दर्ता तथा प्रवेश
विचार
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
नयाँ नेपाल बनाउने सपना अधोगतितिर
बुधबार, 02 मे 2012 17:34    PDF Print E-mail

 

बिष्णु सिंह "बैजु"

अहिले नेपाल राज्य पुनसंरचना गर्ने बिषय अथार्त नेपाललाई कतिवटा संघिय राज्यमा बिभाजन गर्ने र त्यसको आधार जात हुने वा भुगोल र सामर्थय भन्ने  अतिनै बिबादित र टुंगो लागन नसकेको मुल बिषयमा अल्झिरहेको छ्/ एकातिर नयाँ नेपालको नयाँ  संबिधान जारी गर्नु पर्ने मिती जेठ १४ गते  नजिकिदै छ् भने अर्कोतिर बिबादित बिषयले  चारबर्ष देखी निकास पाउन सकिरहेको छैन/  यसले गर्दा संबिधान निर्माणका अध्यक्ष निलाम्बर आचार्य स्वयमले नै समयमा नयाँ संबिधान जारी हुन नसक्ने कुरा गरिरहेका छ्न/

 हिन्दू राज्य र हिन्दूको मात्र राजाको आड्मा राष्ट्रले  सन १९१० मा पुरानो  मुलुकी  एन बनाइ  मधेसी, जनजाती, दलित, महिलालाई उत्पिडनमा पारेको थिए / सासकले उनिहरुको समान्ता र सम्रिधीको अधिकारलाइ कुन्ठित पारीदिए/   उनिहरु देशको नागरिक भए पनि  शासकले   उनिहरुलाई   दोस्रो श्रेणीको नेपाली बनाइ शोषण गरियो/यो अवस्था  अहिले पनि बिद्यमान छ्/  केही नेताहरुलाइ नातागोता  र जातको आधारमा  धेरै पल्ट् मन्त्री हुने,र भ्रस्टाचार गर्ने मौका पाइ आफ्नो ब्यक्तिगत  उन्नती गर्ने मौका पाये पनि तिनिहरुले देशमा बिद्यमान शोषण, अन्या, अत्याचार बिरुद्ध केही कार्य नगरेको स्पश्ट छ्/  दुखेर शह्न नसके पछी मानिस कराउछ, चिच्याउछ/तसर्थ उनिहरुले स्वतस्फुर्त रुपमा आफ्नो ज्यानको परवाह् नगरि दोस्रो जनाअन्दोलनमा होमिये/ यथास्थितीबादि पार्टीहरु र  तिनका नेताहरु शहीद नै नभएका राजा त्रिभुवनलाई शहीद भनेर माला अर्पण गर्न शहीद्गेट पुग्थे/ जती बेला राजा सर्बशक्तिमान थिए उनी सैनिक पोशाक लगाएर देश भ्रमणमा  त  जान्थे/ तर उन्ले केही गर्लान कि भनी आश लगाइ बसेका गरीब, निशहाए, उतपिडनमा परेका जनताको अवस्थामा सुधार र परिवर्तन ल्याउन खास केही गरेनन/  त्यतिबेला यदी उनले चाहेको भए उनको हुकुम प्रमागी बाटै पनि धेरै परिवर्तनकारी  कार्य गराउन सक्थे/ तर उनि तिन्फुके चाकडिवाजहरुकै वाह्-वाह्मा रमाईरहे र वास्तविक केही कार्य गरेन्न/  जनताको उत्पिडनमा केही परिवर्तन भएन र उनिहरुले  परिवर्तनको खोज गरिनै रहे/ यसै सन्दर्भमा मावबादिले जनताको सरोकारको  सवालमा  सम्बोधन गर्दा उसलाई जनताले प्रमुख पार्टिको रुपमा  खडा गरिदिये/ मावबादी कै कारण देश धर्म निर्पेक्ष बन्यो/ देश संघिय गण राज्य भयो/  देशमा पहिलो पल्ट २०६८ सालमा    जातिय भेदभाव नियन्त्रण गर्ने  अपराध र दन्डनिय   (नम्बर ८२४२) कानुन बन्यो/   तसर्थ, वास्तवमा नेपालमा २०६१/६२ को दोस्रो जनादोलन पूर्व प्रजातन्त्र आएकै थिएन  भन्न सकिन्छ/

यद्द्पी मावबादिले दवन्दकालमा जनतालाई आफ्नो पक्षमा बटुल्न राजा प्रिथीवी नारायण शाहले नेपाल एकिकरण गर्नु  पूर्व २४० बर्ष अगाडिको स्थितीमा लगि जातिय राज्य बनाउने सपना बाडेर अगाडि बड्यो र अब बन्ने  नयाँ  संबिधानमा १४ जातको १४ वटा संघिय राज्य हुनु पर्ने अडान राख्यो// तर उस्ले एकिकरण पस्चात   नेपालको यातायात, संचार र अन्य बिकासले गर्दा नेपालका १०२ जातका मानिसहरु देशका सबै क्षेत्रमा छरिएर  बसेका छ्न भन्ने बिर्सियो/ जस्ले गर्दा उस्लाई अहिले १४ जातको मात्र जातिय राज्य बनाउने सवाल आँफैलाई घाडो भईरहेको छ्/यसको कारण हो कुनै पनि जातिय राज्यमा सो जातिका मानिसहरुको ३३ प्रतिसत भन्दा कम जनसंख्या देखिन्छ भने अन्य जातिहरुको ६६ प्रतिसत भन्दा बढी जनसंख्या पाईन्छ जसले गर्दा चुनाव हुँदा अरु नै जातिको मानिस अगाडि आउने स्पस्त देखिन्छ/ यस्ले गर्दा त जग्गाको लालपुर्जा एउटाको नाममा र त्यस्को उप्भोग भने अर्कैले गर्ने जस्तो स्थिती देखा पर्दछ/ साथै १०२ जात रहेको नेपाल मा १४   जातको मात्र राज्य बनाउदा अरु जातले बिद्रोह गर्ने स्थिती रही रहन्छ/फेरी जातिय राज्य नबनाई संबिधान जारी भएमा बिभिनन जातिकाले संबिधान जलाउने, देशमा रक्त पात हुने, जातिय हिन्सा हुने आदी ईत्यादी धम्की दिदै आइरहेका  छ्न/  यस्तो स्थितीमा संबिधान बन्नु वा नबन्नुको कुनै औचित्य  देखिदैन/

नयाँ नेपाल भन्नाले  पुराना बिक्र्ती, बिसंगती, कुरिती, अन्धबिश्वास, अन्या, अत्याचार को अन्त्य गरी बिगतमा राज्यले नियोजित रुपमा उतपिडनमा पारीएका समुदायेहरुलाई  बिशेष सुबिधा, सहुलियत् प्रदान गरेर सबैको समान सम्रिधी हुने बातावरण स्रिजना  गर्नु पर्ने कुरालाई  महत्व दिदै त्यस्को लागि स्पश्ट संबैधानिक,  कानुनी प्रावधान राखेर जातपातको बिभेद्को अन्त्य गर्नु पर्दछ / व्याबहारिक रुपमा देशको सेना, प्रशासन, पुलिस, परराश्ट्र सेवा, सामाजिक, आर्थिक, राजनैतीक, सबै क्षेत्रमा सबै जातिका मानिसले अवसर पाउने बातावरण बन्नु पर्दछ/ यो अवस्था श्रीजना गर्न काँग्रेसी नेता  स्वर्गिय गणेश मानजीले प्रधानमन्त्री   गिरिजा प्रशाद कोइरालाले बाहुनलाई मात्र जिल्ला प्रशासन अधिकारी बनाउदा बिद्रोह गरी कांग्रेस पार्टी नै त्यागी दिएका थिए/  अहिले पनि बाहुन बाद हावी भएकोले कांग्रेस पार्टी भित्र अनेक गुट बनेका छ्न/ नेपालीले अमेरिकामा आएर अमेरिकन भये पनि नेपालको जातपातको रोग सारेका छ्न/ तिनका रोगलाई अमेरिकाको कानुनले थान्को लगाइ दिये मात्र निको हुने देखिन्छ/

