दर्ता तथा प्रवेश
अन्तरवार्ता
संगीतसर्जकको सम्मानमा 1974 एडीः स्याङदेन
बिहिबार, 03 मे 2012 09:02    PDF Print E-mail

altएकजमाना काठमाडौंको सांगीतिक बजारमा बेग्लै शीतलता ल्याएर युवाको तिस्रना मेटाइदिएको थियो सांगीतिक ब्यान्ड 1974 एडीले । उसो त अहिले पनि त्यो शीतलता कमी हुन दिएको छैन । तैपनि चार वर्ष अघि ब्यान्डका एक संस्थापक फिरोज स्याङदेन एकाएक अलाप भए । ब्यान्डका अरु सदस्यको गायन विश्वभर फैलिरहदाँ उनी चुपचार रहे । उनी कहाँ पुगे र किन ब्यान्ड छाडे कमैले मात्र थाहा पाएका थिए । आज संगीतप्रेमीको लागि खुसीको खबर छ- फिरोज स्याङदेन उही ब्यान्डमा अब देखिने भएको छ । उनको स्वर सुनिने भएको छ । उनको कलाको शीतलता फेरि चल्नेछ । अमेरिकाको न्युयोर्कमा उनीहरुको मिलन भएपछि यो सम्भव भएको हो । दार्जिलिङमा जन्मेका यी सर्जकको नेपाली संगीतमा अथक लगाव देखिन्छ । यही विषयमा उनै फिरोज स्याङदेनसँग एभरेष्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानीः

1974 एडीको मिलन भएको खबर छ यो कस्तो मिलन हो ?
यो सांगीतिक मिलन हो । भौगोलिक हिसाबले हामी एकअर्कादेखि टाढा थियौ । अहिले उहाँहरु अमेरिका आइपुग्नुभएपछि यो सम्भव भयो । 
भावनात्मक रुपमा टाढिएर तपाईहरु छुट्टिनुभएको हल्ला छ त ?
होइन त्यस्तो विल्कुलै होइन । चार वर्ष अघि म साथीहरुसँगै सल्लाह गरी यता आएको । हामी बीच त्यस्तो भावनात्मक मनमुटाव छैन ।
त्यसो भए यो मिलनको के अर्थ भयो र ?
अर्थपुर्ण नै छ । किनभने हामी एकअर्का देखि छुट्टिएको पनि चार वर्ष भइसकेछ । सांगीतिक क्षेत्रमा एकैसाथ हिडेका हामी अबको चार वर्षपछि पनि सँगै काम गर्ने चाहना बोकेर एकले अर्कालाई चाहनु नै धेरै महत्वपुर्ण हो ।
तपाईहरुको मिलनको बन्दोबस्ती कसले मिलाईदियो ?
हाम्रा ब्यान्डका मेम्बरहरुलाई अल ओभर अमेरिका कन्सर्ट गर्ने जिम्मा विवेक बस्नेत जीले लिनुभएको रहेछ । उहाँले मलाई पनि सकिने र भ्याउने ठाउँमा आफ्नो प्रस्तुति दिन अनुरोध गर्नुभयो । यसले गर्दा कन्सर्टमा म पनि सामेल भए । यो जस विवेक जीलाई नै जान्छ ।
अहिले ब्यान्डमा को को हुनुहुन्छ ?
पहिले म सहित पाँच जना थियौ । पछि एडि्रन प्रधान निराकार एक्थुम्बा मनोजकुमार केसी र संजय श्रेष्ठ हुनुहुन्थ्यो । अहिले म थपिए ।
तपाई संस्थापक किन यसरी टढिनुभयो त र ?
पारिवारिक कुरा फाइनन्सियल कुराहरुले जीवनमा धेरै कुरा त्याग्नुपर्ने अवस्था आउँदो रहेछ । मलाई पनि त्यस्तै भयो ।
सांगीतिक क्षेत्रमा यसले कतिको असर पार्यो ?
अमेरिका आफै पनि संगीतको अथाह अवसर भएको ठाउँ हो । यहाँ आएर पनि म सांगीतिक क्षेत्रमै लागिरहन पाएको छु । अहिले पनि साथीहरुसँग मिलेर प्रोजेक्ट एल्बम निकाल्ने तयारी चलिरहेको छ । केही समय ब्यान्डमा नदेखिएको मात्र हो । खासै नराम्रो असर परेको छैन ।
मिलनपछि पक्कै नेपाल जानुहुन्छ होला कहिले जादैहुनुहुन्छ ?
तत्कालै नेपाल जाने योजना त छैन । यहाँबाट साथीहरु फर्किनुभएपछि कन्सर्टमा भाग लिन जान्छु । एल्बम निकाल्न पनि उतै पुग्नुपर्ने छ ।
ब्यान्डबारे अलिकति बताइदिनुस् न ।
यो ब्यान्ड सन् १९९४ मा स्थापना भएको हो । शुरुमा निराकार र म थिए । बीचमा केही साथीहरु आए गए । अहिले मनोज एडि्रन र संजय जी थपिनुभएको छ ।
1974 एडी भनेर सालै तॊकेर राख्नुभएको चाहि किन ?
सत्तरीको दशकमा संगीत निकै राम्रो थियो । त्यतिबेला खाँटी बाजाहरु सुन्न पाइन्थ्यो । पछिल्लो समय हरेक कुरा किबोर्डबाट बजाउन सक्ने भयो । तर हाम्रो माया खाँटी संगीतमा छ । यही संगीतबाट प्रभावित भएर त्यतिबेलाका संगीतकारहरुलाई सम्मान र आदर गर्न हामीले ब्यान्डको नाम यही राखेको ।
युवाहरुलाई तताउने गीतहरु गाउनुभयो कसरी यो क्षेत्रमा आउने प्रेरणा मिल्यो ?
दार्जिलिङमा बसेपनि रेडियो नेपाल स्पष्ट सुनिन्थ्यो । त्यतिबेलाका अग्रज नारायण गोपाल अरुण थापा दीप श्रेष्ठका मधुर स्वरले मलाई यो क्षेत्रमा आउने प्रेरणा मिल्यो । त्यस्मा पनि लोकगीत पश्चिमी शैलीका संगीतहरु मिलाएर हामीले युवाहरुको चाहना अनुसारको संगीत प्रस्तुत गर्न सके ।
अबको प्रस्तुतिहरु कस्ता हुनेछन् ?
अब त उमेर पनि अलि बढ्दैछ उमेर अनुसारकै संगीत रुच्ने रहेछ । अब संगीत पारखीलाई मन पराउने खालका मेलेडियस म्युजिकहरु ल्याएर आउनेछु ।
त्यो दिन सम्झदा जतिबेला तपाई दार्जिलिङ हुनुहुन्थ्यो त्यतै बस्नुभएको भए र सांगीतिक क्षेत्रमा नलाग्नुभएको भए कुन क्षेत्र रोज्नुहुन्थ्यो होला ?
सायद म दार्जिलिङमै फिरन्ते भएर घुमिरहेको हुन्थे । तर मेरो सपना संगीत नै थियो । यही क्षेत्रमा लागेको हुन्थे होला । 

 
नेपालमा हिंसाको राजनिति बडेकोमा साहै दुख लाग्यो ।
सोमबार, 23 अप्रिल 2012 01:12    PDF Print E-mail

alt   

 संयुक्त राष्ट्रसंघमा साढे तीन दशक विताउने एक मात्र नेपाली हुन कुलचन्द्र गौतम । युनिसेफको कार्यकारी निदेर्शक हुदै राष्ट्रसंघको सहायक महासचिव समेत बन्नु भएका उहाले आफनो कार्यकालमा धेरै महत्वपुर्ण उपलब्धि हासिल गर्नुभएको छ । दक्षिण पुर्वी मुलुकहरुमा लामो समय खटेर राष्ट्रसंघमा महत्वपुर्ण कार्य गदै आउनु भएको गौतम वर्तमान महासचिव वानकी मुन र पुर्व महासचिव कोफी अन्नानसंगै लामो समय कार्य गर्नु भएको थिए । गुल्मी जिल्लाको अमरपुरमा जन्मनु भएको गौतमलाई पछिल्लो समयमा राष्ट्रसंघको विशेष व्यक्तिको रुपमा पनि चिनिन्छ । करिब ४ दशकको विदेश जीवन पछि उहा यस अघिनै नेपाल फर्किइसक्नु भएको छ । वर्तमान महासचिव मुनको बैसाखमा हुने नेपाल भ्रमण स्थागितपछि ब्राजिलमा भएको बैठकमा भाग लिएर न्युयोर्क आउनु भएको बखत एभरेष्ट टाइम्सका लागी आङछिरिङ शेर्पासंग गरेको कुराकानी ।

 कसरी राष्ट्रसंघमा प्रबेश गर्नुभयो ?  

 सन १९६८ मा अमेरिकामा अध्ययन गर्न आए । त्यतिखेर सन्सारको सवैभन्दा ठुलो चर्चाको रुपमा अमेरिका र भियतनामको युद्ध चलिरहेको थियो । त्यो अवस्थामा अमेरिकाको अधिकांस विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु एन्टीवार मुभमेन्टमा लाग्ने गथ्र्ये । म पनि त्यही मुभमेन्टमा लागेका थिए । अमेरिकाको इतिहासमा कसैसंग कहिल्यै पनि नहारेको तर भियतनामसंगको युद्धामा अमेरिका हारेपछि मनमनमा निकै कौतुहलता बडन थाल्यो । अध्ययनकै क्रममा त्यही विषयमा पनि अध्ययन गर्न थाले । भाग्यवस अध्ययन सफलताकै कारण सन १९७३ मा संयुक्त राष्ट्रसंघमा काम गर्ने मौका मिल्यो । त्यतिखेर भियतनामको लडाई टुङिगन लागेको थियो । राष्ट्रसंघमा काम गर्न पाएको वितिकै त्यतिखेर मध्य पुर्वि क्षेत्रका विभिन्न मुलुकमा काम गर्ने अवसर मिल्यो

कस्तो जिम्मेवारी निभाउनुभयो राष्ट्रसंघमा जानु भएपछि ?

