दर्ता तथा प्रवेश
विविध
चेतनामूलक गीततिर लागेको छु– मिङमा
PDF Print E-mail

alt

काठमाडौंको ज्याठामा जन्मे, हुर्केका मिङमा शेर्पा पप गायनमा चर्चित नाम हो । छमछम छमछम पाउजु बजाउँदा, नमुना बनाइदियौ पागल प्रेमीको, आँसु झार्दिन म, जामा जामा जाली रुमाल, खस्यो पानीमा..जस्ता गीतले उनलाई धेरैमाझ चिनायो । स्टेजमा दर्शक तताउन माहिर मानिने शेर्पाले केही रिमिक्स गीतमा समेत स्वर भरेका छन् । स्वर, शासनजस्ता फिल्मका गीतमा समेत गीत गाएका उनी हिजोआज सहयोगमा समेत जुटेका छन् । उनै गायक शेर्पासँग एभरेस्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानी :

पछिल्लो समय नयाँ गीत बजारमा आएको देखिँदैन नि ?
दुई वर्ष जति भयो होला । एल्बमै बनाएर बजारमा नआएको । तर एकदुई गीत त गरिरहेकै छु । फिल्मतिर पनि गाउन थालें । पप गीत मिडियाको प्रमोशनमा पछि परेर पनि त्यस्तो भएको हुन सक्छ । जामा जामा जाली रुमाल, खस्यो पानीमा त हालसालै गाएको गीत हो ।
यो गीतमा जुन सानीमाको चर्चा गर्नुको कारण ?
यो बिल्कुलै शेर्पा समाजको संस्कृति झल्काउने गीत हो । आमाको बहिनी, बुवाको साली, आफ्नो सानीआमा पर्ने साइनो बताउने गीत हो । कुनै किसिमले सानीआमालाई जिस्काउन बनाएको गीत होइन । पुरानो भाकालाई केही थपथाप गरी बनाएको गीत भएकाले यो धेरैले मनपराए । लुक्लातिर पहिलेपहिले साइनो सिकाउने शिक्षामूलक गीत हो यो ।
गायनको अर्कै विधा पछ्याउँदै हुनुहुन्छ रे, साँच्चै हो ?
केही समय यता म गीत छायांकन गर्ने क्रममा अपांगता भएका व्यक्तिहरुको संगतमा पुगे । उनीहरुको अवस्था देख्दा, कसैले सहयोग नगरेको देखेर मलाई केही गर्नुपर्छ जस्तो लाग्यो । उनीहरुकै सहयोगका लागि चेतनामूलक गीत बनाउनतिर लागेको छु । यो भन्दैमा पप विधा नै छाडेको चाहिँ होइन ।
चेतनामूलक गीत बनाइदिने कम्पनी कसरी पाउनुभयो ?
आफैंले कम्पनी खोलेको छु । अरुले यस्तो गीतमा हात हाल्न, प्रमोसन गर्न चाहदैनन् । किनभने व्यापारित गीतहरुको व्यवसाय त डामाडोल छ । चेतनामूलक गीतमा कस्ले साथ देला । त्यसैले नाफारहित काममा आफंै अघि बढेको ।
गायनमा राम्रै कमाइ भएरै यस्तो आँट गर्नुभएको होला ?
गायनको अवस्था कस्तो छ सबैले देखेकै छ नि । देशै यस्तो छ । व्यापारिक अवस्था खत्तम छ । सिडीको बजार छैन । विल्कुलै सहयोगका लागि आफै खट्ने हिसाबले यस्तो कार्यक्रम बनाएको हुँ । मेरो गीत सुनेर हेरेर अभावमा रहेकाहरुले केही राहत पाउलन् कि भन्ने आशामा ।
सानैदेखिको सपना हो गायन ?
सपनै भनांै, सानैदेखि गीत गाउँथे । दिदीले सुनिदिनुहुन्थ्यो । साथ दिनुहुन्थ्यो । दाजुले पनि उत्तिकै साथ दिनुभयो । गीत गाउँदै क्यासेटमा रेकर्ड गर्थें । अनि सुन्थे । निकै मज्जा लाग्थ्यो । स्कुलका कार्यक्रममा पनि गाउने मौका मिल्थ्यो । प्रतिभा देखेरै हो कि, क्लासमा पनि टिचरले गीत गाउन लाउनुहुन्थ्यो ।
कत्तिको खुसी हुनुहुन्छ, यो पेसा अपनाएकोमा ?
एकदमै खुसी छु, दाम त्यति नकमाए पनि नाम कमाएको छु । अमेरिका, युरोपसम्म पुग्न पाए । नेपाल भर घुम्न सके । गीत मनपराउने धेरैले मलाई पनि मन पराउँछन् ।
अमेरिकामा कति समय रहनुभयो ?
गायनमा लागेपछि सबैभन्दा पहिले नै म अमेरिका जान पाएँ । म आफ्नो अहोभाग्य ठान्छु यसलाई । निमा रुम्बा, राजु लामा, सिन्धु मल्ल जस्ता होनहारसँगै भर्खरै गायनमा पाइला टेकेको मिङमा पनि न्युयोर्क, टेक्सास, क्यालिफोर्नियामा मञ्चमा उभिन पायो ।
अमेरिकी अनुभव ?
मलाई धेरैले त अमेरिकै बस्न सुझाएका थिए । तर नेपाल, कलाकार र परिवारको इज्जतकै लागि भए पनि म त्यता बस्न सकिनँ । शेर्पा समुदायको बाहुल्य रहेकाले धेरैले म अमेरिकामै लुक्न सक्ने अड्कल काटेका रहेछन् । केहीले त म न्युयोर्कमै लुक्ने भनी बाजी राखेका रहेछन् सयदेखि हजार डलरसम्म ।
ग्रिन कार्डमा कत्तिको मन छ ?
छैन । किनभने म अब लगभग स्थायी रुपमा बस्न क्यानडा जाँदैछु । गीत संगीतमा भने निरन्तरता नै हुनेछ ।

