नेपाली चलचित्रः विगत, वर्तमान र भविष्य

October 28, 2017

विवेक लोप्चन विदित 
चलचित्र श्रब्यदृश्य मनोरञ्जनात्मक साम्रग्री हो। जसले जनमानसमा चेतनाको स्तर वृद्धि गराउदछ। फ्रान्सबाट सुरु भएको फिल्मी इतिहास अहिले बिश्वभरमा निकै ब्याबसायिक हुदै गएको छ । लभ स्टोरी चलचित्र ,अयाक्सन चलचित्र,एतिहासिक एबम धार्मिक तथा बैज्ञानिक चलचित्र लागायत फरक फरक बिषयबस्तुमा चलचित्र निर्माण भएको पाइन्छ। नेपाली चलचित्रको इतिहास छोटो भएपनि उपलब्धिको हिसाबले धेरै नै फड्को मारेको छ। नेपाली भाषामा बनेको पहिलो फिल्म सत्य हरिशचन्द्र हो । यसलाई डी.बी परियारले वि.सं २००७ मा कलकत्तामा बनाएका थिए । यस फिल्मको रिलिज वि.सं २००८मा काठमाडौको नारायणहिटी दरवारमा भएको थियो । त्यसैगरी नेपालको पहिलो डकुमेन्ट्री श्री ५ महेन्द्रको ४२ औ शुभजन्मोत्सवको बारेमा वि.सं २०१८मा हरि सिहं खत्रीले बनाएका थिए । नेपाली भाषामा  बनेको पहिलो नेपाली फिल्म आमा (चलचित्र) हो । यस चलचित्र वि.सं २०२०मा हीरासिंह खत्रीले बनाएका थिए ।चलचित्रको बिकाससङै  नेपालको पहिलो रंगीन चलचित्र कुमारी (चलचित्र) वि.सं २०३४मा प्रेम बहादुर बस्नेतले बनाएका थिए । नेपाली चलचित्र उद्योगले नेपाली चलचित्र  बनाउदछ ।यो काठमाडौं मा अबस्थित रहेको छ। नेपालमा चलचित्रको बिकास  सशक्त बनिरहेको छ। नेपाली सिनेमा उद्योगमा वर्षमा दर्जनौ नेपाली  फिल्महरू निर्माण भइरहेका हुन्छन्। नेपालमा बनेको चल्चित्रको ब्याबस्थापन  र नियमन नेपाल चलचित्र विकास बोर्डले गर्दै आएको छ। नेपाली चलचित्र उद्योगले विभिन्न चरणहरू पार गरेर आधुनिक प्रविधिको युगमा आफुलाई समायित गरिसकेको छ।
सुरूवाती चरण ःबि ,स २००८ सालमा निर्मित सत्य हरिश्चन्द्र
नेपाली भाषामा निर्मित पहिलो चलचित्र  हो।, उक्त चलचित्र नेपालिमा ड्रबिङ    गरिएको  थियो। नेपालमा बनेको चलचित्रको पहिलोपटक प्रदर्शन स चलचित्रको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए।चलचित्रमा शिवशंकर मानन्धर र भुवन चन्द को अभिनय थियो।जो नेपाली सिनेमाका पहिलो नायक नायिका मानिन्छन।
तर सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालिमा नीजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भयो।यस चलचित्रमा माला सिन्हा र चिदाम्बर प्रसाद लोहनी को प्रमुख भुमिका रहेको छ । यो जोडीले पछि वैवाहित बन्धनमा बाधेका हुन।चलचित्रमा सुनिल दत्त र कमेडियन राजेन्द्र नाथको विशेष उपस्थिति रहेको थियो।फिल्मलाई  बी एस थापाले निर्देशन गरेका थिए।कुशल प्रतिभा जयदेवले संगित भरेका थिए।फिल्ममा लता मंगेशकर, आशा भोसले, उषा मंगेशकरका साथै प्रेमध्वज प्रधान, सी पि लोहनी र अरुणा लामा ले स्वर दिएका थिए ।