राष्ट्रसंघमा गएको वितिकै सवैभन्दा पहिला ल्याटिन अमेरिकामा राष्ट्रसंघ अन्र्तगत युनिसेफको कार्यक्रम हेर्ने प्रमुखको रुपमा जिम्मेवारी पायो । त्यही क्रममा युद्ध पाश्चत क्याम्बोडिया, भियतनाम र लाओस जस्ता कैयो मुलुकहरुमा युनिसेफको वालबालिका, शिक्षा, खानेपानीको कार्यक्रम अन्र्तगत बाल मृत्युदर घटाउने र बाल रोग निर्मुल जस्ता विभिन्न काम गर्ने जिम्मेवारी पायो । त्यसपछि सन १९९० मा राष्ट्रसंघद्धारा न्युयोर्कमा आयोजना गरेको विश्व शिखर सम्मेलनमा विशेष भुमीका निभाउने मौका मिल्यो । 

 राष्ट्रसंघको पहिलो विश्व शिखर सम्मेलनको अनुभव कस्तो रहयो ?

 

विश्वको राष्ट्रप्रमुखहरुले भाग लिएको त्यतिखेरको शिखर सम्मेलनको अनुभव मेरो जीवनमा निकै अविष्मरणीय रहयो । ठुलै जिम्मेवारी , धेरै परिश्रम र चुनौति पनि थियो । मैले गर्नुपर्ने काम भनेको सम्मेलनमा उपस्थित राष्ट्रप्रमुखहरुले पास गरेको कुराहरुलाई लिखित दस्ताबेजको रुपमा तयार पार्नुपर्ने थियो । त्यतिखेर म गिनिज कनेटिकेट बस्थे । कहिलेकाही मध्यरातसम्म काम गर्दा गदै ग्राण्ड सेन्टरबाट घर जाने टे«ेननै छुटथ्यो । केही दिन त रातभर ग्राण्डसेन्टरको टे«न स्टेसनमा सुतेर विहान उज्यालो भएपछि विहानको ट्रेनमा गएर हतारहतार कोठामा नुहाएर तुरुन्तै फर्कनु पथ्र्यो । अहिले त्यही परिश्रम र जिम्मेवारीले आत्मा सन्तुष्टि मिलेको छ ।

राष्ट्रसंघमा त्यो तहसम्म काम गर्दा अरु देशको तुलनामा नेपाल कता गइरहेको देख्नुभयो  ?

सन्सारको धेरै देशहरुमा काम गरिसकेको हुनाले नेपाल दक्षिण पुर्वी एसियाका छिमेकी देशहरु थाइल्याण्ड, मलेसिया, कोरिया, जापान, सिंगापुर लगायतका मुलुकको तुलनामा निकै कम प्रगति गरेको छ । गरिवि लामो समयसम्म रही रहयो । गरिवि, अशिक्षा र स्वस्थ्यको दृष्टिकोणले धेरै पिछाडिएको देखियो । अन्य मुलुकको तुलनामा हाम्रो देश नेपालको त्यो अवस्था देख्दा निकै दुख लाग्थ्यो । तर अफ्रिका कति मुलुकहरु त अझ धेरै गएगुज्रिएका देखियो । नेपालमा चाहे जति छिटो छिटो प्रगति त हुन नसकेर दुख लागेपनि सन्सारमा कति मुलुकहरु प्रगति भन्दा पनि उधोगतिमा गएको देखियो । तर नेपाल प्रगति हुन नसकेपनि अधोगतिमा त गएको छैन है । नेपाल भौगोलिक रुपमा प्राकृतिक सुन्दरताको दृष्टिले विश्वमा माझ बेग्लै चिनारी छ । नेपालीहरु पनि अरुहरुको तुलनामा शाहसी र इमान्दार भएकोले विश्वको कैयो मुलुकले नेपाललाई सहयोग गर्न चाहान्छन ।

 अन्तराष्ट्रिय स्तरबाट नेपालले अहिलेसम्म कस्तो सहयोग पाएको छ ?  यो कतिको सदुपयोग भएको जस्तो लाग्छ ?

 

अन्तराष्ट्रिय रुपमा नेपालीलाई तीन किसिमको सहयोग पाएको छ । द्धिपक्षिय सहयोग जुन छिमेकी मुलुकहरु भारत र चीनले गदै आएको छ । यस बाहेक अमेरिका, वेलयत र जापानले पनि यस्तै सहयोग गदै आएको छ । अहिले पहिला भन्दा फरक मुलुकहरुले पनि सहयोग गदै आएको छ । बहुपक्षिय सहयोगको रुपमा विश्व बैक र एसियन डेपलपमेन्ट बैकले सहयोग गदै आएको छ । तर प्रविधिक रुपमा भने संयुक्त राष्ट्रसंघ अन्र्तगतको सहयोग बढि रहेको छ । तेस्रो सहयोग थुप्रै आइएनजीओबाट पाउदै आएको छ । नेपाल पाउदै आएको यो सहयता कम होइन प्रसस्तै सहायता हो । यसरी सहायत पाउन लागेको पनि ४० वर्ष भइसकेको छ । हामीले पाए अनुसारको सहायतामा भने जस्तो सदुपयोग र उपलब्धि हासिल गर्न सकेको छैन । यसको मुख्य कारण भनेको शिक्षा र स्वस्थ्यको अभाव त्यस्तै सरकारको आर्थिक विकासलाई महत्व दिन नसकेर राजनितिलाई महत्व दिनु र मुलुकमा भ्रष्टचार बडदै गएकाले पनि सदुपयोग गर्न नसकेको हो । त्यतिको उच्च पदमा पुग्नु भएपछि तपाईले नेपालको लागी के योगदान पु¥याए जस्तो लाग्छ ?

सौभाग्यनै भनु निति निर्माण तहमा पुगेको हुनाले मैले नेपालकै लागी भनेर स्वार्थी भावनाले केही गर्न सकेन । जुन नैतिकताको हिसाबले पनि मैले गर्न हुदैनथ्यो । आफनो देशलाई आफनो मान्छेलाई मात्र सहयोग गर्नुपर्छ भन्नेमा म प्रेरित थिएन । तर मैले के गरे जस्तो लाग्छ भने स्वास्थ्यको क्षेत्रमा निति निर्धारण गर्दा नेपाल र नेपाल जस्तो अन्य मुलुकलाई फाइदा पुग्ने गरि निति निर्माण गर्ने काम गर्न सक्यौ ।

 संयुक्त राष्ट्रसंघको सहायक महासचिव भइसकेको तपाई कोफी अन्नानपछिको महासचिव हुने संभवना थियो भन्छ नी ?

 

राष्ट्रसंघको निति अनुसार पनि क्षेत्रगत रुपमा पालैपालो महासचिव हुने परिपाटी रहेको छ । कोफिी अन्नान अफ्रिकापछि पा

ला एसियाकै थियो । राष्ट्रसंघको महासचिवको उम्मेदवारी भनेको व्यक्तिले दिने होइन राष्ट्रले दिनु पर्छ । त्यो बेलामा नेपालको अवस्था अन्तारिक समास्याको वीच लडाईको चपेटामा थियो । नेपालको राष्ट्रसंघमा चुनाव लडने कुनै कुरै थिएन । हल्ला भएपनि मेरो बास्तविक रुपमा खास त्यति महत्वकांक्षा पनि थिएन । नेपालको राष्ट्रसंघप्रतिको देशको निति र छवि पनि राम्रो थियो । तर देशकै अवस्था राम्रो नभएकोले त्यसतिर सोच्ने कुरै भएन ।

संयुक्त राष्ट्रसंघका महासभाको अध्यक्षको निर्वाचनमा तपाईको जित निश्चित हुदा हुदै पनि कसरी पराजित बेहोर्नुप¥र्यो नि ?

 

सरकारले मनोनित गरि त्यो पदका लागी हामीले राम्रो प्रयास गरेकै थियो । हाम्रो प्रतिष्प्रर्धा त्यतिखेर कतारसग भएको थियो । हामीले खर्च गर्न नसकेपनि नेपालको तर्फबाट निर्वाचन प्रचारको तर्कहरु कतारको भन्दा धेरै बलियो थियो । निर्वाचनको शुरुदेखि मध्यसम्म धेरै राष्ट्रले हामीलाई मत दिन्छु पनि भनेको थियो तर अन्तिममा कतारले धेरै राष्ट्रलाई आर्थिक प्रलोभन देखाएर धेरै खर्च गरेपछि उनीहरुले जित्यो । एकतिर प्रस्सतै पैसा खर्च गर्नु अर्कोतिर इस्लामिक सस्थाहरु माझ मुस्लिम धर्मको सदभावको आधार बडेकोले कतारले जितेको हो ।

 राष्ट्रसंघका महासचिव वानकी मुनको बौद्ध सम्मेलनको सिलसिलामा नेपाल भ्रमण स्थागित हुनको कारण के होला ?

