Everest Times

नेपाल सरकारद्वारा खगेन्द्र जिसीलाई गैरअावासीय नेपाली सल्लाहकारमा नियुक्त

न्युयोर्क । परराष्ट्र मन्त्रालयले गैरअावासीय संघ नेपाल, अमेरिकाका पूर्व अध्यक्ष एवं कानुनविद् खगेन्द्र जिसीलाइ गैरअावासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ ।

अप्रिल ११ अर्थात  चैत २९ को मन्त्रीस्तरीय बैठकले जिसीलाइ उक्त पदमा नियुक्त गरेको मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए ।

एभरेस्ट टाइम्सका सल्लाहकारसमेत रहेका जिसीलाइ कानुनी तथा नीतिगत विषयमा गैरआवासीय नेपाली संघ एवं अन्य विदेशस्थित नेपाली संस्थासँग समन्वय गरी परामर्श दिनका लागि सरकारले सल्लाहकारमा नियुक्त गरेको जनाएको छ ।

अमेरिकाको न्युयोर्कमा कानुन व्यवसायमा सक्रिय रहेका जिसी जनसम्पर्क समितिका पूर्व संयोजक हुन् ।

प्रतिकृया दिनुहोस्