 
फेरि किन विवाद निम्ताएको ?
आइतबार, 17 मार्च 2013 15:50    PDF Print E-mail

alt

कुनै पनि घरमा वा संस्थामा अनुशासन भएन भने त्यहाँ सबै थोक भताभुङ्ग हुन्छ। अहिले नेपाली काँग्रेसमा पनि त्यस्तै अवस्था छ। चाहे त्यो नेपालमा होस् वा त्यो विदेशमा रहेको नेपाली कांग्रेस पार्टीको विदेशमा रहेको भात्री संगठन, जन सम्पर्क समिति कै होस, जताततै प्वालै-प्वाल परेको छ, सायद यो नेतृत्व तह कै नेतृत्व गर्ने क्षमतामा कमी कमजोरी भएर त होइन!केहि महिना अगाडी नेपाली काँग्रेस पार्टीका केन्द्रिय समितिका सदस्य तथा जनसम्पर्क बिभागका प्रमुख अर्जुन जोशीको उपस्थिती तथा जनसम्पर्क समिति अमेरिकाको खास गरेर न्युयोर्क च्याप्टर विवादित दुवै समूहका बिच एक किसिमको सकारात्मक बार्ता भै, केहि साथीहरूलाई निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन गरि सहमती अनुसार पाँच जनाको निर्वाचन समिति गठन पनि गरेको सुनिएकोमा सबै नेपाली काँग्रेसका सदस्य समर्थक र सुभचिन्तकहरूमा एक किसिमको सकारात्मक संदेश पनि गएको पाइएको थियो तर केहि समय बित्न पाएको छैन फेरि कांग्रेसी साथीहरू बीच मतभेत उत्पन्न हुन थाली सक्यो। अमेरिकामा कांग्रेस मिल्यो भनेको त के हुन्थेयो , त्यो त भ्रम मात्र रहेछ। जन सम्पर्क समिति अमेरिका न्युयोर्क रहनु हुने एक जना सक्रिय सदस्य र बिगतमा च्याप्टरको जिम्मेबारी पद सम्हाली बस्नु भएका सच्चा कार्यकर्ता तथा न्युयोर्क च्याप्टरका पूर्व महासचिब विकास बिस्ट ज्युले लेख्नु भएको लेख मैले डी.सी नेपाल भन्ने वेभ पोर्टलमा पढ्दा मलाई एउटा उखान याद आयो, " १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै" सायद दहरो खाले कपालमा लगाउने जेलको खाचो त होइन सिधा हुनका लागि। केहि व्यक्तिहरूलाई सधै समाचारको पात्र बन्न मज्जा लाग्छ होला। विकास बिस्टको प्रस्तुतिमा नेपाली काँग्रेस पार्टीको सच्चा कार्यकर्ता भएको मैले आभास गरे ।  