 

संयुक्त राष्ट्रका महासचिव वानकी मुनले लुम्बिनीको विकासका लागी सहयोग गर्छु भनेको हामी सवैले स्वागत गरेका छौ । त्यसको मैले पनि वकालत गरेको छु । त्यो बेलामा उहालाई के लागेको हुनु पर्छ भने नेपालमा शान्ति प्रक्रिया टुङगोमा पुगेको हुन्छ । अनि संविधान पनि बनी सक्छ । त्यसपछि लुम्बिनीको विकासको सिलसिलामा खुसीको वातवारणमा सम्मेलनमा भाग लिन जाउ भनेर वचन दिएको हुनु पर्छ । तर दुर्भाग्या नेपालमा अहिलेसम्म पनि शान्ति प्रक्रिया टुङगोमा लागेको छैन । संविधान पनि बनेको छैन । सम्मेलन हुन एक महिना पनि बाकी छैन त्यो पनि पुर्ण तयारी नभएकाले उहाको भ्रमण स्थागित गरेको हुनुपर्छ । यतिखेर मुलुकमा संविधान बनाउनुनै उच्च प्रथामिकता छ । यस्तो बेलामा संविधान बनाउनतिर नसोचेर सम्मेलनतिर लाग्यो भने मुलुकको अवस्थानै ढामढोल हुन सक्छ । सायद यो कुरा वानकी मुन र उनको सल्लाहकारले पनि महसुस गरेकोले स्थागित गरेको हुनुपर्छ ।

 ४ दशकको विदेश जीवनपछि नेपाल फर्केपछि कस्तो परिवर्तन पाउनु भयो ?

 

३५ वर्ष राष्ट्रसंघमा र ५ वर्ष अध्ययन गरि ४० वर्षपछि नेपाल फर्केर २२ जिल्ला गुमेर मैले धेरै परिवर्तन देखियो । नेपाली जनताहरुमा हिजो भन्दा चेतनाको स्तर बडेको देखियो । सुचना प्रविधिको क्षेत्रमा ज्यादै परिवर्तन देख्यो । त्यस्तै सरकारको ध्यान नपुगेको स्थान समेत महिला जागारणको लागी गाउ गाउमा खोलेको आमा समुहले गरेको रचनात्माक कार्य निकै प्रसंसानीय लाग्यो । नेपालमा अन्तराष्ट्रिय सदभाव बडेको देखियो । तर सबभन्दा चित्तादुख्ने र दुख लागेको भनेको अहिले नेपालमा हिंसाको सस्कृति बडेको छ । नेपाल भगवान गौतम बुद्ध जन्मेको शान्तिप्रिय देश भनेको अब त्यो दन्त्य कथा जस्तो भइसकेछ । नेपाल अब शान्तिपुर्ण छैन । कटने मार्ने, छिमेकी छिमेकीमा लडने र नेपालमा शक्ति बन्दुकको नालबाट आउछ भनेर राजनिति गर्नेहरु देखियो । यस्तो खराब विचार पहिला थिएन । अहिले नेपाली नेपालीमा असल खराब भनेर विभाजनको राजनिति बडेको निकै दुख लाग्दो छ । यसको साथै अहिलेसम्म पनि नेपालमा राजनितिक कुरा बाहेक आर्थिक विकासमा केही सोचनै बनाएको नपाउनु अर्को दुखलाग्दो पक्ष हो ।

 यो जेष्ठमा संविधान बनाउन सकेन भने कस्तो हुन्छ मुलुकको स्थिति ?

 

यदि मुलुकमा यो पटक पनि संविधान बनेन भने निकै दुभाग्या हुनेछ । सर्वोच्च अदालतले जन भावना अनुरुप गरेको यो निर्णय अनुसार बनाउनु पर्छ । तर अझै पनि संविधान बनाउन सकेन भने नेताहरुले कसरी सोच्ला त्यो हेर्ना बाकी छ ।

 

पछिल्लो परिमार्जन ( बिहिबार, 03 मे 2012 03:57 )
 
अमेरिका लाने प्रवृति मन परेन–कुञ्जना
PDF Print E-mail

 

alt


  कुञ्जना घिमिरेलाई दर्शकहरुले मेरी बास्सैकी सुन्तु अर्थात सुन्तलीका रुपमा धेरैले चिन्छन् । सुन्तलीकै नामवाट आँफूलाई चर्चित बनाउन सफल देखिन्छिन् । मेरी बास्सैका प्रमुख पात्र धुर्मुससँग पर्दामा मात्र नभै वास्तविक जीवनमै जीवनसाथी बनेपछि उनी थप चर्चाको शिखरमा पुगिन । तीन वर्षको चिनजान पछि धुर्मुस अर्थात सीताराम कट्टेलसँग जीवनसाथी बनेकी हुन् । रेडियो नेपालबाट प्रसारण हुने नाटकमा बोलेर कलाको संसारमा उदाएकी घिमिरे अहिले स्वदेश तथा विदेशमा समेत ख्याति कमाउन सफल छिन् । मेरी बास्सै टेलिसिरियलमा जहिले पनि गुनियो चोलीमा देखिने सुन्तलीलाई बजारमा देख्दा भने जोपनि झुकिन सक्छन् । टिसर्ट पाइन्ट लगाएर बजारमा हिंडेको देख्दा उनलाई नचिन्नु स्वभाविकै हो । स्टेज प्रोग्राम देखाउने कार्यक्रमका लागि अघिल्लो साता काठमाडौस्थित जापानी राजदूतावसको कार्यालयमा अन्तर्वार्ता दिएर निस्केपछि एभरेस्ट टाइम्सलाई अन्तर्वार्ता दिन राजी भइन् । घिमिरेसँग एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका शोभाकान्त सिग्देलले गरेको कुराकानी मुख्य अंश  :


अहिले केमा व्यस्त हुनुहुन्छ ?
मेरी बास्सै स्वेदश तथा विदेशको स्टेज कार्यक्रममा व्यस्त छु ।


जापानको लागि दिनुभएको अन्तर्वार्ता कस्तो भयो  ?
राम्रो भयो ।


एक्लै होकि अरुकोही साथि हुनुहुन्छ ?
कहाँ एक्लै हुन नि म र मेरो धुर्मुस सँगै थियौं ।


श्रीमानलाई धुर्मुस भनेर बोलाउनुहुन्छ कि क्या हो  ?
अरु नै नामले बोलाउँछु ।


विवाहपछि धुर्मुससँगको क्रेज घटेको त छैन  ?
ए हजुर क्रेज घटेको छैन झन बढेको छ । वास्तविक जीवनमा हाम्रो जोडी देखेर त दर्शक पो खुसी भएका छन् । 

टेलिसिरियलमा जस्तै परिवारलाई पनि दुःख दिनुभएको छैन  ?
वास्तविक जीवन र टेलिसिरियलमा त धेरै फरक हुन्छ । परिवारमा अहिलेसम्म एक कुशल बुहारीको रुपमा रहेकी छु । 


टेलिसिरियल किन गाउँमा बढी केन्द्रित छ  ?
नेपाल नै गाउँ गाउँले भरिएको छ । गाउँले जीवनवाट नै हाम्रो जिन्दगी सुरु भएको हो । गाउँले परिवेश लाई शहरीकरणले विस्तापित गरेको समयमा टेलिसिरियलले गाउँलाई जीवन्त राख्न सहयोग गर्दछ । 

तपाईँको जोडी विदेश कुन-कुन ठाउँमा जानु भयो त 
विदेशको नाममा त मलेसिया कतार दुबई कोरिया भारत इजरायल सिङ्गापुर पुगेका छौं । 

आझसम्म तपाईहरुंलाई अन्य देशको अफर आएको छैन्  ?
आइरहेको छ ।


कुन देशको अफर आएको छ  ?

अमेरिकाको अफर आइरहेको छ । 


अफर आएर पनि किन अमेरिका जानु भएको छैन त  ?
अमेरिका लाने प्रवृति मन नपरेर हो ।


कस्तो प्रवृति रहेछ  ?
आयोजकले हाम्रो नाममा अन्य व्यक्तिहरुलाई पनि लैजाने र उनिहरु उतै बस्ने प्रवृति राम्रो लागेन । 


कस्तो भयो भने जानुहुन्छ ?
कलाकारहरुलाई मात्र लैजाने आयोजक पर्‍यो भने जान्छु । जुन समुह अमेरिकमा कला प्रस्तुत गरेर नेपाल फर्किन्छ । 


अमेरिका जान पाउँदा किन नेपाल फर्किने  ?
जुन उद्देश्यले गइन्छ । त्यही उद्देश्य पुरा गर्न सक्नुपर्छ । आफ्नो प्रतिभा प्रस्तुत गरेर नेपालमा जस्तो आत्मसन्तुष्टि अमेरिकामा मिल्दैन ।


अमेरिकामा बस्ने कलाकारहरुलाई के भन्नुहुन्छ त  ?
आफ्नो घर व्यवहार हेरेर केही समय बस्नु ठिक छ । बसिन्जेल नेपाललाई चिनाउने कार्य गर्नुपर्छ । अफ्ना सन्तत्ति र नेपाल बिच ग्याप राख्नु हुँदैन । 


 

 
देशको सेवा गर्न अमेरिका छाडेँ : तुलाचन
बुधबार, 28 मार्च 2012 06:16    PDF Print E-mail

मुस्ताङको टुकुचेमा जन्मेका प्रदीपमान तुलाचनले अमेरिकाको कोर्नेल युनिभर्सिटी पिएचडी गरे । पढाई सकेर नेपाल फर्के । दुईदशक यता  नेपालस्थित विभिन्न अन्तर्राष्ट्रिय नियोग तथा विदेशी दातृ संस्थाहरुमा महत्वपुर्ण पदमा रही काम गरे । प्रविधिक क्षेत्रमा सात अन्तराष्ट्रिय स्तरका किताब प्रकाशित गरिसकेका उनले दुई नेपाली उपन्यास पनि प्रकाशन गरेका छन् । गएको वर्ष 'आस' र यसपाला 'भोटखोला' उपन्यास प्रकाशन गरेका अर्थविद् तुलाचन साहित्य जगतमा चर्चामा छन् । उनै तुलाचनसँग एभरेष्ट टाइम्सका नेत्र मोक्तानले अमेरिकी बसाँई र उपन्यासबारे गरेको कुराकानीः



उपन्यास प्रकाशनपछि कुन किताब पढ्दैहुनुहुन्छ ?
'लाइफ उइदाउट लिमिट्सु 'थ्री कप अफ टी' 'शान्तारामु 'डिफीकल्ट टु बि गुडु जस्ता किताब पढ्दैछु । 

लेखनलाई कुन समय छुटाउनुहुन्छ ?

