्र वाग्ले, डा. रेखा हमाल, डा. उमेश पौडेल र डा.विनोद शाह आदि स्वास्थ्यकर्मीहरुले निःशुल्क स्वस्थ्य जाच गर्नमा योगदान पुर्‍याएका थिए । कार्यक्रम आयोजक सस्थाका तर्फबाट अर्जुन मैनाली, वंशलाल तामाङ, परिता राजभण्डारी, सतेन्द्र शाह, दावाग्याल्पो पुनेल, पूनम काफले , मणि वाङदेल, छेपक दोर्जी र ओमकार गौचन विशेष रुपमा खटेका थिए । त्यस्तै स्थानीय विलियम कुलिन ब्रान्ड हाई स्कुलका नेपाली क्लबका अध्यक्ष शिशिर थोकरको नेतृत्वमा आएका विद्यार्थीहरुले स्वयमसेवकको भुमीका निभाएका थिए ।

 

तस्विर अशोक पन्त नेपाल फोटोन्युज डटकम

पछिल्लो परिमार्जन ( मंगलबार, 15 मे 2012 20:27 )
 
अमेरिका र नेपाल चेम्बर अफ कमर्स बिच सम्झौता
आइतबार, 13 मे 2012 14:16    PDF Print E-mail

alt

अमेरिका, न्यूयोर्क - हालै गठित अमेरिका नेपाल व्यवसायी संघ (यूएस नेपाल चेम्बर अफ कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालका बिचमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा memorandum of understanding (mou) मा एक सम्झौता भएको छ । अमेरिका नेपाल व्यवसायी संघको आयोजनामा न्यूयोर्क रिजउडमा आयोजित कार्यक्रममा संघको तर्फवाट सचिव प्रकाश थापा, अध्यक्ष मोहन ज्ञवाली र नेपाल चेम्बर अफ कमर्सका तर्फवाट महासचिव कमलेस कुमार अग्रवाल र अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले हस्ताक्षार गर्नुभएको छ ।

 

अमेरिका भ्रमणमा रहेका उक्त व्यापारी मण्डलको स्वागतका लागी आयोजित उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको न्यूयोर्क स्थित कार्यालय नियोग र अमेरिका नेपाल व्यवसायी संघद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो । संघका अध्यक्ष मोहन ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्र कुमार बस्नेतले "आज भएको यो सम्झौता अमेरिकामा रहेका नेपाली व्यवसायी र नेपालमा रहेका व्यवसायीका लागी ऐतिहासिक भएको छ भन्नुभयो ।" आजबाट अमेरिका नेपाल व्यवसायी संघ चेम्बरको आघिकारिक प्रतिनिधि भएको छ भन्दै उहांले यस संस्थाले नेपाली व्यापारीहरुको हकहितको लागी काम गरोस र यसबाट नेपाली व्यवसायीले फाईदा लिन सकोस भन्दै नेपाली व्यवसायीको लागी चेम्बरले नेपाल र अमेरिकन सरकार संग पहल गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै चेम्बरका महासचिव कमलेस कुमार अग्रवालले यो सम्झौताले नेपाल र अमेरिकामा बसेर व्यवसाय गर्ने व्यापारी बिच एउटा पुलको काम गर्ने ,देशमा नयां लगानिका बाटाहरु खुल्ने र व्यापारीहरु बिच समन्वय सहकार्यमा महत्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयो । 

alt

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मिसनका नायव स्थायी प्रतिनिधी सेवा लम्सालले अमेरिका नेपाल व्यवसायी संघले सुरु गरेको यो काम ऐतिहासिक भएको र नेपाल मिसनले यो काम लाई सफल बनाउन सक्दो सहयोग गर्ने छ भन्नुभयो । त्यसैगरि मिसनका मिनिष्टर अफ काउन्सिल अमृत राईले अमेरिकामा हरेक संस्था भएपनि व्यापारीको संस्था नभएको र यो संघले व्यापारीहरुको लागी थालेको एकताले अमेरिकन नेपाली व्यवसायीहरु एक जुट भएर अगाडी बढ्ने छन भन्नुभयो ।