नेपालको आर्थिक   स्थिती हेर्ने हो भने नेपालले धेरै राज्य बनाएर त्यस्को खर्च धान्न सक्ने अवस्था देखिदैन/ अहिलेको स्थिती भनेको बर्षको ३ देखी ४ लाख युबा युबती बिदेसमा  ज्याला मज्दुरी गर्न जानु पर्ने वाध्य स्थिती हो/ देशको उद्योगहरु  र सरकारी कार्यलयहरु राजनीति गर्ने अखडा बनेका छ्न/ पार्टिका ट्रेड युनियनहरु खुल्लेआम भ्रस्टाचार गर्न पाउनु पर्ने आफ्नो नैसर्गिक अधिकार भएको वकालत गर्द्छ्न/त्यसकारण कर्मचारीको सरुवा गर्ने कुरामा मन्त्री, सचिवको निकै होड्बाजी चल्दछ/ जताततै जातिय गुट्बन्दिले देशको हरेक संस्था थाङ्थिलो भई बिग्रिएको छ् / यो अवस्थाबाट पार नलागी देश कसरी अगाडि बड्छ ?

अहिले मधेसीले  "एक प्रदेश एक मधेस" माग गरिरहेका छ्न भने जनजातिले त्यसलाई मानेको छैन/त्यसतै जनजाती कै राज्यहरुको सिमा बिबाद पनि  कायमै छ् /भोली जातिय राज्यहरु हुना साथै  सिमा बिबादबाट झगडा शुरु हुने निस्चित देखिन्छ/ तर केही जातिकाले हचुवाको भरमा आफ्नो जातको  राज्य हुना साथै सबै समस्या समाधान हुने दिवा स्वपन देखेका छ्न/ राज्य बनाउनु ठुलो कुरा होइन त्यसलाई चलाऊन र टिकाउन सक्नु मुख्य कुरा हो जस्को लागि ठोस् आधार चाहिन्छ/ देश सम्रिद्ध हुँदै अगाडि बढदै गये पछी राज्यको सन्खया बढन सक्छ /

नेपालीले पुरानो कुराले सताएर नयाँ कुरा अथवा नयाँ नेपाल खोजेका हुन / "गाग्रोमा नयाँ पानी  भर्न पुरानो पानी फाल्नु पर्छ अनी मात्र नयाँ पानी भर्न सकिन्छ /तर अहिले नयाँ नेपाल खोजेका नेपालीहरुले  २४० बर्ष अगाडिको जातिय राज्यमा फर्कने जिद्दी गरिरहेका छ्न /" ति जातिमा पनि कतिपय जातमा उपजातीहरु छ्न जस्तो नेवारमा ६० उपजातिहरु छ्न र तिनका दलित जातिको भबिश्य के हुने  छ्लफल हुन बाँकी नै छ्/ अहिलेको नेपालमा जुन  जातिय बिभेद र शोषण छ् त्यो जतिया राज्यमा समाधान हुने के आधार छ् ? अहिले सम्पूर्ण नेपालीले सबैको लागि बोल्ने स्थिती छ्/ भोली त्यो नहुन सक्छ र राज्यमा कम्जोर बर्ग अझ बढी थिचो-मिचोमा पर्न सक्छ्न /

त्यसकारण  हत्तारमा निर्णय गरेर फुर्सदमा पछुताउनु कुनै बुद्धिमानी हुँदैन/नेपाल सम्पूर्ण नेपालीहरुको हो त्यस्लाई कसरी जोगाउने र कसरी अगाडि बढाउने त्यो पनि नेपालीकै जिम्मेबारि हो/  त्यसकारण सबै नेपाली दाजु-भाइ, दिदि-बहिनीहरुले  यो अन्तिम घडीमा बडो बुद्धी पुर्याएर देशको निर्णय लिनोस भन्ने यो लेखकको बिन्म्र अनुरोध छ् /

 

पछिल्लो परिमार्जन ( बुधबार, 02 मे 2012 17:44 )
 
न्यूयोर्कको नेपाली बेथेल चर्चले भब्यरुपमा मनाए ईश्टर पर्ब
बुधबार, 18 अप्रिल 2012 16:37    PDF Print E-mail

-बिष्णु सिंह (बैजु)-

संसारको सबै भन्दा बढी  करिब ३२ प्रतिसत जनसंख्या अथार्त २१० करोड मानिसहरूले मानी आएको क्रिश्चियन धर्ममा इस्टर पर्बले  ठुलो महत्व राख्दछ/  भगवानले जे कार्य गर्ने शुरुवात गर्नु हुन्छ  त्यस कार्यको सुखद अनत्य पनि गर्नु हुन्छ भन्ने कुराको पुश्टी यस पर्वले गर्द्छ/त्यसकारण संसार भरी ईसाइहरूले यस पर्वलाई मानव मुक्ति र  बिजयका रुपमा मनाउने गर्द्छ्न/

 
  
मानिसलाई  अक्षम्य पापबाट मुक्त गर्न क्राइस्टको बली:
 
 
परम प्रभु जेहोवा जिर्‍ेहले यस् धर्तीको सृस्‍टि गरे पस्चात त्यसमा  बस्ने एक पुरुष (Man),आदम र उसैको शरिरको  एक करङ झिकी  उसको अर्धाङिनी एक स्त्री (Woman), ईभ, जो हामी सबै मानव का पुर्खा हुन, आफु जसतै दिर्घजिबी मानव सृस्‍टि गरेका थिए/
 
 साथै बिभिन्न रुख बिरुवा र् जनवरहरु पनि सृस्‍टि गरी दिए र् इडेन भन्ने ठाउँमा एक बगैचा बनाई राखीदिनु भयो दिए/बिभिन्न रुख बिरुवामा जीवनको रुख तथा असल र् खराबको ज्ञानको रुख पनि थियो/  अनी भगवानले आदमलाई अर्ती उपदेश दिदै भने, "तैले यस् बगैचाको सबै रुखहरुको   फल खानु तर असल-खराब ज्ञानको  रुखको फल नखानु, खाईस भने त अवस्य मर्नेछ्स"/ यसरी स्पश्त भगवानले आदेश दिदादिदै पनि, दुश्तले ईभलाई बहकाए पस्चात, ईभको लहै-लहै मा लागेर   आदम र् ईभ  दुबैले नखानु भनेको फल खाई दिना साथै उनिहरु आफु नाङो भ्एको आभाश हुन्छ ।
 
साझपख भगवान  बगैचामा आई उनिहरुको आवाज सुनेर बोलाउदा  आफु  नाङो भ्एको ले लाज लागी अगाडी आउन मान्दैन्न । भगवानले उनिहरु सँग सोधे, "कसले भन्यो तिमीहरु नाङा छौ भनेर्" ।"मैले  नखानु भनेको रुख को  फल खाईस कि  क्या हो" ? भनि सोध्दा आदम ले आफ्नो भुल्को स्विकार नगरि उल्तो भगवानलाई नै आक्षेप लगाएर "तपाईंले दिएको स्त्रीले खान दिएकोले खाएको" भनेर भन्छ ।        
 