शाही नेपाल फिल्म कर्पोरेशन सन्  १९७१ मा स्थापना गरेपछि बाध चलचित्रको निर्देशन जय राणा र संगित नातीकाजी र शिव शंकरले गरेका थिए। स्वर चर्चित गायक अम्बर गुरूङ ले दिएका थिए। यसको प्रिमियर सन १९७३ मा गरिएको थियो।यस पछी १९७८ मा कुमारी र १९८० मा सिन्दुर र जीवन रेखा चलचित्र निर्माण भए।यो सफलता संगै चलचित्र निर्माणमा निजि क्षेत्रको आगमन भयो।सन १९७८ मा सिनेरोमा व्यानरमा परालको आगोलाई प्रताप सुब्बा द्वारा निर्माण भयो।कथावस्तु र सुमधुर संगितका कारण चलचित्र  सफल भएको थियो।यसमा टंक शर्मा, वसुन्धरा भुसाल, सुष्मिता ढकाल, आई के सिंह, मेनुका प्रधानको अभिनय रहेको थियो।पहिलो महिला संगितकार शान्ति थतालले संगित दिएकी थिइन।जसमा शब्द मानबहादुर मुखिया र इन्द्र थपलियाको थियो।र स्वर अरुणा लामा, दावा ग्याल्मो, पेमा लामा, शंकर गुरूङ र दीपा गहतराज (झा) को थियो। पटकथा प्रताव सुब्बाको थियो।
स्वर्णिम युगको अवस्था 
सन १९८० पछि धेरै रचनात्मक र सफल  फिल्महरू बने।सफल भएका कारण   सिनेमा निर्माण गर्ने र्निर्माता  बन्न थाले।, कान्छी, वासुदेव, साइनो कोशेली सम्झना, कुसुमे रूमाल, र लाहुरे सन १९८४ देखि १९९३ मा रिलिज भएका उत्कृष्ट फिल्म हुन।स्वर्णिम जोडीका रूपमा भुबन केसी र तृप्ती नदाकर को जोडिलाई चिनिन्थ्यो। वर्षहरूमा सिनेमा १९९० को राजनीतिक परिवर्तन पछि चलचित्र क्षेत्र पनि अघाडी बड्यो ३ वर्षमा १४० चलचित्र निर्माण भए।चलचित्रका वितरण पनि बढ्न थाल्यो । सिनेमा बजार विस्तार हुँदै गयो।निर्माताहरू नेपाली फिल्मको निर्माणका कारण  हिन्दी फिल्मको प्रभाव कम गर्न सफल रहे।
जगतमा राजेश हमाल र करिश्मा मानन्धर को आगमन भने त्यस बखत सुरु  भयो।
द्वन्द्वकालिन अवस्था 
माओवादी क्रान्तिले सन १९९० को दशकको मध्य तिर सिनेमा क्षेत्र प्रभाव निकै घटेको थियो । हेर्ने दर्शक घट्न थाले पछिल्ला वर्षमा यो क्षेत्र ठप्प जस्तै भयो। केही कलाकारहरू विदेश पलायन भए।कलाकारहरू सरोज खनाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, तृप्ती नदाकर, कृष्टी मैनाली र गौरी मल्ल ले  काम गरेका थिए।चलचित्र निर्माणमा लागेकाहरु पनि घट्न थाले।
नेपाली फिल्म निर्माण गर्ने निर्माताहरु फरक धारका चलचित्र निर्माणमा लागे। माओवादी क्रान्तिले प्रभाव पारेको स्थानिय कथावस्तु र वास्तविकतामा फिल्म बन्न थाले।जसमा बलिदान र सीमा रेखा लाई निकै रुचाएका  थिए।
सन २००१ मा चलचित तुलसी घिमिरेद्वारा निनिर्देशित  दर्पण छायाँ बन्यो। दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान को अभिनय रहेको थियो दर्पण छायामा। यो चलचित्र ७० लाख कमाउन सफल सफल भएको थियो।निकै नै सफल मानिएको छ।
नेपाली चलचित्र जगतमा योगदान पुर्याउने चर्चित स्टारहरूमा नायक राजेश हमाल र नायिका रेखा थापाले लामो समयसम्म अनवरत रुपमायोगदान दिएका छन।यस्तै नायक भुवन केसीले पनि नेपाली सिनेमामा ठुलो योगदान दिएकाछन।नेपाली सिनेमामा तृप्ती नदाकर, वसुन्धरा भुसाल, जल शाह, गौरी मल्लको योगदान पनि अतुलनिय छ।
विवेक लोप्चन विदित

