|
संयुक्त राष्ट्रसंघमा साढे तीन दशक विताउने एक मात्र नेपाली हुन कुलचन्द्र गौतम । युनिसेफको कार्यकारी निदेर्शक हुदै राष्ट्रसंघको सहायक महासचिव समेत बन्नु भएका उहाले आफनो कार्यकालमा धेरै महत्वपुर्ण उपलब्धि हासिल गर्नुभएको छ । दक्षिण पुर्वी मुलुकहरुमा लामो समय खटेर राष्ट्रसंघमा महत्वपुर्ण कार्य गदै आउनु भएको गौतम वर्तमान महासचिव वानकी मुन र पुर्व महासचिव कोफी अन्नानसंगै लामो समय कार्य गर्नु भएको थिए । गुल्मी जिल्लाको अमरपुरमा जन्मनु भएको गौतमलाई पछिल्लो समयमा राष्ट्रसंघको विशेष व्यक्तिको रुपमा पनि चिनिन्छ । करिब ४ दशकको विदेश जीवन पछि उहा यस अघिनै नेपाल फर्किइसक्नु भएको छ । वर्तमान महासचिव मुनको बैसाखमा हुने नेपाल भ्रमण स्थागितपछि ब्राजिलमा भएको बैठकमा भाग लिएर न्युयोर्क आउनु भएको बखत एभरेष्ट टाइम्सका लागी आङछिरिङ शेर्पासंग गरेको कुराकानी ।
कसरी राष्ट्रसंघमा प्रबेश गर्नुभयो ?
सन १९६८ मा अमेरिकामा अध्ययन गर्न आए । त्यतिखेर सन्सारको सवैभन्दा ठुलो चर्चाको रुपमा अमेरिका र भियतनामको युद्ध चलिरहेको थियो । त्यो अवस्थामा अमेरिकाको अधिकांस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु एन्टीवार मुभमेन्टमा लाग्ने गथ्र्ये । म पनि त्यही मुभमेन्टमा लागेका थिए । अमेरिकाको इतिहासमा कसैसंग कहिल्यै पनि नहारेको तर भियतनामसंगको युद्धामा अमेरिका हारेपछि मनमनमा निकै कौतुहलता बडन थाल्यो । अध्ययनकै क्रममा त्यही विषयमा पनि अध्ययन गर्न थाले । भाग्यवस अध्ययन सफलताकै कारण सन १९७३ मा संयुक्त राष्ट्रसंघमा काम गर्ने मौका मिल्यो । त्यतिखेर भियतनामको लडाई टुङिगन लागेको थियो । राष्ट्रसंघमा काम गर्न पाएको वितिकै त्यतिखेर मध्य पुर्वि क्षेत्रका विभिन्न मुलुकमा काम गर्ने अवसर मिल्यो
। कस्तो जिम्मेवारी निभाउनुभयो राष्ट्रसंघमा जानु भएपछि ?
राष्ट्रसंघमा गएको वितिकै सवैभन्दा पहिला ल्याटिन अमेरिकामा राष्ट्रसंघ अन्र्तगत युनिसेफको कार्यक्रम हेर्ने प्रमुखको रुपमा जिम्मेवारी पायो । त्यही क्रममा युद्ध पाश्चत क्याम्बोडिया, भियतनाम र लाओस जस्ता कैयो मुलुकहरुमा युनिसेफको वालबालिका, शिक्षा, खानेपानीको कार्यक्रम अन्र्तगत बाल मृत्युदर घटाउने र बाल रोग निर्मुल जस्ता विभिन्न काम गर्ने जिम्मेवारी पायो । त्यसपछि सन १९९० मा राष्ट्रसंघद्धारा न्युयोर्कमा आयोजना गरेको विश्व शिखर सम्मेलनमा विशेष भुमीका निभाउने मौका मिल्यो ।
राष्ट्रसंघको पहिलो विश्व शिखर सम्मेलनको अनुभव कस्तो रहयो ?