प्रायः विहान ४ देखि ६ बजेसम्म विदाका दिन नै लेख्ने बानी छ ।

अर्को किताब पनि लेख्दैहुनुहुन्छ कि ?

अंग्रेजी भाषामा सानो किताब तयार गर्ने सोचमा छु त्यसको केही भागहरु लेखिसके ।

पछिल्लो समय उपन्यास लेखनमै लागिपर्नुभएको छ यसको केही कारण छ कि ?

जल्दोबल्दो समस्याबारे आम मानिसलाई सन्देश पुर् याउने काम उपन्यासले गर्छ । उपन्यास विधाबाट नेपालीले भोग्नुपरेको समस्या र त्यसको समाधान पनि पाइयोस यही लक्ष्यका साथ लेख्न शुरु गरेको हुँ ।

अहिलेसम्मको लेखनले ती लक्ष्य प्राप्ति भएको छ त 

मेरो पहिलो उपन्यास 'आस' मा एक गरिब नेपालीको कथा छ जो दुःख गरी अमेरिका पुग्छ । उसले अमेरिकामा गरिब मुलुकका मानिसहरुलाई गरेको तुच्छ व्यवहार देख्छ र आफ्नै देशमा फर्केको छ । यसै गरी 'भोटखोला' मा हिमाली मुलका मानिसले जलवायु परिवर्तनको सामाना कसरी गरिरहेको छ यसबारे प्रष्टाएको छ । सबै लक्ष्य पुरा नभएपनि केही सवालहरु उठाउदै आएको छु । भावी दिनमा पनि प्रयास जारी रहनेछ ।

अमेरिका पढ्न कसरी पुग्नुभयो 

मेरो सपना थियो इन्जिनियर बन्ने । तर गरिबीकै कारण त्यो साकार भएन । पछि भारत पढ्न गए । त्यहाँबाट फर्केर चितवनको रामपुरमा रहेको इन्स्टिच्युट अफ एग्रीकल्चर एन्ड एनिमल साइन्समा पाँच वर्ष पढाए । त्यहीबाट एमए र पिएचडीका लागि छात्रावृतिमा छानिएपछि अमेरिका पुगेर पढ्न पाए । पढाई सकेर यतै फर्के ।

आज हर नेपाली युवाको सपना अमेरिका छ त्यतिबेला तपाँइलाई त्यहाँ बस्न मन लागेन 

मेरो लगन देखेर त्यहाँ काम दिएका थिए । तर मैले आफ्नो देश सम्झे आफुले गरेको दुःख सम्झे । यति पढेर अमेरिकै बस्नु ठिक होइन भन्ने सोच आयो र नेपाल फर्के । नेपालमै गरिबहरुको सेवा गर्छु भनेर ।

गरिबको सेवा कतिको गर्नुभयो त?

एक्लैले यस्तो काम गर्न नसकिदोरहेछ । त्यसैले सामुहिक रुपमा धेरै ठाउँमा गरिबी निवारण गर्न सघाए । दातृ निकायमा काम गरी देशका कुनाकन्दरामा पुग्ने अवसर पाए । त्यहिबेला सल्यानको कुपुरकोटमा अफसिजन तरकारी बजार स्थापना गरे । जहाँ कोदो र मकै खेती गरी चार महिना खाना पुग्थ्यो पछि तरकारी बेचेरै एकवर्ष पुग्नेखाना जोहो गर्न त्यहाँका किसान सफल भए । त्यो कार्यक्रममा जिल्लाका नेताहरुले धेरै विरोध गरेका थिए । अरु ठाउँमा पनि पशुपालनमा प्रथामिकता दियौ । जसले केही हदसम्म गरिबी निवारण भएकै छन् ।

आफु जन्मेको ठाउँमा के गर्नुभयो 

स्याउ फल्ने ठाउँसम्म ग्राभेल सडक विस्तार गर्न स्कुल बनाउन पाँच करोड भन्दा बढी सहयोग जुटाइदिएको छु ।

तपाई खुसी हुनुहुन्छ  त आफ्नो कामप्रति 

एकदम खुसी छु । विभिन्न ठाउँमा गएर गरिबीको कारणबारे छलफल गर्न पाएको छु । गरिबका मुद्दाहरुलाई विश्वभर पुर् याउन पाएको छु ।

अहिले के छ त युवाका लागि नेपालमा अवसर 

जहाँ पनि संघर्ष गर्नुपर्ने हो । गरिखाने ठाउँ यही पनि प्रशस्त छन् । पर्यटन र हाइड्रोपावर नेपालको प्राकृतिक देन हुन । यसमा लगानी गरे नेपाली युवालाई कतै मागी हिड्नुपर्दैन ।


पछिल्लो परिमार्जन ( बुधबार, 28 मार्च 2012 06:48 )
 
देशको अवस्था नसुध्रेसम्म कलाकारले सुख पाउँदैनन्–फिस्टे
PDF Print E-mail

 

alt

 


   सानैदेखि कलामा निपूर्ण कलाकार हुन् फिस्टे । उनको अभिनय हेरेपछि दर्शकहरु मज्जाले हाँसेकै हुन्छन् । प्रहरी र नेताको भूमिकामा देखिँदै आएका उनको अभिनयले नेपाली दर्शकहरुलाई निकै मनोराजन दिँदै आएको छ । कैयौं टेरिसिरियल चलचित्र र सडक टकमार्फत कला पस्कँदै आएका फिस्टेको खास नाम गोपाल नेपाल हो । तैपनि उनलाई सबैजसोले फिस्टेकै नामले बढी चिन्छन् । दुई दशकभन्दा बढी समय हाँस्यकलामा भिजेका उनी अब चलचित्र निर्माण गरी भविष्यमा खलनायकको भूमिकामा समेत अभिनय गर्ने सोचमा छन् । सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंबाट कला क्षेत्रमा लागेका उनी दुई सन्तानका पिता पनि हुन् । कला क्षेत्रमा चर्चा कमाएका यिनै कलाकार फिस्टे न्युयोर्क आएका बेला एभरेस्ट टाइम्सका लागि आङछिरिङ शेर्पासँगको कुराकानी । 

 


कला क्षेत्रको यात्रा कसरी सुरु भयो ?
म सानैदेखि स्कुलमा नृत्य प्रतियोगिता हुँदा भाग लिने गथ्र्थें । प्राय ती प्रतियोगिताहरुमा म पहिला हुन्थें । बालकलाकारको रुपमा सात वर्षको उमेरमा पहिलोपटक बनेपामा आयोजना भएको सांस्कृतिक कार्यक्रममा २० रुपियाँको दस वटा नोट पाएको थिएँ । त्यो क्षण मेरो लागि निकै खुसीको थियो । उमेरले सानो मान्छे भए पनि जीवनमा पहिलोपटक नाचेर पाएको कमाइ मुमालाई दिन पाउँदा थप खुसी भएँ । त्यसपछि नौ वर्षको उमेरमा स्कुल जाने बेला बाटोमा ट्वाक्क टुक्का टेलिसिरियलको सुटिङ भइरहेको देखें । स्कुल जान छोडेरै भए पनि हेर्ने गथेर्ं । त्यतिखेर मनमनमा मैले पनि खेल्न पाए हुन्थ्यो भन्ने लाग्यो । संयोग नै भनु त्यतिखेर बालकलाकारको रुपमा बोलाएको अर्कै कलाकारले त्यो अभिनय गर्न नसकेपछि मलाई मौका मिल्यो । त्यहींबाट मेरो कला यात्रा सुरु भयो । 


कहिलेबाट साँच्चिकै दर्शकले फिस्टे भनेर चिनेजस्तो लाग्छ ?
ट्वाक्क टुक्क टेलिसिरियलको ५० औं भागमा तैयाब शाहले पहिला नै अभिनय गरिसकेको मेरो घरको पल्लो छेउ भन्ने गीतको भिडियोमा अभिनय गर्ने मौका मिल्यो । त्यसपछि संगालो नामक कार्यक्रम अन्तर्गत फिस्टे दि ग्रेट भन्ने टेलिसिरियलमा पनि अभिनय गरें । त्यही कार्यक्रमको सफलतासँगै कलाकार गोपालराज गिरीले त्यतिखेरको मेरो जीउ र उचाइअनुसार फिस्टे भनेर बोलाउन थाल्नुभएको हो । कला क्षेत्रमा पनि म साना भएकाले खासगरी गाउँघरतिर पाइने सानो चराजस्तै मलाई पनि फिस्टे भनेर नाम दिइएको हो । त्यसरी नै म फिस्टेको रुपमा चिन्न सफल भएँ । 