मेरो विचारमा साँच्चै भन्नु पर्दा म एक नारी भएर, न्युयोर्क सहरमा राजनीतिक गर्ने अग्रजहरूले गरेको नारी दिवसको सर्हाना नै गर्नु पर्छ तर विवादमुक्त भै सकेको जनसम्पर्कलाई फेरि बिबादित बनाउने कार्य त्यो पनि जन सम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरको नामको ब्यानरमा दिवस मनाई संस्थालाई विवादित नगर्दा राम्रो हुनेथियो। बुझ्न खोज्दा पनि बुझ्न नसकिने। ५ जना सदस्यलाई सर्बसम्मत निर्णय अनुसार एक-आर्कामा संयोजन गरि कुनै पनि खाले गतिविधि प्रजातान्त्रिक तवरहुनु पर्नेमा, निर्वाचन समितिका १ जना सदस्यले मनोमानी गरि आफ्नै ढंग ले गर्नु कहाँ सम्मको प्रजातान्त्रिक अभ्यास हो ? त्यो सबैले सजिलै बुझ्ने कुरा हो।न्युयोर्कमा यसरी कांगेस फुट्दा के कांग्रेसलाई फाइदा भएको छ त! अवस्य छैन अनि यस बाट हुने असर केहि व्यक्तिहरूलाई मात्र नभई सिंगो काँग्रेसलाई भै रहेको छ। आज काँग्रेसलाई कम्जोर बनाउन काँग्रेस कार्यकर्ता नै लाग्नु कति सम्मको लाज मर्दो कुरा। काँग्रेस फुट्नु नै अरू गैर-कांग्रेसहरूको फाइदा हो भन्ने कुरा यी साथीहरूले कति न नभुझेको हो।

नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय र केन्द्रिय नेताहरू पनि के खालका हुन् कुन्नि, कतिका वर्ष भै सक्यो एक जना व्यक्तिलाई मात्रै उत्तर अमेरिकाको प्रतिनिधि छनौट गरि सदाको लाइ गरि खाऊ भनि दिएको जस्तो। स्मरण रहोस, काँग्रेस पार्टीमा कुनैपनि पद मा पदिय जिम्मेबारी निर्वाह गर्न चुनाब हुने गर्छ र सो चुनाबबाट कुनै खाले प्रतिनिधि निर्वाचन भै पार्टीको पदिय दायित्व जिम्मेवारी तोकिएको समय लाई जिम्मेबारी दिने प्रजातान्त्रिक चलन छ, तर यहाँ त यस्तो महत्वपूर्ण पदका लागि पनि चुनाब नहुदा सबैले अचम्म मान्नु पर्ने होइन र!!! जनसम्पर्क भित्र पनि केहि साथीहरूलाई सायद चुनाबबाट डर लाग्छ होला र हारिन्छकि भन्ने डरले चुनाबी वातावरणमा जानु आगाडी नै विवादित क्रियाकलाप गरे त कसरि चुनाब हुने र सधै पदको स्वाद पनि चाखी रहने खालको केहि व्यक्तिहरू को विचारले सम्पूर्ण कांग्रेसजन लाई उदास पुराउने कार्य बाहेक अरू केहि भएको छैन। चुनाबी प्रक्रियामा जानु अनि साङ्ठनिक संरचनाको एउटा रुप दिए कति जाति हुने थियो र प्रजातान्त्रिक पद्दती हुने थियो तर यस्तो नभएर सधै झगडाको राजनीति। केहि समय अघि त एक समूहले अर्को समूहलाई गाली गरि एक अर्काको दुस्मन भएको पनि देखियो। विचारको राजनीति गर्न पाउनु सबैको प्रजातान्त्रिक अधिकार हो तर गाली अनि विवादको राजनीतिक अवस्य पनि काँग्रेस पार्टीको लागि राम्रो होइन। स्मरण रहोस, हाम्रा आदरणीय नेता गिरिजा बाबुले माओबादी जस्तो आतंक र हिंसामा विश्वासगर्ने पार्टीलाई त बार्ता मार्फत राजनीति गर्न सिकाउनु भयो भने तपाई जस्तो बुद्धिजीविको जमात, त्यो पनि अमेरिका जस्तो प्रजातान्त्रिकमुलुकमा बस्नु भएको छ र पनि तपाईहरूलाई जनसम्पर्कको एकै छाता भित्र बस्न कति गारो त हो! यदि बनाउन सकिदैन भने बिग्रने कार्य पनि नगर्नुस न हो।काँग्रेस वा जनसम्पर्क समिति केहि व्यक्तिहरूको संस्था होइन, हामी जस्ता धेरै प्रजातान्त्रिक सदस्यहरू को एउटा समूह हो

त्यसैले यस प्रजातान्त्रिक थलोलाई बलियो बनाऊ।संस्था बलियो भए न यसका सदस्य बलिया हुन्छन, संस्थामा नै विवाद वा दुइ अनि तिन चिरामा परे के हामी बोलियो हौला त!!! सायद यी कुराहरू मैले साथीहरूलाई भनि राख्नु पर्दैन विवाद जन्माउन खोज्नेहरू आफैमा परिस्थितिलाई बुझ्न सक्षम हुनुहुन्छ।

जन सम्पर्क समिति, शब्द आफैमा कति सुन्दर. महान नेता बि.पी.कोइरालाको दुरगामी सोच, विदेशमा छरिएर रहेका काँग्रेसप्रेमीलाई एकै छातामुनि समेट्न सकिने अति सुन्दर र प्रजातन्त्रिक प्रयास लाई हामी सधै सम्मान गर्छौ तर यहाँ यो संस्थालाई दुषित बनाएर सारा कांग्रेसलाई दुषित बनाउने कार्य गर्नु कुनै पनि काँग्रेस प्रेमीलाई मान्य हुने छैन । सधै विवाद, अब त यस्तो लाग्छ..........भन्दा देख्नेलाई लाज!!! सायद मलाई अमेरिकाको जन सम्पर्क समितिको विवादको गहिराइ थाहा छैन होला, सायद बिगतका दिनमा कार्य गर्ने क्रममा केहि साथीहरू बाट अन्जानमा गल्ति भएका थिए होलान तर त्यो सबै कथा भै सक्यो अनि त्यहि बिषय लाई फेरि दोहोराउनु पर्छ भन्ने छैन। सबै खाले विवादलाई बार्ता र समझदारी बाट सुल्झाउन सकिन्छ र केहि महिना अगाडी हाम्रो नेपाली कांगेसका केन्द्रिय सदस्य तथा विदेश बिभाग प्रमुख, अर्जुन जोशीले त्यहि गर्नु भएको थियो जुन कार्यको सबै कांग्रेसका साथीहरूले सम्मान गरेका थिए तर केहि समय नबित्दै फेरि बिबाद र फाटो ल्याउने कार्य किन?आज सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरू एक भै नेपालमा नेपाली काँग्रेस पार्टीलाई सहयोग गर्नु आवस्यक छ। नेपालमा अप्रजातान्त्रिक र तानासाह लाद्ने शक्तिहरूले काँग्रेसलाई पाखा लगाउने कार्यको सहयोग केहि काँग्रेसका नेतृत्वबाट नै भै रहेकोमा हामी जस्ता विदेशमा बस्ने काँग्रेस अनि प्रजातन्त्र प्रेमीले आवाज उठाउनु पर्ने आवस्यक छ। साथीहरू, हामी काँग्रेस एक जुट भै काँग्रेसलाई दह्रो बनाऊ। आफ्नो स्वार्थका लागि वा कार्यक्रममा बक्ताहुने होडबाजीका लागि कांग्रेसलाई प्रयोग गर्न छोडौ अनि मात्र हामीले १ जनसम्पर्क समिति र अमेरिकामा बलियो काँग्रेसको निर्माण गर्न सक्ने छौ।

निर्मला बाँस्कोटा

न्युयोर्क
nirmalabaskota@gmail.com

पछिल्लो परिमार्जन ( शुक्रबार, 22 मार्च 2013 14:03 )
 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
नारी दिवस र महिला आन्दोलनको चुनौती
PDF Print E-mail

आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक आदि जस्ता विभिन्न विधामा महिलामाथि भएको विभेदको अन्त्य गर्नका लागि आजभन्दा १०२ वर्ष अघि अस्ट्रेलिया, डेनमार्क, स्विट्जरल्यान्ड आदिजस्ता देशबाट सुरु गरिएको यो नारी दिवस अहिले विश्वव्यपी रुपमा मानिन्छ ।अनौपचारिक रुपमा महिलाहरुले सुरु गरेको आन्दोलनको समय अन्तराललाई हेर्ने हो भने महिला आन्दोलन १५ औं शताब्दी भन्दा अघि सुरु भएको हो र महिलामाथि भएको सामाजिक विभेदलाई अन्त्य गर्दै समान ज्याला, रोजगारीमा समान अवसर, समान शिक्षाको अवसर, समान राजनीतिक अवसर आदि जस्ता मुद्दा माथि महिलाहरुले सुरु गरेको आन्दोलन यतिको समय आइपुग्दासम्म ति क्षेत्रहरुमा समानता आउन सकेको छैन । यधपी महिलालाई कसरी समान न्याय र समान अवसर प्रदान गर्ने भन्ने उद्देश्यले हरेक वर्ष मार्च ८ तारिखका दिन नारी दिवस मानिने गरिन्छ । 

 

 
शहीद लखन थापामगर प्रतिको सच्चा स्मृती जात निर्पेक्ष नेपाल
बिहिबार, 21 फेव्रुवरी 2013 19:02    PDF Print E-mail
 