 भगवानले स्त्री लाई सोध्दा, "उस्ले पनि दुश्ट शर्पले छल गरी ख्वाएकोले खाए" भनि आफ्नो भुल स्विकार्दिन । यसरि मानिस सृस्‍टि काल देखीनै अटटेरी  र आफ्नो भुल अरुलाई  थोपर्ने स्वभावको भ्एको छ । तत्पस्चात्  धर्तीमा पापको प्रारम्भ हुन्छ । मानिसको  यो  चरित्र  अहिले पनि यथावत छ ।    यसरि भगवान आफुले  सृस्‍टि  गरेको मानिस र दुश्ट शर्पले आफै माथी बिस्वासघात गरेकोले प्रभुले तिनिहरु सबैलाई  यस धरतीमा अत्यन्त कश्ट्कर  जिवन धान्नु पर्ने श्राप दिए ।    यो निकै गम्भीर र अक्षम्य  पाप थियो /
 
यस पापकै कारण भगवानले आफ्नो प्रतिमुर्ती स्वरुप अमर सृस्‍टि गरिएको मानिस मरणशिल हुन्छ/यस्ता पापि मानिसले जन्माएको सन्तान पनि क्रुर पापी नै जन्मन्छन/तसर्थ एडम र इभले जन्माएका पहिलो दुई छोरा केन र अबेल जो क्रमस खेत खन्जोत गर्ने र पशु चरण कार्य गर्द्थे/ केन आफूले उत्पादन गरेको फल  भगवानलाई चढाउन पनि छल्कपट गरि कम्सल चिज अर्पण गर्द्थे/ त्यसकारण भगवान उनिसंग खुशी थिएनन/  तर उनका भाई अबेल भने  भगवानलाई मान् खोलेर आफ्नो उतपादनको असल भाग भगवानलाई अर्पण गर्द्थे जस्ले गर्दा भगवान उनिसंग प्रसन्न भई प्रशंसा गर्द्थे/दुश्ट केनले  आफ्नो भाईको प्रशंसा सुन्न नसकी एक दिन उनको हत्या गरिदिन्छ्न/
 
मानिसहरूले जन्मे देखि मार्ने बेला सम्म पाप माथी पाप गरिनै रहन्छ/ यस धर्तिमा पापको कारण दुश्ट, इर्श्यालु मानिसहरू धेरै ब्रिधी हुँदै जान्छ/त्यसकारण  यो अवस्थाबाट मानवलाई मुक्ति दिलाउन अनिवार्य थियो/ यस पापबाट मुक्ति पाउन लरोतरो बिगो र सानोतिनो दण्ड सजाय पर्याप्त थिएँन/  यसको लागि बेदाग्, निशकलन्क र पाप रहित  बलीको आवस्यकता थियो जुन उनले सृस्‍टि गरेका मानवमा उप्लब्ध थिएँन/तसर्थ भगवानले मानवलाई मुक्त गर्न आफ्नो एक्मात्र छोरा जिजअजलाई बलीको बोको बनाई यस धरतीमा मानव्रको रुपमा पठाउछ्न/ जिजअजको जन्म मानव बिजबाट नभै पवित्र आत्मा द्वारा कुमारी मेरिको कोखबाट इजराइलको बेथेल भन्ने ठाउँमा ६ बि.सी.मा हुन्छ/
 
भगवान क्षमाशिल र दयावान छ्न भने यथोचीत समयमा उचित न्याय पनि गर्द्छ्न/ मानिसले जति ठुलो अपराध गर्छ वा कानुन टोद्छ त्यतिनै ठुलो बिगो भर्ने र  दण्ड सजाय उस्ले पाउदछ/  बाइबलमा उल्लेख भए अनुसार् पापको अनत्य मृत्‍युबाट मात्र पूरा हुन्छ/
जिजज क्राइस्टको यस धर्ति मा आउने बाचा:
 
इजराइलका क्रुरुर यहुदी सासकहरूले  मानिसले कल्पनानै गर्न नसकिने यातना दीएर अन्त्यमा जिजजलाई   क्रुसमा क्रुसमा किल्ला ठोकी टागेर  ३० ए. डी. मा उन्को हत्या गर्द्छ्न/ यो शुक्रबारको दिन थियो/      यो भगवानले मानवले गरेको पापको मुल्य चुकाएको दिन थियो/ यसलाई क्रिस्चियनहरूले गुड फ्राइ डे भनि मनाउछ्न/ यस दिन कतिपय क्रिस्चियनहरू ब्रत बस्ने, प्राथना गर्ने, चर्चमा गएर आफ्नो भुलको क्षमा याचना गर्ने गर्दछ्न/अर्को दिन शनिबार भगवान चिहान भित्र मस्त निन्द्रामा रहनु हुन्छ र आईतवार बाहिर निस्की आफ्नो दर्शन् दिनु हुन्छ /भगवानलाई कसैले मार्न सक्ने कुरै भएँन/ तसर्थ आईतवार भगवान चिहानबाट निस्केको दिनलाई क्रिस्चियनहरूले निकै हर्शोउलासका साथ् इस्टर सान डे भनि मनाउदछ्न/ त्यसपछि ५० दिन सम्म यस धर्तिमा बसेर आफ्ना १२ जना चेलाहरूलाई अनेक अर्ती, बुद्धी दिएर आफूले सिकाएका कुराहरू संसार भर फैलाउनु भनि फेरि यस धर्ति मा आउने बाचा गर्दै जिउदै स्वर्गमा प्रस्थान गर्नु हुन्छ/तसर्थ जिजज क्राइस्ट एकमात्र यस धर्तिमा आइ जिउदो स्वर्गमा फर्किएका भगवान हुनुहुन्छ/

जुन भगवानले तपाईंको मुक्तिलागी आफ्नो छोरालाई बली चडाउनु हुन्छ भने उनको शरणमा आउने लाई कत्तिको माया,श्रधा र प्रेम् गर्नु हुन्छ त्यो सहजै बुझन सकिने कुरा हो/

 
यसै सन्दर्भमा उद्साइड, न्यूयोर्कका नेपाली बेथेल चर्चले पनि गत आईतवार,  अप्रिल ८ तारिख भब्यताका साथ इस्टर सन डे कार्यक्रम् आयोजना गर्‍यो/दिउसो ४ बाजे देखि शुरु भएको कार्यक्रममा सबै जातका नेपाली, बिदेशिहरूको उपस्थिती  थियो/  कार्यक्रममा  धेरै प्राथना, प्रबचनहरू गरे/ साना  केटाकेटीहरूले पनि भगवानको प्राथना  सुनाए/ क्रिस्चियनमा कुनै जातपातको भेद्भाव हुदैन र सबैसँग समान सद्भाव, प्रेम् गर्नुपर्ने क्रिश्चियनहरूको मुख्य कर्तब्य र यस धर्मको सार् भएको कुरा पास्टर पावल राईले बताए/  कार्यक्रम सन्चालन क्रिश भण्डारीले गरेका थिए भने रुथ घलेले यस धर्म लागेर आफुमा आएको सद्ब बुद्धी, ज्ञान, जीवनमा आएको शुखद  परिवर्तन् बारे आफ्नो अनुभव सुनायेकी थिइन/अनत्यमा सबै जाति, जनजाति, दलित, मधेसी  एकै साथ् बसेर भब्य इस्टर भोज खाएका थिए/  यसरी  नेपालमा जातपातको भेद्भाव हटाइ सबै नेपालीलाई एक शुत्रमा बाधने कार्य क्रिस्चियन धर्मबाट हुन सक्ने स्पस्ट देखिन्छ/                    

