वामदेवकाे लागि उपनिर्वाचन: काठमाडौं ७ खाली

October 10, 2018

गत प्रतिनिधिसभाकाे चुनावमा बर्दिया १ बाट पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई संसद्मा प्रवेश गराउन काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने भएका छन् ।

मानन्धरले राजीनामाका लागि पार्टीमा स्वीकृतिपत्र पेस गरेका छन् । त्यसलाई पार्टीले अनुमोदन गरेपछि राजीनामा दिने सांसद मानन्धरले जानकारी गराए ।

‘मेरोतर्फबाट पार्टीको सचिवालयमा राजीनामा गर्ने स्वीकृति पाऊँ भनेर निवेदन दिएको छु,’ मानन्धरले मंगलबार राजधानीको संवाद चौतारीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब पहिले पार्टीले निर्णय गर्छ अनि म राजीनामा दिन्छु ।’
उनले आफ्नो पत्र सोमबारै सचिवालयमा पठाएका थिए । काठमाडौं ७ मा दुईपटक लगातार जितेका मानन्धरले गौतमका लागि आफूले स्वत:स्फूर्त रूपमा राजीनामा दिने निष्कर्षमा पुगेको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित समाचार