अमेरिकाका लागी नेपाली वाणिज्य दुत प्रेम राजा महतले यो संघले व्यापारीहरुलाई एकजुट बनाउनुहोस आफुले हरेक कदममा सहयोग गर्ने भन्दै अमेरिकी सरकार, यहांको चेम्बर संघ नेपाली व्यवसायीका लागी आफू काम गर्न तयार रहेको छु भन्नुभयो । दुई चेम्बरका बिचमा भएको सम्झौतालाई ऐतिहासिक भन्दै यसले नेपाली व्यवसायीलाई ठूलो फाईदा पुग्ने छ भन्नुभयो ।

उक्त समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष् खगेन्द्र जिसीले नेपालमा बन्न लागेको संविधानमा दोहोरो नागरिताको प्रावधान हटाउन थालिएको छ भन्दै सबैले मिलेर यसलाई टड्कारो रुपमा उठाउनु पर्छ भन्दै यो संघले गर्ने क्रियाकलपमा आफ्रनो पूर्ण रुपमा सहयोग हुने छ भन्नुभयो । त्यसैगरि कार्यक्रममा रिजउड नेपलिज सोसाइटिका अध्यक्ष श्री पराजुलिले सामाजिक संस्था र व्यापारीक संस्था बिच समन्वय हुनुपर्छ भन्दै यो संघले अमेरिकामा रहेका व्यापारीहरुको उत्थानका लागि लडोस आफूले हरेक कदममा साथ दिन्छ भन्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य वेद प्रसाद खरेलले संघले आगामी ६ देखि एक वर्ष भित्र अधिवेशन गर्ने ,हाल सम्म ३१वटा विभिन्न राज्यबाट २४० व्यपारीहरुले आवद्धता जनाइसकेको र यो संस्था गैर राजनितीक , मुनाफा रहित हुने उल्लेख गर्नुभएको थियो । त्यसै गरि कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सानुबाबु सिलवालले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै व्यापारिक हितको लागी यो संस्था गठन भएकोले नेपालमा अमेरिकन लगानि भित्रयाउने महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्नु भएको छ ।

 

कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष आङ् छिरिङ्ग शेर्पा , पत्रकार सूर्य थापा , युएनडिएफका अध्यक्ष सिता खरेल , समाज सेवी डा; तारा निरौला ,वाल्टिमोर एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठ , शेर्पा किदुङ्गका सचिव पाशाङ्ग शेर्पा लगायतका वक्ताले दुई चेम्बर बिच भएको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै यसले व्यपारीहरुको हकहित,सुरक्षाका लागी पहल गरोस भन्दै आफूले हरेक कदममा साथ दिन्छौ भन्नुभयो । कार्यक्रममा केन्द्रिय सदस्य केदार श्रेष्ठ लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वागत भाषण संघका कोषाध्यक्ष कुगां शेपाले गनुभएको थियो भने कार्यक्रमको संञ्चालन सचिव प्रकाश थापाले गनुभएको थियो ।

 

alt

 

अन्तमा अध्यक्ष मोहन ज्ञवालीले कार्यक्रममा सहभागीलाई धन्यवाद भन्दै आज भएको दुइ चेम्बर विचको सम्झौताले दुई देश विच व्यापारिक फाइदा हुने छ भन्दै नेपाल चेम्बर अफ कमर्सले नेपालमा विदेशी लगानी भित्रयाउनका लागी नेपालीहरुलाई वातावरण तयार गर्न अनुरोध गर्दै यहांको नेपाली व्यापारी, व्यवसायीहरुलाइ एक भएर लाग्नका लागी आव्हान गर्नुभयो ।

पछिल्लो परिमार्जन ( आइतबार, 13 मे 2012 14:43 )
 
शेर्पा किदुगको बुद्ध जयन्ती
सोमबार, 07 मे 2012 16:20    PDF Print E-mail

alt

 

ल्हाक्पागेलु शेर्पा

न्युयोर्क . शान्तिको अग्रदुत भगवान बुद्धको २५५६ औ जन्म जयन्तीको अवसरमा न्युर्योकस्थित शेर्पा एसोसियसन शेर्पा किदुगले आफनै भवनमा विविध कार्यक्रमका साथ बुद्ध जयान्ती मनायो । विहानदेखिनै पुजाका साथ शुरु भएको कार्यक्रममा उपस्थित धर्मगुरुहरुले किदुगले नवनिर्मित छोक्स्याममा देवदेवताको मुर्ति र महत्पुर्ण धार्मिक पुस्तक प्रतिस्थापना गरि पुजा प्रर्थाना गरेका थिए । विहानी साङ सेरकिम र बुद्ध बन्दनाका साथ शुरु भएको पुजा कार्यसंगै लामा गुरुहरुले सम्पुर्ण प्राणी जगत र विश्व शान्तिका कामना गरेका थिए । कार्यक्रममा शेर्पा किदुगको बौद्ध शिक्षक लोपेन गिर्मि छोटक र किदुग कार्य समितिका सदस्य लोपेन लामा पेम्बा शेर्पाले बुद्धको दर्शन र बुद्ध जयन्तीको बारेमा प्रवचन दिनुभएको थियो । त्यस्तै उपस्थित भक्तजनहरुले सामुहिक रुपमा बुद्ध बन्दना र प्रार्थना समेत गरेका थिए ।

