फुटबल खेल व्यवस्थित र व्यवसायिक बनाउछौं : एन्फा अध्यक्ष शेर्पा

January 18, 2019

ललितपुर । अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा फुटबल खेललाई व्यवस्थित र व्यवसायीक बनाउने दाबी गरेका छन् ।

शुक्रवार ललितपुरको पाटनस्थित अशोक पार्टी प्यालेसमा अखिल नेपाल फुटबल संघद्वारा एक पत्रकार सम्मेलनमा शेर्पाले नेपालको फुटबल व्यावस्थित गरि व्यावसायीक बनाउने बताएका हुन् ।

उनले एन्फामा विगतका दिनमा धेरै भ्रष्टाचार भएको किटान गर्दै उनले भने, ‘अब, हाम्रो सम्पूर्ण कार्यक्रमहरु पारदर्शिता हुने छ । एन्फामा हुने हर हिसाब किताबको गतिविधि अनलाईनको माध्यमबाट गरिने व्यावस्था गर्दै छौं ।’

शेर्पाले फुटबलको आर्थिकस्थिति सुधारको लागि बजेटको पनि व्यावस्था गर्ने क्रममा छौं । उनले थपे, ‘आर्थिक करोवारमा कसैले पनि संका गर्नु पर्ने स्थिति हुने छैन । सम्पूर्ण हिसावको कारोवार पारदर्शितामा गरिन्छ ।’

आफु अध्यक्षको पदभार सम्हालिरहदा कतिपयले अझै पनि राम्रो संग काम गर्न दिएको छैन । ‘कामगर्ने क्रममा विभिन्न किसिमको आरोपहरु सहनु परेको छ ।’ शेर्पाले भने, ‘कतिपयले विश्वकपको टिकटमा अनियमितता वारे, कतिले भोट किनेको आधारहिन कुराको आरोप प्रत्यारोप सहनु परेको छ ।’

उनले आफुहरु संग सम्पूर्ण कुराको सपुत रहेको उल्लेख गर्दै भने, ‘एन्फाले गरेको सम्पूर्ण गतिविधिको सपुत छ हामीसंग । हावाको भरमा कसैलाई आरोप लगाउनु पाइन्दैन । बरु हिजोको दिनमा भएको सम्पूर्ण गतिविधिको छानबिन हुन आवश्यक छ ।’

उनले केहि समय अघि मात्र सम्पन्न भएको शहिद स्मारक ‘ए’ डिभिजन लीगमा फुटबल प्रतियोगितामा सहभागी क्लबहरुलाई सहयोग उपलब्ध गराउन काठमाडौं र ललितपुर महानगर पालिका संग समन्वय गरेको बताए । ‘एन्फामा पहिलो पटक कर्मचारी नियमावली, आर्थिक नियमावली, आदि अत्यावश्यक नियमावलीहरु विषेश साधारण सभाबाट पारीत गरेका छौं ।’ शेर्पाले भने ।

नेपालको फुटबलको स्तर उन्नतिको लागि सम्पूर्ण कामहरु अगाडि बढाई सकेको उल्लेख गर्दै उने भने, ‘जापान फुटबल संघसंग नेपाली फुटबल खेलको विकासको लागि प्राविधिक र युवा फुटबल विकासमा सहयोग गर्ने सम्झौंता भैसकेको छ । साथै, कतार फुटबल संघसंग पनि नेपाल फुटबल विकासको लागि फुटबल ५ बर्षिय सहयोग गर्ने सम्झौंता भएको छ ।’

एपी वान टेलिभिजन संग पनि चार वर्षको लागि टिभि राइट को सम्झौंता गरिएको जिकिर गर्दै भने, ‘नेपालको फुटबल विकसित गर्न स्थानिय तह बाटै स्कुल स्तरिय लीग सुरुवातगर्ने तयारी समेत हुदै छ ।’

सम्बन्धित समाचार