विश्वको राष्ट्रप्रमुखहरुले भाग लिएको त्यतिखेरको शिखर सम्मेलनको अनुभव मेरो जीवनमा निकै अविष्मरणीय रहयो । ठुलै जिम्मेवारी , धेरै परिश्रम र चुनौति पनि थियो । मैले गर्नुपर्ने काम भनेको सम्मेलनमा उपस्थित राष्ट्रप्रमुखहरुले पास गरेको कुराहरुलाई लिखित दस्ताबेजको रुपमा तयार पार्नुपर्ने थियो । त्यतिखेर म गिनिज कनेटिकेट बस्थे । कहिलेकाही मध्यरातसम्म काम गर्दा गदै ग्राण्ड सेन्टरबाट घर जाने टे«ेननै छुटथ्यो । केही दिन त रातभर ग्राण्डसेन्टरको टे«न स्टेसनमा सुतेर विहान उज्यालो भएपछि विहानको ट्रेनमा गएर हतारहतार कोठामा नुहाएर तुरुन्तै फर्कनु पथ्र्यो । अहिले त्यही परिश्रम र जिम्मेवारीले आत्मा सन्तुष्टि मिलेको छ ।
राष्ट्रसंघमा त्यो तहसम्म काम गर्दा अरु देशको तुलनामा नेपाल कता गइरहेको देख्नुभयो ?
सन्सारको धेरै देशहरुमा काम गरिसकेको हुनाले नेपाल दक्षिण पुर्वी एसियाका छिमेकी देशहरु थाइल्याण्ड, मलेसिया, कोरिया, जापान, सिंगापुर लगायतका मुलुकको तुलनामा निकै कम प्रगति गरेको छ । गरिवि लामो समयसम्म रही रहयो । गरिवि, अशिक्षा र स्वस्थ्यको दृष्टिकोणले धेरै पिछाडिएको देखियो । अन्य मुलुकको तुलनामा हाम्रो देश नेपालको त्यो अवस्था देख्दा निकै दुख लाग्थ्यो । तर अफ्रिका कति मुलुकहरु त अझ धेरै गएगुज्रिएका देखियो । नेपालमा चाहे जति छिटो छिटो प्रगति त हुन नसकेर दुख लागेपनि सन्सारमा कति मुलुकहरु प्रगति भन्दा पनि उधोगतिमा गएको देखियो । तर नेपाल प्रगति हुन नसकेपनि अधोगतिमा त गएको छैन है । नेपाल भौगोलिक रुपमा प्राकृतिक सुन्दरताको दृष्टिले विश्वमा माझ बेग्लै चिनारी छ । नेपालीहरु पनि अरुहरुको तुलनामा शाहसी र इमान्दार भएकोले विश्वको कैयो मुलुकले नेपाललाई सहयोग गर्न चाहान्छन ।
अन्तराष्ट्रिय स्तरबाट नेपालले अहिलेसम्म कस्तो सहयोग पाएको छ ? यो कतिको सदुपयोग भएको जस्तो लाग्छ ?
अन्तराष्ट्रिय रुपमा नेपालीलाई तीन किसिमको सहयोग पाएको छ । द्धिपक्षिय सहयोग जुन छिमेकी मुलुकहरु भारत र चीनले गदै आएको छ । यस बाहेक अमेरिका, वेलयत र जापानले पनि यस्तै सहयोग गदै आएको छ । अहिले पहिला भन्दा फरक मुलुकहरुले पनि सहयोग गदै आएको छ । बहुपक्षिय सहयोगको रुपमा विश्व बैक र एसियन डेपलपमेन्ट बैकले सहयोग गदै आएको छ । तर प्रविधिक रुपमा भने संयुक्त राष्ट्रसंघ अन्र्तगतको सहयोग बढि रहेको छ । तेस्रो सहयोग थुप्रै आइएनजीओबाट पाउदै आएको छ । नेपाल पाउदै आएको यो सहयता कम होइन प्रसस्तै सहायता हो । यसरी सहायत पाउन लागेको पनि ४० वर्ष भइसकेको छ । हामीले पाए अनुसारको सहायतामा भने जस्तो सदुपयोग र उपलब्धि हासिल गर्न सकेको छैन । यसको मुख्य कारण भनेको शिक्षा र स्वस्थ्यको अभाव त्यस्तै सरकारको आर्थिक विकासलाई महत्व दिन नसकेर राजनितिलाई महत्व दिनु र मुलुकमा भ्रष्टचार बडदै गएकाले पनि सदुपयोग गर्न नसकेको हो । त्यतिको उच्च पदमा पुग्नु भएपछि तपाईले नेपालको लागी के योगदान पु¥याए जस्तो लाग्छ ?
