बैतडीको पञ्चेश्वर गाउँपालिका प्रमुख/उपप्रमुखमा एमाले विजयी

June 30, 2017

बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । चन्दले दुई हजार ६ सय ८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेसबहादुर चन्दले १ हजर ७ सय १८ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेकै विना भट्ट विजयी भइन् । पञ्चेश्वर गाउँपालिकाको ३ वडाहरुमा नेकपा एमाले, २ मा नेपाली कांग्रेस र १ मा राप्रपा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विजयी चन्द शिक्षक पेसाबाट राजीनामा दिएर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्वार बनेका थिए ।

सम्बन्धित समाचार