दर्ता तथा प्रवेश
विविध
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
संगीतसर्जकको सम्मानमा 1974 एडीः स्याङदेन
बिहिबार, 03 मे 2012 09:02    PDF Print E-mail

altएकजमाना काठमाडौंको सांगीतिक बजारमा बेग्लै शीतलता ल्याएर युवाको तिस्रना मेटाइदिएको थियो सांगीतिक ब्यान्ड 1974 एडीले । उसो त अहिले पनि त्यो शीतलता कमी हुन दिएको छैन । तैपनि चार वर्ष अघि ब्यान्डका एक संस्थापक फिरोज स्याङदेन एकाएक अलाप भए । ब्यान्डका अरु सदस्यको गायन विश्वभर फैलिरहदाँ उनी चुपचार रहे । उनी कहाँ पुगे र किन ब्यान्ड छाडे कमैले मात्र थाहा पाएका थिए । आज संगीतप्रेमीको लागि खुसीको खबर छ- फिरोज स्याङदेन उही ब्यान्डमा अब देखिने भएको छ । उनको स्वर सुनिने भएको छ । उनको कलाको शीतलता फेरि चल्नेछ । अमेरिकाको न्युयोर्कमा उनीहरुको मिलन भएपछि यो सम्भव भएको हो । दार्जिलिङमा जन्मेका यी सर्जकको नेपाली संगीतमा अथक लगाव देखिन्छ । यही विषयमा उनै फिरोज स्याङदेनसँग एभरेष्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानीः

1974 एडीको मिलन भएको खबर छ यो कस्तो मिलन हो ?
यो सांगीतिक मिलन हो । भौगोलिक हिसाबले हामी एकअर्कादेखि टाढा थियौ । अहिले उहाँहरु अमेरिका आइपुग्नुभएपछि यो सम्भव भयो । 
भावनात्मक रुपमा टाढिएर तपाईहरु छुट्टिनुभएको हल्ला छ त ?
होइन त्यस्तो विल्कुलै होइन । चार वर्ष अघि म साथीहरुसँगै सल्लाह गरी यता आएको । हामी बीच त्यस्तो भावनात्मक मनमुटाव छैन ।
त्यसो भए यो मिलनको के अर्थ भयो र ?
अर्थपुर्ण नै छ । किनभने हामी एकअर्का देखि छुट्टिएको पनि चार वर्ष भइसकेछ । सांगीतिक क्षेत्रमा एकैसाथ हिडेका हामी अबको चार वर्षपछि पनि सँगै काम गर्ने चाहना बोकेर एकले अर्कालाई चाहनु नै धेरै महत्वपुर्ण हो ।
तपाईहरुको मिलनको बन्दोबस्ती कसले मिलाईदियो ?
हाम्रा ब्यान्डका मेम्बरहरुलाई अल ओभर अमेरिका कन्सर्ट गर्ने जिम्मा विवेक बस्नेत जीले लिनुभएको रहेछ । उहाँले मलाई पनि सकिने र भ्याउने ठाउँमा आफ्नो प्रस्तुति दिन अनुरोध गर्नुभयो । यसले गर्दा कन्सर्टमा म पनि सामेल भए । यो जस विवेक जीलाई नै जान्छ ।
अहिले ब्यान्डमा को को हुनुहुन्छ ?
पहिले म सहित पाँच जना थियौ । पछि एडि्रन प्रधान निराकार एक्थुम्बा मनोजकुमार केसी र संजय श्रेष्ठ हुनुहुन्थ्यो । अहिले म थपिए ।
तपाई संस्थापक किन यसरी टढिनुभयो त र ?
पारिवारिक कुरा फाइनन्सियल कुराहरुले जीवनमा धेरै कुरा त्याग्नुपर्ने अवस्था आउँदो रहेछ । मलाई पनि त्यस्तै भयो ।
सांगीतिक क्षेत्रमा यसले कतिको असर पार्यो ?
अमेरिका आफै पनि संगीतको अथाह अवसर भएको ठाउँ हो । यहाँ आएर पनि म सांगीतिक क्षेत्रमै लागिरहन पाएको छु । अहिले पनि साथीहरुसँग मिलेर प्रोजेक्ट एल्बम निकाल्ने तयारी चलिरहेको छ । केही समय ब्यान्डमा नदेखिएको मात्र हो । खासै नराम्रो असर परेको छैन ।
मिलनपछि पक्कै नेपाल जानुहुन्छ होला कहिले जादैहुनुहुन्छ ?
तत्कालै नेपाल जाने योजना त छैन । यहाँबाट साथीहरु फर्किनुभएपछि कन्सर्टमा भाग लिन जान्छु । एल्बम निकाल्न पनि उतै पुग्नुपर्ने छ ।
ब्यान्डबारे अलिकति बताइदिनुस् न ।
यो ब्यान्ड सन् १९९४ मा स्थापना भएको हो । शुरुमा निराकार र म थिए । बीचमा केही साथीहरु आए गए । अहिले मनोज एडि्रन र संजय जी थपिनुभएको छ ।
1974 एडी भनेर सालै तॊकेर राख्नुभएको चाहि किन ?
सत्तरीको दशकमा संगीत निकै राम्रो थियो । त्यतिबेला खाँटी बाजाहरु सुन्न पाइन्थ्यो । पछिल्लो समय हरेक कुरा किबोर्डबाट बजाउन सक्ने भयो । तर हाम्रो माया खाँटी संगीतमा छ । यही संगीतबाट प्रभावित भएर त्यतिबेलाका संगीतकारहरुलाई सम्मान र आदर गर्न हामीले ब्यान्डको नाम यही राखेको ।
युवाहरुलाई तताउने गीतहरु गाउनुभयो कसरी यो क्षेत्रमा आउने प्रेरणा मिल्यो ?
दार्जिलिङमा बसेपनि रेडियो नेपाल स्पष्ट सुनिन्थ्यो । त्यतिबेलाका अग्रज नारायण गोपाल अरुण थापा दीप श्रेष्ठका मधुर स्वरले मलाई यो क्षेत्रमा आउने प्रेरणा मिल्यो । त्यस्मा पनि लोकगीत पश्चिमी शैलीका संगीतहरु मिलाएर हामीले युवाहरुको चाहना अनुसारको संगीत प्रस्तुत गर्न सके ।
अबको प्रस्तुतिहरु कस्ता हुनेछन् ?
अब त उमेर पनि अलि बढ्दैछ उमेर अनुसारकै संगीत रुच्ने रहेछ । अब संगीत पारखीलाई मन पराउने खालका मेलेडियस म्युजिकहरु ल्याएर आउनेछु ।
त्यो दिन सम्झदा जतिबेला तपाई दार्जिलिङ हुनुहुन्थ्यो त्यतै बस्नुभएको भए र सांगीतिक क्षेत्रमा नलाग्नुभएको भए कुन क्षेत्र रोज्नुहुन्थ्यो होला ?
सायद म दार्जिलिङमै फिरन्ते भएर घुमिरहेको हुन्थे । तर मेरो सपना संगीत नै थियो । यही क्षेत्रमा लागेको हुन्थे होला । 

 
नयाँ नेपाल बनाउने सपना अधोगतितिर
बुधबार, 02 मे 2012 17:34    PDF Print E-mail

 

बिष्णु सिंह "बैजु"

अहिले नेपाल राज्य पुनसंरचना गर्ने बिषय अथार्त नेपाललाई कतिवटा संघिय राज्यमा बिभाजन गर्ने र त्यसको आधार जात हुने वा भुगोल र सामर्थय भन्ने  अतिनै बिबादित र टुंगो लागन नसकेको मुल बिषयमा अल्झिरहेको छ्/ एकातिर नयाँ नेपालको नयाँ  संबिधान जारी गर्नु पर्ने मिती जेठ १४ गते  नजिकिदै छ् भने अर्कोतिर बिबादित बिषयले  चारबर्ष देखी निकास पाउन सकिरहेको छैन/  यसले गर्दा संबिधान निर्माणका अध्यक्ष निलाम्बर आचार्य स्वयमले नै समयमा नयाँ संबिधान जारी हुन नसक्ने कुरा गरिरहेका छ्न/