सौभाग्यनै भनु निति निर्माण तहमा पुगेको हुनाले मैले नेपालकै लागी भनेर स्वार्थी भावनाले केही गर्न सकेन । जुन नैतिकताको हिसाबले पनि मैले गर्न हुदैनथ्यो । आफनो देशलाई आफनो मान्छेलाई मात्र सहयोग गर्नुपर्छ भन्नेमा म प्रेरित थिएन । तर मैले के गरे जस्तो लाग्छ भने स्वास्थ्यको क्षेत्रमा निति निर्धारण गर्दा नेपाल र नेपाल जस्तो अन्य मुलुकलाई फाइदा पुग्ने गरि निति निर्माण गर्ने काम गर्न सक्यौ ।
संयुक्त राष्ट्रसंघको सहायक महासचिव भइसकेको तपाई कोफी अन्नानपछिको महासचिव हुने संभवना थियो भन्छ नी ?
राष्ट्रसंघको निति अनुसार पनि क्षेत्रगत रुपमा पालैपालो महासचिव हुने परिपाटी रहेको छ । कोफिी अन्नान अफ्रिकापछि पा
ला एसियाकै थियो । राष्ट्रसंघको महासचिवको उम्मेदवारी भनेको व्यक्तिले दिने होइन राष्ट्रले दिनु पर्छ । त्यो बेलामा नेपालको अवस्था अन्तारिक समास्याको वीच लडाईको चपेटामा थियो । नेपालको राष्ट्रसंघमा चुनाव लडने कुनै कुरै थिएन । हल्ला भएपनि मेरो बास्तविक रुपमा खास त्यति महत्वकांक्षा पनि थिएन । नेपालको राष्ट्रसंघप्रतिको देशको निति र छवि पनि राम्रो थियो । तर देशकै अवस्था राम्रो नभएकोले त्यसतिर सोच्ने कुरै भएन ।
संयुक्त राष्ट्रसंघका महासभाको अध्यक्षको निर्वाचनमा तपाईको जित निश्चित हुदा हुदै पनि कसरी पराजित बेहोर्नुप¥र्यो नि ?
सरकारले मनोनित गरि त्यो पदका लागी हामीले राम्रो प्रयास गरेकै थियो । हाम्रो प्रतिष्प्रर्धा त्यतिखेर कतारसग भएको थियो । हामीले खर्च गर्न नसकेपनि नेपालको तर्फबाट निर्वाचन प्रचारको तर्कहरु कतारको भन्दा धेरै बलियो थियो । निर्वाचनको शुरुदेखि मध्यसम्म धेरै राष्ट्रले हामीलाई मत दिन्छु पनि भनेको थियो तर अन्तिममा कतारले धेरै राष्ट्रलाई आर्थिक प्रलोभन देखाएर धेरै खर्च गरेपछि उनीहरुले जित्यो । एकतिर प्रस्सतै पैसा खर्च गर्नु अर्कोतिर इस्लामिक सस्थाहरु माझ मुस्लिम धर्मको सदभावको आधार बडेकोले कतारले जितेको हो ।
राष्ट्रसंघका महासचिव वानकी मुनको बौद्ध सम्मेलनको सिलसिलामा नेपाल भ्रमण स्थागित हुनको कारण के होला ?
