३४ करोडमा नयाँ बन्दै प्रधानमन्त्री निवास

November 21, 2019

काठमाडौं– प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आएको बालुवाटारस्थित भवन नयाँ निर्माणका लागि भत्काउन सुरु गरिएको छ ।

पञ्चायतकालमा निर्माण गरिएको उक्त भवन नयाँ बनाउन भत्काउन लागिएको हो । भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउन लागेको भवन बुधबार देखि भत्काउन सुरु गरेको हो ।

भवन निर्माणको काम २०७८ भदौ ११ मा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । कन्टेक प्रालिले ठेक्का पाएको भवनको लागत ३३ करोड ८० लाख छ । नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रमनिवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा बस्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बन्धित समाचार