--बिष्णु सिंह (बैजु )--
नेपालका जनजातीहरुले नेपालका पहिलो शहीदको रुपमा दावा गरिएको लखन थापामगरको सम्झनामा १३६ सौ स्मृती दिवस मनाइयो । बिगतमा मगर सघ र जनजाती महासघको सयुक्त आयोजनामा यो कार्यक्रम गरिन्थ्यो। तर यसपाली जनजाती महासघले मात्र कार्यक्रम आयोजना गरेको बुझियो । शहीद रास्ट्रको बिभुती हुन्छ । उ कुनै जाति, धर्म्, बर्ण, लिङ्, भेष्, भुषाको सन्किर्णतामा बाधिएको हुँदैन । उसको छातिमा सिङो देश र जनताको स्वार्थ रहेको हुन्छ । त्यसैले उसको सम्झना र सम्मान देश बिदेश सबै तिरबाट हुन्छ । बिभिन्न रास्ट्रीय, अन्तरस्ट्रीय नेताहरुले हाम्रो सहिद्गेटमा गई शहीद प्रती सम्मान अर्पण गरेबाट यो पुस्टी हुन्छ । तर नेपाली मनस्थिती वा जातपातको एनजिओ वा सस्था चलाउनेहरुको सकृण सोचाई वा प्रबृतिले भने नेपालमा जे कुरा पनि जातपात मै अल्झाउने गरेको देखिन्छ । जसले गर्दा नेपालीहरुको एकतामा ठुलो आन्च आएको छ । नेपाली एकता ठुलो खतरबाट गुज्रीरहेको छ ।
 
लखन थापामगर जसले जङ बहादुर राणाले बि स १९१० मा बनाएको देश द्रोही पुरानो मुलुकी एन बिरुद्ध शसत्र आन्दोलन गर्न सबै जातिका करीब २००० जती युबाको समाबेसी सेना निर्माण गरे; जसले राणा शासकको बिदेशी गुलामी र तीनको हस्तक्षेपबाट देश बचाउन तथा देशमा प्रजातन्त्र ल्याई सपुर्ण जनताको समानता र स्मृधिको लागी आफ्नो ज्यानको परवाह गरेनन्; ति नै शहीदको स्मृती दिवस जातपातको भावनाले ग्रस्ती भई मनाउनु कत्तिको उपयुक्त हुन्छ सोचनिय कुरा छ । अहिले नेपालमा जङबहादुरले बनाएको पुरानो मुलुकी एन चितामा जली सक्यो । २०६८ सालमा नेपालले जातिय भेद्भाव बिरुद्धको दण्ड्निय कानुन बनाइ सकेको छ । तर पनि पुरानो मुलुकी एनले छोडेको छाप यथावत छ । जङ्बहादुरको समयमा थापामगर जतीसुकै सुयोग्य, बहादुर भ्एता पनि जर्नेल वा सेनापती हुन पाउदैन थे । तर राणाजी भए सास फेर्नै गार्हो हुने भुडी झुन्डेको भएपनी सजिलै माथिल्लो दर्जाका सेना हुन्थे । यसको उदाहरण त २०६८ सालमा मात्र बल्ल जनजातीबाट नेपालि सेनापती बनाइएकोबाट स्पस्ट हुन्छ ।
 
जङ्बहादुर जनताले चुनेर प्रधानमन्त्री बनेका ब्यक्ती थिएनन । भारतमा बेला बखत बृटिश उपनिबेस बिरुद्ध जनता एक्जुट भई आन्दोलन गरिरहन्थे । त्यो स्थित नेपालमा रोकन उनले जातिय भेद्भाव युक्त कानुन देशमा लादे/ यसले गर्दा नेपाली समाज एक दरिलो तह्गत सामन्ती ब्यवस्थामा परिणत भई एक जातले अर्को जातकालाई स्वत नियन्त्रण र शोसण गर्न मिल्ने आधार खडा गरेर आफ्नो जहाँनिया शासन सुगम तरिकाले अगाडी बढाउने मार्ग बनाए । जसबाट जनता फुटाइ जहाँनिया शासन अघी बढाउन सहज हुने देखेका थिए । परिणाम स्वरुप नेपाली जनता तागाधारि, मतवालि, पानी चल्ने, पानी नचल्ने आदीमा बिभाजित हुन पुगे ।यस तह्गत सामन्ती ब्यवस्थामा बाहुन नै भए पनि उपाध्याय बाहुनले सन्यासी बाहुनलाई आफु भन्दा सानो ठान्ने र भान्सामा नहुल्ने र बिहावारी गर्दैन । बाहुनले जस्तो सुकै अपराध गरे पनि उसलाई कानुनले प्राण दन्ड नदिने र उसको दान दक्षिण सुर्क्षित हुने देखे पछी उस्ले यस एनको बिरोध गरेन । त्यसतै बाहुनले छेत्रीलाई सानो ठान्ने र हेप्ने । यस्को ज्वलन्त उदाहरण हो केहि समय पुर्व एक बेलायतमा अनलाईन ब्यवसाय गरी निकै नाम र धन कमाएका युवाले आफ्नो छेत्रीनी आमालाई बाहुन बाबुको घरमा सानो जातको भनि निकै हेला र हेपाइ पाएको देखी उनले आफ्नो जातै परिवर्तन गरी बिदेसी जात राखेको न्यूयोर्कका नेपाली समाचारले छापेका थिए ।
 