 

 

alt

 

न्युयोर्कमा बसोबास गर्दै आइरहेको शेर्पाहरुको विशेष प्रयोजनमा भएको कार्यक्रममा किदुगका अध्यक्ष छोङबा शेर्पाले सबैलाई स्वागत गरेका थिए । किदुगका महासचिव दावा जाङबु शेर्पाद्धारा सञ्चालित कार्यक्रममा सास्कृतिक केन्द्रका अध्यक्ष छोङबा शेर्पा र किदुगका पुर्व महासचिव आङ ग्याल्जेन शेर्पाले शेर्पा किदुगको गतिविधिको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा कल्चर सेन्टरको लागी सहयोग गर्ने नया संरक्षक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । उक्त अवसरमा किदुगको सास्कृतिक उप समितिद्धारा तयार पारेको बर्दो थोटुलको सिडि स्यारे टुल्कु रिम्पोचेद्धारा विमोचन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा न्युयोर्कको वाल्देनस्थित परमपुज्य गुरु शाक्य टि्रजेन रिम्पोचेको छेचे कुन्छोकलिङ गुम्बाबाट शेर्पा सास्कृतिक केन्द्रको लागी २५ हजार डलर प्रदान गरेका थिए ।

पछिल्लो परिमार्जन ( आइतबार, 13 मे 2012 13:37 )
 
न्युयोर्कमा नेपाली पत्रकारको अधिबेसन चहलपहल
बिहिबार, 03 मे 2012 14:46    PDF Print E-mail

 alt 

न्युयोर्क- अमेरिकाभरिका नेपाली पत्रकारहरुको साझा सस्था नेपाल अमेरिका पत्रकार संघ -नेजा) को यही मे ५ र ६ तारिख न्युयोर्कमा हुने तेस्रो महाधिबेसनका लागी विभिन्न राज्यबाट पत्रकारहरु आउने क्रम बढेको छ । आगामी दुई वर्षेको लागी नया नेतृत्व चयन हुने यो अधिबेसनका लागी सुक्रबारदेखिनै पत्रकारहरु न्युयोर्कमा भेला हुन थालेका छन । पुरानो र नया दुबै गरि करिब सय भन्दा बढि सदस्यता रहेको नेजाले यस पटक न्युयोर्कको चेन फेडरेसनमा अधिबेसन आयोजना गदै छ । अधिबेसनमा भाग लिन आउने पत्रकारहरुको शनिबार साझ संयुक्त राष्ट संघका लागी नेपाल मिसनले रात्री भोजको आयोजना गर्ने भएको छ ।

" प्रवासको पत्रकारितासंगै नेजाको यो कार्यकाल समग्रमा नेपाली पत्रकारहरुको हितमा केही गरु भन्ने भावनाले अघि बडयौ " नेजाको महाधिबेसन तयारी समितिको संयोजक एवं महासचिव आङछिरिङ शेर्पाले भने " विशेष गरि हाम्रो लक्ष्य भनेको पनि प्रवासको पत्रकारिताको विकाससंगै नेपालमा क्रियासिल पत्रकारको लागी केही सहयोग गरु भन्ने हो " । उनले भने । उनका अनुसार नेजाको दुई वर्षे कार्यकालमा नेपाली पत्रकारहरुको हित अनुरुप यस वर्षदेखिन नेजा बद्रीकुल उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेजाद्धारा पहिलो पटक स्थापित १ लाख ११ हजार १ सय ११ नेपाली राशीको बद्री-कुल मेमेरियल पत्रकारिता पुरस्कार पयो पटक कान्तिपुरकर्मि बरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गरिएको छ । लामो समयदेखिन पत्रकारितामा लागेर कान्तिपुर दैनिकका लागि हेटौंडालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका विष्टले मकवानपुर जिल्लाका बनकरिया तथा चेपाङ्ग समुदायको उत्थानका साथै सामाजिक विकासकालागि पत्रकारितामार्फत विशेष भूमिका निर्वाह गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार बरिष्ठ पत्रकार भारतदत्त कोइरालाको संयोजकत्वमा पत्रकारहरु धर्म अधिकारी,खिम घले र सुशील शर्मा सदस्य रहेको पुरस्कार छनौट समितिले गरेको पठाएको सिफारिस आधारमा गरिएकेा हो ।

