भरतपुरमा मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता एकलाख धरौटीमा छुटे

June 1, 2017

चितवन । भरतपुर १९ वडाको मतगणनाको क्रममा मतपत्र च्यात्ने माअोवादीका दुइ कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको हो ।

उनीहरुलाई प्रहरीले मतगणनास्थलबाटै पक्राउ गरेको थियो । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने सिवाकोटी वाईसीएलकै सदस्य हुन् ।

 

सम्बन्धित समाचार