 हिन्दू राज्य र हिन्दूको मात्र राजाको आड्मा राष्ट्रले  सन १९१० मा पुरानो  मुलुकी  एन बनाइ  मधेसी, जनजाती, दलित, महिलालाई उत्पिडनमा पारेको थिए / सासकले उनिहरुको समान्ता र सम्रिधीको अधिकारलाइ कुन्ठित पारीदिए/   उनिहरु देशको नागरिक भए पनि  शासकले   उनिहरुलाई   दोस्रो श्रेणीको नेपाली बनाइ शोषण गरियो/यो अवस्था  अहिले पनि बिद्यमान छ्/  केही नेताहरुलाइ नातागोता  र जातको आधारमा  धेरै पल्ट् मन्त्री हुने,र भ्रस्टाचार गर्ने मौका पाइ आफ्नो ब्यक्तिगत  उन्नती गर्ने मौका पाये पनि तिनिहरुले देशमा बिद्यमान शोषण, अन्या, अत्याचार बिरुद्ध केही कार्य नगरेको स्पश्ट छ्/  दुखेर शह्न नसके पछी मानिस कराउछ, चिच्याउछ/तसर्थ उनिहरुले स्वतस्फुर्त रुपमा आफ्नो ज्यानको परवाह् नगरि दोस्रो जनाअन्दोलनमा होमिये/ यथास्थितीबादि पार्टीहरु र  तिनका नेताहरु शहीद नै नभएका राजा त्रिभुवनलाई शहीद भनेर माला अर्पण गर्न शहीद्गेट पुग्थे/ जती बेला राजा सर्बशक्तिमान थिए उनी सैनिक पोशाक लगाएर देश भ्रमणमा  त  जान्थे/ तर उन्ले केही गर्लान कि भनी आश लगाइ बसेका गरीब, निशहाए, उतपिडनमा परेका जनताको अवस्थामा सुधार र परिवर्तन ल्याउन खास केही गरेनन/  त्यतिबेला यदी उनले चाहेको भए उनको हुकुम प्रमागी बाटै पनि धेरै परिवर्तनकारी  कार्य गराउन सक्थे/ तर उनि तिन्फुके चाकडिवाजहरुकै वाह्-वाह्मा रमाईरहे र वास्तविक केही कार्य गरेन्न/  जनताको उत्पिडनमा केही परिवर्तन भएन र उनिहरुले  परिवर्तनको खोज गरिनै रहे/ यसै सन्दर्भमा मावबादिले जनताको सरोकारको  सवालमा  सम्बोधन गर्दा उसलाई जनताले प्रमुख पार्टिको रुपमा  खडा गरिदिये/ मावबादी कै कारण देश धर्म निर्पेक्ष बन्यो/ देश संघिय गण राज्य भयो/  देशमा पहिलो पल्ट २०६८ सालमा    जातिय भेदभाव नियन्त्रण गर्ने  अपराध र दन्डनिय   (नम्बर ८२४२) कानुन बन्यो/   तसर्थ, वास्तवमा नेपालमा २०६१/६२ को दोस्रो जनादोलन पूर्व प्रजातन्त्र आएकै थिएन  भन्न सकिन्छ/

यद्द्पी मावबादिले दवन्दकालमा जनतालाई आफ्नो पक्षमा बटुल्न राजा प्रिथीवी नारायण शाहले नेपाल एकिकरण गर्नु  पूर्व २४० बर्ष अगाडिको स्थितीमा लगि जातिय राज्य बनाउने सपना बाडेर अगाडि बड्यो र अब बन्ने  नयाँ  संबिधानमा १४ जातको १४ वटा संघिय राज्य हुनु पर्ने अडान राख्यो// तर उस्ले एकिकरण पस्चात   नेपालको यातायात, संचार र अन्य बिकासले गर्दा नेपालका १०२ जातका मानिसहरु देशका सबै क्षेत्रमा छरिएर  बसेका छ्न भन्ने बिर्सियो/ जस्ले गर्दा उस्लाई अहिले १४ जातको मात्र जातिय राज्य बनाउने सवाल आँफैलाई घाडो भईरहेको छ्/यसको कारण हो कुनै पनि जातिय राज्यमा सो जातिका मानिसहरुको ३३ प्रतिसत भन्दा कम जनसंख्या देखिन्छ भने अन्य जातिहरुको ६६ प्रतिसत भन्दा बढी जनसंख्या पाईन्छ जसले गर्दा चुनाव हुँदा अरु नै जातिको मानिस अगाडि आउने स्पस्त देखिन्छ/ यस्ले गर्दा त जग्गाको लालपुर्जा एउटाको नाममा र त्यस्को उप्भोग भने अर्कैले गर्ने जस्तो स्थिती देखा पर्दछ/ साथै १०२ जात रहेको नेपाल मा १४   जातको मात्र राज्य बनाउदा अरु जातले बिद्रोह गर्ने स्थिती रही रहन्छ/फेरी जातिय राज्य नबनाई संबिधान जारी भएमा बिभिनन जातिकाले संबिधान जलाउने, देशमा रक्त पात हुने, जातिय हिन्सा हुने आदी ईत्यादी धम्की दिदै आइरहेका  छ्न/  यस्तो स्थितीमा संबिधान बन्नु वा नबन्नुको कुनै औचित्य  देखिदैन/

नयाँ नेपाल भन्नाले  पुराना बिक्र्ती, बिसंगती, कुरिती, अन्धबिश्वास, अन्या, अत्याचार को अन्त्य गरी बिगतमा राज्यले नियोजित रुपमा उतपिडनमा पारीएका समुदायेहरुलाई  बिशेष सुबिधा, सहुलियत् प्रदान गरेर सबैको समान सम्रिधी हुने बातावरण स्रिजना  गर्नु पर्ने कुरालाई  महत्व दिदै त्यस्को लागि स्पश्ट संबैधानिक,  कानुनी प्रावधान राखेर जातपातको बिभेद्को अन्त्य गर्नु पर्दछ / व्याबहारिक रुपमा देशको सेना, प्रशासन, पुलिस, परराश्ट्र सेवा, सामाजिक, आर्थिक, राजनैतीक, सबै क्षेत्रमा सबै जातिका मानिसले अवसर पाउने बातावरण बन्नु पर्दछ/ यो अवस्था श्रीजना गर्न काँग्रेसी नेता  स्वर्गिय गणेश मानजीले प्रधानमन्त्री   गिरिजा प्रशाद कोइरालाले बाहुनलाई मात्र जिल्ला प्रशासन अधिकारी बनाउदा बिद्रोह गरी कांग्रेस पार्टी नै त्यागी दिएका थिए/  अहिले पनि बाहुन बाद हावी भएकोले कांग्रेस पार्टी भित्र अनेक गुट बनेका छ्न/ नेपालीले अमेरिकामा आएर अमेरिकन भये पनि नेपालको जातपातको रोग सारेका छ्न/ तिनका रोगलाई अमेरिकाको कानुनले थान्को लगाइ दिये मात्र निको हुने देखिन्छ/

नेपालको आर्थिक   स्थिती हेर्ने हो भने नेपालले धेरै राज्य बनाएर त्यस्को खर्च धान्न सक्ने अवस्था देखिदैन/ अहिलेको स्थिती भनेको बर्षको ३ देखी ४ लाख युबा युबती बिदेसमा  ज्याला मज्दुरी गर्न जानु पर्ने वाध्य स्थिती हो/ देशको उद्योगहरु  र सरकारी कार्यलयहरु राजनीति गर्ने अखडा बनेका छ्न/ पार्टिका ट्रेड युनियनहरु खुल्लेआम भ्रस्टाचार गर्न पाउनु पर्ने आफ्नो नैसर्गिक अधिकार भएको वकालत गर्द्छ्न/त्यसकारण कर्मचारीको सरुवा गर्ने कुरामा मन्त्री, सचिवको निकै होड्बाजी चल्दछ/ जताततै जातिय गुट्बन्दिले देशको हरेक संस्था थाङ्थिलो भई बिग्रिएको छ् / यो अवस्थाबाट पार नलागी देश कसरी अगाडि बड्छ ?

अहिले मधेसीले  "एक प्रदेश एक मधेस" माग गरिरहेका छ्न भने जनजातिले त्यसलाई मानेको छैन/त्यसतै जनजाती कै राज्यहरुको सिमा बिबाद पनि  कायमै छ् /भोली जातिय राज्यहरु हुना साथै  सिमा बिबादबाट झगडा शुरु हुने निस्चित देखिन्छ/ तर केही जातिकाले हचुवाको भरमा आफ्नो जातको  राज्य हुना साथै सबै समस्या समाधान हुने दिवा स्वपन देखेका छ्न/ राज्य बनाउनु ठुलो कुरा होइन त्यसलाई चलाऊन र टिकाउन सक्नु मुख्य कुरा हो जस्को लागि ठोस् आधार चाहिन्छ/ देश सम्रिद्ध हुँदै अगाडि बढदै गये पछी राज्यको सन्खया बढन सक्छ /

नेपालीले पुरानो कुराले सताएर नयाँ कुरा अथवा नयाँ नेपाल खोजेका हुन / "गाग्रोमा नयाँ पानी  भर्न पुरानो पानी फाल्नु पर्छ अनी मात्र नयाँ पानी भर्न सकिन्छ /तर अहिले नयाँ नेपाल खोजेका नेपालीहरुले  २४० बर्ष अगाडिको जातिय राज्यमा फर्कने जिद्दी गरिरहेका छ्न /" ति जातिमा पनि कतिपय जातमा उपजातीहरु छ्न जस्तो नेवारमा ६० उपजातिहरु छ्न र तिनका दलित जातिको भबिश्य के हुने  छ्लफल हुन बाँकी नै छ्/ अहिलेको नेपालमा जुन  जातिय बिभेद र शोषण छ् त्यो जतिया राज्यमा समाधान हुने के आधार छ् ? अहिले सम्पूर्ण नेपालीले सबैको लागि बोल्ने स्थिती छ्/ भोली त्यो नहुन सक्छ र राज्यमा कम्जोर बर्ग अझ बढी थिचो-मिचोमा पर्न सक्छ्न /