का अनुसार यो कार्यसमितिले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बाषिर्क भेला आयोजना गर्नुको साथै नेजाको सहयोगार्थ भर्जिनियाको फेयरफेक्सस्थित चलचित्र हलमा दास ढुङ्गा प्रदर्शन र खग्रास चलचित्र प्रदर्शन गरिएको थियो । यसै गरि नेजाले राजाको प्रत्यक्ष शासनकालमा जनताले भोग्नु परेको पिडा र तत्कालिन सेना प्रमुख रुक्मंगत कटुवलले निभाएको भुमीको बारेमा नेपाली समुदाय माझ अन्तरक्रिया भएको थियो ।

त्यस्तै नेपाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त विनय कसजुसंग प्रवासमा नेपाली पत्रकारिताको बारेमा र इन्टरनेशनल सेन्टर फर जोर्नालिज -आइसीएफजे)का कार्यक्रम निर्देशक रोबर्ट टिन्सिलीसंग पेशागत हकहित र नेपाली पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने सम्बन्धमा कार्यक्रमको विषयमा वार्ता गरेका थिए । यसको साथै नेजाले नेपालमा मोटरसाइकल दुर्घटनामा घाइते भएका रविन थपालियालाई १ हजार अमेरिकी डलर, त्यस्तै मृगौला रोग पीडित पत्रकार रमेश चालिसेको उपचारार्थ नेजाले ६० हजार ७ सय ५० रुपियाँ सहयोग रकम उपलब्ध गराएको छ । ती रकम नेजाले नेपाल पत्रकार महासंघको भवनमा आयोजित कार्यक्रममा सम्बन्धीत व्यक्तिलाई हस्तन्तरण गरेका थिए । नेजाले यस अघि मोटरसाइकल दुर्घटनामा परेको नेपाल समाचारपत्रको पत्रकार गजेन्द्र बुढाथोकी समेत आर्थिक सहयोग गरेका थिए । त्यस्तै हालै

झापामा कार्यरत पत्रकार यादवप्रसाद पौडेलको हत्याको घट्नालाई नेजाले एक विज्ञप्ति प्रकाशित गर्दै भत्र्सना गदै घट्ना निष्पक्ष छानवीन तथा दोषी माथि कार्वाहीको माग गरिएको थियो ।

पछिल्लो परिमार्जन ( बिहिबार, 03 मे 2012 14:54 )
 
पुस्तकालयका लागी सायद प्रर्दशन हुने
बिहिबार, 03 मे 2012 04:17    PDF Print E-mail

 

 alt

न्युयोर्क -  समय सापेक्षित रुपमा नेपाली चलचित्रमा आउन थालेको गुणस्तरिय विकास तथा परिवर्तनको कारणले अमेरिकामा पनि अहिले नेपाली चलचित्र प्रर्वद्धन हुन थालेको छ । हरेक हप्ता कार्यक्रम हुने व्यस्त न्युयोर्कमा हिन्दी चलचित्र मात्र रुचाउनेहरु समेत हलमा नेपाली फिल्म लागेको सुनेपछि हेर्ना पछि परेका छैनन । न्युयोर्कमा नेपाली चलचित्र हेर्ने वातवारण नेपाली युवाहरुको पहलमा स्थापित आइन्च प्रोडक्सनले गरेको छ । " नेपाली चलचित्रको प्रर्वद्धनसंगै सामाजिक कार्यमा सहयोग पुर्‍याउने उद्धेस्यले हामी यो कार्यमा लागेको हो " प्रोडक्सनका सस्थापक रोजन श्रेष्ठले बताए । न्युयोर्कमा दर्ता भएको यो सस्थाले गत महिना विभिन्न हलमा लुट चलचित्र सफलताका साथ प्रर्दशन गरेका थिए । त्यही सफलतापछि आइन्चले अब आगामी मे को १२ र १३ तारिख दुई दिन नेपाली चलचित्र सायद देखाउने भएको छ ।

