चर्चामा बसन्तीको सोइ ढोले सोइ

May 30, 2017

न्युयोर्क । प्रवासी नेपाली समुदायमा नृत्यमार्फत कलाकारिता सुरु गदै आएकी बसन्ती राई यतिखेर गायन क्षेत्रमा अघि बढिरहेकी छिन् । गायनकै क्रममा बसन्तीले पछिल्लो समय आफ्नै नामबाट एल्बमसमेत निकालेकी छिन् । बसन्ती एल्बमभित्रको ‘सोइ ढोले सोइ’ गीत पछिल्लो समय युट्युबमा छोटो समयमै लाखौंले मन पराएका छन् ।
विल्सनविक्रम राई ‘तक्मे बुढा’, राजेश पायल राई र एलिसा राईले अभिनय गरेकी छन् । बसन्ती राई र राजेशपायल राईले गाएको सोइ ढोले सोई गीत किरात राई संस्कृतिमा आधारित गीत हो । विशेष गरी राई समुदायमा साकेला हुदाँ नाच्ने गीतलाई लिएर बनेको गीत विमल डाँगीको शब्द÷संगीतमा र म्युजिक भिडियोमा म्युजिक व्यवस्थापन राकेश वलीले गरेका छन । बसन्ती एल्बममा ‘लाने भए लैजाउ’ गीतको म्युजिक भिडियो अभिनेता राजेश हमालसँग बसन्तीले अभिनय गरेकी छिन् ।

न्युयोर्कमा छायाँकन गरेको यो म्युजिक भिडियो सोइ ढोले जस्तो चर्चा पाउन सकेन । सोइ ढोले गीतले पाएको चर्चा र बोस्टनमा उत्कृष्ट नृत्य गरेको भनी बसन्ती राईलाई युनाइटेड किरात राई अर्गनाइजेसन अफ बोस्टन च्याप्टरले साकेला कार्यक्रममा सम्मान गरेको छ । ‘गीत र नृत्यलाई लिएर मैले पाएको सम्मानले गीत संगीतमा अघि बढ्न प्रेरणा मिलेको छ,’ राईले भनिन्, ‘सोइ ढोले सोइको लागि शब्द÷संगीत गरिदिने विमल डाँगी र मन पराइदिने सबैलाई धेरै धेरै धन्यवाद ।’

सम्बन्धित समाचार