त्यसकारण  हत्तारमा निर्णय गरेर फुर्सदमा पछुताउनु कुनै बुद्धिमानी हुँदैन/नेपाल सम्पूर्ण नेपालीहरुको हो त्यस्लाई कसरी जोगाउने र कसरी अगाडि बढाउने त्यो पनि नेपालीकै जिम्मेबारि हो/  त्यसकारण सबै नेपाली दाजु-भाइ, दिदि-बहिनीहरुले  यो अन्तिम घडीमा बडो बुद्धी पुर्याएर देशको निर्णय लिनोस भन्ने यो लेखकको बिन्म्र अनुरोध छ् /

 

पछिल्लो परिमार्जन ( बुधबार, 02 मे 2012 17:44 )
 
नेपालमा हिंसाको राजनिति बडेकोमा साहै दुख लाग्यो ।
सोमबार, 23 अप्रिल 2012 01:12    PDF Print E-mail

alt   

 संयुक्त राष्ट्रसंघमा साढे तीन दशक विताउने एक मात्र नेपाली हुन कुलचन्द्र गौतम । युनिसेफको कार्यकारी निदेर्शक हुदै राष्ट्रसंघको सहायक महासचिव समेत बन्नु भएका उहाले आफनो कार्यकालमा धेरै महत्वपुर्ण उपलब्धि हासिल गर्नुभएको छ । दक्षिण पुर्वी मुलुकहरुमा लामो समय खटेर राष्ट्रसंघमा महत्वपुर्ण कार्य गदै आउनु भएको गौतम वर्तमान महासचिव वानकी मुन र पुर्व महासचिव कोफी अन्नानसंगै लामो समय कार्य गर्नु भएको थिए । गुल्मी जिल्लाको अमरपुरमा जन्मनु भएको गौतमलाई पछिल्लो समयमा राष्ट्रसंघको विशेष व्यक्तिको रुपमा पनि चिनिन्छ । करिब ४ दशकको विदेश जीवन पछि उहा यस अघिनै नेपाल फर्किइसक्नु भएको छ । वर्तमान महासचिव मुनको बैसाखमा हुने नेपाल भ्रमण स्थागितपछि ब्राजिलमा भएको बैठकमा भाग लिएर न्युयोर्क आउनु भएको बखत एभरेष्ट टाइम्सका लागी आङछिरिङ शेर्पासंग गरेको कुराकानी ।

 कसरी राष्ट्रसंघमा प्रबेश गर्नुभयो ?  

 सन १९६८ मा अमेरिकामा अध्ययन गर्न आए । त्यतिखेर सन्सारको सवैभन्दा ठुलो चर्चाको रुपमा अमेरिका र भियतनामको युद्ध चलिरहेको थियो । त्यो अवस्थामा अमेरिकाको अधिकांस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु एन्टीवार मुभमेन्टमा लाग्ने गथ्र्ये । म पनि त्यही मुभमेन्टमा लागेका थिए । अमेरिकाको इतिहासमा कसैसंग कहिल्यै पनि नहारेको तर भियतनामसंगको युद्धामा अमेरिका हारेपछि मनमनमा निकै कौतुहलता बडन थाल्यो । अध्ययनकै क्रममा त्यही विषयमा पनि अध्ययन गर्न थाले । भाग्यवस अध्ययन सफलताकै कारण सन १९७३ मा संयुक्त राष्ट्रसंघमा काम गर्ने मौका मिल्यो । त्यतिखेर भियतनामको लडाई टुङिगन लागेको थियो । राष्ट्रसंघमा काम गर्न पाएको वितिकै त्यतिखेर मध्य पुर्वि क्षेत्रका विभिन्न मुलुकमा काम गर्ने अवसर मिल्यो

कस्तो जिम्मेवारी निभाउनुभयो राष्ट्रसंघमा जानु भएपछि ?

राष्ट्रसंघमा गएको वितिकै सवैभन्दा पहिला ल्याटिन अमेरिकामा राष्ट्रसंघ अन्र्तगत युनिसेफको कार्यक्रम हेर्ने प्रमुखको रुपमा जिम्मेवारी पायो । त्यही क्रममा युद्ध पाश्चत क्याम्बोडिया, भियतनाम र लाओस जस्ता कैयो मुलुकहरुमा युनिसेफको वालबालिका, शिक्षा, खानेपानीको कार्यक्रम अन्र्तगत बाल मृत्युदर घटाउने र बाल रोग निर्मुल जस्ता विभिन्न काम गर्ने जिम्मेवारी पायो । त्यसपछि सन १९९० मा राष्ट्रसंघद्धारा न्युयोर्कमा आयोजना गरेको विश्व शिखर सम्मेलनमा विशेष भुमीका निभाउने मौका मिल्यो । 

 राष्ट्रसंघको पहिलो विश्व शिखर सम्मेलनको अनुभव कस्तो रहयो ?

 

विश्वको राष्ट्रप्रमुखहरुले भाग लिएको त्यतिखेरको शिखर सम्मेलनको अनुभव मेरो जीवनमा निकै अविष्मरणीय रहयो । ठुलै जिम्मेवारी , धेरै परिश्रम र चुनौति पनि थियो । मैले गर्नुपर्ने काम भनेको सम्मेलनमा उपस्थित राष्ट्रप्रमुखहरुले पास गरेको कुराहरुलाई लिखित दस्ताबेजको रुपमा तयार पार्नुपर्ने थियो । त्यतिखेर म गिनिज कनेटिकेट बस्थे । कहिलेकाही मध्यरातसम्म काम गर्दा गदै ग्राण्ड सेन्टरबाट घर जाने टे«ेननै छुटथ्यो । केही दिन त रातभर ग्राण्डसेन्टरको टे«न स्टेसनमा सुतेर विहान उज्यालो भएपछि विहानको ट्रेनमा गएर हतारहतार कोठामा नुहाएर तुरुन्तै फर्कनु पथ्र्यो । अहिले त्यही परिश्रम र जिम्मेवारीले आत्मा सन्तुष्टि मिलेको छ ।

राष्ट्रसंघमा त्यो तहसम्म काम गर्दा अरु देशको तुलनामा नेपाल कता गइरहेको देख्नुभयो  ?

सन्सारको धेरै देशहरुमा काम गरिसकेको हुनाले नेपाल दक्षिण पुर्वी एसियाका छिमेकी देशहरु थाइल्याण्ड, मलेसिया, कोरिया, जापान, सिंगापुर लगायतका मुलुकको तुलनामा निकै कम प्रगति गरेको छ । गरिवि लामो समयसम्म रही रहयो । गरिवि, अशिक्षा र स्वस्थ्यको दृष्टिकोणले धेरै पिछाडिएको देखियो । अन्य मुलुकको तुलनामा हाम्रो देश नेपालको त्यो अवस्था देख्दा निकै दुख लाग्थ्यो । तर अफ्रिका कति मुलुकहरु त अझ धेरै गएगुज्रिएका देखियो । नेपालमा चाहे जति छिटो छिटो प्रगति त हुन नसकेर दुख लागेपनि सन्सारमा कति मुलुकहरु प्रगति भन्दा पनि उधोगतिमा गएको देखियो । तर नेपाल प्रगति हुन नसकेपनि अधोगतिमा त गएको छैन है । नेपाल भौगोलिक रुपमा प्राकृतिक सुन्दरताको दृष्टिले विश्वमा माझ बेग्लै चिनारी छ । नेपालीहरु पनि अरुहरुको तुलनामा शाहसी र इमान्दार भएकोले विश्वको कैयो मुलुकले नेपाललाई सहयोग गर्न चाहान्छन ।

 अन्तराष्ट्रिय स्तरबाट नेपालले अहिलेसम्म कस्तो सहयोग पाएको छ ?  यो कतिको सदुपयोग भएको जस्तो लाग्छ ?