आमेरिकाको ३० करोड जनसन्ख्यामा करिब ७९ प्रतिसत ईशाईहरू छ्न/  नेपालमा जातिपातीको भेद्भाव गरि मानिसले मानिसलाई घ्रिणा गर्ने, मानिसले मानिसलाई मार्ने, हिन्दूलाई पनि अछुत भनि  मन्दिर प्रबेश गर्न नदिने जस्ता  मानव अधिकार हनन हुने देशको कानुन बर्खिलाप मन्दिर प्रबेश गर्न नदिएको धेरै समाचारहरुमा पढन पाइन्छ/ त्यसकारण अहिलेका नयाँ पुस्ताका मानिसहरू मानिसले मानिसलाई प्रेम, सद्भाव र आपसी भाइचारा अनिवार्य रुपमा सिक्नु सिकाउनु पर्ने क्रिस्चियन धर्म प्रति निकै आकर्शित हुँदै गएको देखिन्छ/हाल कुल  जनसंख्याको १० प्रतिसत भन्दा बढी नेपालीहरू क्रिस्चियन  भएको र २७०० भन्दा बढी चर्चहरू भएको नेपालको तथ्यान्कले देखाएको  छ/गएको क्रिश्मस सभामुख सुबास नेम्वाङ तथा बिभिन्न राजनैतीक दलका  नेताहरूले ईसाइहरूको साथमा भब्यताका साथ प्रज्ञा भवनमा मनाएका थिए/ नेपालको संबिधानले देशलाई धर्म निर्पेक्ष बनाए पस्चात इशाईहरूको संख्या दिन पर दिन ब्रिधी हुँदै गैरहेको छ/यद्यपी उनिहरुलाई आफ्नो क्रियाक्रम गर्न सरकारले ठाउँको ब्यवस्था नगरिदिएको कारण गत डिसेम्बर महिनामा नेपाल फेडेरसन अफ क्रीस्चियनले राश्ट्रपती रामवरन यादवलाई मरेको लाश गाड्ने चिहानको लागि जग्गा उप्लब्ध गरिदिन मेमोरन्डम पेश गरेको थियो/   

पछिल्लो परिमार्जन ( बुधबार, 18 अप्रिल 2012 16:43 )
 
वजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
थ्याङक्यु बानकी मुन ।
बुधबार, 11 अप्रिल 2012 18:36    PDF Print E-mail

alt

 

थ्याङक्यु बानकी मुन ।

कुलचन्द्र गौतम
संयुक्त राष्ट्रसंघले कुनै पनि महत्वपूर्ण कुरामा निर्णय गर्दा कुनै व्यक्तिको लहैलहैमा लागेर कसैको भनाइमा मानेर ठोस् निर्णय गर्दैन । बानकी मुन नेपाल नजाने निर्णय पनि गम्भीर रुपमा भएको हो ख्याल ख्यालमा भएको होइन । उहााको कार्यक्रम स्थागित हुनुमा विभिन्न कारणहरु छन् । जुन मेरो र केही व्यक्तिहरुको थोरै फिडब्याकले काम गरेको होला तर त्योभन्दा पनि बढी विभिन्न मुलुकमा रहेका युएनकै प्रतिनिधिहरुको उतिकै हात रहेको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने भएपछि विश्वका बौद्ध धर्म मान्ने मुलुकका प्रमुखहरु आउाछन कि आउदैनन् भनी उनीहरुसाग गरेको फिडब्याकको आधारमा पनि यो निर्णय भएको हो । नेपालका दुई चारजना व्यक्तिले बोलेको भरमा राष्ट्रसंघको नीति तथा निर्णय परिवर्तन हुदैन भन्ने संयुक्त राष्ट्रसंघमा काम गरेको मेरो अनुभव छ ।
तर यदि तर्क संगत कुरा थियो भने मेरो विचारमा मैले राखेका दुइटा तर्क नागरिकको तर्फबाट राखेको थिए  । जतिखेर बानकी मुनले नेपाल आउाछु भन्नुभएको थियो, त्यतिखेर संयुक्त राष्ट्रका महासचिवले लुम्बिनीको विकासका लागि सहयोग गर्छु भनेकोमा हामी सबैले स्वागत गरेका छौ । त्यसमा मैले पनि वकालत गरेको छु । त्यो बेलामा उहालाई के लागेको हुनुपर्छ भने नेपालमा शान्ति प्रक्रिया टुङगोमा पुगेको हुन्छ । अनि संविधान पनि बनी सक्छ । त्यसपछि लुम्बिनीको विकासको सिलसिलामा खुसीको वातवारणमा सम्मेलनमा भाग लिन जाउ भनेर वचन दिएको हो । तर दुर्भाग्य नेपालमा अहिलेसम्म शान्ति प्रक्रिया टुंगो लागेको छैन । संविधान पनि बनेको छैन । सम्मेलन हुन एक महिना पनि बाकी छैन । त्यो पनि पूर्ण तयारी छैन । कहाको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने ? अहिले यतिखेर देशको मुख्य ध्यान त शान्ति टुंग्याउने र संविधान बनाउनुमा हुनुपर्छ ।
लुम्बिनीको विकास पनि महत्वपूर्ण छ । तर लुम्बिनी त २५ सय वर्ष भइसक्यो । अहिलेसम्म यतिको समय त कुरियो तर अब केही महिना कुर्दा के फरक पर्छ र ? जुन यतिखेर संविधान बनाउनुनै उच्च प्रथामिकता छ । यस्तो बेलामा संविधान बनाउनतिर
नसोचेर सम्मेलनतिर लाग्यो भने मुलुकको अवस्थानै डामाडोल हुन सक्छ । सायद यो कुरा बानकी मुन र उनका सल्लाहकारले पनि महसुस गरिसकेका छन् । बानकी मुनले नेपाल आउने योजना स्थागित गरेलगतै माओवादी अध्यक्ष प्रचण्डले दोहोरो प्रतिक्रिया दिएका थिए । उनले मैले बोलाएको तर एकतिर अन्तर्राष्ट्रिय सम्मेलन गर्न परेको खण्डमा सरकारले धेरै समय खर्चिनु पर्दा कठिन हुने भएकाले स्थागित भएकोमा मुलुकलाई राहत मिलेको प्रतिक्रिया दिए । तर अर्कोतिर कुलचन्द्र गौतमजस्ता व्यक्तिहरुको कारणले स्थागित भएकोको भनी गलत प्रतिक्रियासमेत दिन पछि परेका छैनन् ।
अर्कोतर्क संयुक्त राष्ट्र संघले लुम्बिनीको विकासमा विशेष चासो लिनको कारण भगवान बुद्धको सन्देश अहिंसा र शान्तिलाई विश्वभरि प्रचारप्रसार गर्ने र संयुक्त राष्ट्रको बडापत्रको सिद्धान्त पनि संसारमा शान्ति कायम गर्ने  भएकाले हो । तर शान्ति स्थापनाकै क्रममा माओवादी नेताले अहिलेसम्म पनि भगवान बुद्धको शान्तिको सन्देशलाई आत्मासात गरिसकेको छैन । अझै पनि माओवादीहरु बन्दुकको नालबाट मात्र शाक्ति आउाछ भनेर त्यही राजनिति गरिरहेका छन् । प्रचण्ड आफैंले मुन आउनु अघि हामीले अब हिंसाको राजनीति त्याग्यौ । लोकतन्त्रमा आएर अब शान्ति सम्झौतामा हस्ताक्षर गर्‍यौं । बुद्धको जन्मस्थलमा बुद्धकै शिक्षा अनुसार बुद्धको सिद्धान्त अपनाआउने किसिमले कुरा गरेको भए धेरै राम्रो हुन्थ्यो होला । त्यो पनि मुनको मनमा परेको हुनसक्छ ।
राष्ट्रसंघमा माओवादीको पनि पहुच छ तर सबैतिरको विचार र माओवादीको विचार जाँचेर बुझेर र तौलेर हेर्दा मुनले नजाने निर्णय गर्नुभएको हो । राष्ट्रसंघका महासचिव मुनले नेपाल नजाने गरेको निर्णयले हाम्रो देशको लागि ठूलो मित्रताको ठूलो गुण देखाउनुभएको छ । यतिखेर देश शान्ति तथा संविधान बनाउने काममा व्यस्त छ । तर सम्मेलनको केही पनि तयारी नभएको यो अवस्थामा उहाको भ्रमण स्थागित हुनु धेरै राम्रो पक्ष हो  । शान्ति प्रक्रिया र संविधान बन्न नसकेर देश अस्तव्यस्त भएको बेला संयुक्त राष्ट्र संघले नेपाली जनताको भावनालाई बुझेर नै महासचिव मुनको नेपाल भ्रमण स्थागित भएको हो । कमसेकम हामी बेइज्जत हुनुबाट जोगियौं ।
यसपटक यदि मुन नेपाल आएको भए अन्तर्राष्ट्रिय स्तरमा दुई नराम्रो सन्देश जान्थ्यो । एक मुलुकमा शान्ति प्रक्रिया र संविधान बन्न नसकेर लथालिंग अवस्थाको रहेको र अर्को यदि महासचिव मुन मात्र नेपाल पुगे पनि अरु विश्वका विभिन्न बौद्ध मुलुकको राष्ट्र प्रमुखहरु कुनै पनि हालतमा आउन सक्ने अवस्था थिएन । किनकि अन्तर्राष्ट्रिय सम्मेलन भने बित्तिकै एक वर्ष अघिदेखि पूर्ण तयारी गरेको हुनुपथ्र्यो त्यो केही पनि थिएन । विनातयारी पूरै काचोपना र अपरिपक्क देखिन्थ्यो । जे होस् बान की मुनले नेपाललाई विश्वमाझ वेइज्जत हुनबाट जोगाउनुभयो । थ्याङक्यु बानकी मुन ।