दर्शकहरुले गोपाल नेपाल वा फिस्टे के भनेर बोलाएको मन पर्छ ?
कला क्षेत्रबाटै म यहाँसम्म आएँ । सुरुवातदेखि नै फिस्टेकै नामले चिनिएकाले मलाई दर्शकले फिस्टे नै भनेर बोलाएको मन पर्छ । 
अहिलेसम्म कति टेरिशृंखला र चलचित्रमा अभिनय गर्ने मौका मिल्यो त 
निरन्तर रुपमा अभिनय गरेको टेलिशृंखलाको हिसाबै छैन । सुरुमा ट्वाक्क टुक्क ५० भाग । अहिले अभिनय गरिरहेको तितोसत्य ५ सयभन्दा बढी भाग भइसक्यो । जिरेखुसा्रनी चार सय भाग संगालो २५ भाग यात्रा ६ भाग आधा दर्जन जति सट मुभी लगायत ४८ विभिन्न नेपाली चलचित्रमा अभिनय गर्ने मौका मिल्यो । यसबाहेक कला क्षेत्रको प्रवेशपछि अहिलेसम्म विभिन्न सामाजिक संस्थाको अनुरोधमा जनचेतनामूलक विभिन्न सडक नाटकमा समेत अभिनय गरंे । 


कला क्षेत्रमा लाग्दै जाँदा पढाइको अवस्था कहाँ पुग्यो ?
कला क्षेत्रमा लागेपछि धेरै व्यस्त भइयो । सोचेजस्तो समय मिलेन । पढ्छु भने पनि आखिर एसएलसीभन्दा माथि जान सकिनँ । 
मुलुकको प्रतिभाशाली कलाकारहरु किन विदेसिन बाध्य भएका छन् 
अहिलेसम्मको देशको अवस्था राम्रो छैन । देशको राजनीतिक अस्थिरताकै कारणले गर्दा कला क्षेत्र मात्र होइन मुलुकको सबै क्षेत्रको प्रतिभाशाली व्यक्तिहरु दिनहँ विदेसिन बाध्य छन् । जबसम्म देशमा राजनीतिक अवस्था राम्रो हुँदैन तबसम्म देशका प्रतिभाशाली व्यक्तिहरुले देशबाट केही पाउँदैनन् । 


धेरैजसो कलाकारहरु देश विदेश घुम्छन् अनि अन्तिममा अमेरिका आएर देश फर्कंदैनन् तपाईको विचार के छ ?
हरेक कलाकारको आ आफ्नै सोच हो । त्यसमा पनि हरेकको आ आफ्नै समास्या र बाध्यताहरु हुन सक्छ । सायद त्यस्तै पीडा बोकेका अधिकांश कलाकारहरुका बाध्यताहरु हुन सक्छन् । तर म दुई महिनाको यो कार्यक्रम सकेपछि फेरि आउने सोचाइमा छु । 


तपाईकै जोडी भएर कार्यक्रम देखाउने भनेर आएका निर्मल शर्मा गैंडा अमेरिकामा आयोजकले बस्न र खानको व्यवस्था राम्रो नगरेकाले होम सिक भएर फर्के भन्छन् नि ?
आयोजकहरुले बस्नखान व्यवस्था त गरेको हो । तर अमॆरिका जस्तो ठाउँमा रम्न सक्ने र नसक्ने भन्ने कुरा आफैंमा भर पर्ने कुरा हो । हामीसँगै अभिनय गर्ने सोचका साथ आएका निर्मल दाइ फर्कनुमा उहाँको व्यक्तिगत कुरा हो । लामो समय परिवारबाट टाढा हुँदा होम सिक भएर फर्केको भन्ने सुनियो । 


बालकलाकारबाट सुरु गरेको कला यात्राको अनुभव कस्तो छ ?
बालकलाकारदेखि सुरु गरेको मेरो कला यात्रा अहिलेसम्म निकै सन्तोषजनक छ । हुन सक्छ सायद त्यतिखेर ट्वाक्क टुक्कामा नलागेको भए डान्समै सीमित हुन्थें होला । तर मौका पायो त्यसपछिको सडक नाटक टेरिसिरियल हुँदै कथानाक चलचित्रसम्मको यात्रामा धेरै अनुभव पाउनुको साथै धेरै सन्तुष्टि मिलेको छ । अब आफैं चलचित्र बनाउने सोचमा छु । 

 
जातीय पहिचान सहितको प्रदेशनै जनताको चाहाना हो ।
बिहिबार, 15 मार्च 2012 15:48    PDF Print E-mail

alt

बेलायती गोर्खा सेनाभित्र आङ काजी शेर्पा किसानलाई गुरुको रुपमा मानिन्छ । संगैका गोर्खाज मित्रहरु लडाईमा भिडदा उहा गोर्खा सेनाको छोराछोरिहरुलाई ज्ञान बाडथ्र्यो । उहाबाट ज्ञान पाएका कैयो विद्यार्थीहरु सेनाको अधिकृत भइसकेको छ । १२ वर्ष भन्दा लामो वेलयती गोर्खा सेनाभित्रको शिक्षण पेशाबाट सेवा निवृत भए लगतै उहा १० वर्ष अघिनै नेपाल र्फकनु भएको थियो । नेपाल फर्केपछि समाजसेवाको भावनासंगै नेपालको विभिन्न क्षेत्रमा रचनात्माक कार्य गर्नुभएको छ । शेर्पा सस्कृति संरक्षणदेखि पर्वतीय पर्यटनको विकासमा लगायत जनजातीको आन्दोलनको नेतृत्व समेत गर्नुभएको छ । हिमालयन शेर्पा सास्कृतिक केन्द्रको महासचिव,शेर्पा सेवा केन्द र नेपाल पर्वतारोहण संघको कोषाध्याक्ष हुदै भुपु गोर्खा शेर्पा शैनिक संघको सस्थापक उहा जनजाती महासंघको वर्तमान महासचिव हुनु हुन्छ । सोलुखुम्बु गोराखानी निवासी उहा यतिखेर मुलुकमा बन्न लागेको संविधानमा आदीवासीको मुद्धा प्रथामिकताका साथ राष्ट्र अन्तराष्ट्रिय रुपमा उठाउदै आउनु भएको छ । यही सिलसिलामा न्युयोर्कमा आउनु भएको बेला उहासंग एभरेष्ट टाइम्सका लागी आङछिरिङ शेर्पाले गरेको कुराकानी ।

 

जनजाती महासंघको अहिलेको अवस्था कस्तो छ ?

अहिले नेपाल आदीवासी जनजाती महासंघ र यसको मातहातको ६८ विभिन्न जिल्ला संगठनहरु छन । यो संगै अवद्ध सिंगो ५६ जातीय संगठनहरु अहिले नया संविधानमा आदीवासी जनजातीको अधिकारलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेमा केन्दि्रत रहेको छ ।

 

नया संविधानमा जनजाती महासंघले कस्ता एजेण्डालाई जोड दिएको छ ?

आगामी संविधानमा हामीले निरन्तर रुपमा उठाउदै आएको मुलभुत विषयहरुमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षता हो । अन्तरिम संविधानले घोषणा गरिसकेका तीन महत्वपुर्ण कुरालाई अब नया संविधानमा अपरिवर्तनीय धाराको रुपमा लेखिनु पर्छ । यसको बारेमा भविष्यमा कुनै पनि अवस्थामा कसैले पनि प्रश्न चिन्ह खडा नहुने गरि सस्थागत गरिनु पर्छ भन्ने पहिलो अडान हो । त्यस्तै दोश्रो आदीवासी जनजातीहरुको अधिकारसंग सम्बन्धीत अन्तराष्ट्रि श्रम अभिसन्धि कार्यन्वयनका लागी यो नया संविधानमा प्रतिबद्धता जाहेर गर्नु पर्छ । साथै आदीवासी जनजातीको अधिकार सम्बन्धी संयुक्त राष्ट्रको घोषणपत्र आदीवासी जनजातीको मानवधिकारको रुपमा नया संविधानमा परिभाषित हुनुपर्छ । तेस्रो विगतमा हिमाल, पहाड र तराई मिलेको भौगोलिक विभाजनमा अबको राज्य पुर्नसंरचना गर्दा अब महेन्द्रको पालाको जस्तो भौगोलिक आधार नभइकना जाती, भाषा, ऐतिहासिक पहिचानको आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्छ ।

 

आदीवासी जनजाती महासंघको अडान राज्य हुनुपर्छ भन्ने की स्वयत्ता प्रदेश हुनु पर्छ भन्ने ?

२ सय ५० वर्षदेखिन हामी आदीवासी जनजातीहरु श्ाासक वर्गको उत्पीडन र विभेदमा परेका जातजाती हौ । मुलुकमा नया वन्न लागेकेा संविधान लेखाउनका लागी अहिले यतिखेर आदीवासी जनजाती महासंघले जातीय पहिचान सहितको स्वयत्त प्रदेश चाहिन्छ भन्ने हाम्रो मुल अडान हो । हामीले छुट्टै राज्य हुनुपर्छ भनेर भनेका छैनो । हामीले भनेका जातीय पहिचान सहितको राजनितिक प्रदेशभित्र सुशासन, आत्मा निर्णयको अधिकार, स्थानीय प्राकृतिक स्रोत साधान माथिको अधिकार र राजनितिक आग्रधिकार सहितको स्वायत्त प्रदेशनै हाम्रो मुख्य एजेन्डा हो ।

 

तपाईहरुले उठाउनु भएको राजनितिक अग्रधिकार भनेको के हो ?

