भुवनको गीतमा यसरी रोइन वर्षा शिवाकोटी [भिडियोसहित]

August 27, 2017

गायक भुवन सुप्तिहाङ राईको पाँचौ एलबम सम्मान मेरो मा समेटिएको ‘आउँदो रहेछ जीन्दगीमा यस्तो मोडहरु‘’ गीतको म्यूजिक भिडियो हालै सार्बजनिक भएको छ । भिडियोमा बर्षा शिवाकोटी, दिक्पाल कार्की र सुजन राईले मार्मिक दृष्यको अभिनय पस्केका छन् ।

गायक भुवन सुप्तिहाङ राईको केही महिना अगाडिमात्र विमोचित एलबम सम्मान मेरो एलबममा रहेको एउटा गीत आउदो रहेछ जिन्दगीमा यस्तो मोडहरु जहाँ यो घट्नाको परिदृष्य देखाइएको छ।

सुप्तिहाङ राईको संगीत र स्वरमा गुञ्जिएको यस मार्मिक भिडियो गीतको शब्द विश्वकाजी राईले कोरेका हुन् । त्यस्तैगरी एरेञ्ज गरेका छन् चर्चित एरेञ्जर महाराज थापाले।

यसरी शब्द, संगीत, स्वर अनि संगीत संयोजनले भरिएको मनै छुने म्यूजिक भिडियो कृष्ण आचार्यद्वारा निर्देशित भिडियो हो । छायाँकन युवराज राईले गरेका हुन् ।

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले आफ्नो पाचौँ एल्बमका रूपमा गत साउनमा  गीति संग्रह ‘सम्मान मेरो’ सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचार