Everest Times

नयाँ वर्षकै दिनबाट ‘घामपानी’ देशभर लाग्दै

काठमाडाैं । रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको सिनेमा ‘घामपानी’ नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुँदैछ ।

नायक दयाहाङ राईको जन्मदिनको अवसर पारी सिनेमा रिलिज हुन लागेको निर्देशक दिपेन्द्र लामाले जानकारी बताए ।

रिलिज पूर्व सन्ध्यामा फिल्मको प्राइभेट स्क्रिनिङ गरिएको थियो । फिल्मबाट नयाँ बहस जन्मने निर्देशक लामाले बताए ।

नायक राईले अाफुले यस फिल्मबाट नयाँ अनुभव पाएको बताउँदै बाँकी कुरा फिल्म हेरेर दर्शकबाट सुन्ने प्रतिक्रिया दिए ।

अन्तरजातीय प्रेम मुख्य कथानक रहेको चलचित्रमा दयाको अपोजिटमा केकी छिन् । तर, स्क्रिनिङमा केकी उपस्थित थिइनन् । उनी  कामको सिलसिलाका क्रममा अष्ट्रेलियामा रहेको निर्माता रामबाबु गुरूङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्