Everest Times

नविना लामासँग तामाङ सोसाइटी अफ अमेरिकाको अन्तर्क्रिया

न्युयोर्क । अनेरस्ववियुकी अध्यक्ष नविना लामाले आफुलाई अगाडि बढ्न तामाङ् समुदायबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रशस्त प्रेरणा र सहयोग पाउँदै आएको बताएकी छन् ।

तामाङ सोसाइटी अफ अमेरिकाद्वारा अप्रिल १७ मा आयोजना गरिएको स्वागत एवं अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित लामाले मन्तब्य राख्दै यसो भनेकी हुन् । उनले भनिन्-‘म यहाँसम्म आउनुमा तपाईंहरुकै सहयोग छ । हरेक कार्यक्रम गर्दा तामाङ समुदायको सपोर्ट तथा प्रमोसनले म यहाँसम्म आइपुगेकी हुँ । तामाङहरु विगतका वर्षमा हेपिएका थिए । २४० वर्षसम्म हेपिएर, दबिएर बसेका तामाङहरु अब नेतृत्वमा आउनुपर्छ भन्ने मेरो भनाइ हो ।’

अमेरिकी विदेश विभागको एक कार्यक्रममा भाग लिन अमेरिका पुगेकै बेला उनलाइ सोसाइटीले स्वागत तथा सम्मान कार्यक्रम अायोजना गरेको हो । तामाङ सोसाइटी अफ अमेरिका अध्यक्ष शान्त थोकरको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि जनजाती महासंघ अमेरिकाका अध्यक्ष लुइसङ वाइबा रहेका थिए ।

स्वागत मन्तब्य तामाङ सोसाइटी अफ अमेरिका सदस्य आरती लामाले राखेकी थिइन् । महासचिव अमर तमाङले सञ्चालन गरेको कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिका पूर्व अध्यक्ष सूर्य पाख्रिन, भरतराज लामा र सुबाश लामा, एनआरएन अमेरिकाका सल्लाह्कार बाबुराम लामा, नेपाली जनसंपर्क समिती अमेरिकाका सचिव भोजराज थोकर लगायतले मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्