 

अन्तराष्ट्रिय रुपमा नेपालीलाई तीन किसिमको सहयोग पाएको छ । द्धिपक्षिय सहयोग जुन छिमेकी मुलुकहरु भारत र चीनले गदै आएको छ । यस बाहेक अमेरिका, वेलयत र जापानले पनि यस्तै सहयोग गदै आएको छ । अहिले पहिला भन्दा फरक मुलुकहरुले पनि सहयोग गदै आएको छ । बहुपक्षिय सहयोगको रुपमा विश्व बैक र एसियन डेपलपमेन्ट बैकले सहयोग गदै आएको छ । तर प्रविधिक रुपमा भने संयुक्त राष्ट्रसंघ अन्र्तगतको सहयोग बढि रहेको छ । तेस्रो सहयोग थुप्रै आइएनजीओबाट पाउदै आएको छ । नेपाल पाउदै आएको यो सहयता कम होइन प्रसस्तै सहायता हो । यसरी सहायत पाउन लागेको पनि ४० वर्ष भइसकेको छ । हामीले पाए अनुसारको सहायतामा भने जस्तो सदुपयोग र उपलब्धि हासिल गर्न सकेको छैन । यसको मुख्य कारण भनेको शिक्षा र स्वस्थ्यको अभाव त्यस्तै सरकारको आर्थिक विकासलाई महत्व दिन नसकेर राजनितिलाई महत्व दिनु र मुलुकमा भ्रष्टचार बडदै गएकाले पनि सदुपयोग गर्न नसकेको हो । त्यतिको उच्च पदमा पुग्नु भएपछि तपाईले नेपालको लागी के योगदान पु¥याए जस्तो लाग्छ ?

सौभाग्यनै भनु निति निर्माण तहमा पुगेको हुनाले मैले नेपालकै लागी भनेर स्वार्थी भावनाले केही गर्न सकेन । जुन नैतिकताको हिसाबले पनि मैले गर्न हुदैनथ्यो । आफनो देशलाई आफनो मान्छेलाई मात्र सहयोग गर्नुपर्छ भन्नेमा म प्रेरित थिएन । तर मैले के गरे जस्तो लाग्छ भने स्वास्थ्यको क्षेत्रमा निति निर्धारण गर्दा नेपाल र नेपाल जस्तो अन्य मुलुकलाई फाइदा पुग्ने गरि निति निर्माण गर्ने काम गर्न सक्यौ ।

 संयुक्त राष्ट्रसंघको सहायक महासचिव भइसकेको तपाई कोफी अन्नानपछिको महासचिव हुने संभवना थियो भन्छ नी ?

 

राष्ट्रसंघको निति अनुसार पनि क्षेत्रगत रुपमा पालैपालो महासचिव हुने परिपाटी रहेको छ । कोफिी अन्नान अफ्रिकापछि पा

ला एसियाकै थियो । राष्ट्रसंघको महासचिवको उम्मेदवारी भनेको व्यक्तिले दिने होइन राष्ट्रले दिनु पर्छ । त्यो बेलामा नेपालको अवस्था अन्तारिक समास्याको वीच लडाईको चपेटामा थियो । नेपालको राष्ट्रसंघमा चुनाव लडने कुनै कुरै थिएन । हल्ला भएपनि मेरो बास्तविक रुपमा खास त्यति महत्वकांक्षा पनि थिएन । नेपालको राष्ट्रसंघप्रतिको देशको निति र छवि पनि राम्रो थियो । तर देशकै अवस्था राम्रो नभएकोले त्यसतिर सोच्ने कुरै भएन ।

संयुक्त राष्ट्रसंघका महासभाको अध्यक्षको निर्वाचनमा तपाईको जित निश्चित हुदा हुदै पनि कसरी पराजित बेहोर्नुप¥र्यो नि ?

 

सरकारले मनोनित गरि त्यो पदका लागी हामीले राम्रो प्रयास गरेकै थियो । हाम्रो प्रतिष्प्रर्धा त्यतिखेर कतारसग भएको थियो । हामीले खर्च गर्न नसकेपनि नेपालको तर्फबाट निर्वाचन प्रचारको तर्कहरु कतारको भन्दा धेरै बलियो थियो । निर्वाचनको शुरुदेखि मध्यसम्म धेरै राष्ट्रले हामीलाई मत दिन्छु पनि भनेको थियो तर अन्तिममा कतारले धेरै राष्ट्रलाई आर्थिक प्रलोभन देखाएर धेरै खर्च गरेपछि उनीहरुले जित्यो । एकतिर प्रस्सतै पैसा खर्च गर्नु अर्कोतिर इस्लामिक सस्थाहरु माझ मुस्लिम धर्मको सदभावको आधार बडेकोले कतारले जितेको हो ।

 राष्ट्रसंघका महासचिव वानकी मुनको बौद्ध सम्मेलनको सिलसिलामा नेपाल भ्रमण स्थागित हुनको कारण के होला ?

 

संयुक्त राष्ट्रका महासचिव वानकी मुनले लुम्बिनीको विकासका लागी सहयोग गर्छु भनेको हामी सवैले स्वागत गरेका छौ । त्यसको मैले पनि वकालत गरेको छु । त्यो बेलामा उहालाई के लागेको हुनु पर्छ भने नेपालमा शान्ति प्रक्रिया टुङगोमा पुगेको हुन्छ । अनि संविधान पनि बनी सक्छ । त्यसपछि लुम्बिनीको विकासको सिलसिलामा खुसीको वातवारणमा सम्मेलनमा भाग लिन जाउ भनेर वचन दिएको हुनु पर्छ । तर दुर्भाग्या नेपालमा अहिलेसम्म पनि शान्ति प्रक्रिया टुङगोमा लागेको छैन । संविधान पनि बनेको छैन । सम्मेलन हुन एक महिना पनि बाकी छैन त्यो पनि पुर्ण तयारी नभएकाले उहाको भ्रमण स्थागित गरेको हुनुपर्छ । यतिखेर मुलुकमा संविधान बनाउनुनै उच्च प्रथामिकता छ । यस्तो बेलामा संविधान बनाउनतिर नसोचेर सम्मेलनतिर लाग्यो भने मुलुकको अवस्थानै ढामढोल हुन सक्छ । सायद यो कुरा वानकी मुन र उनको सल्लाहकारले पनि महसुस गरेकोले स्थागित गरेको हुनुपर्छ ।

 ४ दशकको विदेश जीवनपछि नेपाल फर्केपछि कस्तो परिवर्तन पाउनु भयो ?

 

३५ वर्ष राष्ट्रसंघमा र ५ वर्ष अध्ययन गरि ४० वर्षपछि नेपाल फर्केर २२ जिल्ला गुमेर मैले धेरै परिवर्तन देखियो । नेपाली जनताहरुमा हिजो भन्दा चेतनाको स्तर बडेको देखियो । सुचना प्रविधिको क्षेत्रमा ज्यादै परिवर्तन देख्यो । त्यस्तै सरकारको ध्यान नपुगेको स्थान समेत महिला जागारणको लागी गाउ गाउमा खोलेको आमा समुहले गरेको रचनात्माक कार्य निकै प्रसंसानीय लाग्यो । नेपालमा अन्तराष्ट्रिय सदभाव बडेको देखियो । तर सबभन्दा चित्तादुख्ने र दुख लागेको भनेको अहिले नेपालमा हिंसाको सस्कृति बडेको छ । नेपाल भगवान गौतम बुद्ध जन्मेको शान्तिप्रिय देश भनेको अब त्यो दन्त्य कथा जस्तो भइसकेछ । नेपाल अब शान्तिपुर्ण छैन । कटने मार्ने, छिमेकी छिमेकीमा लडने र नेपालमा शक्ति बन्दुकको नालबाट आउछ भनेर राजनिति गर्नेहरु देखियो । यस्तो खराब विचार पहिला थिएन । अहिले नेपाली नेपालीमा असल खराब भनेर विभाजनको राजनिति बडेको निकै दुख लाग्दो छ । यसको साथै अहिलेसम्म पनि नेपालमा राजनितिक कुरा बाहेक आर्थिक विकासमा केही सोचनै बनाएको नपाउनु अर्को दुखलाग्दो पक्ष हो ।

 यो जेष्ठमा संविधान बनाउन सकेन भने कस्तो हुन्छ मुलुकको स्थिति ?