नेपाली चलचित्रका नायक  विराज भट्ट, निखिल उप्रेती दिलीप रायमाझी, श्रीकृष्ण श्रेष्ठ, लगायत नायिकाहरूनिरुता सिंह, झरना थापा ले पनि नेपाली सिनेमामा प्रशंसनिय काम गरेका छन।चर्चित अभिनेता द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि नेपाली सिनेमाका स्टार हुन। अभिनेताहरू सुनील थापा, दिनेश शर्मा लामो समय नेपाली सिनेममा योगदान गरे। मिथिला शर्मा र गणेश उप्रेती को योगदान पनि उल्लेखनिय रहयो।त्यस्तै नायकहरू सुमन सिंह, आयुश रिजाल, रमित ढुंगाना पनि एक ताका सफल रहेका थिए।निशा अधिकारी, ऋचा शर्मा, अरुणिमा लम्साल, सुष्मा कार्की सञ्चिता लुइटेल पनि एक चोटी उदाएका नायिकाहरू हुन।यस्थै पछिल्लो समयका चर्चित नायकहरूमा जीवन लुइटेल, आर्यन सिग्देल, राजबल्लभ कोइराला, दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई,ले समेत नेपाली सिनेमामा योगदान पुगाएका छन।यस्तै नायिकाहरू नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी ले पनि नेपाली दर्शकसामु उत्कृष्ट चलचित्र पस्किसका छन।अहिलेका चर्तिका नायकहरूमा प्रदीप खड्का र अनमोल केसी,,पल शाह,प्रदिप खड्का को नाम अग्रपंतिमा छ।यस्तै नायक संयम पुरी, गौरव पहारी, सलोन वस्नेत पनि पछिल्लो समयमा हिट मानिन्छ।

नेपाली सिनेमा को को हुन त  पहिलो
शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र ‘मनको बाँध’ हो। नेपाली फिल्मको आरम्भिककालमा स्वरांकन, प्रशोधन, मिक्सिङ् र छपाई -प्रिन्टिङ) आदी भारतमा गरिन्थ्यो भने  नेपालमै डबिङ्ग गरिएको पहिलो नेपाली चलचित्र चाहिँ  प्रकाश थापाद्वारा निर्देसित ‘सिन्दुर’चलचित्र हुन्। जुन ५२ हप्तासम्म काठमाडौमा प्रदर्शन भएको थियो।नेपालमै छपाई भएको पहिलो नेपाली चलचित्र ‘चोखोमाया’ भने रविविक्रम शाहले निर्देशन  गरेका हुन। नेपालमै मिक्सिङ् भएको पहिलो नेपाली चलचित्र ‘प्रतिक्षा’ हो।त्यसैगरी नेपालमै प्रशोधन गरिएको पहिलो नेपाली चलचित्र ‘रक्षा’ यसका निर्माता/निर्देशक प्रेम बानियाँ हुन्। नेपाल भाषा -नेवार जातिको भाषा)मा बनेको पहिलो चलचित्र कुन हो – – सिलु -२०४४- बनेको हो।यस चल्चित्रका निर्देशक प्रदीप रिमालद्वारा गरेका  हुन्। रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र ‘कुसुमे रुमाल’ तुलसी घिमिरेको निर्देशन रहेको चल्चित्र हुन्। जुन चलचित्र ऐतिहासिक सफलता मानिन्छ।त्यसैगरि बाँदरको अभिनय समेटिएको पहिलो नेपाली चलचित्र ‘गोपीकृष्ण’ हो। जस्मा बाँदरको अभिनय सशक्त रहेको छ।चलचित्रका  निर्देशक उद्धव पौडेल हुन्। कुकुरको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र ‘भाउजू’ हो जुन राजेन्द्र शलभले निर्देशन गरेका हुन्।’माउते दाई’ हात्तीको सशक्त अभिनय समेटिएको पहिलो नेपाली चलचित्र  हो। चलचित्रलाई निर्देशक भने युवराज लामाले गरेका  हुन्।
