७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एक सातामा सबै परिणाम आइसक्छ– यादव


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताएका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले बुधबार आयोजना गरेको स्थानीय तह निर्वाचन प्रारम्भिक समीक्षामा यादवले उक्त भनाइ राखेका हुन् ।

मतगणना गर्ने मिति र स्थान तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिएकाले आयोगले मतगणनामा हस्तक्षेप गर्न नमिल्ने जनाउँदै उनले मतगणनाको लागि आवश्यक जनशक्ति र आर्थिक व्यवस्थापनको पाटोमा भने आयोगले आवश्यक व्यस्थापन गरिरहेको जानकारी दिए।

निर्वाचनको अघिल्लो दिनसम्म पनि मतगणना नै एक महिनापछि गर्नुपर्छ भनेर चर्काे दबाब खेप्नुपरेको घटनाको स्मरण गराउँदै यादवले भने– “एक साताभित्रै सबै परिणाम घोषणा हुन्छ, तपार्इंहरु किन आत्तिनु भएको हो ।”

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने–“मतपत्र ठूलो हुनु भनेको राजनीतिक कारणले हो” जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्याको आधारमा निर्वाचनमा यति जना उम्मेदवार होलान् भन्ने अनुमान गरेर मतपत्रको छपाइ भएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  २ : ४८ बजे