यो लेखक सन १९६० तिर प्राथमिक कक्षामा पढदा सामाजिक सिक्षा पुस्तकमा लखन थापामगरको बारे पढ्ने मौका प्राप्त भएको थियो । त्यतिबेला कालीलो मस्तिस्कले लखन थापामगरलाई सम्झदा निकै गर्व लाग्दथ्यो । उनले राणा शाशनको अन्या, अत्याचार र देश द्रोही कार्य बिरुद्ध देश र जनताको मुक्तिका लागी आफ्नो ज्यानको परवाह नगरि लडेको कुरा पढदा उनि निकै महान ब्यक्तित्व भएको अनुभव हुन्थ्यो । तसर्थ यस्ता शहीदको स्मृती दिवसमा आफुलाई निमत्याएकोमा निकै गर्व अनुभव गरी भाग लिन गैइयो । तर जनजाती महासघले गरेको कार्यक्रममा जनजातिका कुनै बक्ताबाट लखनको बारेमा कुनै कुरा सुनिएन । एकजना बक्ताले बाहुनले मन्त्र पढे झै किताब हेरेर केके भुन्-भुन गरे कसैले बुझेनन । कार्यक्रम शहीदको बारेमा भन्दा जनजातिको परबर्धन गर्न गरेको झै आभास हुन्थियो । ३ घण्टाको लागी भाडामा लिएको हलमा कार्यक्रम २ बजे देखी ५ बजे सम्म गर्ने ब्यवस्था थियो । तर हल ३ बजे सम्म खाली नै थियो । त्यसपछी तातो न भुत्लोका सस्था र तीनका प्रतीनिधीको स्वागत र परिचयमा समय बिताइयो । यसबाट नेपालको प्रथम शहीद प्रती जनजातिले कुन स्तरको स्रद्धा गर्दा रहेछ्न भन्ने पनि अनुमान गर्न गार्हो परेन । नेपालको बाहुनबाद बारे कार्यक्रम सन्चालकले बिरोध गर्दै त्यसको अन्त्य हुनु पर्ने बारे बिचार अगाडी सारे । तर जनजातीबादलाई परबर्धन गर्न भने चुकेनन । यसबाट शहीद लखनको भावना र बलिदानको मर्म नै नबुझेको जस्तो देखिन्छ ।
 
महासघले गरेको कार्यक्रममा बिगत बर्षको भन्दा यस बर्ष निकै पातलो जनजातिकै मात्र सहभागिता भएको देखिन्थियो।न्यूयोर्क स्थित नेपाली नियोग प्रतीनिधी सेवा लम्साललाई प्रमुख अतिथीको रुपमा निमत्याईएको थियो । महासघका अध्यक्षले उनि मार्फत प्रधान मन्त्री बाबुराम भट्टराइलाई हाल नेपालको १० हजारको शहीदहरुको भिड्बाट लखन थापामगरलाई नेपालको प्रथम शहीद घोषणा गराउन ज्ञापन पत्र बुझाए ।
 
नेपाललाई जात निर्पेक्ष राष्ट्र बनाउनु लखन थापामगर प्रतिको सच्चा स्मृती दिवस:
 
लखन जातपातको अन्त्यका लागी शहीद भ्एका हुन । त्यसकारण देश जसरि धर्म निरपेक्ष भएको छ त्यसरि नै अबको सम्बिधानले जात निरपेक्ष नेपाल घोसणा गर्नु पर्द्छ । त्यसपछी जनताले आफ्नो इच्छा बमोजिम जुन भाषा सन्स्कृती पनपर्छ त्यही अप्नाउने छ्न । यस्ले गर्दा देशमा बिद्यमान भाषा, धर्म्, सन्सकृती बिच प्रतिस्पर्धा भई बिकास गर्ने मौका पाउछ्न । अनि जस्ले बढी से बढी जनतालाई आफुमा आकर्शित गर्न सक्छ त्यसैमा जनसख्या बद्छ । नेपालका प्रथम शहीद लखन थापामगरलाई साचो अर्थमा सम्मान गर्ने हो भने नेपालका तहगत सामन्ती ब्यवस्था अन्त्य गरौ!सबै जनतालाई समान बनाऔ! देश र सबै देशबासिलाई जातपातको कुरबाट अलग राखी एक्जुट पारी राष्ट्रलाई अगाडी बढlउ! यही नै शहीद लखन थापामगरलाई १३६ सौ स्मृती दिवसको श्रधान्जलि!
पछिल्लो परिमार्जन ( मंगलबार, 26 फेव्रुवरी 2013 06:10 )
 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 
समाजसेवी मैनालीले अपनाएको वाटो
शनिबार, 09 फेव्रुवरी 2013 02:59    PDF Print E-mail