 

नेपाल, अमेरिका र अष्ट्रिलिया एक साथ प्रर्दशन हुने यो चलचित्रको अमेरिका वितरण आइन्चले गर्ने भएको छ । "शिक्षाको लागी सिनेमा" भन्ने मुल मन्त्र बोकेको यो चलचित्रबाट आएको आम्दानीले नेपालमा पुस्तकालय बनाउने भएको छ । आइन्चले माइसन्सार फाउण्डेसनसंग मिलेर पुस्तकालय बनाउने यो योजना अन्र्तगत न्युयोर्क र बोष्टन लगायत अन्य राज्यहरुमा पनि यो चलचित्र प्रर्दशन गर्ने सोच राखेको छ । न्युयोर्कमा सटमुभी निर्माताको रुपमा चिनिन्दै आएको रोजन र कमल गुरुङद्धारा स्थापित यो सस्थाले सायदपछि आपवाद चलचित्र प्रर्दशन गर्ने भएको छ । यी चलचित्रपछि भविष्यमा नेपालमा बृद्धा आमाहरुको हितमा पनि केही गरु भनेर रचनात्माक कार्यको सोच पनि बनाइरहेका छौ कमलले बताए ।

 

" विदेशमा रहेपनि नेपालको शिक्षा लगायत अन्य क्षेत्रमा सघाउ पुर्‍याउन खोजेको सस्थाकेा यस्तो उद्धेस्य देशको लागी धेरै महत्वपुर्ण हो " आइन्चका सल्लाहकार अन्जन श्रेष्ठले भने" यस्तो कार्यमा सहयोग पुर्‍याउन सवैलाई आग्रह पनि गर्दछु " । अन्जन न्युयोर्कको क्रियासिल सामाजिक सस्था जिमिनको सस्थापक सदस्य समेत हुन ।

पछिल्लो परिमार्जन ( बिहिबार, 03 मे 2012 04:21 )
 
तामाङ सोसाइटीमा साङगे
बुधबार, 25 अप्रिल 2012 03:58    PDF Print E-mail

alt

न्युयोर्क- तामाङ जातीको हकहितको लागी स्थापित तामाङ सोसाइटी अफ अमेरिकाको छैटो अधिबेसनले साङगे लामा रुम्बाको अध्यक्षतामा नया कार्य समिति गठन गरेको छ । न्युयोर्कको ज्याक्सनहाइटस्थित शेर्पा किदुगको भवनमा आयोजित उक्त अधिबेसनले उपाध्याक्षमा फुर्वा तामाङ घिसिङ, महासचिवमा बुद्धिमान तामाङ, सचिवमा अमर तामाङ र कोषाध्याक्षमा निमा पाखि्रन र सहकोषाध्याक्षमा विजय तामाङलाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा लुइसाङ वाइवा, सुनिता तामाङ, राधिका तामाङ, धन बहादुर तामाङ र विजय तामाङलाई निर्वाचित गरेको छ ।

 

पछिल्लो परिमार्जन ( बिहिबार, 26 अप्रिल 2012 04:13 )
 
बाल्टिमोरमा पहिलोपटक रक्तदान
सोमबार, 16 अप्रिल 2012 11:20    PDF Print E-mail

alt

 

बाल्टिमोर,अमेरिका— नयाँ वर्षको अवसर पारेर नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरले यहाँ रक्तदान कार्यक्रम सम्पन्न गरेको | आइतवार टिमोनियमस्थित  स्थानीय रेडक्रस केन्द्रमा आयोजित रक्तदान कर्यक्रममा विभिन्न १९ जनाले रक्तदान गरेका थिए | बाल्टिमोरमा नेपाली समुदायको तर्फबाट रक्तदान आयोजना गरिएको यो नै पहिलोपटक हो | कार्यक्रमको बारेमा जानकारी पाएर आयोजक रक्तदाताहरुलाई प्रोत्साहन प्रदान गर्नका लागि न्यूयोर्कमा रहेका ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली   स्थानीय नेपाली सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका बानाका अध्यक्ष विजय श्रेष्ठ पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो | कार्यक्रम जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति सुभाष घिमिरेको संयोजनमा भएको थियो | रक्तदान गर्न नमिलेता पनि कार्यक्रममा स्थानीय अन्य कांग्रेस शुभेच्छुकहरुको पनि उपस्थिति रहेको थियो

