दुइ वडाको मत गन्नुअघि नै भरतपुरको उपमेयरमा कांग्रेसकी पार्वतीको जित

May 28, 2017

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा को जित्ला ? अहिले सबैको चासोको विषय बनेको छ । दुइ वडा गन्न बाँकी रहेको छ । यही दुइ वडाले भरतपुरको मेयरको छिनोफानो गर्नेछ । यता दुइ वडा बाँकी हुदाँहुदै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाहको जित सुनिश्चित भएको छ ।

वडा नम्बर १९ मा २ हजार ८६० र २० मा ३ हजार ३०२ मा मत खसेको छ । तर, कांग्रेस उम्मेदवार शाहले ६ हजार ३ सय बढीको अग्रता लिइसकेकी छन् । अब बााकी भोट सबै एमाले उम्मेदवारको पक्षमा गएपनि उपमेयरमा कांग्रेस उम्मेदवार शाह नै विजयी हुनेछन् ।

सम्बन्धित समाचार