|

सङ्गित नै मेरो धड्कन बनिसक्यो - कन्हैया सिंह
नेपाली सुगम सङ्गित क्षेत्रका लागी गायक कन्हैया सिंह एक स्थापित कलाकारको रुपमा आफुलाई उभाईसकेको एक लोकप्रिय नाम हो । नेपालगञ्ज बाँके घरवारी टोल घर भएका सिंहले गायनमा सङ्गित डिप्लोमा (सिनियर) हासिल गरेका थिए । बि स २०५५ सालमा आधुनिक गायन तर्फ रेडियो नेपालवाट स्वर परिक्ष उत्तिर्ण गरेका सिंहले पहिलो एकल एल्वम अलाप आधुनिक गीति संग्रह २०६६ मा आफना स्वर्गीय आम टीकमाया र बुवा गोपाल सिंह स्मृतीमा निकालेका थिए । बि स २०५५ सालमा आफनै रचना सङ्गितमा पहिलो चोटी रेडियोमा रेर्कड गरेका थिए । सङ्गितक गुरु गुरुदेव कामत, धनबहादुर गोपाली र सुरेश सिंह द्धरा सङ्गित तथा गायन सम्बन्धि तालिम लिएका हुन । “नेपालगञ्ज बजारैमा २०५७” “तिम्रो साथ” २०६०”(गायिका अन्जना गुरुङ्गका साथ), “पिरतीको फुल ”(बिभिन्न कलाकारहरुको साथमा ) २०६२ र अपेक्षा (बेष्ट कलेकशन) २०६४ हिट्स अफ कन्हैया सिंह अलाप म्युजिक भिडियो कलेक्सन २०६७ अनुराग भाग २ (कलेक्सन एल्बम) २०६८ चलचित्र तर्फ यतीको खोजीमा, धुर्बतारा, लुटल जिन्दगी, (थारु चलचित्र) जीवनको गोरेटो , जंगलीमान्छे लगायतका चलचित्र हरुमा पाश्र्व गायन तथा सङ्गित तथा २०० जती आधुनिक , लोकगीत लोकपप राष्ट्रि«गीतहरुमा स्वर तथा सङ्गित दिएका कन्हैया सिंहले साङ्गितक यात्राको क्रममा अमेरिकाको बिभिन्न राज्य , कोरिया, बहराहन, लण्डन , युरोपका बिभिन्न देश र भारतका बिभिन्न प्रान्तमा आफनो गायन प्रस्तुत गरी सकेका छन् । सगरमाथा पुरस्कार, साधना पुरस्कार, रेयुकाई सम्मान, ब्राइटर तिम्रो सुर मेरो गीत सम्मान, जुबेनायल नृत्य प्रतिक्षण सम्मान लगायत मध्यपश्यिम सम्मान सुर्खेत (२०६७) ललतिपुर घुसेल सम्मान ताम्रपत्र (२०६७) प्राप्त गरेका कन्हैया सिंह सगं एभरेष्ट टाईम्स विष्णुप्रसाद पौडेलले गरेका केही कुराकानीका केही अंशहरु ।
१, सङ्गितक क्षेत्र नै कसरी रोज्नु भो ? बिशेषगरी मेरो घरमा नै सङ्गितक माहोल थियो मेरा साहिंला बाजे कालुसिंह परियारले राज महेन्द्रको अगाडी बेजोड कला देखाई सक्नुभएको थियो उहाँमा उहाँ मुस्लिम वाजा तासा राम्रो सगं बजाउनु हुन्थ्र्यो त्यसैगरी जेठा दाजु मुम्बैमा को फिल्म उद्योगमा टारमव्याड बजाउनुहुन्थ्र्यो र मेरो माहिला दाजु सुरेशसिंह परियार अरुण थापा, दिप श्रेष्ठ, नारयाणगोपाल, द्धरिकालाल जोशी, प्रकाश श्रेष्ठ, आदी गायकहरुको गीतहरु मिठो सगं नेपालगञ्ज र त्यहाँको वरपरका क्षेत्रमा बिभिन्न स्टेज कार्यक्रममा गाउने गर्नु हुन्थ्र्यो यसरी यो घरको माहोल ले गर्दा पनि मेरो नशा नशामा सङ्गित बहन थाल्यो । र र म पनि बिस्तारै बिस्तारै बाजे र दाजुहरुको क्षेत्रलाइृ नै रोज्न थाले ।