पहिलो ऐतिहासिक नेपाली चलचित्र ‘प्रेमपिण्ड’ हो जुन बालकृष्ण समको कृतिमा आधारित भई बनाइएको थियो यसका निर्देशक यादव खरेलद्वारा गरेका हुन्। ‘गौथली’पहिलो नेपाली गीति-चलचित्र  हो।चलचित्र गौथलीलाइ  वसन्त श्रेष्ठले निर्देशन गरेका हुन्। आदिकवि भानुभक्तको जीवनीमा आधारित पहिलो चलचित्र आदिकवि भानुभक्त हुन। चलचित्रलाई यादव खरेलले निर्देशन गरेका हुन्। पहिलो नेपाली महिलाद्वारा निर्देशीत प्रेमयुद्ध’ सुचिता श्रेष्ठले निर्देशन गरी बनाइएको चलचित्र ‘ हो। लिम्बु समुदायमा विद्यमान ‘रूपौली सुनौली प्रथा’मा आधारित भई बनाइएको चलचित्र ‘नुमाफुङ’ का निर्देशकको हुन् नवीन सुब्बा।त्यसैगरी दोस्रो चलचित्र ‘वसन्त ऋतु’ हो। यो चलचित्र सिक्किममा बनेको हो। चेलीबेटी बेचबिखनसम्बन्धी कथामा आधारित चलचित्र ‘चमेली’का निर्देशक रवि बराल हुन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित चलचित्रमा मुना र मदनको भूमिका क्रमशः दीपक त्रिपाठी र उषा पौडेल निभाएका छन्।  यो चलचित्र भारतमा बनाइएको थियो। हाँस्यअभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र ‘ जीबन् रेखा’ हो। उक्त चलचित्रमा हाँस्यअभिनेता गोपालराज मैनाली थिए। अभिनेताको दोहोरो भूमिका भएको पहिलो नेपाली चलचित्र ‘गोपी कृष्ण’ हो। यसमा राजेश हमाल नायक थिए। नेपालमै बनेको पहिलो पौराणिक चलचित्र ‘श्री स्वस्थानी’ २०५२)यादव खरेलले निर्देशन गरेका थिए । नेपाली भूमिमै बनाइएको पहिलो चलचित्र ‘आमा’ -२०२२) बन्नुअघि दार्जिलिङमा बनाइएको तर रिलमा आगो लागेर ध्वस्त भएको चलचित्र  सपना कतिपय हुन जुन चलचित्रका निर्देशक ः प्रताप सुब्बा हुन। आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायक शिवशंकर मानन्धर हुन भने आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायिका  भुवन चन्दलाई मानिन्छ।जनआन्दोलन २०४६ का कमान्डर गणेशमानसिंहको जीवनीमा आधारित चलचित्र ‘वीर गणेशमान’मा युवा गणेशमानको भूमिका निर्वाह  रामकृण महर्जनले गरेका थिए।नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र- माइतीघर -२०२२-२३) का निर्देशकको हुन् बी. एस. थापा। नीजि क्षेत्रमा बनाइएको पहिलो नेपाली चलचित्र- माइतीघर -२०२२-२३) पछि बनेको अर्को नीजि क्षेत्रको चलचित्र जुनि हो। नेपाली चलचित्रमा संगीत दिने पहिलो महिला संगीतकारको हुन् शान्ति ठटाल हुन जुन चलचित्रको – उनले संगीत दिएको पहिलो चलचित्र परालको आगो -२०३४)हो । नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिला उनले शान्ता नेपाली हुन।उनले चलचित्र- बासुरी -२०३७-३८)मा न्रुत्य निर्देशन गरेका छन
त्यसैगरी विभिन्न समुदायले आफनै मौलिकता बोकेको चलचित्र बनाइरहेका छन ।तामाङ भाषाको पहिलो चलचित्र सेमरी छोरङान् हो । यसका निर्देशक जयनन्द लामा हुन् ।
तामाङ भाषाको पहिलो सेल्युलाईड चलचित्र चाङछार हो । यसका निर्देशक दीपेन्द्र दोङ तामाङ हुन् ।
