नाफिया ब्याटमिन्टन कप मोक्तान र पुरीको जोडीलाई

September 20, 2017

काठमाडौं । दोस्रो नाफिया कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको उपाधि अरुण ओभरसिजका सन्तोष मोक्तान र हिमालयन ह्युमन रिर्सोस्का तुलसी पुरीको जोडीले जितेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजनामा गरेको कपको फाइनल खेलमा मोक्तान र पूरीको जोडीले उपहार ह्युमनका श्याम पराजुली र ईलाइट गोरखाका लालबहादुर गुरुङको जोडीलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
उपाधिसंगै मोक्तान र पुरीको जोडीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, कर्पोरेट कप विधामा उपविजेता उपहारका पराजुली र इलाइटका गुरुङको जोडीले ३० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । सोही विधामा पिताम्बर खनाल र मन्जुश्रीका धु्रव खत्रीको जोडी तथा यूनाईटेडका शुक्र पाख्रिन र आकर्षणका मिलन थापाको जोडीले सेकेण्ड रनरअफको पुरस्कार क्रमशः १५रर१५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितको एक्जुकेटिभ नाफिया कप म्यान्स डबलतर्फको उपाधि रिमिक्सका सुरोज महर्जन र प्रफुल महर्जनकोे जोडीले कब्जा ग¥यो । शेर्पा ट्रेडका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीलाई हराउँदै जोडीले पनि ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उक्त विधामा फष्ट रनरअफ शेर्पा ट्रेडका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीले ३० हजार नगद शील्ड तथा प्रमाणपत्र प्राप्त ग¥यो ।
एपीएफका निरबिक्रम देवकोटा र बुर्तिबाङका दिलेन्द्र पुनको जोडी र अन्नपूर्ण ब्याट्मिन्टनका राम बानिया र नवीनबाबु श्रेष्ठको जोडीले सेकेन्ड रनरअफको पुरस्कार क्रमशः १५र१५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाए ।
खेल अन्नपूर्ण व्याड्मिन्टन एकेडेमीको हल धापासीमा बुधबार सम्पन्न भएको हो ।

सम्बन्धित समाचार