मेष राशिको ज्योतिषीय मान्यता-प उद्ववराज शास्त्री

February 5, 2018

साहित्य, भागवत, ज्योतिषाचार्य
615-439-7798

आकाशीय ग्रह नक्षत्रहरुको स्थितिका आधारमा पृथ्वीमा रहेका सबै प्राणीहरुमा पर्ने प्रभाव दर्शाउने शास्त्र ज्योतिष शास्त्र हो । ज्योतिष शास्त्र वेदको अंग नै हो । ज्योतिष शास्त्रका आधारमा मानिसहरु आफ्नो जीवनमा घट्ने घटनाहरुको जानकारी प्राप्त गर्दछन् । संसारमा प्रत्येक मनुष्यहरुको अलगअलग नाम हुन्छ । त्यही नामको आधारमा ज्योतिषीय दृष्टिमा मेष, वृष, मिथुन इत्यादि १२ पर्दछन् । जन्म समय र जन्मको स्थानलाई आधार मानेर नाम(राशि) निर्माण गर्ने परम्परा वैदिक ज्योतिषीय मान्यता रहि आएको छ ।

यसलाई पूर्वीय परम्परा भनिन्छ भने पाश्चात्य परम्परामा मितिको आधारमा राशी निर्धारण गरिन्छ । उदाहराणार्थ मार्च २१ देखि अप्रिल २० सम्म जन्म भएको कुनै पनि व्यक्तिको मेष राशि अर्थात ARIES(The Ram) हुन्छ ।

पूर्वीय परम्परामा २७ नक्षत्रहरु चन्द्रमाको वरिपरि घुम्दछन् । त्यस्तैको आधारमा मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिको निर्धारण गरिन्छ । यहाँ हामी मेष राशी हुने मानिसहरुको स्वभाव, गुण, लक्षण आदिका बारेमा विवेचना गर्नेछौ ।

चु चे चो ला ली लु ले लो अ– यी अक्षरहरुबाट नाम प्रारम्भ हुनेहरुको मेष राशि हुन्छ । मेष राशीको जातक ठिक्क अग्लो, साहसी एवं उत्साहपूर्ण प्रकृतिका हुन्छन् । यी राशीको स्वामी मंगल हुनाले यिनीहरु धेरैजसो गहुँगोरो वर्णका हुन्छन् । यदि भरणी नक्षत्र हो भने लालीमा युक्त आकृति एवं घुघरालो कपाल हुन्छ ।

यो राशीको महिलाहरुको लामो एव्र बाक्लो कपाल हुन्छ । यो राशीको युवयुवतीहरुमा अनौठो प्रकारको जोश हुन्छ भने छिट्टै रिसाउने गुण पनि हुन्छ । अरुको तुरुन्त सिको गर्नु यो राशीको जन्मसिद्ध स्वभाव हो । समाजमा आफ्नो वर्चश्व कायम गर्न भरभजदुर प्रयत्न गर्ने बानी हुन्छ । यो राशीका स्त्रीहरुमा आफ्नो कुरालाई गोप्य राखेर काम पट्याउने गुण हुन्छ । मेष राशीका युवा वर्ग प्रेम सम्बन्धमा धेरै नै लालायित हुन्छन् ।

मेष राशीको जातक परोपकारी, तेजस्वी, सुशील, साहसी, उद्यमी एवं परिश्रमी हुन्छन् । सतर्क वृद्धि एव्र स्वतन्त्र विचारका धनी हुन्छन् ।

यिनीहरुको स्मरण शक्ति प्रवल हुन्छ । अग्नि तत्व प्रधान हुनाले भावुक प्रकृति, परिवर्तनशील एवं अस्थिर स्वभाव हुन्छ । जीवनमा आफ्नो परिश्रमको बलले धन प्राप्तिका साधनहरु एकत्रित गर्दछन् । दाजुभाईको सहयोग नगण्य मात्रमा मिल्नेछ । यदि मंगल शुभ स्थानमा, स्वगृही भित्रगृही वा उच्चको छ भने ठुलाठुला शत्रुसँग लड्दै विजय प्राप्त गर्दछन् । आफ्नो बोलीप्रति अडिक रहन्छन् भने नयाँ नयाँ योजनाहरु बनाउनमा कुशल हुन्छन् । यिनीहरुको कमजोरी भने कार्यमा हतारोपन हो ।

अन्त्यमा महत्वाकांक्षी तथा स्पष्ट वक्ता हुने मेष राशीका जातहरु प्रत्येक स्थानमा अग्रस्थानमा रहेर काम गर्दछन् ।

शुभबारः मंगलबार, गुरुबार, रविबार ।
शुभ अंकः ९,१,२,३ ।
शुभ रंगः रातो, पहेंलो, सुन्तला, हल्का नीलो
शुभ नंगः सवा आठ रात्तिको मुगा–अनामिकामा ।

कुन कुन राशीसँग लाभ वा हानी

वृष, मिथुन, सिंह, धनु र कुम्भ राशी हुनेहरुसँग मेषको व्यापार, व्यवसाय, मित्रता वा अन्य कारोबारमा लाभ हुनेछ ।
मेष, वृश्चिक र मीनसँग समभाव(मिश्रित) प्रभाव हुनेछ । कर्कट, कन्या, तुला र मकर राशिसँग हानी नोक्सान हुने देखिन्छ ।
पाठकवृन्द, यहाँ हामी प्रत्येक राशीको स्वभाव, लक्षण ुशभ, अशुभ इत्यादिको चर्चा गर्नेछौ । यस अंकमा मेष राशीको बारेमा चर्चा ग¥यौ । बाँकी अन्य राशीको सम्बन्धमा आगामी अंकमा प्रकाशन गर्नेछौं । क्रमशः

सम्बन्धित समाचार