२, सङ्गित क्षेत्र मा लागेपछि कुनैबेला यो पेशा छोडौ छोडौ लागेन ? आरोह ,अबरोह , उकाली ओराली ,दुख सुख सगै निराशा र आशा मानब जीवनमा भईरहने प्रक्रिया हो । यसवाट जो सुकैलाई पनि प्रभाब परिहाल्छ तर सङ्गित नै मेरो धडकन बनिसक्योको हुदँ यो बिना कसरी बाँच्न सक्छु भन्ने कुराले गर्दा सङ्गित पेशा नै छोडने कल्पना समेत गर्ने सक्तिन । ३, यसमा क्षेत्रमा कुन तेस्तो बेला हो तपाईलाई चर्चामा ल्याएको ? मेरो पहिलो एल्बम “नेपालगञ्जै बजारमा” ले २०५७ सालमा मलाई एक गायक भनेर देशब्यापी रुपमा चिनायो भने मेरो पछिल्लो एकल एल्बम २०६६ को अन्तेतिर ल्यएको आधुनिक गीत सग्रंह “आलाप” ले मलाई चर्चाको शिखरमा पु–यायो तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो यो गीतको सिआरबिटी , पिआरबिटी र भिडियो डाउनलोड गर्नेर अडियो सुन्ने दर्शक तथा स«ोता को सख्या अत्याथिक नै रह्रौ । मेरो आमा टिकामाया परियार को स्मृतीमा ल्याएको हुदाँ पनि आल।प लाई म आमाको आर्शाबाद मान्दछु ।
४,आलाप एल्बमले नै हो तपाई चर्चामा ल्याएको ? हजुर । अलाप नै मेरो गायन क्षेत्रको को कोशेढुङ्गा साबित भयो । ५,तपाईले रोज्नु पर्दा सङ्गितमा या गायनमा के लाई रोज्नु हुन्छ ? गायन मेरो बिधा भएको हुदाँ यसलाई नै प्रथामिकता दिनु पर्ने हुन्छ तर गायन र सङ्गित को सम्बन्ध भने नङ्ग र मासुको जस्तै हुने हुदाँ यसलाई छुट्टाएर हेर्ने भनेको धडकन बिनाको मुटु को कल्पना गर्नु सरह हो । ६,आलाप एल्बम पछि तपाईको सङ्गितक यात्रा कस्तो रह्रो ? आलप र यसका गीतहरुले नै मलाई लोकप्रियको शिखरमा पु–याईदियो । देशभित्र हुने महोत्सबहरु हुन या कन्र्सट तथा देश बाहिर हुने कार्यक्रम मा पनि स«ोता र दर्शक तथा शुभचिन्तक एवं सन्चारकर्मीको न्यानो माया ले गर्दा बाक्लो सहभागिता हुने अवश्र पनि पाईरहेको छु । ७, आगामी दिनमा स«ोतामाझ तपाईको नयाँ सङ्गितक कोसेली के हुने छ ? निश्चयत त भईसकेको छैन तर पनि स«ोता दर्शाक र सन्चारकर्मीहरुको न्यानो माया र उत्सुकतालाई मध्यनजर राख्दै सायद बि स २०६९ तिर आलाप २ ल्याउने सोच गर्दै छु त्यसको लागी केही रुपमा एल्बमको काम थाल्ने प्रकिया आगाडि बढेको छ । ८,आगामी एल्मबमा नयाँ केही प्रयोग हुने छ की ? सुगम सङ्गित मा आधारित लोक आधुनिक को पन मै मेरो जोड हुन्छ र स«ोता र दर्शाक को चाहान। पनि त्यही नै हो र समयको माग पनि जाहा सम्म प्रयोग को कुरा मा आलाप २ लाई लेटेस्ट म्युजिक प्रिबिधिको को प्रयोग वाट सुन्दर सङ्गितको (लोर्टस टेम्पल)बनाउने प्रयास गर्ने छु
|