 

यदि मुलुकमा यो पटक पनि संविधान बनेन भने निकै दुभाग्या हुनेछ । सर्वोच्च अदालतले जन भावना अनुरुप गरेको यो निर्णय अनुसार बनाउनु पर्छ । तर अझै पनि संविधान बनाउन सकेन भने नेताहरुले कसरी सोच्ला त्यो हेर्ना बाकी छ ।

 

पछिल्लो परिमार्जन ( बिहिबार, 03 मे 2012 03:57 )
 
न्यूयोर्कको नेपाली बेथेल चर्चले भब्यरुपमा मनाए ईश्टर पर्ब
बुधबार, 18 अप्रिल 2012 16:37    PDF Print E-mail

-बिष्णु सिंह (बैजु)-

संसारको सबै भन्दा बढी  करिब ३२ प्रतिसत जनसंख्या अथार्त २१० करोड मानिसहरूले मानी आएको क्रिश्चियन धर्ममा इस्टर पर्बले  ठुलो महत्व राख्दछ/  भगवानले जे कार्य गर्ने शुरुवात गर्नु हुन्छ  त्यस कार्यको सुखद अनत्य पनि गर्नु हुन्छ भन्ने कुराको पुश्टी यस पर्वले गर्द्छ/त्यसकारण संसार भरी ईसाइहरूले यस पर्वलाई मानव मुक्ति र  बिजयका रुपमा मनाउने गर्द्छ्न/

 
  
मानिसलाई  अक्षम्य पापबाट मुक्त गर्न क्राइस्टको बली:
 
 
परम प्रभु जेहोवा जिर्‍ेहले यस् धर्तीको सृस्‍टि गरे पस्चात त्यसमा  बस्ने एक पुरुष (Man),आदम र उसैको शरिरको  एक करङ झिकी  उसको अर्धाङिनी एक स्त्री (Woman), ईभ, जो हामी सबै मानव का पुर्खा हुन, आफु जसतै दिर्घजिबी मानव सृस्‍टि गरेका थिए/
 
 साथै बिभिन्न रुख बिरुवा र् जनवरहरु पनि सृस्‍टि गरी दिए र् इडेन भन्ने ठाउँमा एक बगैचा बनाई राखीदिनु भयो दिए/बिभिन्न रुख बिरुवामा जीवनको रुख तथा असल र् खराबको ज्ञानको रुख पनि थियो/  अनी भगवानले आदमलाई अर्ती उपदेश दिदै भने, "तैले यस् बगैचाको सबै रुखहरुको   फल खानु तर असल-खराब ज्ञानको  रुखको फल नखानु, खाईस भने त अवस्य मर्नेछ्स"/ यसरी स्पश्त भगवानले आदेश दिदादिदै पनि, दुश्तले ईभलाई बहकाए पस्चात, ईभको लहै-लहै मा लागेर   आदम र् ईभ  दुबैले नखानु भनेको फल खाई दिना साथै उनिहरु आफु नाङो भ्एको आभाश हुन्छ ।
 
साझपख भगवान  बगैचामा आई उनिहरुको आवाज सुनेर बोलाउदा  आफु  नाङो भ्एको ले लाज लागी अगाडी आउन मान्दैन्न । भगवानले उनिहरु सँग सोधे, "कसले भन्यो तिमीहरु नाङा छौ भनेर्" ।"मैले  नखानु भनेको रुख को  फल खाईस कि  क्या हो" ? भनि सोध्दा आदम ले आफ्नो भुल्को स्विकार नगरि उल्तो भगवानलाई नै आक्षेप लगाएर "तपाईंले दिएको स्त्रीले खान दिएकोले खाएको" भनेर भन्छ ।        
 
 भगवानले स्त्री लाई सोध्दा, "उस्ले पनि दुश्ट शर्पले छल गरी ख्वाएकोले खाए" भनि आफ्नो भुल स्विकार्दिन । यसरि मानिस सृस्‍टि काल देखीनै अटटेरी  र आफ्नो भुल अरुलाई  थोपर्ने स्वभावको भ्एको छ । तत्पस्चात्  धर्तीमा पापको प्रारम्भ हुन्छ । मानिसको  यो  चरित्र  अहिले पनि यथावत छ ।    यसरि भगवान आफुले  सृस्‍टि  गरेको मानिस र दुश्ट शर्पले आफै माथी बिस्वासघात गरेकोले प्रभुले तिनिहरु सबैलाई  यस धरतीमा अत्यन्त कश्ट्कर  जिवन धान्नु पर्ने श्राप दिए ।    यो निकै गम्भीर र अक्षम्य  पाप थियो /
 
यस पापकै कारण भगवानले आफ्नो प्रतिमुर्ती स्वरुप अमर सृस्‍टि गरिएको मानिस मरणशिल हुन्छ/यस्ता पापि मानिसले जन्माएको सन्तान पनि क्रुर पापी नै जन्मन्छन/तसर्थ एडम र इभले जन्माएका पहिलो दुई छोरा केन र अबेल जो क्रमस खेत खन्जोत गर्ने र पशु चरण कार्य गर्द्थे/ केन आफूले उत्पादन गरेको फल  भगवानलाई चढाउन पनि छल्कपट गरि कम्सल चिज अर्पण गर्द्थे/ त्यसकारण भगवान उनिसंग खुशी थिएनन/  तर उनका भाई अबेल भने  भगवानलाई मान् खोलेर आफ्नो उतपादनको असल भाग भगवानलाई अर्पण गर्द्थे जस्ले गर्दा भगवान उनिसंग प्रसन्न भई प्रशंसा गर्द्थे/दुश्ट केनले  आफ्नो भाईको प्रशंसा सुन्न नसकी एक दिन उनको हत्या गरिदिन्छ्न/
 
मानिसहरूले जन्मे देखि मार्ने बेला सम्म पाप माथी पाप गरिनै रहन्छ/ यस धर्तिमा पापको कारण दुश्ट, इर्श्यालु मानिसहरू धेरै ब्रिधी हुँदै जान्छ/त्यसकारण  यो अवस्थाबाट मानवलाई मुक्ति दिलाउन अनिवार्य थियो/ यस पापबाट मुक्ति पाउन लरोतरो बिगो र सानोतिनो दण्ड सजाय पर्याप्त थिएँन/  यसको लागि बेदाग्, निशकलन्क र पाप रहित  बलीको आवस्यकता थियो जुन उनले सृस्‍टि गरेका मानवमा उप्लब्ध थिएँन/तसर्थ भगवानले मानवलाई मुक्त गर्न आफ्नो एक्मात्र छोरा जिजअजलाई बलीको बोको बनाई यस धरतीमा मानव्रको रुपमा पठाउछ्न/ जिजअजको जन्म मानव बिजबाट नभै पवित्र आत्मा द्वारा कुमारी मेरिको कोखबाट इजराइलको बेथेल भन्ने ठाउँमा ६ बि.सी.मा हुन्छ/
 
भगवान क्षमाशिल र दयावान छ्न भने यथोचीत समयमा उचित न्याय पनि गर्द्छ्न/ मानिसले जति ठुलो अपराध गर्छ वा कानुन टोद्छ त्यतिनै ठुलो बिगो भर्ने र  दण्ड सजाय उस्ले पाउदछ/  बाइबलमा उल्लेख भए अनुसार् पापको अनत्य मृत्‍युबाट मात्र पूरा हुन्छ/
जिजज क्राइस्टको यस धर्ति मा आउने बाचा:
 
इजराइलका क्रुरुर यहुदी सासकहरूले  मानिसले कल्पनानै गर्न नसकिने यातना दीएर अन्त्यमा जिजजलाई   क्रुसमा क्रुसमा किल्ला ठोकी टागेर  ३० ए. डी. मा उन्को हत्या गर्द्छ्न/ यो शुक्रबारको दिन थियो/      यो भगवानले मानवले गरेको पापको मुल्य चुकाएको दिन थियो/ यसलाई क्रिस्चियनहरूले गुड फ्राइ डे भनि मनाउछ्न/ यस दिन कतिपय क्रिस्चियनहरू ब्रत बस्ने, प्राथना गर्ने, चर्चमा गएर आफ्नो भुलको क्षमा याचना गर्ने गर्दछ्न/अर्को दिन शनिबार भगवान चिहान भित्र मस्त निन्द्रामा रहनु हुन्छ र आईतवार बाहिर निस्की आफ्नो दर्शन् दिनु हुन्छ /भगवानलाई कसैले मार्न सक्ने कुरै भएँन/ तसर्थ आईतवार भगवान चिहानबाट निस्केको दिनलाई क्रिस्चियनहरूले निकै हर्शोउलासका साथ् इस्टर सान डे भनि मनाउदछ्न/ त्यसपछि ५० दिन सम्म यस धर्तिमा बसेर आफ्ना १२ जना चेलाहरूलाई अनेक अर्ती, बुद्धी दिएर आफूले सिकाएका कुराहरू संसार भर फैलाउनु भनि फेरि यस धर्ति मा आउने बाचा गर्दै जिउदै स्वर्गमा प्रस्थान गर्नु हुन्छ/तसर्थ जिजज क्राइस्ट एकमात्र यस धर्तिमा आइ जिउदो स्वर्गमा फर्किएका भगवान हुनुहुन्छ/

जुन भगवानले तपाईंको मुक्तिलागी आफ्नो छोरालाई बली चडाउनु हुन्छ भने उनको शरणमा आउने लाई कत्तिको माया,श्रधा र प्रेम् गर्नु हुन्छ त्यो सहजै बुझन सकिने कुरा हो/