 

संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक कुलचन्द्र गौतम ब्राजिल हुदै न्युयोर्कमा आएका बखत एभरेस्ट टाइम्सका लागि आङछिरिङ शेर्पाले गरेको कुराकानीमा आधारित ।


 

 
न्युयोर्कमा नेपाली सृजनाका यात्रामा सामेल हुँदा
मंगलबार, 03 अप्रिल 2012 16:03    PDF Print E-mail

न्युयोर्कमा नेपाली सृजनाका यात्रामा सामेल हुँदा

–शिवप्रसाद लामिछाने

न्युयोर्कमा रहेर कानुनी परामर्शसम्बन्धी व्यवसाय गर्दै रहनुभएका कवि विनोद रोकासित मार्च २८ मा फोनमा बात मार्ने क्रममा अप्रिल १ मा न्युयोर्कमा साहित्यिक कार्यक्रम हुने कुरा थाहा पाएँ । वहाँले कार्यक्रमबारे मेरो ठेगानामा इमेल गरेको बताउँदै अर्का नेपाली सहदेव पौडेलसित कुरा गर्न भनेर फोन दिनुभयो । सहदेवजीको फोन नउठेपछि सन्देश छोडेँ । वहाँले केही बेरमै फोन गर्नुभयो । कुराकानीको क्रममा म निकै टाढा भएको कुरा विज्ञानको पछिल्लो प्रविधि हेरेर बताउनुभयो । ज्याक्सन हाइटको हिमालय धर्म सेन्टरमा हुने सो कार्यक्रम अप्रिल १ को अपरान्ह ४ बजेदेखि सुरु हुने थियो । त्यसबारे विस्तृत कुरासमेत लेखेर विनोद रोका दाइ र सहदेवजीले मेरो ठेगानामा विद्युतीय चिठी पठाइसक्नुभएको रहेछ । इमेलमा सूचना पढेपछि त झन् कार्यक्रममा जान मन हतारियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आवद्ध कवयित्री एवं गीतकार गीता खत्रीको एकल वाचनका साथ अन्य कविकवयित्रीको सिर्जना सुन्न अप्रिल १ मा न्युबर्गबाट ज्याक्सन हाइट पुगेँ । सवारी साधनमा लाग्ने समयको अनुमान गर्न नसकेर निर्धारित समयभन्दा २ घण्टा अघि अर्थात् दिनको २ बजे पुगेछु । निर्धारित स्थानमा पुग्न निकै सजिलो लाग्यो । न्युयोर्क सहरको जमीनमुनिको सुरुङमा दौडने द्रुत रेलको यात्रामा पहिलोपल्ट सहभागी भएँ । एक त नयाँ अनुभव, सूचनामा कमजोरी हुन्छ कि भन्नेमा निकै होशियार थिएँ । र अर्को थियो– अप्रिल १ अर्थात् अप्रिल फुलको दिन । बिहानैदेखि कसैले कुनै बहानामा झुक्याउलान् भनेर आफूले चिनेका स्थानीयहरुसित पनि होशियार थिएँ । काठमाडौँमा जस्तो पटक्कै रहेनछ यहाँ । कसैले पनि अप्रिल फुलको कुरा गरेको सुनिनँ । मेगा मिलियनको चिठ्ठा किनेको र नपरेकोमा थकथक भएका कुराले हप्तौँ गाँजेको यो सहरमा अप्रिल फुलको कुरा सुन्न नपर्दा जोगिन्छु जस्तो लाग्यो ।

म एक घन्टा ज्याक्सन हाइटका सडकहरुमा हिँडे । चिनेको कोही थिएन । चावहिल पानी टेङ्की घर बताउने किशोरकिशोरीहरुले मेरो कुरामा खासै ध्यान दिएनन्, सडक पेटीमा खेल्नमै व्यस्त थिए । थाकेको महसूस भएपछि स्पेनिसको कफीसपमा पसेर कफी पिउन थालेँ । कोरियाली नानीहरु काम गर्दा रहेछन् । करीब पैँतालीस मिनेट कफीसपमा बस्दा ज्याक्सन हाइटको आकासेपुलमा दौडेका रेलको आवाज मलाई मात्र होला, नौलो लागेको थियो । साढे तीनमा कार्यक्रमस्थगलमा आएँ । युयुत्सु आरडी शर्मा र सहदेव पौडेलसित पहिलोपल्ट भेट र चिनजान भयो । सोचेभन्दा निकै युवा सहदेवजी र युयुत्सु दाइचाहिँ निकै परिपक्व उमेरका । काठमाडौँमा वहाँका कविता पत्रपत्रिकामा निकै पढेको भए पनि भेट भने न्युयोर्कको ज्याक्सन हाइटमा भयो ।