संयुक्त राष्ट्रका महासचिव वानकी मुनले लुम्बिनीको विकासका लागी सहयोग गर्छु भनेको हामी सवैले स्वागत गरेका छौ । त्यसको मैले पनि वकालत गरेको छु । त्यो बेलामा उहालाई के लागेको हुनु पर्छ भने नेपालमा शान्ति प्रक्रिया टुङगोमा पुगेको हुन्छ । अनि संविधान पनि बनी सक्छ । त्यसपछि लुम्बिनीको विकासको सिलसिलामा खुसीको वातवारणमा सम्मेलनमा भाग लिन जाउ भनेर वचन दिएको हुनु पर्छ । तर दुर्भाग्या नेपालमा अहिलेसम्म पनि शान्ति प्रक्रिया टुङगोमा लागेको छैन । संविधान पनि बनेको छैन । सम्मेलन हुन एक महिना पनि बाकी छैन त्यो पनि पुर्ण तयारी नभएकाले उहाको भ्रमण स्थागित गरेको हुनुपर्छ । यतिखेर मुलुकमा संविधान बनाउनुनै उच्च प्रथामिकता छ । यस्तो बेलामा संविधान बनाउनतिर नसोचेर सम्मेलनतिर लाग्यो भने मुलुकको अवस्थानै ढामढोल हुन सक्छ । सायद यो कुरा वानकी मुन र उनको सल्लाहकारले पनि महसुस गरेकोले स्थागित गरेको हुनुपर्छ ।
४ दशकको विदेश जीवनपछि नेपाल फर्केपछि कस्तो परिवर्तन पाउनु भयो ?
३५ वर्ष राष्ट्रसंघमा र ५ वर्ष अध्ययन गरि ४० वर्षपछि नेपाल फर्केर २२ जिल्ला गुमेर मैले धेरै परिवर्तन देखियो । नेपाली जनताहरुमा हिजो भन्दा चेतनाको स्तर बडेको देखियो । सुचना प्रविधिको क्षेत्रमा ज्यादै परिवर्तन देख्यो । त्यस्तै सरकारको ध्यान नपुगेको स्थान समेत महिला जागारणको लागी गाउ गाउमा खोलेको आमा समुहले गरेको रचनात्माक कार्य निकै प्रसंसानीय लाग्यो । नेपालमा अन्तराष्ट्रिय सदभाव बडेको देखियो । तर सबभन्दा चित्तादुख्ने र दुख लागेको भनेको अहिले नेपालमा हिंसाको सस्कृति बडेको छ । नेपाल भगवान गौतम बुद्ध जन्मेको शान्तिप्रिय देश भनेको अब त्यो दन्त्य कथा जस्तो भइसकेछ । नेपाल अब शान्तिपुर्ण छैन । कटने मार्ने, छिमेकी छिमेकीमा लडने र नेपालमा शक्ति बन्दुकको नालबाट आउछ भनेर राजनिति गर्नेहरु देखियो । यस्तो खराब विचार पहिला थिएन । अहिले नेपाली नेपालीमा असल खराब भनेर विभाजनको राजनिति बडेको निकै दुख लाग्दो छ । यसको साथै अहिलेसम्म पनि नेपालमा राजनितिक कुरा बाहेक आर्थिक विकासमा केही सोचनै बनाएको नपाउनु अर्को दुखलाग्दो पक्ष हो ।
यो जेष्ठमा संविधान बनाउन सकेन भने कस्तो हुन्छ मुलुकको स्थिति ?
यदि मुलुकमा यो पटक पनि संविधान बनेन भने निकै दुभाग्या हुनेछ । सर्वोच्च अदालतले जन भावना अनुरुप गरेको यो निर्णय अनुसार बनाउनु पर्छ । तर अझै पनि संविधान बनाउन सकेन भने नेताहरुले कसरी सोच्ला त्यो हेर्ना बाकी छ ।
|