 
यसै सन्दर्भमा उद्साइड, न्यूयोर्कका नेपाली बेथेल चर्चले पनि गत आईतवार,  अप्रिल ८ तारिख भब्यताका साथ इस्टर सन डे कार्यक्रम् आयोजना गर्‍यो/दिउसो ४ बाजे देखि शुरु भएको कार्यक्रममा सबै जातका नेपाली, बिदेशिहरूको उपस्थिती  थियो/  कार्यक्रममा  धेरै प्राथना, प्रबचनहरू गरे/ साना  केटाकेटीहरूले पनि भगवानको प्राथना  सुनाए/ क्रिस्चियनमा कुनै जातपातको भेद्भाव हुदैन र सबैसँग समान सद्भाव, प्रेम् गर्नुपर्ने क्रिश्चियनहरूको मुख्य कर्तब्य र यस धर्मको सार् भएको कुरा पास्टर पावल राईले बताए/  कार्यक्रम सन्चालन क्रिश भण्डारीले गरेका थिए भने रुथ घलेले यस धर्म लागेर आफुमा आएको सद्ब बुद्धी, ज्ञान, जीवनमा आएको शुखद  परिवर्तन् बारे आफ्नो अनुभव सुनायेकी थिइन/अनत्यमा सबै जाति, जनजाति, दलित, मधेसी  एकै साथ् बसेर भब्य इस्टर भोज खाएका थिए/  यसरी  नेपालमा जातपातको भेद्भाव हटाइ सबै नेपालीलाई एक शुत्रमा बाधने कार्य क्रिस्चियन धर्मबाट हुन सक्ने स्पस्ट देखिन्छ/                    

आमेरिकाको ३० करोड जनसन्ख्यामा करिब ७९ प्रतिसत ईशाईहरू छ्न/  नेपालमा जातिपातीको भेद्भाव गरि मानिसले मानिसलाई घ्रिणा गर्ने, मानिसले मानिसलाई मार्ने, हिन्दूलाई पनि अछुत भनि  मन्दिर प्रबेश गर्न नदिने जस्ता  मानव अधिकार हनन हुने देशको कानुन बर्खिलाप मन्दिर प्रबेश गर्न नदिएको धेरै समाचारहरुमा पढन पाइन्छ/ त्यसकारण अहिलेका नयाँ पुस्ताका मानिसहरू मानिसले मानिसलाई प्रेम, सद्भाव र आपसी भाइचारा अनिवार्य रुपमा सिक्नु सिकाउनु पर्ने क्रिस्चियन धर्म प्रति निकै आकर्शित हुँदै गएको देखिन्छ/हाल कुल  जनसंख्याको १० प्रतिसत भन्दा बढी नेपालीहरू क्रिस्चियन  भएको र २७०० भन्दा बढी चर्चहरू भएको नेपालको तथ्यान्कले देखाएको  छ/गएको क्रिश्मस सभामुख सुबास नेम्वाङ तथा बिभिन्न राजनैतीक दलका  नेताहरूले ईसाइहरूको साथमा भब्यताका साथ प्रज्ञा भवनमा मनाएका थिए/ नेपालको संबिधानले देशलाई धर्म निर्पेक्ष बनाए पस्चात इशाईहरूको संख्या दिन पर दिन ब्रिधी हुँदै गैरहेको छ/यद्यपी उनिहरुलाई आफ्नो क्रियाक्रम गर्न सरकारले ठाउँको ब्यवस्था नगरिदिएको कारण गत डिसेम्बर महिनामा नेपाल फेडेरसन अफ क्रीस्चियनले राश्ट्रपती रामवरन यादवलाई मरेको लाश गाड्ने चिहानको लागि जग्गा उप्लब्ध गरिदिन मेमोरन्डम पेश गरेको थियो/   

पछिल्लो परिमार्जन ( बुधबार, 18 अप्रिल 2012 16:43 )
 
वजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
थ्याङक्यु बानकी मुन ।
बुधबार, 11 अप्रिल 2012 18:36    PDF Print E-mail

alt

 

थ्याङक्यु बानकी मुन ।

कुलचन्द्र गौतम
संयुक्त राष्ट्रसंघले कुनै पनि महत्वपूर्ण कुरामा निर्णय गर्दा कुनै व्यक्तिको लहैलहैमा लागेर कसैको भनाइमा मानेर ठोस् निर्णय गर्दैन । बानकी मुन नेपाल नजाने निर्णय पनि गम्भीर रुपमा भएको हो ख्याल ख्यालमा भएको होइन । उहााको कार्यक्रम स्थागित हुनुमा विभिन्न कारणहरु छन् । जुन मेरो र केही व्यक्तिहरुको थोरै फिडब्याकले काम गरेको होला तर त्योभन्दा पनि बढी विभिन्न मुलुकमा रहेका युएनकै प्रतिनिधिहरुको उतिकै हात रहेको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने भएपछि विश्वका बौद्ध धर्म मान्ने मुलुकका प्रमुखहरु आउाछन कि आउदैनन् भनी उनीहरुसाग गरेको फिडब्याकको आधारमा पनि यो निर्णय भएको हो । नेपालका दुई चारजना व्यक्तिले बोलेको भरमा राष्ट्रसंघको नीति तथा निर्णय परिवर्तन हुदैन भन्ने संयुक्त राष्ट्रसंघमा काम गरेको मेरो अनुभव छ ।
तर यदि तर्क संगत कुरा थियो भने मेरो विचारमा मैले राखेका दुइटा तर्क नागरिकको तर्फबाट राखेको थिए  । जतिखेर बानकी मुनले नेपाल आउाछु भन्नुभएको थियो, त्यतिखेर संयुक्त राष्ट्रका महासचिवले लुम्बिनीको विकासका लागि सहयोग गर्छु भनेकोमा हामी सबैले स्वागत गरेका छौ । त्यसमा मैले पनि वकालत गरेको छु । त्यो बेलामा उहालाई के लागेको हुनुपर्छ भने नेपालमा शान्ति प्रक्रिया टुङगोमा पुगेको हुन्छ । अनि संविधान पनि बनी सक्छ । त्यसपछि लुम्बिनीको विकासको सिलसिलामा खुसीको वातवारणमा सम्मेलनमा भाग लिन जाउ भनेर वचन दिएको हो । तर दुर्भाग्य नेपालमा अहिलेसम्म शान्ति प्रक्रिया टुंगो लागेको छैन । संविधान पनि बनेको छैन । सम्मेलन हुन एक महिना पनि बाकी छैन । त्यो पनि पूर्ण तयारी छैन । कहाको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने ? अहिले यतिखेर देशको मुख्य ध्यान त शान्ति टुंग्याउने र संविधान बनाउनुमा हुनुपर्छ ।
लुम्बिनीको विकास पनि महत्वपूर्ण छ । तर लुम्बिनी त २५ सय वर्ष भइसक्यो । अहिलेसम्म यतिको समय त कुरियो तर अब केही महिना कुर्दा के फरक पर्छ र ? जुन यतिखेर संविधान बनाउनुनै उच्च प्रथामिकता छ । यस्तो बेलामा संविधान बनाउनतिर
नसोचेर सम्मेलनतिर लाग्यो भने मुलुकको अवस्थानै डामाडोल हुन सक्छ । सायद यो कुरा बानकी मुन र उनका सल्लाहकारले पनि महसुस गरिसकेका छन् । बानकी मुनले नेपाल आउने योजना स्थागित गरेलगतै माओवादी अध्यक्ष प्रचण्डले दोहोरो प्रतिक्रिया दिएका थिए । उनले मैले बोलाएको तर एकतिर अन्तर्राष्ट्रिय सम्मेलन गर्न परेको खण्डमा सरकारले धेरै समय खर्चिनु पर्दा कठिन हुने भएकाले स्थागित भएकोमा मुलुकलाई राहत मिलेको प्रतिक्रिया दिए । तर अर्कोतिर कुलचन्द्र गौतमजस्ता व्यक्तिहरुको कारणले स्थागित भएकोको भनी गलत प्रतिक्रियासमेत दिन पछि परेका छैनन् ।
अर्कोतर्क संयुक्त राष्ट्र संघले लुम्बिनीको विकासमा विशेष चासो लिनको कारण भगवान बुद्धको सन्देश अहिंसा र शान्तिलाई विश्वभरि प्रचारप्रसार गर्ने र संयुक्त राष्ट्रको बडापत्रको सिद्धान्त पनि संसारमा शान्ति कायम गर्ने  भएकाले हो । तर शान्ति स्थापनाकै क्रममा माओवादी नेताले अहिलेसम्म पनि भगवान बुद्धको शान्तिको सन्देशलाई आत्मासात गरिसकेको छैन । अझै पनि माओवादीहरु बन्दुकको नालबाट मात्र शाक्ति आउाछ भनेर त्यही राजनिति गरिरहेका छन् । प्रचण्ड आफैंले मुन आउनु अघि हामीले अब हिंसाको राजनीति त्याग्यौ । लोकतन्त्रमा आएर अब शान्ति सम्झौतामा हस्ताक्षर गर्‍यौं । बुद्धको जन्मस्थलमा बुद्धकै शिक्षा अनुसार बुद्धको सिद्धान्त अपनाआउने किसिमले कुरा गरेको भए धेरै राम्रो हुन्थ्यो होला । त्यो पनि मुनको मनमा परेको हुनसक्छ ।
राष्ट्रसंघमा माओवादीको पनि पहुच छ तर सबैतिरको विचार र माओवादीको विचार जाँचेर बुझेर र तौलेर हेर्दा मुनले नजाने निर्णय गर्नुभएको हो । राष्ट्रसंघका महासचिव मुनले नेपाल नजाने गरेको निर्णयले हाम्रो देशको लागि ठूलो मित्रताको ठूलो गुण देखाउनुभएको छ । यतिखेर देश शान्ति तथा संविधान बनाउने काममा व्यस्त छ । तर सम्मेलनको केही पनि तयारी नभएको यो अवस्थामा उहाको भ्रमण स्थागित हुनु धेरै राम्रो पक्ष हो  । शान्ति प्रक्रिया र संविधान बन्न नसकेर देश अस्तव्यस्त भएको बेला संयुक्त राष्ट्र संघले नेपाली जनताको भावनालाई बुझेर नै महासचिव मुनको नेपाल भ्रमण स्थागित भएको हो । कमसेकम हामी बेइज्जत हुनुबाट जोगियौं ।
यसपटक यदि मुन नेपाल आएको भए अन्तर्राष्ट्रिय स्तरमा दुई नराम्रो सन्देश जान्थ्यो । एक मुलुकमा शान्ति प्रक्रिया र संविधान बन्न नसकेर लथालिंग अवस्थाको रहेको र अर्को यदि महासचिव मुन मात्र नेपाल पुगे पनि अरु विश्वका विभिन्न बौद्ध मुलुकको राष्ट्र प्रमुखहरु कुनै पनि हालतमा आउन सक्ने अवस्था थिएन । किनकि अन्तर्राष्ट्रिय सम्मेलन भने बित्तिकै एक वर्ष अघिदेखि पूर्ण तयारी गरेको हुनुपथ्र्यो त्यो केही पनि थिएन । विनातयारी पूरै काचोपना र अपरिपक्क देखिन्थ्यो । जे होस् बान की मुनले नेपाललाई विश्वमाझ वेइज्जत हुनबाट जोगाउनुभयो । थ्याङक्यु बानकी मुन ।