लामो समयदेखि शासक वर्गको विभेदलाई कम गरि समान अधिकारका लागी अब बन्ने प्रदेशमा सम्बन्धीत जातीय प्रतिनिधिले मात्र केन्दि्रय सरकारमा जानु पाउनु पर्छ भन्ने हो । कुनै पनि जातीय पहिचानको आधारमा बन्ने प्रदेशभित्र त्यही जातको व्यक्तिले मात्र केन्द्रमा जानु पाउनु पर्ने अधिकार हुनुपर्छ । जस्तै तामसलिङ प्रदेशमा तामाङलाई अरुसंग प्रतिप्रर्धा गराएको खण्डमा केन्द्रमा पुग्न असम्भव हुन्छ । तर अग्रधिकार दिएको खण्डमा भने उ पुग्न सक्छ त्यही हो अग्रधिकार ।

 

संविधानमा उल्लेख हुनुपर्छ भन्ने स्वायत्त प्रदेशप्रति जनजाती महासंघको सैदान्तिक अवधारण कस्तो रहेको छ ?

हाम्रो अवधारण नेपालमा जति संभव छ हिमाल, पहाड र तराईको भौगोलिकताभित्र सानो छरितो र धेरै प्रदेश बनाउनुपर्छ । यस्तो प्रदेश भएको खण्डमा नेपालमा पिछाडिएको राउटे र कुसुण्डाले पनि स्वाशासनको अधिकार उपयोग गर्न पाइन्छ । कुनै पनि प्रदेश निर्माणको क्रममा जसको जनसंख्या पुग्दैन त्यस्तो जातीको लागी पनि स्वशासीत क्षेत्र विशेष संरक्षित क्षेत्रहरुको रुपमा घोषणा हुनुपर्छ । जस्तै लिम्बुवानभित्र लेप्चे समुदाय बस्छ भने लेप्चा समुदाय बसेकेा भुगोललाई पनि लेप्चा स्वाशासीत क्षेत्र बनाउनुपर्छ । त्यस्तै उनीहरुलाई प्रत्यक्ष रुपमा संघीय सरकारमा प्रतिनिधित्व गर्न सक्ने अवसर दिनु पर्छ । त्यस्तै शेर्पा स्वायत्त प्रदेशभित्रको क्षेत्री बाहुन बस्छ भने उसले पनि स्वाशासीत क्षेत्रको अधिकार र संघीय प्रतिनिधित्व पाउनुपर्छ भन्ने परिभाषित गरेका छौ । समग्र हामी संख्याको रुपमा होइन पहिचानको आधारमा राज्यको पुर्नसंरचना हुनुपर्छ । समितिले सिफारिस गरेको सुनकोसी र नारायणी भौगोलिक प्रदेश हो त्यसमा हाम्रो सहमत छैनौ । तर जातीय पहिचान आधारको प्रदेश मात्र हाम्रो माग हो ।

 

राज्यपुर्ना संरचना आयोगको पछिल्लो प्रतिवेदनको विवादको बारेमा के भन्नुहुन्छ ?

जनताले चुनिएको सभासदहरुको सामुहिक निर्णयबाट विभिन्न १४ प्रदेश बनायो । तर पछिल्लो समयमा दलहरुले आयोगमा मनोनयन गरेको सदस्यहरुले ती प्रदेश हटाएको कार्य अहिलेसम्मकै चर्को विवादको विषय बन्यो । दलले राखेको ती सदस्यहरुमा इतिहास, जातीय र भुगोलको बारेमा अनविज्ञताकै कारण यो विवाद आएको हो । त्यस्ता अनविज्ञ व्यक्तिहरुले दिएको रिर्पोट हामी स्वीकार्ने पक्षमा छैनौ ।

 

महासंघले उठाएको आधिकारिक धारण अनुसारको जातीय प्रदेश कुन कुन हो ?

संविधान निर्माणको क्रममा उठेको विषय बस्तुको बारेमा हामीले उठाएको आधिकारिक धारण अनुसार जातीय प्रदेशहरुमा पुर्वमा लिम्बुवान, खुम्बुवान, शेर्पा स्वायत्त प्रदेश,तामसलिङ, नेवा स्वयत्ता प्रदेश, तमुवान, मगरत र पश्चिममा भोट प्रदेश वा जडानलाई पहिचानको आधारमा बनेको प्रदेश हो । संभव भयो भने बरु बडाउने तर कुनै पनि हालतमा यो १४ प्रदेसको संख्यामा घटाउनु हुदैन भन्ने हाम्रो अडान हो । पुर्वमा लिम्बु पश्चिममा जडान हाम्रो अवधारणभित्र पर्छ । तर दक्षिणमा एक मधेस एक प्रदेश हामीले सैदान्तिक रुपमा विरोध गदै आएका छौ । हामी तराईका आदीवासी जनजातीहरुको घटक संगठनहरुको सामुहिक निर्णयको आधारमा सिमाङकन गरेर मात्र प्रदेश छुर्‍टाउनु भन्ने तर्क रहेको छ ।

 

आदीवासी जनजातीहरुको अधिकार सुनिश्चिताका लागी गैर आदीवासीले किन अपहेलाना गरे जस्तो लाग्छ ?

जहासम्म हिजो सिंगो बन्दुक बोकेर जातीया मुक्तिको लागी आवाज उठाउने माओवादी, लोकतन्त्र र गणतन्त्रको लागी आन्दोलन गर्ने कांग्रेस र एमाले यी तीन दलभित्र आदीवासी जनजातीको अधिकार सुनिश्चित नहोस भन्ने तत्वहरु प्रसस्तै छन । आदीवासी जनजाती, मुस्लिम, अपाङग, महिला, दलित, मधेसीलाई अधिकार दिनु भनेको आफनो अधिकार कटौती गर्नु हो भन्ने उनीहरु ठान्छन । तिनिहरु मौखिक रुपमा शान्ति र संविधान बनाउनुपर्छ भनेपनि यर्थातामा ४७ सालकै संविधान बनाउन खोजीरहेका छन । राजनितिक दर्शनले जे भने पनि त्यस्ता एकात्माक ब्राम्हानबादी सोचको कारण अहिलेसम्म आदीवासी जनजातीले आफनो अधिकार प्राप्त गर्न नसकेको हो ।

 

अब बन्ने संविधानमा जातीय पहिचान सहितको प्रदेश बनेन भने कस्तो सोच्नु भएको छ ?

यदि हाम्रो अधिकार सुनिश्चित विनाको नया संविधान जारी भएको खण्डमा एक मिनेटमै त्यो संविधान च्यातेर जलाइदिन्छौ । त्यसको विरोधमण राष्ट्रिय अन्तराष्ट्रिय न्यायलायमा हामी मुद्धा हाल्छौ । त्यतिमात्र होइन त्यस्ता संविधान बनाउने दलको सदस्यता परित्याग गर्न सम्पुर्ण जनजातीलाई आव्हान गछौ । त्यसपछि जनजातीको बेग्लै राजनितिक दल खोलेर बहुमतको सरकार बनाएर संविधान संसोधन गरेर हाम्रो अधिकार सुनिश्चित गछौ । त्यतिमात्र होइन हामी समानन्तर सकार गठन गछौ । अन्तमा केही लागेन भने हतियार उठाएर आन्दोलनमा उत्रन समेत तयार छौ ।

 
सङ्गित नै मेरो धड्कन बनिसक्यो - कन्हैया सिंह
बुधबार, 07 मार्च 2012 15:53    PDF Print E-mail

 

alt

सङ्गित नै मेरो धड्कन बनिसक्यो -  कन्हैया सिंह
 

नेपाली सुगम सङ्गित क्षेत्रका लागी गायक कन्हैया सिंह एक स्थापित कलाकारको रुपमा आफुलाई उभाईसकेको एक लोकप्रिय नाम हो ।  नेपालगञ्ज बाँके घरवारी टोल घर भएका सिंहले गायनमा  सङ्गित डिप्लोमा (सिनियर) हासिल गरेका थिए । बि स २०५५ सालमा  आधुनिक गायन तर्फ रेडियो नेपालवाट स्वर परिक्ष उत्तिर्ण गरेका  सिंहले पहिलो एकल एल्वम अलाप आधुनिक गीति संग्रह २०६६ मा आफना स्वर्गीय आम टीकमाया र बुवा गोपाल सिंह स्मृतीमा निकालेका थिए । बि स २०५५ सालमा आफनै रचना सङ्गितमा पहिलो चोटी रेडियोमा रेर्कड गरेका थिए ।
सङ्गितक गुरु गुरुदेव  कामत, धनबहादुर गोपाली  र सुरेश सिंह द्धरा सङ्गित तथा गायन सम्बन्धि  तालिम लिएका हुन । “नेपालगञ्ज बजारैमा २०५७”
“तिम्रो साथ” २०६०”(गायिका  अन्जना  गुरुङ्गका साथ), “पिरतीको  फुल ”(बिभिन्न कलाकारहरुको साथमा ) २०६२ र अपेक्षा (बेष्ट कलेकशन) २०६४ हिट्स अफ कन्हैया सिंह अलाप म्युजिक भिडियो कलेक्सन २०६७  अनुराग भाग २ (कलेक्सन एल्बम) २०६८
 चलचित्र तर्फ यतीको खोजीमा, धुर्बतारा, लुटल जिन्दगी, (थारु चलचित्र) जीवनको गोरेटो , जंगलीमान्छे लगायतका चलचित्र हरुमा पाश्र्व गायन तथा सङ्गित तथा २०० जती आधुनिक , लोकगीत लोकपप राष्ट्रि«गीतहरुमा स्वर तथा सङ्गित दिएका कन्हैया सिंहले साङ्गितक यात्राको क्रममा अमेरिकाको बिभिन्न राज्य , कोरिया, बहराहन, लण्डन , युरोपका बिभिन्न देश र भारतका बिभिन्न प्रान्तमा आफनो गायन प्रस्तुत गरी सकेका छन् ।
सगरमाथा पुरस्कार, साधना पुरस्कार, रेयुकाई सम्मान, ब्राइटर तिम्रो सुर मेरो गीत सम्मान, जुबेनायल नृत्य प्रतिक्षण सम्मान लगायत मध्यपश्यिम सम्मान सुर्खेत (२०६७) ललतिपुर घुसेल सम्मान ताम्रपत्र (२०६७) प्राप्त गरेका कन्हैया सिंह सगं एभरेष्ट टाईम्स विष्णुप्रसाद पौडेलले गरेका केही कुराकानीका केही अंशहरु ।
 

