रामप्रसाद राई गाउँपालिका वडा ८ मा माओवादी केन्द्रको प्यानलै विजयी

June 29, 2017

भोजपुर । भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् ।

नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ ।

सम्बन्धित समाचार