 

संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक कुलचन्द्र गौतम ब्राजिल हुदै न्युयोर्कमा आएका बखत एभरेस्ट टाइम्सका लागि आङछिरिङ शेर्पाले गरेको कुराकानीमा आधारित ।


 

 
अमेरिका लाने प्रवृति मन परेन–कुञ्जना
PDF Print E-mail

 

alt


  कुञ्जना घिमिरेलाई दर्शकहरुले मेरी बास्सैकी सुन्तु अर्थात सुन्तलीका रुपमा धेरैले चिन्छन् । सुन्तलीकै नामवाट आँफूलाई चर्चित बनाउन सफल देखिन्छिन् । मेरी बास्सैका प्रमुख पात्र धुर्मुससँग पर्दामा मात्र नभै वास्तविक जीवनमै जीवनसाथी बनेपछि उनी थप चर्चाको शिखरमा पुगिन । तीन वर्षको चिनजान पछि धुर्मुस अर्थात सीताराम कट्टेलसँग जीवनसाथी बनेकी हुन् । रेडियो नेपालबाट प्रसारण हुने नाटकमा बोलेर कलाको संसारमा उदाएकी घिमिरे अहिले स्वदेश तथा विदेशमा समेत ख्याति कमाउन सफल छिन् । मेरी बास्सै टेलिसिरियलमा जहिले पनि गुनियो चोलीमा देखिने सुन्तलीलाई बजारमा देख्दा भने जोपनि झुकिन सक्छन् । टिसर्ट पाइन्ट लगाएर बजारमा हिंडेको देख्दा उनलाई नचिन्नु स्वभाविकै हो । स्टेज प्रोग्राम देखाउने कार्यक्रमका लागि अघिल्लो साता काठमाडौस्थित जापानी राजदूतावसको कार्यालयमा अन्तर्वार्ता दिएर निस्केपछि एभरेस्ट टाइम्सलाई अन्तर्वार्ता दिन राजी भइन् । घिमिरेसँग एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका शोभाकान्त सिग्देलले गरेको कुराकानी मुख्य अंश  :


अहिले केमा व्यस्त हुनुहुन्छ ?
मेरी बास्सै स्वेदश तथा विदेशको स्टेज कार्यक्रममा व्यस्त छु ।


जापानको लागि दिनुभएको अन्तर्वार्ता कस्तो भयो  ?
राम्रो भयो ।


एक्लै होकि अरुकोही साथि हुनुहुन्छ ?
कहाँ एक्लै हुन नि म र मेरो धुर्मुस सँगै थियौं ।


श्रीमानलाई धुर्मुस भनेर बोलाउनुहुन्छ कि क्या हो  ?
अरु नै नामले बोलाउँछु ।


विवाहपछि धुर्मुससँगको क्रेज घटेको त छैन  ?
ए हजुर क्रेज घटेको छैन झन बढेको छ । वास्तविक जीवनमा हाम्रो जोडी देखेर त दर्शक पो खुसी भएका छन् । 

टेलिसिरियलमा जस्तै परिवारलाई पनि दुःख दिनुभएको छैन  ?
वास्तविक जीवन र टेलिसिरियलमा त धेरै फरक हुन्छ । परिवारमा अहिलेसम्म एक कुशल बुहारीको रुपमा रहेकी छु । 


टेलिसिरियल किन गाउँमा बढी केन्द्रित छ  ?
नेपाल नै गाउँ गाउँले भरिएको छ । गाउँले जीवनवाट नै हाम्रो जिन्दगी सुरु भएको हो । गाउँले परिवेश लाई शहरीकरणले विस्तापित गरेको समयमा टेलिसिरियलले गाउँलाई जीवन्त राख्न सहयोग गर्दछ । 

तपाईँको जोडी विदेश कुन-कुन ठाउँमा जानु भयो त 
विदेशको नाममा त मलेसिया कतार दुबई कोरिया भारत इजरायल सिङ्गापुर पुगेका छौं । 

आझसम्म तपाईहरुंलाई अन्य देशको अफर आएको छैन्  ?
आइरहेको छ ।


कुन देशको अफर आएको छ  ?

अमेरिकाको अफर आइरहेको छ । 


अफर आएर पनि किन अमेरिका जानु भएको छैन त  ?
अमेरिका लाने प्रवृति मन नपरेर हो ।


कस्तो प्रवृति रहेछ  ?
आयोजकले हाम्रो नाममा अन्य व्यक्तिहरुलाई पनि लैजाने र उनिहरु उतै बस्ने प्रवृति राम्रो लागेन । 


कस्तो भयो भने जानुहुन्छ ?
कलाकारहरुलाई मात्र लैजाने आयोजक पर्‍यो भने जान्छु । जुन समुह अमेरिकमा कला प्रस्तुत गरेर नेपाल फर्किन्छ । 


अमेरिका जान पाउँदा किन नेपाल फर्किने  ?
जुन उद्देश्यले गइन्छ । त्यही उद्देश्य पुरा गर्न सक्नुपर्छ । आफ्नो प्रतिभा प्रस्तुत गरेर नेपालमा जस्तो आत्मसन्तुष्टि अमेरिकामा मिल्दैन ।


अमेरिकामा बस्ने कलाकारहरुलाई के भन्नुहुन्छ त  ?
आफ्नो घर व्यवहार हेरेर केही समय बस्नु ठिक छ । बसिन्जेल नेपाललाई चिनाउने कार्य गर्नुपर्छ । अफ्ना सन्तत्ति र नेपाल बिच ग्याप राख्नु हुँदैन । 


 

 
न्युयोर्कमा नेपाली सृजनाका यात्रामा सामेल हुँदा
मंगलबार, 03 अप्रिल 2012 16:03    PDF Print E-mail