 १, सङ्गितक क्षेत्र नै कसरी रोज्नु भो ?
     बिशेषगरी मेरो घरमा नै सङ्गितक माहोल थियो मेरा साहिंला बाजे कालुसिंह परियारले राज महेन्द्रको अगाडी बेजोड कला देखाई सक्नुभएको थियो उहाँमा
उहाँ मुस्लिम वाजा  तासा राम्रो सगं बजाउनु हुन्थ्र्यो त्यसैगरी जेठा दाजु मुम्बैमा को फिल्म उद्योगमा टारमव्याड बजाउनुहुन्थ्र्यो  र मेरो माहिला दाजु सुरेशसिंह परियार  अरुण थापा, दिप श्रेष्ठ, नारयाणगोपाल, द्धरिकालाल जोशी, प्रकाश श्रेष्ठ, आदी गायकहरुको गीतहरु मिठो सगं  नेपालगञ्ज र त्यहाँको वरपरका क्षेत्रमा बिभिन्न स्टेज कार्यक्रममा गाउने गर्नु हुन्थ्र्यो  यसरी यो घरको माहोल ले गर्दा पनि मेरो नशा नशामा सङ्गित बहन थाल्यो । र र म पनि बिस्तारै बिस्तारै बाजे र दाजुहरुको क्षेत्रलाइृ नै रोज्न थाले ।

२, सङ्गित क्षेत्र मा लागेपछि कुनैबेला यो पेशा छोडौ छोडौ लागेन ?
आरोह ,अबरोह , उकाली ओराली ,दुख सुख सगै निराशा र आशा मानब जीवनमा भईरहने प्रक्रिया हो । यसवाट जो सुकैलाई पनि प्रभाब परिहाल्छ तर सङ्गित नै मेरो धडकन बनिसक्योको हुदँ यो बिना कसरी बाँच्न  सक्छु भन्ने  कुराले गर्दा सङ्गित पेशा नै छोडने कल्पना समेत गर्ने सक्तिन ।
३, यसमा क्षेत्रमा कुन तेस्तो बेला हो तपाईलाई चर्चामा ल्याएको ?
 मेरो पहिलो एल्बम “नेपालगञ्जै बजारमा” ले २०५७  सालमा  मलाई एक गायक भनेर देशब्यापी रुपमा चिनायो भने मेरो पछिल्लो एकल एल्बम २०६६ को अन्तेतिर ल्यएको आधुनिक गीत सग्रंह “आलाप” ले मलाई चर्चाको शिखरमा पु–यायो  तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो  यो गीतको सिआरबिटी  , पिआरबिटी र भिडियो  डाउनलोड गर्नेर अडियो सुन्ने दर्शक तथा स«ोता को सख्या अत्याथिक नै रह्रौ । मेरो आमा टिकामाया परियार को स्मृतीमा ल्याएको हुदाँ पनि आल।प लाई म आमाको आर्शाबाद मान्दछु ।

४,आलाप एल्बमले नै हो तपाई चर्चामा ल्याएको ?
हजुर । अलाप नै मेरो गायन क्षेत्रको को कोशेढुङ्गा साबित भयो ।
 
५,तपाईले रोज्नु पर्दा सङ्गितमा या  गायनमा के लाई रोज्नु हुन्छ ?
गायन मेरो बिधा भएको हुदाँ यसलाई नै प्रथामिकता दिनु पर्ने हुन्छ  तर गायन र सङ्गित को सम्बन्ध भने नङ्ग र मासुको जस्तै हुने हुदाँ यसलाई छुट्टाएर हेर्ने भनेको धडकन बिनाको मुटु को कल्पना गर्नु सरह हो ।
६,आलाप एल्बम पछि तपाईको सङ्गितक यात्रा कस्तो रह्रो ?
आलप र यसका गीतहरुले  नै मलाई लोकप्रियको शिखरमा पु–याईदियो । देशभित्र हुने महोत्सबहरु हुन या  कन्र्सट तथा देश बाहिर हुने कार्यक्रम मा पनि स«ोता र दर्शक तथा शुभचिन्तक एवं सन्चारकर्मीको न्यानो माया ले गर्दा बाक्लो सहभागिता हुने अवश्र पनि पाईरहेको छु ।
७, आगामी दिनमा स«ोतामाझ तपाईको नयाँ  सङ्गितक कोसेली के हुने छ ?
निश्चयत त भईसकेको छैन तर पनि स«ोता दर्शाक र सन्चारकर्मीहरुको न्यानो माया र उत्सुकतालाई मध्यनजर राख्दै सायद बि स २०६९ तिर आलाप २ ल्याउने सोच गर्दै छु त्यसको लागी केही रुपमा एल्बमको काम थाल्ने प्रकिया आगाडि बढेको छ ।
८,आगामी एल्मबमा नयाँ केही प्रयोग हुने छ की ?
सुगम सङ्गित मा आधारित लोक आधुनिक को पन मै मेरो जोड हुन्छ र  स«ोता र दर्शाक को चाहान। पनि त्यही नै हो र समयको माग पनि जाहा सम्म प्रयोग  को कुरा मा आलाप २ लाई लेटेस्ट म्युजिक प्रिबिधिको को प्रयोग वाट सुन्दर सङ्गितको (लोर्टस टेम्पल)बनाउने प्रयास गर्ने छु 

पछिल्लो परिमार्जन ( बुधबार, 07 मार्च 2012 16:20 )
 
इमान इज्जेत प्रेस्टिज पाउदैछु– राई
PDF Print E-mail


 


नाइन्टिन फोक्टीन सन् १९१४ को युद्धमा तक्मा जितेका तोक्मे बुढाको उमेर कति होला कम्तीमा पनि १ सय २५ वर्ष त पुग्यो होला । तैपनि तोक्मे अझै तन्दुरुस्त देखिन्छ । छातीमा तक्मा छ । यो तक्मा भनेको क्यारेम र चेस खेलेर पाउने कुरा होइन कुखरा चोरेर पाउने कुरा होइन यो भनेको वीर गथा वीर गोर्खालीले पाउने कुरा हो यसरी तक्माको कथा सुनाउन मनपराउन तोक्मे बुढाले यसअघि तितो-सत्य आयो बोके दारी जस्ता हास्य सिरियलमा पनि अभिनय गरेका थिए । साथी परदेशी सम्झना न बिस्रेर तिमीलाई-न पाए तिमीलाई दीपशिखा लगायतका ठुला पर्दामा पनि अभिनय गरे । रिलिज हुने क्रममा रहेको फेसबुक र सायद फिल्ममा उनको मुख्य भुमिका रहेको छ । स्टेज प्रोग्राममा व्यस्त विल्सनविक्रम राईसँग एभरेष्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानी 

 


व्यस्तता निकै वढेको छ नि आजभोलि ?
तोक्मे बुढाको रोल गरेदेखि व्यस्तता वढ्न थालेको हो । पुर्वमा मेरो सिगल सोहरु भएकोले दौडधुप बढेको । यो हप्ता मात्र नौ भन्दा बढी स्टेज प्रोग्रामहरु छन् ।


ह्वातै चर्चामा आउनुको कारण के हो ?
मेरी बास्सैले गर्दा नै धेरैले मनपराएको । यसभन्दा अघि मैले कैयौ फिल्म र हास्य टेलिफिल्ममा अभिनय गरे । ती सबैमा म त्यति चम्किन सकिनँ ।


यस्तो हुनुमा कसैको सहयोग छ कि ?
माग्ने बुढाकेदार घिमिरेले पुर्वको कथा राखी सहयोग गर्नुभयो । 
तक्मा सक्कली कि नक्कली
सक्कली नै हो ।


कोबाट लिनुभाको ?
आफन्तबाटै लिएको हो । यसमा नेपाली सेनाबाट पनि ठुलो सहयोग पाएको छु ।


सेनाले आपत्ति जनाएका छैनन् तक्मा लाएर फिल्ममा खेल्दा ?
कहाँ आपत्ति जनाउनु झन खुसी भएका छन् । आफ्नै कथा जस्तो लाग्यो रे सेनालाई त । मलाई पुलिस आर्मी धेरैले फोन गरी खुसी व्यक्त गरे । लाहुरेहरुले पनि फोन गरे । जसा्रब कसा्रव एसपी लगायतले मलाई फोन गरेका थिए ।


