भरतपुरकाण्ड छानबिन समिति गठनः १७ गते प्रतिवेदन बुझाउने सीमा, मतगणना स्थगित

May 29, 2017

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको नेतृत्वको समिति गठन गरेको छ । यो समितिलाइ १७ गतेसम्म अध्ययन गरेर रिपोर्ट बुझाउने समयसीमा तोकेको छ । प्रतिवेदन अाएपछि मतगणना सुचारू गर्ने वा पुनः मतदान गर्ने आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिने निर्वाचन अायोगले जनाएको छ।

छानबिन समितिमा तिमल्सिनाको नेतृत्वको समितिमा गृह मन्त्रालयका प्रतिनिधि र नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक रहनेछन् ।

भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला वडा १९ को मतगणना चलिरहदाँ आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो । लगत्तै निर्वाचन अधिकृतले मतगणना रोकेर मतपत्र च्यातेको रिपोर्ट केन्द्रमा पठाएका छन् ।

नेपाली कांग्रेस र माअोवादी केन्द्रले वडा १९ मा पुनः मतगणना हुनुपर्ने माग गरेको छ भने एमालेले च्यातिएको मतपत्र छुटाएर मतगणना सुचारू गर्न माग गरेको छ ।

 

सम्बन्धित समाचार