आरोहीलाई उद्धार गरेका लामा अमेरिकामा सम्मानित

June 17, 2017

एभरेस्ट टाइम्स/न्युयोर्क

सगरमाथा आरोहण गरेर फर्कंदा दुई आरोहीलाई बचाउन सफल आरोही आङछिरिङ लामालाई युएस नेपाल क्लाइबर्स एसोसियसनले सम्मान गरेको छ । यो सिजनमा सगरमाथा आरोहण गरेर फर्कंदा लामा र अन्य आरोहीहरु निमा गेल्जे शेर्पा र आङ जाङबु मिलेर एक नेपाली आरोही र पाकिस्तानी आरोहीलाई साउथसमिट साउथकोलसम्म ल्याएर उद्धार गरेका थिए । सगरमाथाको उक्त उचाईमा उद्धार गरी मानवीय सेवा गरेवापत एसोसियसनले बुधाबार न्युयोर्कमा उनलाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष पासाङरिन्जी शेर्पाले सम्मान पत्रका साथ उनलाई सम्मान गरे ।

‘सगरमाथा चढनु आफैमा कठिन काम हो त्यसमा पनि उहाँले गरेको त्यो साहसले हामीलाई निकै गौरन्वीत तुल्याएको छ,’ एसोसियसनका अध्यक्ष पासाङरिन्जी शेर्पाले भने । लामा एसोसियनका सदस्य पनि हुन् । ‘पर्वतारोहणमा धेरै वर्षदेखि लाग्दै आए पनि यो पटक मेरो जीवनको ठुलो उपलब्धि भयो,’ आरोही लामाले भने, ‘शिखर पुगेर फर्किदाँ आपत परिरहेको आरोहीहरुलाई हामीले उद्धार गर्न पाउँदा निकै खुसी लाग्यो ।’ उक्त स्थान जोखिमपूर्ण र उद्धार गर्न मुश्किल भए पनि सबै मिलेर खटेकाले सम्भव भएको उनले सुनाए । उनका अनुसार नेपाली आरोही र पाकिस्तानी आरोही अक्सिजन सकेर साउथ समिट नजिकै चिसिएर लखतरन अवस्थामा थिए । सगरमाथा आरोहणको क्रममा अक्सिजन सकेमा, मौसम बिग्रेमा र स्वास्थ्यमा समस्या आएमा ज्यान जाने सम्भावना रहन्छ ।


उनी भन्छन्, ‘त्यस्तो ठाउँमा आप्mनो लागि भनेर बोकेको अक्सिजन दिएर कसैले पनि उद्धार गर्दैनन ।’ उनले उद्धार गरेर साउथकोलमा पु¥याएपछि काठमाडांै अस्पतालमा पनि उनीहरुलाई भेटन गएका थिए । उनीहरुलाई उद्धार गरेर ती दुबै आरोहीहरुको हात हिउँले खाएर समस्या भएको थियो । न्युयोर्कमा आयोजित आरोही लामाको सम्मान कार्यक्रममा संस्थाका सल्लाहकार आङछिरिङ शेर्पा, महासचिव ङवाङ निमा शेर्पा, पूर्व अध्यक्ष शेरब जाङबु शेर्पा, पूर्व महासचिव ल्हाक्पा नुर्बु शेर्पा, कोषाध्याक्ष फुर्वा शेर्पा, सदस्यहरु निमा काजी शेर्पा र आङबाबु जिम्बा शेर्पाको उपस्थिति रहेका थिए । उक्त अवसरमा संस्थाका पदाधिकारीहरुले आरोही छिरिङ लामाले गरेको मानवीय कार्यको प्रशंसा गर्दै खादा ओढाएर बधाई दिएका थिए । पहिलो पटक सगरमाथा आरोहण गरेर यो मानवीय कार्य गर्न सफल आरोही लामा खुम्बु क्लाइम्बिङ स्कुलमा विगत १० वर्षदेखिन आइसक्लाम्बिङ प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् । यसका साथै उनी अमेरिकास्थित माउन्ट डेनालीमा नेपाली आरोहीहरुलाई आरोहण गर्ने संयोजन गर्दै आएका थिए ।

सम्बन्धित समाचार