७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बागमती गाउँपालिकाको सहयोग : चार विद्यालयलाई प्राविधिक शैक्षिक सामाग्री, पाँच माविलाई पुस्तकालय सामाग्री


११ पुस २०७६, शुक्रबार  

0
Shares

प्रकाश थिङ/ललितपुर

बागमती गाउँपालिकाले शैक्षिक सुधार गर्ने लक्ष्यका साथ गाउँपालिकाका चार वटा आधारभूत विद्यालयलाई प्राविधिक शैक्षिक सामग्री सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमकोबीच भट्टेडाँडा आधारभुत विद्यलय भट्टेडाँडा, विज्ञान प्रभा आधारभुत विद्यालय इकुडोल, खैरेनी आधारभुत विद्यालय प्युटार, बालमनोरमा आधारभुत विद्यालय आश्राङलाई सुचना प्रविधिमा विकास गर्दै आइटीलाई प्राथमिकता दिने लक्ष्यका साथ टिभी, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन १/१ प्रति वितरण गरेको हो ।

त्यसैगरी गाउँपालिकाले पुस्तकाललाई व्यवस्थित गर्ने कार्यक्रम अन्तर्गत जनक मावि गिम्दी, नारायणी मावि गिम्दी, जनजाग्रती मावि इकुडोललाई लाइब्रेरी र्‍याक र फर्निचर प्रदान गरेको छ।

यसैबीच गत असार २७ गतेको अविरल वर्षाका कारण ज्यान गुमाएका १२ वर्षीय सरोज जिम्बाको परिवारको लागि सल्भ नेपाल ले ७० हजार आर्थिक सहयोग गरेको छ। १२ वर्षीया छोरा सरोजको घर भत्किँदा पुरिएर मृत्यु भएको थियो। घरले पुरिएका उनका कान्छा छोरा निरोज जिब्बाको स्थानीयले सकुशल उद्दार गरेका थिए। वर्षाका कारण पञ्चलाल जिम्बाको घर पूर्णरुपमा क्षति भएको छ। यस अवसरमा सल्भ नेपालबाट  पन्चलाल जिम्बाको लागि ७० हजार नगद सहयोग गरेको हो। वर्षाका कारण पञ्चलाल जिम्बाको घर पूर्णरुपमा क्षति भएको थियो।

उक्त अवसरमा  वाग्मती गाउँपालिका को अध्यक्ष बिरबाहादुर लोप्चन, उपाध्यक्ष रन्जना घिमिरे,  वडा २ का वडा अध्यक्ष एवं सामाजिक बिकास विभाग प्रमुख बिजयकुमार लो, वडा ४ वडा अध्यक्षनारायण बाहादुर घले, वडा न ७ का वडाअध्यक्ष नवराज सन्जेल र विद्यालयको प्रअ तथा व्यवस्थापन समितिको अध्यक्ष लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ५० बजे