alt 

गगन बिरही 

गएको मंसिर १ गते अध्यक्ष पुष्पकमल दहाललाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरको नाकको उपचारका लागि न्यूयोर्कमा बस्दै आउनु भएका समाजसेवी अर्जुन प्रसाद मैनालीले पठाउनु भएको १० हजार नेपाली रुपैयाले नेताहरुको सिरक ओड्ने न्युयोर्कका साथीहरु माझ एउटा साँकेतिक सन्दर्भ छोड्नु भएकोछ । अमेरिकी नागरिकहरुका लागि आवश्यक पर्ने रगत प्रवासी नेपालीहरुबाट संकलन गरी रक्तदान अभियान चलाइरहेका मैनालीको सामाजिक प्रशंसनीय सत्कर्मसगै राजनीति चेतनामा गरेको प्रहारको यो बिम्बले मनपरी तन्त्रमा एउटा नागरिकले कसरी सचेत हुनु पर्छ भन्ने कुराको खुलासा गरेको छ। परिवारनै जनयुद्धदेखि माओवादीमा लागेर भोग्नुपरेको पारिवारिक समस्याजन्य मानसिक तनाव तथा अन्तरमनको द्वन्द्व एवं विद्वेषपूर्ण आवेगका कारण घटना भएको' प्रतिवेदनमा उल्लेख गरेता पनि प्रचण्ड स्वयँले नागरिकको जिम्मा लिन नसक्दा नेताहरुले यस्तै व्यबहार भोग्नु पर्छ भनेर स्वीकारोक्ती जनाउनु भएको छ ।
छापिएकै कुरा हो, चर्चामा आएकै कुरा हो- नीतिशास्त्री चाणक्यले छ वर्षदेखि पन्ध्र वर्षसम्मको उमेरका बालबच्चालाई सचेत गराउन हप्कीदप्की र थप्पड हान्नुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ ।नेपालको गणतन्त्र ल्याउने नेताहरुको बिचार व्यबहार बालककै जस्तो भएको कारणले नेताहरूलाई बारम्बार सचेत गराउन थप्पडको शृङ्खला दोहोरिँदै गएको छ । बास्तवमा अर्जुनजीको बिम्ब भनुं कि साकेतिक भाषा भनुं -कुरा एउटै हो सानो सलाईको काँटीले हजारौं रुखहरु खरानीमा परिणत गर्न सक्छ ।
सबै रिसराग, क्रोध, आक्रोशको केन्द्रबिन्दु चाहिँ अहिले पनि सत्ता र दलीय एकताको अभावले गर्दा नै आज मुलुक संवैधानिक तथा राजनीतिक सङ्कटको भुमरीमा रिङ्न बाध्य छ। कसैलाई सत्ता जाने डर त कसैलाई सत्ता नपाउने चिन्ता ? व्यक्तिगत, समूहगत तथा दलगत स्वार्थको भुमरीमा जेलिएका नेताहरू मुलुक र मुलुकवासी भयानक सङ्कटमा पर्न थाल्दा पनि राष्ट्रिय सोच अँगाल्नेतर्फ अग्रसर नदेखिनुले भविष्य अत्यन्तै कष्टकर एवं अकल्पनीय ठहरिन सक्ने शङ्का बढेको छ।आशा गरिएका, भरोसा राखिएका र शिरोपर गरिएका नेताहरू कर्मपरायणताबाट च्युत भई यसरी लज्जाजनक स्थितिमा आउने कल्पनासम्म पनि जनताले गरेका थिएनन् ।
आज कान्तिपुरको छातीमा टेकेर पदम कुँवरले मात्र हैंन लाखौं नेपालीहरुले कान्तिपुरको मुटुमा यसरी प्रतिक्रिया ब्यक्त गर्छन् -गरिबिसँग लड्दालड्दा च्यातिएका नङ, उधि्रएका हत्केला र निखि्रएका जाँगरका बाबजुद नेपाली जनता राष्ट्रको सपना फक्राउने अभियानमा होमिएका थिए । तिनै मीठा सपनाहरूको बिस्कुन फिँजाएर जनतालाई मानव ढाल र स्वार्थ प्राप्तिको खुट्किलो बनाएर अहिले सत्ता स्वादनमा लिप्त नेताहरूदेखि जनता विक्षिप्त छन् ।आज देश दुखेका बेला नेताहरू कन्दराका झुपडीमा सल्किएको भोक,शोक,प्यास,असह्य पीडा र वेदनाको ज्वाला हेर्दै निष्काम बसेजस्तो भान भएको छ ।यस्तोमा जनता चरम निराशामा पिल्सिएका छन ।
रित्ता काख, खाली सिउँदो र घाइते अंगहरू बोकेर आँसु निखि्रएका आँखामा आफन्तका रेटिएका घाँटी र टुक्राटुक्रा शरीरको सम्झनामा लपेटिएका हजारौँ मनहरू नेताहरूको देशप्रतिको गैरजिम्मेवारी र व्यक्तिगत स्वार्थ देखेर पागलपनको अवस्थामा पुगेका छन् ।जनताका नाममा राजनीति गर्ने, युद्ध गर्ने,विद्रोह गर्ने र सत्तामा पुग्ने तमाम नेताले होसियार हुनैपर्छ। जनताको खबरदारीलाई बेलैमा आत्मसात् गरिनुपर्छ, नत्र वितृष्ण जनताले कुन बेला,के कस्तो विरोधको आँधीबेहरी सिर्जना गर्ने हुन्, ठेगान हुँदैन ।
एक मुकाले त यत्रो हल्ली खल्ली मच्चायो भने लाखौं मुक्काको सभावनाले झनै के होला ?सत्ता स्वादन छ,अर्जुनजी ! सुन्दा राम्रो हेर्दा घुमाउरो र चिता आकर्शक बाईरोडको बाटो जस्तै मुक्का हानेका घाइतेलाई तपाँईले दिनु भएको दश हजार रुपौया पनि गतिला मुक्कानै त हो ।