कसले गरे रक्तदान

कार्यक्रममा सुभाष घिमिरे,गौतम दाहाल,अनुप खनाल,रेखा दाहाल घिमिरे,संजीव खड्का,अमृता पाण्डे,दिलकुमार श्रेष्ठ,सुवीर प्रधान,कृष्ण बराल,आनन्दकृष्ण घिमिरे,शोभा घिमिरे,कुलमणी आचार्य,श्यामकृष्ण घिमिरे,प्रवीण खड्का,किरण पन्थ,राजन त्रिपाठी,सतिश चापागाईं,सगर घिमिरे कूलप्रसाद गुरुङले रक्तदान गर्नु भएको थियो | यसैबीच समितिका सभापति सुभाष घिमिरेले सम्पूर्ण रक्तदाता,उपस्थित अन्य महानुभावहरु रेडक्रस केन्द्रका सबैलाई कार्यक्रम सफल बनाई दिनु भएको भन्दै च्याप्टर कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्

पछिल्लो परिमार्जन ( सोमबार, 16 अप्रिल 2012 11:25 )
 
न्युयोर्कमा नेपाली व्यवसायीहरुको एकता ।
शुक्रबार, 13 अप्रिल 2012 15:26    PDF Print E-mail

 

 

 

 

alt

न्युयोर्क बडदो नेपालीहरुको संख्यासंगै अहिले ज्याक्सनहाइट क्षेत्रमा विगतको तुलनामा नेपाली व्यवसायीहरुको सख्या पनि बडन थालेको छ । विशेष गरि एसियन समुदायहरुको बस्तीको रुपमा चिनिने ज्याक्सनहाइटमा अहिले नेपाली व्यवसायीहरुले आफनो व्यवसाय निकै माथि उठाउदै आएका छन । कोरियन, चाइनिज, भारतीय, बंगली, पाकिस्तानी मुलका व्यवसायीहरुसंगै नेपालीहरुले पनि विभिन्न किसिमका व्यवसाय स्थापना गरेका छन । उनीहरुको व्यवसायले नेपालीलाई मात्र होइन अन्य विभिन्न मुलुकका समुदायलाई समेत लाभ पुर्‍याउदै आएका छन । कानुन व्यवसाय,सलुन, एकान्टेन्ट , ट्राभल एजेन्सी, ग्रोसरी स्टोर, फोन पसल, लुगाकपडा पसल, गहना पसल, रेष्टुरेन्ट, काम खोजिदिने, विमा व्यवसाय, घर किनबेच लगायतका बहुउद्धेस्य व्यवसायहरु संञ्चालन गदै आएका छन । यी व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले पहिलो पटक ज्याक्सनहाइटमा सिटि काउन्सिलमेनसंग अन्तरक्रिया कार्यक्रम गरियो । उनीहरु आफुहरुले भोग्दै आएको समास्या र आधारभुत आवश्याक्ताको बारेमा ज्याक्सनहाइटस्थित काउन्सिलमेन डेनिय ड्रामसंग राखेका थिए । उनीहरुले राखेको समास्याप्रति काउन्सिल मेन डेनियल ड्रामले आफुले चाडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ' तपाईहरुले सञ्चालन गरेकेा व्यवसायको कारण यो स्थानको महत्व बडदै गएको छ' डेनिय ड्रामले भने-' सिटि काउन्सिल मार्फत हामीले गर्नु पर्ने सबै सहयो गर्न हामी तयार छौ त्यसका लागी तपाईहरु सवै एक भएर आफनो समास्याहरु लिएर आउनुस' ।

alt

 

उक्त अवसरमा विभिन्न व्यवसायीहरुले आफुहरुलाई परेकेा समास्याको बारेमा काउन्सिलमेनलाई जानकारी गरेका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक डा तारा निरौलाले गरेका थिए । काउन्सिलमेन डानियल ड्रामसंगको अन्तरक्रियापछि नेपाली व्यवसायीहरु एकताबद्ध रुपमा अघि बडनका लागी तत्काललाई एक तद्धर्थ समिति बनाएका छन । कानुन व्यवसायी दुर्गा भुर्तेलको संयोजकत्वमा बनेको ७ सदस्यीय तदर्थ समितिमा लामा एकाउन्टिङका नाम्गेल लामा, थकाली किचेनका नविन सेरचन, हिमालयन याक रेष्टुरेन्टका तेन्जिङ उक्याप, क्विन्स डाइमण्डका समिर मर्हजन, एलाइन्स इन्टरनेशनलका साङगे लामा तामाङ र रुम्बा सलुनकी चुन्मु रुन्बा रहेको छ ।