राम खत्री र गीता खत्री अनि गीता पन्थसहित केही महिला गाडीमा आउनुभयो । नेपालमा जस्तै निर्धारित समयभन्दा आधाघन्टापछि कार्यक्रम सुरु भयो तर निकै रमाइलो भयो । चालीसपैँतालीस जनाको राम्रो सहभागिता देखेर म भित्रभित्रै रोमाञ्चित थिएँ । कार्यक्रम उद्घोषिका गीता खरेलले गीता खत्रीको बहुआयामिक व्यक्तित्वको परिचय दिनुभयो र समीक्षकका रुपमा युयुत्सु आरडी दाइ र मेरो परिचय गराउनुभयो । निकै सिपालु उद्घोषिका हुुनुहँुदोरहेछ । पहिलो चरणमा गीतकार, कवयित्री गीता खत्रीले देशभक्ति, राजनीतिक विकृतिको छाप परेको नेपाली जनजीवन र प्रेमको झलक दिने कविता र गीत तीन खण्डमा सुनाउनुभयो । वहाँका सरल, नारीजनीन स्वर र भावहरु निकै सशक्त थिए । गीतमा वहाँ साँच्चै परिपक्व सर्जक हुनुुहुँदो रहेछ । तन अमेरिकामा र मन नेपालका डाँडापाखामा डुलाएर यता असन्तुष्ट भएका धेरै नेपालीको पीडा वहाँका शब्दहरुले टिपेका थिए । साडी र ब्लाउज, रातो पोते, निधारमा ठूलो टीका, बाटेको चुल्ठोमा सजिएकी सर्जक गीता खत्री न्युयोर्कमा नेपाली पहिरनमा नेपाल चिनाउँदै हुनुहुन्थ्यो ।

एकल वाचनपछि वहाँका सृजनाक्षेत्र र सफलताबारे युयुत्सु आरडी शर्माले संक्षिप्त टिप्पणी गर्नुभयो । पछिल्लो चरणमा चर्चित सर्जक सीता पाण्डेको यौन कविताबाट कवितावाचन सुरु भयो । पुरुषले नारीलाई भोग्यसाधनमात्र बनाएको यथार्थमाथिको प्रहार मासुको थुप्रो शीर्षकको कविता वाचन गरुन्जले हल सुनसान भयो । मणि वाङ्देलको कवितामा विश्वालाई ओराल्ने न्युयोर्क सहरको संवेदनहीनताको चित्रण थियो भने शकुन्तला ज्ञवालीको गीतिकवितामा नेपालका नेताहरुको अकर्मयण्ताको समाचार विदेशमा बसेर सुन्नुपर्दाको पीडा थियो । ‘खान्नँ म त तालको पानी दिनभरि पुतली नाचेको, टिभी पनि हेर्दिनँ म त भ्रष्टाचारी नेताजी हाँसेका’े बोलको गीतले सबैलाई तानेको थियो । वहाँको स्वर निकै मीठो र शब्द पनि त्यतिकै चोटिला । पत्रकार विष्णु पौडेलका भावपरक गजल सुनेपछि कुवेर थापाको कविता पढियो । कवयित्री गीता पन्थको कविता सूत्रात्मक एवं विम्बपरक थिए । चलचित्र निर्देशक शैलेश आचार्यको कविताका शब्दचयन र भावको प्रहार तारिफयोग्य थिए । मनु लोप्साङ राईको कवितामा नारीमाथि नारीकै संलग्नतामा थिचोमिचो र शोषण हुने गरेको नमीठो अनुभव प्रस्तुत भएको थियो । छिरिङका कवितामा दर्शन र अध्यात्म प्रवल थियो । कार्यक्रमको बीचतिर शान्ता घिमिरे र विकास विष्टले सुरिलो स्वरमा दोहोरी गाउनुभएको थियो । पछि सबै कविताको छोटो समीक्षा गर्ने मेरो जिम्मेवारी पूरा गर्ने असफल प्रयास गर्दै मैले आफ्नो कविता वाचन गरेँ ।

जलपान पनि नेपाली शैलीको थियो । सेलरोटी, जिलेबी र पकौडा अनि आलुको अचार । क्या मीठो । टोपी लाउने, टाइ लाउने पुरुषका साथै साडी ब्लाउज लाएर झपक्कै पोते लाउने अनि पाइन्टमा ठाँटिने महिला पनि थिए सहभागी । केही सहभागीहरुको अप्रिलमा जन्म दिन भएकाले गीता खत्रीले शुभकामनास्वरुप फूलको गुच्छा उपहार दिनुभयो । उपहार पाउनेमा विनोद रोका र अरु दुईजनासहित गीता दिदीका श्रीमान् राम खत्री पनि हुनुहुन्थ्यो । नारीहरुको बाक्लो उपस्थिति वाचनमा थियो भने पुरुषहरु सहभागी बढी थिए वक्ताभन्दा । अमेरिकामा नारीहरुको अग्रताको राम्रा्े झलक नेपाली समुदायमा पनि देखियो भन्दा हुन्छ । 

विहान न्युबर्गका सहृदयी फिलले बसपार्कमा छोडिदिएका थिए । पहिलोपल्ट चढेको भूमिगत रेलमा विहान भारत विहारका मनिस कुमारले सघाएका थिए । फर्कँदा अंग्रेजी राम्ररी नबोल्ने कोलम्बियाली महिलाले हातै समातेर ओरालेकी ओरालिन् । टायम्स स्क्वायरमा एकघण्टा बस कुर्दै बंगलादेशी काविल मियाले भुटेको तातोतातो गुलियो बदाम खाएर पौने नौको बस चढेर न्युबर्ग लागेँ । राति करीब ११ बजे बासस्थान आएपछि कविता वाचनस्थलको दृश्यले धेरैबेर अल्मल्याइरह्यो ।

shivalamichhane@hotmail.com

पछिल्लो परिमार्जन ( मंगलबार, 03 अप्रिल 2012 16:11 )
 
जात निर्पेक्ष राष्ट्र गिरिजा प्रशाद कोईराला प्रतिको सच्चा श्रधान्जली
मंगलबार, 03 अप्रिल 2012 15:27    PDF Print E-mail

 

altजात निर्पेक्ष राष्ट्र गिरिजा प्रशाद  कोईराला प्रतिको सच्चा श्रधान्जली

--बिष्णु सिंह (बैजु) --   गत  मार्च २० तारिख  नेपालको बिभिनन् भागमा नेपाली काग्रेसले स्वर्गिय गिरिजा प्रशाद कोइरालाको सम्झनामा दोस्रो वार्शिकी मनायो/ तरुण दलले काग्रेसको केन्द्रिय कार्यालयमा नै कार्यक्रम आयोजना गरेको थियो / उक्त अवसरमा  गिरिजाबाबुले नेपालमा प्रजातन्त्र स्थापना र सुद्रिढिकरणको लागि गरेको योग्दान बारे धेरै चर्चा भ्एको थियो/    काग्रेस बिरगन्ज नगर समीतिले एक चियापान समारोहको आयोजना गरेका थिए/   उक्त अवसरमा कार्यकर्ता भेट्घाट, एकिकरण,   र सुड्रिढिकरण गर्न पुगेका सभापति सुसिल कोइरालाले "शान्ती प्रकृयालाई टुङोमा पुर्याइ नयाँ सम्भिधान जारी गर्न सकेमात्र स्वर्गिय गिरिजा प्रशाद कोइराला प्रति सच्चा श्रधान्जली हुने कुरा बताये/"   तर यो भनाइ गिरिजा प्रशाद कोइरालाको सपना वा दुरदर्शिता साकार पार्ने साधक बन्न सक्ला, साध्य होइन/