तामाङ भाषाको चलचित्रमा आफ्नै सस्कर र संस्कृतिसङै अघि सर्नको लागि चेतनालाइ पनि जोड दिएको पाइन्छ।नेपाली चलचित्र पनि तामाङ भाषाको कथा बिषयबस्तुलाइ समेटिएर नेपाली फिल्म बनाइएको छ।घामपानी चलचित्रमा तामाङ कथा रहेको छ।च्याङ्बाले बोलको गीत फुलकुमार बम्झनको सब्द रहेको छ।तामाङ इतिहासकै कुरा पनि नेपाली चलचित्रमा उल्लेखनीय रहेको पाइन्छ।
तत्कालीन अबस्था
हास्यास्पद एबम सामाजिक बिषयमा निर्मित छक्का पन्जा चलचित्रले नेपाली सिनेमा जगतमा निकै ब्याबसायिक क्रान्ति ल्याएको छ।जुन अहिलेसम्मकै फिमि इतिहासमा सर्बाधिक रुपमा सफल एबम सफल मानिन्छ।दीपाश्री निरौला र दिपकराज गिरिद्वारा निर्देशन गरिएको उक्त चलचित्रले निर्माताहरुलाइ फरक धारमा फिल्म बनाउन हौसला दिएको छ।छक्का पन्जा २ चलचित्र अहिले हिट मानिन्छ।साथै दुई रुपैयाँ अशिम शाहद्वारा निर्देशन गरिएको फिल्म हो।नयाँ पुस्ताका निर्माताहरू शंवेदनशिल र मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न थाले।कागवेनी, सानो संसार, मेरो एउटा साथि छ, फस्ट लव, कोही मेरो जस्ता सफल चलचित्र बने।यि चलचित्रहरू प्रस्तुति, अभिनय, कथावस्तुका कारण निकै हिट मानिन्छ।
सन २०१२ मा रिलिज भएको फिल्म लुट व्यावसायिक रूपमा ब्लकबस्टर भयो।फिल्मले कुल ५ करोडको कारोवार गर्यो। यो फिल्मले हलमा १०० दिन मनाउन सफल भयो।त्यस लगत्तै आएको चलचित्र चपली हाइट ले पहिलो हप्तामै १४०,००० को कारोवार गरी नयाँ रेकर्ड बनायो।र यसले कुल ३.५ करोडको कारोवार गर्यो।सन २०१४ मा रिलिज भएको चलचित्र नाई नभन्नु ल-२ ले पनि ५१ दिन सम्म हल पायो।यो चलचित्रले नेपालभित्र ५ करोडको कारोवार गरेको थियो।८ अगष्ट २०१४ मा रिलिज भएको चरचित स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ को चलचित्र कोहिनूर पनि सफल भयो।चलचित्रले रिलिजको १० दिनमा ३ करोड १५ लाखको ब्यापार गर्यो।दुई महिनामा चलचित्रले १२ करोडको कारोबार गरेको थियो।फिल्मले देसभरका १२ हलमा ५१ दिन सम्म स्थान पाएको थियो
जनमानसमा अहिले निकै नै फिल्मको प्रभाव पार्न सफल रहेको छ।चार दशक भन्दा लामो इतिहास बनाईसकेको नेपाली फिल्मले  संख्याका दर्शकको भने थुप्रै कारणले मन जित्न सकेको छैन्। नेपाली चलचित्र सङ्ग संबंधित  जानकारि पब्लिकम पर्न सकेको छैन। प्विश्व सन्जाल इन्टरनेटमा पनि यस्ता सामाग्रीको उपस्थिति न्यून छ तर हाल आएर केही वेबसाइटहरूले यसको अभाव खड्किरहेको छ । सबैमा ईन्टरनेटको पहुँचमा कमि छ।त्यसैले गर्दा नेपाली फिल्मको प्रगति र सफलता पुर्ण हुन सकेको छैन।भबिस्यमा नेपाली फिल्मलाइ विश्लेषण गर्ने हो भने अबस्य पनि नेपाली फिल्मले ब्याबसायिक रुपमा अघि बढ्न सकिन्छ।साथै यस्को प्रभावले गर्द जनमानसमा चेतनाको स्तर वृद्धि हुनुका साथै नेपाली फिल्म अझै प्रगति सफल हुनेछ।
-लोप्चन रेडियो सिटि ९८.८ मा फिल्मी फ्यान कार्यक्रमका सञ्चालक हुन् ।

सम्बन्धित समाचार