 
कवि तथा गीताकार गीता खत्रीको एक्कल कविता बाचन
मंगलबार, 03 अप्रिल 2012 15:42    PDF Print E-mail

 

२०१२ अप्रिल महिनाको सिर्जना यात्रामा कवि तथा गीताकार गीता खत्रीको एक्कल कविता बाचन न्यृ्योर्कको कुइन्सस्थित हिमालय धर्म केन्द्रमा आज सम्पन्न भयो । कवि गीता खत्रीले आप्mना रचनाहरुलाई तीन वर्गमा विभाजन गरि उपस्थित साहित्यकार र साहित्यप्रेमीहरुलाई सुनाउनु भएको थियो । पहिलो बर्गमा ईश्वरभक्ति तथा राष्ट्रप्रेमका गीत र कविताहरु, दोस्रो बर्गमा राजनैतिक र सामाजिक गीत र कविताहरु र तेस्रो वर्गमा माया प्रिती र प्रेमजन्य गीतहरु बाचन गर्नु भयो । कवि गीता खत्रीले करिब एकघण्टामा २७ वटा आप्mना सिर्जनाहरु सुनाउनु भएको थियो । त्यसपछि अन्य दशजना कविहरुले आ—आप्mना कविताहरु बाचन गर्नु भएको थियो । कवि गीता खत्रीले अप्रिल महिनामा जन्मनु भएका उपस्थित साहित्यकारहरुलाई छक्क पार्दै जन्मदिनको शुभकामना दिर्दै सबैलाई पृ्mलका गुच्छा उपहार समेत दिनु भयो । कवि गीता खत्रीव्दारा बाचित गीत तथा कविताहरुको समिक्षा श्री युयुत्सु आरडि शर्मा गर्नु भएको थियो ।

पछिल्लो परिमार्जन ( मंगलबार, 03 अप्रिल 2012 18:02 )
 
न्युयोर्कमा स्व कोइरालाको सम्झना ।
बिहिबार, 29 मार्च 2012 01:57    PDF Print E-mail

 

alt 

न्युयोर्क - नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइरालाले नेपालको राजनितिक क्षेत्रमा पुर्‍याएको महत्वपुर्ण योगदानको बारे न्युयोर्कका विभिन्न क्षेत्रका व्यक्तिहरुले चर्चा गरेका थिए । जन सम्पर्क समिति न्युयोर्क च्याप्टरद्धारा ज्याक्सनहाइटको थकाली किचनमा आयोजित स्व कोइरालाको दोश्रो स्मृति सभाको अवसरमा उनीहरुले मुलुकको अहिलेसम्मको राजनितिक परिवर्तनमा स्व कोइरालाको योगदानको स्मरण गरेका थिए । च्याप्टरका सभापति नविन सेरचनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस उत्तर अमेरिकी प्रतिनिधि मृदुला कोइराला, सिन्धु वेलफेयरका अध्यक्ष बंशलाल तामाङ, डेमोक्रेटिभ युथ फोरमका अध्यक्ष प्रमोद सिटौला,अन्तराष्ट्रिय साहित्य समाजका महासचिव गीता खत्री, फिफनाका महासचिव दिपेस लिम्बु, रिजउड नेपाली समाजका अध्यक्ष श्रीपराजुली,किरात याक्थुङ चुम्लुङका अध्यक्ष देवेन्द्र साम्बहाम्फे, किरात राई सोसाइटीका अध्यक्ष मणि वाङदेल,ताप्लेजुङ समाजका अध्यक्ष टिका गुरुङ, एनआरएनका कोषाध्याक्ष डा विनोद शाह, युवा नेतृ गोमा सेन, टे्रड युनियन कंग्रेसका नेतृ कमला पन्त लगायतका वक्ताहरुले स्व कोइरालाले मुलुकको हितमा गरेको महत्वपुर्ण योगदानको बारेमा मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रम च्याप्टरका प्रतिनिधि छिरिङ तोप्केले सञ्ञ्चालन गरेका थिए ।

 

 

 

पछिल्लो परिमार्जन ( बिहिबार, 29 मार्च 2012 02:34 )
 


Page 1 of 2