यता अमेरिकाका नेपाली जनसंपर्क समितिका खाटी काग्रेसी नेताहरुले भने आफ्नो समय अनुकुल शनिबार,   अप्रिल 7, २०१२ मा नयाँ बर्ष समेत् मनाउने गरी ज्याक्सनहाईटको चौतारी रेस्टुरेन्टमा २ बजे देखी ५ बजेको बिच श्रधान्जली कार्यक्रम गर्ने कोअर्डिनेटर कृष्ण पोखरेलले सुचना जारी गरेका छ्न्/     कुकुर र् गाईलाई मालै मात्र लगाइ दिने सोच हो भने एकै दिन लगाइ दिए भई हाल्यो किन गाई तिहार र कुकुर तिहार दुई दिन छुट्टा छुट्टै मनाउन पर्‍यो?   मातातिरथे औसी र बुवाको मुख हेर्ने औसी किन दुई दिन मनाउन पर्‍यो? आफुलाई अनुकुल परेको   एकै दिन बाहुनलाई दान दक्षिणा दिने, पित्रीलाई पिण्ड पानी चढाउने गरे भईहाल्यो/     हैन भने ति नेता जो समुचित तरिकाले आदर, सम्मान र सम्झना गर्नु पर्ने हक्दार छ्न् तिनलाई उचित समयमा सम्झन नसक्नु एक किसिमले झारो टार्ने कार्य जस्तो मात्र् देखिन्छ/   हो अमेरिकाको ब्यस्त जीवन छ्; बाध्यात्मक् परिस्थिती पनि हुन्छ/ तर सबैको त एकै परिस्थिती हुँदैन/ यसको अर्थ त् जनसंपर्क समिती शिधा  नेता मुखी जस्तो देखिन्छ/ नेताले आफुले नभ्याये अरुलाई जिम्मा लाउदा के फरक पर्थ्यो र?

  तर जनसंपर्क समिती न्यूयोर्क च्याप्टरका नविन सेरचन गुट्ले भने मार्च २५ तारिख एक छलफल कार्यक्रमको आयोजना गरे/  कार्यक्रममा गिरिजा राम्रा थिए, अग्ला थिए, धेरै पल्ट् प्रधान मन्त्री भएका थिए,  प्रजातन्त्रमा योग्दान पुर्याएका थिए, आफुले ब्यक्तिगत रुपमा भेटन पाइएको थियो जस्ता आदी इत्यादी कुराहरु सकिनसकी सुनाउन बक्ताहरुलाई कुनै समयको पावन्दी थिएन/   तर  देश र नेपाली  समाजको परिवर्तनका लागि गिरिजाबाबुको  कस्तो धारणा थियो/  उनले कसता सपना बोकेका थिए / उनको दुर्दर्शिताको महत्व हालको नेपालको अन्योलग्रस्त समयमा त्यस्को  सान्दर्भिकता बारे बोल्न भने यस् लेखकलाई समयको पावन्दी लगाइएको थियो/ अझ नेता गिरिजाबाबुको सपना साकार पार्न कार्यकर्ताहरुले कुनै पहल नगरेको, अग्रसर्ता नदेखाएको जस्ले गर्दा नेता गिरिजाबाबुको सपना साकार पार्ने दिशामा कार्यकर्ता नै नभ्एको जस्तो देखिने भनाइलाई नेता बन्शलाल तमाङले कुरोको चुरो नै नबुझी प्रतिबाद गरेका थिए/यसको उदाहरण त अहिले फुट्बल म्याच खेल्न पुग्ने गुटहरु  खडा भएको ले नै पुषटी हुन्छ/  केही  कार्यकर्ताहरु गिरिजाको  सपना साकार पार्ने कार्यमा नखटि केही नेता भनाउदाको  चाकडीमा लाग्ने गरेको तितो यथार्त उल्लेख गर्दा, त्यस्लाई भेट्घाट्को अवसर भन्ने प्रमोद सिटौलाले तर्क गरे/ तर  अन्य सहभागीहरुले भने लेखकको यथार्थ कुराको प्रसन्शा गरे/   कार्यक्रमको सञ्चालन  छिरिङ्ग तोप्के लामाले गरेका थिए र छोटो-मिठो स्वागत मन्तब्य सारदा छेत्रीले ब्यक्त गरेकी थीईन/ उक्त अवसरमा गीता खत्रीले  एक कबिता पाठ  गरेकी थीइन/ कार्यक्रमकमा   श्री पराजुली, म्रिदुला कोइराला, बन्सलाल तमाङ, प्रमोद् सिटौला, गोमा सेन, कमला पन्त, दिपेस लिम्बु, बिष्णु सिंहले आआफ्ना सम्बोधन  सहीत मन्तब्य ब्यक्त गरेका थिए/  कार्यक्रमको आयोजकहरुमा जनेश गुरुङ, मुनेन्द्र नेम्वाङ लगायतका ब्यक्तित्वहरु रहेका थिए/   कार्यक्रमको सभापति नविन सेरचनले कार्यक्रममा पालनु भएका सबैलाई धन्यवाद ज्ञापन गर्दै  कार्यक्रम समापन गर्नु भएको थियो/

तर न्यूयोर्कमा बस्दै आउनु भ्एकी  गिरिजाबाबुकी  भान्जी, म्रिदुला कोइरालाले भने, शायद आफ्नो नातेदार पर्ने भएकोले होला, तिथी मिती मिलाएर मार्च १९ तारिख नै यो लेखक लगायत आफ्ना साथीहरुलाई फेस्बूक मार्फत प्रजातन्त्रका अग्रणी  नेतालाई श्रधान्जली अर्पण गरेको जानकारी गराइन/  उनको अभिब्यक्ती यस्तो थियो: 

"जनताको स्वतन्त्रताका लागी आफ्नो जीवन भर लडाई लडेका लोकतान्त्रिक आन्दोलनका शिर्ष सेनानी एउटा निर्भिक र दृढनिश्वयी राजनेता श्री गिरिजा प्रसाद कोइरालाको दोश्रो बार्षिकिको पुण्य तिथिका अबसरमा दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु।"

जात पीडित नेपालमा जातपात नमान्ने स्वर्गिय गिरिजा प्रशाद कोइरालाको दुर्दर्शिता:

“प्रजातन्त्रको लडाइंमा कसैको हार हुदैन सबैको जीत हुन्छ। मेरो इच्छा छ कि अब मैले जस्तो जीवनभरिनै भावि पुस्ताले प्रजातन्त्रकालागि लडिरहन नपरोस।“ --- गिरिजा प्रसाद कोइराला ।।

गिरिजाबाबु द्रिढ् निश्चयी प्रजातन्त्रबादी नेता हुनाले जातपातको  कट्टर बिरोधी थिए/ यस्को ज्वलन्त उदाहरण वहाँको बिराटनगर निवासको खाने कोठामा बाहुन, छेत्री, दमाई, कामी, सार्की , तमाङ,  गुरुङ, मगर सबै जातका मानिसहरुलाई एकै साथमा बसेर भोजन गर्ने, गराउने गरेको बारे नेता बंशलाल तमाङले यथाथता उल्लेख गरे/      कतिपय चाटुक्कार, बलेको आगो तापन जानेका बाहुनहरु कोही "कोइराला समाज" स्थापना गरौ र कोही "खस बाहुन समाज" स्थापना गरौ भनेर सल्लाह चढाउन् जान्थे/  तर उनी यस्ता तुच्छ जातिय, साम्प्रदायिक कुरा मन नपरायी "म कसरी बाहुन भए?" मैले बाहुनको कर्म केही गरेको छैन मसँग यस्ता कुरा गर्न नआनुस्" भनी उनिहरुलाई फर्काइ दिन्थे/  गिरिजाबाबु भन्नु हुन्थियो, "नेपालमा शोषित र शोषक अथवा गरीब र धनी  दुई जात मात्र छ्न/" त्यसबाहेक अन्य जातिय भेद्भाव वहाँ मान्नु हुन्थेन/ जबसम्म कम्जोर बर्ग कम्जोर रहिरह्न्छ नेपालमा प्रजातन्त्र पनि कम्जोर रहिरह्न्छ/  राजनीति गर्ने मान्छेले कम्जोर बर्गको संरक्ष्ण र सम्बर्धन गर्दै  समान्तामा ल्याउन नसकुन्जेल देश नै कम्जोर रहिरहन्छ/     

