राष्ट्रपतिमा भण्डारी नै दोहोर्‍याउने एमालेको निर्णय

March 7, 2018

काठमाडौं । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।

राष्ट्रपतिका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् ।

राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

२९ गते राष्ट्रपतिको लागि निर्वाचन हुदैंछ ।

 

सम्बन्धित समाचार