पुर्चौडी–१ मा काँग्रेस र पञ्चेश्वर–१ मा एमाले विजयी, पञ्चेश्वर– ६ मा राप्रपा विजयी

June 29, 2017

बैतडी । पुर्चाैडी नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा काँग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याए।

पञ्चेश्वर–१ मा एमाले विजयी

पञ्चेश्वर गाउँपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का रणबहादुर चन्द ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गरे।

पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ ।

पञ्चेश्वर– ६ मा राप्रपा विजयी

पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे ।

महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी भए ।

सम्बन्धित समाचार