न्युयोर्कमा नेपाली सृजनाका यात्रामा सामेल हुँदा

–शिवप्रसाद लामिछाने

न्युयोर्कमा रहेर कानुनी परामर्शसम्बन्धी व्यवसाय गर्दै रहनुभएका कवि विनोद रोकासित मार्च २८ मा फोनमा बात मार्ने क्रममा अप्रिल १ मा न्युयोर्कमा साहित्यिक कार्यक्रम हुने कुरा थाहा पाएँ । वहाँले कार्यक्रमबारे मेरो ठेगानामा इमेल गरेको बताउँदै अर्का नेपाली सहदेव पौडेलसित कुरा गर्न भनेर फोन दिनुभयो । सहदेवजीको फोन नउठेपछि सन्देश छोडेँ । वहाँले केही बेरमै फोन गर्नुभयो । कुराकानीको क्रममा म निकै टाढा भएको कुरा विज्ञानको पछिल्लो प्रविधि हेरेर बताउनुभयो । ज्याक्सन हाइटको हिमालय धर्म सेन्टरमा हुने सो कार्यक्रम अप्रिल १ को अपरान्ह ४ बजेदेखि सुरु हुने थियो । त्यसबारे विस्तृत कुरासमेत लेखेर विनोद रोका दाइ र सहदेवजीले मेरो ठेगानामा विद्युतीय चिठी पठाइसक्नुभएको रहेछ । इमेलमा सूचना पढेपछि त झन् कार्यक्रममा जान मन हतारियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आवद्ध कवयित्री एवं गीतकार गीता खत्रीको एकल वाचनका साथ अन्य कविकवयित्रीको सिर्जना सुन्न अप्रिल १ मा न्युबर्गबाट ज्याक्सन हाइट पुगेँ । सवारी साधनमा लाग्ने समयको अनुमान गर्न नसकेर निर्धारित समयभन्दा २ घण्टा अघि अर्थात् दिनको २ बजे पुगेछु । निर्धारित स्थानमा पुग्न निकै सजिलो लाग्यो । न्युयोर्क सहरको जमीनमुनिको सुरुङमा दौडने द्रुत रेलको यात्रामा पहिलोपल्ट सहभागी भएँ । एक त नयाँ अनुभव, सूचनामा कमजोरी हुन्छ कि भन्नेमा निकै होशियार थिएँ । र अर्को थियो– अप्रिल १ अर्थात् अप्रिल फुलको दिन । बिहानैदेखि कसैले कुनै बहानामा झुक्याउलान् भनेर आफूले चिनेका स्थानीयहरुसित पनि होशियार थिएँ । काठमाडौँमा जस्तो पटक्कै रहेनछ यहाँ । कसैले पनि अप्रिल फुलको कुरा गरेको सुनिनँ । मेगा मिलियनको चिठ्ठा किनेको र नपरेकोमा थकथक भएका कुराले हप्तौँ गाँजेको यो सहरमा अप्रिल फुलको कुरा सुन्न नपर्दा जोगिन्छु जस्तो लाग्यो ।

म एक घन्टा ज्याक्सन हाइटका सडकहरुमा हिँडे । चिनेको कोही थिएन । चावहिल पानी टेङ्की घर बताउने किशोरकिशोरीहरुले मेरो कुरामा खासै ध्यान दिएनन्, सडक पेटीमा खेल्नमै व्यस्त थिए । थाकेको महसूस भएपछि स्पेनिसको कफीसपमा पसेर कफी पिउन थालेँ । कोरियाली नानीहरु काम गर्दा रहेछन् । करीब पैँतालीस मिनेट कफीसपमा बस्दा ज्याक्सन हाइटको आकासेपुलमा दौडेका रेलको आवाज मलाई मात्र होला, नौलो लागेको थियो । साढे तीनमा कार्यक्रमस्थगलमा आएँ । युयुत्सु आरडी शर्मा र सहदेव पौडेलसित पहिलोपल्ट भेट र चिनजान भयो । सोचेभन्दा निकै युवा सहदेवजी र युयुत्सु दाइचाहिँ निकै परिपक्व उमेरका । काठमाडौँमा वहाँका कविता पत्रपत्रिकामा निकै पढेको भए पनि भेट भने न्युयोर्कको ज्याक्सन हाइटमा भयो ।

राम खत्री र गीता खत्री अनि गीता पन्थसहित केही महिला गाडीमा आउनुभयो । नेपालमा जस्तै निर्धारित समयभन्दा आधाघन्टापछि कार्यक्रम सुरु भयो तर निकै रमाइलो भयो । चालीसपैँतालीस जनाको राम्रो सहभागिता देखेर म भित्रभित्रै रोमाञ्चित थिएँ । कार्यक्रम उद्घोषिका गीता खरेलले गीता खत्रीको बहुआयामिक व्यक्तित्वको परिचय दिनुभयो र समीक्षकका रुपमा युयुत्सु आरडी दाइ र मेरो परिचय गराउनुभयो । निकै सिपालु उद्घोषिका हुुनुहँुदोरहेछ । पहिलो चरणमा गीतकार, कवयित्री गीता खत्रीले देशभक्ति, राजनीतिक विकृतिको छाप परेको नेपाली जनजीवन र प्रेमको झलक दिने कविता र गीत तीन खण्डमा सुनाउनुभयो । वहाँका सरल, नारीजनीन स्वर र भावहरु निकै सशक्त थिए । गीतमा वहाँ साँच्चै परिपक्व सर्जक हुनुुहुँदो रहेछ । तन अमेरिकामा र मन नेपालका डाँडापाखामा डुलाएर यता असन्तुष्ट भएका धेरै नेपालीको पीडा वहाँका शब्दहरुले टिपेका थिए । साडी र ब्लाउज, रातो पोते, निधारमा ठूलो टीका, बाटेको चुल्ठोमा सजिएकी सर्जक गीता खत्री न्युयोर्कमा नेपाली पहिरनमा नेपाल चिनाउँदै हुनुहुन्थ्यो ।

एकल वाचनपछि वहाँका सृजनाक्षेत्र र सफलताबारे युयुत्सु आरडी शर्माले संक्षिप्त टिप्पणी गर्नुभयो । पछिल्लो चरणमा चर्चित सर्जक सीता पाण्डेको यौन कविताबाट कवितावाचन सुरु भयो । पुरुषले नारीलाई भोग्यसाधनमात्र बनाएको यथार्थमाथिको प्रहार मासुको थुप्रो शीर्षकको कविता वाचन गरुन्जले हल सुनसान भयो । मणि वाङ्देलको कवितामा विश्वालाई ओराल्ने न्युयोर्क सहरको संवेदनहीनताको चित्रण थियो भने शकुन्तला ज्ञवालीको गीतिकवितामा नेपालका नेताहरुको अकर्मयण्ताको समाचार विदेशमा बसेर सुन्नुपर्दाको पीडा थियो । ‘खान्नँ म त तालको पानी दिनभरि पुतली नाचेको, टिभी पनि हेर्दिनँ म त भ्रष्टाचारी नेताजी हाँसेका’े बोलको गीतले सबैलाई तानेको थियो । वहाँको स्वर निकै मीठो र शब्द पनि त्यतिकै चोटिला । पत्रकार विष्णु पौडेलका भावपरक गजल सुनेपछि कुवेर थापाको कविता पढियो । कवयित्री गीता पन्थको कविता सूत्रात्मक एवं विम्बपरक थिए । चलचित्र निर्देशक शैलेश आचार्यको कविताका शब्दचयन र भावको प्रहार तारिफयोग्य थिए । मनु लोप्साङ राईको कवितामा नारीमाथि नारीकै संलग्नतामा थिचोमिचो र शोषण हुने गरेको नमीठो अनुभव प्रस्तुत भएको थियो । छिरिङका कवितामा दर्शन र अध्यात्म प्रवल थियो । कार्यक्रमको बीचतिर शान्ता घिमिरे र विकास विष्टले सुरिलो स्वरमा दोहोरी गाउनुभएको थियो । पछि सबै कविताको छोटो समीक्षा गर्ने मेरो जिम्मेवारी पूरा गर्ने असफल प्रयास गर्दै मैले आफ्नो कविता वाचन गरेँ ।

जलपान पनि नेपाली शैलीको थियो । सेलरोटी, जिलेबी र पकौडा अनि आलुको अचार । क्या मीठो । टोपी लाउने, टाइ लाउने पुरुषका साथै साडी ब्लाउज लाएर झपक्कै पोते लाउने अनि पाइन्टमा ठाँटिने महिला पनि थिए सहभागी । केही सहभागीहरुको अप्रिलमा जन्म दिन भएकाले गीता खत्रीले शुभकामनास्वरुप फूलको गुच्छा उपहार दिनुभयो । उपहार पाउनेमा विनोद रोका र अरु दुईजनासहित गीता दिदीका श्रीमान् राम खत्री पनि हुनुहुन्थ्यो । नारीहरुको बाक्लो उपस्थिति वाचनमा थियो भने पुरुषहरु सहभागी बढी थिए वक्ताभन्दा । अमेरिकामा नारीहरुको अग्रताको राम्रा्े झलक नेपाली समुदायमा पनि देखियो भन्दा हुन्छ । 

विहान न्युबर्गका सहृदयी फिलले बसपार्कमा छोडिदिएका थिए । पहिलोपल्ट चढेको भूमिगत रेलमा विहान भारत विहारका मनिस कुमारले सघाएका थिए । फर्कँदा अंग्रेजी राम्ररी नबोल्ने कोलम्बियाली महिलाले हातै समातेर ओरालेकी ओरालिन् । टायम्स स्क्वायरमा एकघण्टा बस कुर्दै बंगलादेशी काविल मियाले भुटेको तातोतातो गुलियो बदाम खाएर पौने नौको बस चढेर न्युबर्ग लागेँ । राति करीब ११ बजे बासस्थान आएपछि कविता वाचनस्थलको दृश्यले धेरैबेर अल्मल्याइरह्यो ।

shivalamichhane@hotmail.com

पछिल्लो परिमार्जन ( मंगलबार, 03 अप्रिल 2012 16:11 )
 


Page 1 of 3