Everest Times

गीतकार चेम्जोङको ‘अर्को जन्म ‘ गिति एल्बम बिमोचन

एभरेष्टटाइम्स
न्युयोर्क— गीतकार इण्दिरा चेम्जोङको गिति एल्बम ‘अर्को जन्म’ एक समारोहका वीच न्युयोर्कको ज्याक्सनहाइटमा विमोचन गरियो । नेपाल अमेरिकन कलाकार संघले आयोजना गरेको कार्यक्रम नेपाली महाबाणिज्यदुताबासका बाणिज्यदुत कृषु क्षेत्रीको प्रमुख आतिथ्य तथा संघको अध्यक्ष समुन बुढामगरको सभापतित्वमा भएको थियो । कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । ६ वटा गीतहरु समेटेको उक्त एल्बममा ५ नेपाली भाषामा र एक लिम्बु भाषाको गीत रहेको छ । विमोचन कार्यक्रममा गीतकार इण्दिरा चेम्जोङले एल्बम विक्रिबाट उठेको रकम धनकुटाको चौविसे राजारानीमा अवस्थित पुण्य उच्च माबिमा कम्प्युटर साइन्स ल्याव स्थापनाको लागी खर्च गर्ने बताएकी थिइन । राजसुक्र लिम्बु, बाबुल गिरि, तारा प्रकाश लिम्बु, बसन्त सापकोटा, इमाहांग सेल्लिंगको संगीत रहेको उक्त एल्बममा मेलिना राई, दिपक लिम्बु, स्वरुपराज आचार्य, मिलन अमात्य, प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ ।

प्रतिकृया दिनुहोस्