आफन्तले के भन्छन् ?
सबै खुसी हुनुहुन्छ । पुर्वका लवज अहिलेसम्म टेलिसिरियलमा आएका थिएनन् । मैले ल्याए । आफ्नो संस्कृति टेलिसिरियलमा देख्न पाउदा आफन्तको स्याबासी पाएको छु । 


राईको छोरा भएर किन लिम्बुको लवज नि ?
राई र लिम्बुको लवज एउटै हुन्छ । फेरि म लिम्बुको भाजो परे नि । ुसेवारोु लिम्बु लवज हो । लिम्बुको दुध खाएपनि यति न्याय त गर्नैपर्‍यो ।


नजिकको कोही लाहुरे छन कि ?
कोही हुनुहुन्न । मेरो बुवा पनि लाहुरे होइन । मावली पट्टिपनि छैनन् ।
कसरी तोक्मे बुढाको कथा निस्कियो त
म धेर जसो प्रोग्राम आर्मी ब्यारेक र पुलिस क्याम्पतिर गर्थे । त्यहाँ पुलिस र आर्मीको भाषा र अनुभव सँगाल्ने मौका पाए । यहीबाट तोक्मे बुढाको पात्र तयार भएको हो ।


तोक्मे बुढा कसले जन्माएको ?
माग्ने बुढाले ।


क्यारेमचेसको कुरा कसरी जोडियो ?
यो मेरो मावली हजुरबाले बोल्ने भाषा । क्यारेमचेस खेलेजस्तो हुन्न जिन्दगी उहाँ यसै भन्नुहुन्थ्यो । उहाँकै धेरै लवजहरु मैले सिरियलमा ल्याको छु ।


अहिले चाहि कस्तो छ त जिन्दगी ?
अहिले फेसबुक टिवटर चलाएजस्तो सहज छैन जिन्दगी । हरेक ठाउँमा संघर्ष गर्नुपर्छ । 


खास नाम विल्सन यसको अर्थ के हो र कसले राखेको हो ?
यो बाबाले राख्नुभएको हो । पहिले वेलसन भनिन्थ्यो । यसको अर्थ राम्रो छोरा हो । पछि विल्सन भयो ।
सिरियलमा त तक्मा भिरेर पुरै दाह्री जुगाँ देखिन्छ बहिरा पनि अलिअलि दाह्री जुगाँ त रहेछ उमेर कति पुग्यो

भर्खरै २५ वर्ष पुगे ।


तोक्मेनी बुढी छन् कि छैनन् ?
खोजिसके विस्तारै भित्र्याइन्छ ।


पर्दा बहिर के गरिन्छ ?
उही हो पर्दा आगडि पुग्न दौडधुप गरिरहन्छु ।


मेरी बास्सैले नयाँ उचाइमा पुर् याएकै हो त ?
एकदम हो । यसैबाट इमान इज्जेत र प्रेस्टिज पाउँदैछु ।

 
होम सिक भएर तुरुन्तै नेपाल फर्के- शर्मा
PDF Print E-mail

alt 

 

  उनको वास्तविक नामले उनलाई थोरैले चिन्छन । बम्बैमा पढ्दा सानो उमेरमै कलाकारहरुले अटो ग्राफर भरेको देख्दा आँफुलाई पनि त्यस्तै कलाकार भएर अटो भर्ने सोच विकास भएको हो गैंडालाई । सोच अनुसार नै मिनरलवाटरको विज्ञापनमा अभिनय गरेर कला क्षेत्रमा प्रवेश गरेको बताउँछन् गैंडा । नेपाल टेलिभिजनमा अहिले प्रसारण भइरहेको हास्यशृङ्खला तितो सत्यु मा गैंडाको परिचयवाट लोकपि्रय बन्दै आएका छन् । सो टेलिसिरयिलमा जहिले पनि फ्रेन्च  कट दाह्रीमा मोटो शरीर भएका कलाकारको वास्तवीक नाम निर्मल शर्मा हो । शर्माले अभिनयको साथै म्यूजिक भिडियो र पाँचवटा चलचित्र निर्माण गरिसकेका छन् । उनको जन्मस्थान काठमाडौ वडा नं ७ मित्रपार्क चाबिलमा भएको हो । देशमा भएको अस्तव्यस्थतालाई सभ्य भाषा प्रयोग गरी संवादका रुपमा प्रस्तुत गरी नेपाली समाजमा जनचेतना गर्नु नै शर्माको मुख्य उदेश्य हो । शर्मा आफ्नो उद्देश्यप्रति प्रतिवद्धता भएकै कारण अमेरिकमा एक महिना पनि बस्न नसक्ने भन्छन् । उनै शर्मासंग एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका शोभाकान्त सिग्देलले गरेको कुराकानी
तँपाइको नाम गैंडा कसरी रहन गयो ?
टेलिसिरियलमा अभिनय गर्दा सवैलाई गाली गर्नु पर्ने हुन्छ । मलाई पनि गाली गर्दा शरिर हेरेर नै गैंडा नाम रहेको हो ।

 

तँपाइलाई गैडा नाम कस्ले राखेको हो ?
मेरो अभिनय क्षेत्रमा सवै भन्दा ठूलो सहयोग गर्ने दिपकराज गिरीले तितो सत्यमा अभिनय गर्दा एक पटक गैंडा भनेर बोलाए पछि सबैलाई मन पर्‍ यो । त्यसपछि सवैमाझ लोकप्रिय भएको हो ।

 

तँपाई अमेरिकमा कहिले आउनु भएको हो ?
माघ ४ गते आएको हुँ ।

 

यहाँसम्म आउने मेसो कस्ले मिलाइदियो त ?
न्युयोर्ककै नोबेल कन्सलटेन्सीका सोमनाथ घिमिरे र चन्द्र पकाश शर्माले मिलाइदिनु भएको हो ।
कुन-कुन ठाउँ घुम्नुभयो ?

न्युयोर्क र वाल्टिमोर मात्र घुमियो ।

 

किन दुईवटा स्थानमा मात्र घुम्नु भएको हो ?
घुम्न त जति पनि पाइन्थ्यो तर म नेपाल चाँडै फर्केको हो ।

तँपाई किन चाँडै फर्कनु भएको हो ?
म होम सिकु भएर चाँडै फर्केको हो ।

 

तँपाईसंग अरु साथि को-को आउनु भएको थियो ?
म संग गोपाल नेपाल फिस्टेु जयप्रकाश रिजाल नरेन्द्र प्यासी र नायीका यूना उप्रेती आउनु भएको थियो ।

 

तँपाईहरु त कलाकार कुनै कार्यक्रम गर्नु भएन ?
हो हामी कार्यक्रम गर्न आएका हुँ तर अहिले अमेरिकामा रहेका नेपालीहरुसँग परिचय संचार र आयोजकसँग परिचय गर्ने मात्र कार्यक्रम भइरहेको छ ।


तँपाई संगै आएका कलाकारहरुको त नेपालमा नराम्रो चर्चा सुनिन्छ हो ?
हो कुनै-कुनै संचारले नबुझेर चर्चा गरेका होलान् तर वास्तवमा मसँग आउनु भएका प्यासीले नेपालकै हिट्स एफ एमवाट तीन विधामा हालसालै अवार्ड पाउनु भएको फिस्टे नेपालमा सिनियर हास्य कालाकार र लोकप्रिय छन् भने नायीका उप्रेति झन् ग्रमिण विकसमा स्नातकोत्तर र अग्रेजी भाषामा पोख्त हुनुहुन्छ । यस्ता कलाकारहरुले अमेरिकामा आएर कला प्रस्तुत गर्नु त नेपालकै गौरव हो ।


यो छोटो बसाईमा न्युयोर्क कस्तो लाग्यो ?
मैले देखेका स्थान मध्ये न्युयोर्क सवै भन्दा राम्रो लाग्यो ।

न्युयोर्कमा के राम्रो लाग्यो ?
ओ हो यहाँ त बाटा कति चाक्ला र ठूला रहेछन तर बाटोमा पुलिस पनि नचाहिने सवै आ-आफ्नो सिस्टममा चल्ने सवै मानिस अनुशासन भएर हिंडडुल गर्ने वातवरण मन पर्‍ यो ।

 

तँपाइ यहाँ पहिलोपटक आउनु भएको हो ?
हो म पहिलो पटक आएको हो ।

 

मुख्य गरि नेपाल र अमेरिकामा के फरक देख्नुभयो ?
अमेरिका र नेपालमा त धेरै फरक देंखे । मुख्य गरि यहाँ हरेक जनतामा लागू हुने नियम कानुन एउटै छ भने सवै ठाउँमा सिस्टम बसेको छ । नेपालको हरेक क्षेत्रमा मानिसलाई विभिधता गरिन्छ भने यहाँ पाईँदैन । मेहनत गरे अनुसारको फल पाइन्छ । यहाँ सवै विकास कार्यमा व्यस्त देखिन्छन् भने हाम्रो नेपालमा राजनीति गरेको मात्र पाइन्छ ।

 

नेपाली कलाकार अमेरिका बस्न भनेपछि भुतुक्कै हन्छन् तँपाइ किन हुनुहुन्न्
म अमेरिकामा जस्तो दिनको १४ /१५ घण्टा नेपालमा नै व्यस्त हुन्छु । त्यसमा पनि मलाई मेरै परिवार र नेपाल धेरै प्यारो लाग्छ ।