कार्य नै नगर्ने काँग्रेसी कार्यकर्ता:

गएको दिसेम्बर महिनामा संबिधान सभा चली रहेको बेला कालिकोटका महाबिर सुनारलाई एक होटेलको चुल्लो छोएको निहुमा दुई उपल्लो जात भनाउदाहरुले कुटेर मारेको घट्नामा कांग्रेसका ११४ सान्सदले सभामा चुक्क बोलेन्न/ न त सरकारलाई कार्वाही गर्न कुनै दबाब दिए/ यि तिनै ६०१ जना सान्सद मध्येका थिए जस्ले  संबिधानसभाबाट नेपाललाई "जातिय भेदभावमुक्त नेपाल"  घोषणा गरेका थिए/ यि तिनै सानसदहरु थिए जस्ले नेपालमा  जातिय भेद्भावलाई फौज्दारी दडनिय कानुन बनाएका छ्न/  तर प्रजातन्त्र र समान्ताको उपहास गर्दै  यिनलाई गालामा चडकन दिने घटना घट्दा यि सान्सद चुप लाग्दा दलितलाई अतिनै माया गर्ने गिरिजाबाबुको आत्मामा कती चोट पुग्यो होला म जस्ता गिरिजाबाबुलाई नजिकबाट बुझेका ब्यक्तिले सहजै अनुमान गर्न सक्छ्न/    

त्यसतै देउबा गुट्की महिला संघ  केन्द्रिय सदस्य तथा सान्सद लक्ष्मी परीयारले खारेज गरेको चार भात्री संस्थाहरुलाई पुनर्स्थापना नगरुन्जेल  भोक हड्ताल गरिन/ तर यत्रो घटना घटदा भने काँग्रेसलाई वाध्य पार्न कुनै हड्ताल गरिनन/  यसबाट   गिरिजाबाबुको सपना साकारपार्ने काँग्रेसी कार्यकर्ताको अभाव देखाउछ/  

कुनै पनि राजनैतीक परिवर्तन सिर्फ एक ब्यवस्थाबाट अर्को ब्यवस्थामा जानको लागि मात्र भ्एको हुँदैन/  त्यस्तो परिवर्तन सिर्फ साधन मात्र हो, साध्य होइन / राजनैतीक परिवर्तनले निस्चित रुपमा सामाजिक-आर्थिक परिवर्तन ल्याइ देश र जनतालाई उन्नतिको मार्गमा  डोर्याउन सक्नुपर्छ/ राजनैतीक परिवर्तन पस्चात गहन रुपमा सामाजिक-आर्थिक परिवर्तनको लागि कार्यक्रमहरु अगाडि लैजानु पर्द्छ/ यस्को लागि नेताको सोच र कार्यकर्ताको सकृयता साथसाथै अगाडि बढनु पर्द्छ/  तर नेपालमा २००७ साल,  २०१७ साल, २०४६ साल र २०६१ सालको राजनैतीक परिवर्तन पस्चात कहिले पनि नेता र कार्यकर्ताको ध्यान सामाजिक-आर्थिक परिवर्तनको लागि सशक्त रुपमा आएन/  राजनैतीक परिवर्तनले कहिले पनि सहि ढङ्ले सामाजिक-आर्थिक परिवर्तनको सम्बोधन गरेन/

नेताको दुर्दर्शिता  र सकृय कार्यकर्ताको संयूकत प्रयासको आवश्यकता:

नेता त्यही हो जस्ले समाज र देशको पछौटेपनलाई परिवर्तन गरी उन्नतिको मार्गमा डोर्याउन सक्छ/ सकृय  कार्यँकर्ता त्यही   हो जस्ले नेताको सपना वा दुर्दर्शिता साकार पार्न  सकृय योग्दान पुर्याउदछ/   सही  पार्टीका   नेताले समाज र्  देशको  बिद्यमान कुरिती, अन्धबिश्वास, बिक्रिती र बिसँगतिलाइ बुझी त्यसलाई परिवर्तन गरी समग्र देश र जनतालाई उन्नतिको मार्गमा  डोर्याउने सपना बोक्दछ/   अनी ति राजनीतिक पार्टिका कार्यकर्ताले नेताका बिचारलाई शसक्त रुपमा जनतामा लिएर जानुपर्दछ/  यस्का लागि उनिहरुले बिभिन्न जनचेतना कार्यक्रम देखी लिएर आँफै नमुना उदाहरण बनी देखाउन पछी पर्नु हुन्न/   नेताको सोच र कार्यकर्ताको सकृयताले समग्र जनतामा पार्टी प्रती जनविश्वाश जगाउदछ र सद्भाव बढाउदछ/ अनी सफल पार्टीको रूपमा  त्यो पार्टी  अगाडि बढदछ/     

नेपाल सदियौ देखी कुहिएको घाव जस्तो जात पीडित रही आएको  छ् र त्यो अहिले चरम सिमामा पुगी काटेर फाल्नु पर्ने अवस्था छ्/  १०२ जात रहेको नेपालमा सबैलाई आआफ्नो जातको राज्य चहिएको छ्/   नत्र जातिय द्वन्द हुने बिभिन्न जातिकाले चेतावनी दिदै आएका छ्न/अब नयाँ नेपाल बनाउने कि जातिय झगडा गर्ने त्यो सबै नेपालीले निर्णय गर्ने बेला  आएको छ्/गिरिजाबाबुले चाहेको जस्तो समग्र नेपालीको समान्ता र प्रजातन्त्रको सुद्रिढिकरण गर्दै नेपाललाई अगाडि बढाउने हो भने नेपाललाई जात निर्पेक्ष देश बनाउन  अती जरुरी छ् अनी मात्र नयाँ नेपाल बन्द्छ/ त्यसपछी नेपालीलाई आफ्नो रुची अनुसार जे जात धर्म, संसक्रिती, भाषा अपनाउन मन लाग्छ त्यही गर्न दिनु उसको मानव अधिकार हो/ जस्तो अमेरिकाको विश्वप्रशिद्ध मुक्केबाज च्यासिस क्ले महमद अली बने/ नेपाल मा त सदियौ देखी चलेको हजारौ यसता उदाहरण दिन सकिन्छ/     गिरिजा प्रशाद कोईराला प्रति सच्चा श्रधान्जली अर्पण गर्ने हो भने र उनलाई साचै भित्री हृदय देखी काग्रेसले आदर गर्छ भने उनिहरुले नै अहिले नेपाललाई जात निर्पेक्ष राष्ट्र बनाउन पहल गरी एक  सुद्रिढ प्रजातान्त्रिक नेपाल बनाउन सक्नु पर्दछ/    

 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 


Page 1 of 2