पछिल्लो परिमार्जन ( शनिबार, 09 फेव्रुवरी 2013 03:03 )
 
लोडसेडिङको मारमा एफएम रेडियो ।
बिहिबार, 07 फेव्रुवरी 2013 03:53    PDF Print E-mail

alt

निमा पाखि्रन / न्युयोर्क 
दिनहुँ नेपालबाट प्रसारित एफएमबाट समाचार सुन्दा थाहा लाग्छ, नेपालमा केहि बर्ष यता हुँदै आएको लोडसेडिङ निरन्तर बढ्दो छ । अहिले दिनको १२ घन्टा पुगेकोछ भने अगामी फागुन-चैत्र सम्ममा १८-२० घन्टासम्म पुग्न सक्ने बताईएको छ । म नेपाल छँदा स्थानीय रेडियो प्रसारणमा लोडसेडिङले पुराएको प्रभावबारे अध्ययन गर्न केहि स्थानमा जाँदा गरिएका अनुभुतिहरु स्मरणयोग्य छन् ।
जेनेरेटरको आवाज परैसम्म घ्यार....घ्यार.. सुनिएको थियो, जब हामी हातमा स–साना टर्च लाइट लिएर साँझको अन्धकार चिर्दै ऐतिहासिक गोरखा बजारस्थित रेडियो गोरखातिर बढ्दै थियौं । स्टेशन प्रवेश हुँदा वडेमानको जेनेरेटरले हामीलाई उज्यालो दिंदै स्वागत गर्यो । रेडियोकर्मी साथीहरु ७ बजेको स्थानीय समाचार बुलेटिनमा व्यस्त थिए । कतै त्यो वडेमानको जेनेरेटरले धोका दिएर रेडियो प्रसारण रोकिए समाचार प्रसारण नहोला भन्ने चिन्ता उनीहरुमा देखियो । ‘ए जेनेरेटरमा तेल कति छ, हेर त’ त्यै बेलामा स्टेशन म्यानेजर किशोरजंग थापाले कसैलाई अह्राए । २ बजेदेखि लगातार जेनेरेटर चलाएर रेडियो प्रसारण गरिरहेको उनले हामीलाई बताए ।

बिहान गोरखा दरवार हेर्न उक्लदै थियौं । एक वृद्ध आँगनमा रेडियो सुनीरहेका थिए । फोटो खिच्न क्यामेरा सोझ्याएको मात्र थिए“, उनले प्वाक्क सोधे ‘बाबु, गोरखाको पानी पिउन कहिले आइपुग्नु भो ?’ हिजै आएको बताएपछि उनले भने– ‘बल्ल नेपाली भएछौं ।’ साथीहरु अघि बढे, मलाई भने वृद्धसंग थप कुरा गर्ने मन भयो । छेवैमा बस्दै भने– ‘बा, म त पहिलेदेखि नै नेपाली हुँ नी ।’ वृद्ध फिस्स हाँसे । २०३७ साल पौष २७ मा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले डुम्रे–गोरखा सडक खण्ड उद्घाटन गर्नेबेला ‘गोरखाको ऐतिहासिक माटोमा पाइला राखेपछि मात्र सच्चा नेपाली हुनेछ’ भनेर बोलेको सम्झी रहेका रहेछन् उनले।

१९९३ सालमा जन्मेका, प्रहरी सेवाबाट निवृत्त अर्याल थरका यी वृद्ध रेडियोलाई खुब प्रेम गर्दा रहेछन् । ‘बत्ती नभा’ले टि.भी. हेर्न पाउने कुरो भएन, त्यही माथि आँखा असाध्यै दुख्छ ।’ उनले रेडियो देखाउँदै भने– ‘यो नै मेरो बुढेसकालको साथी बनेको छ, जहाँ बोके पनि भैगो, देश विदेशका खबर पाइहालिन्छ ।’ पहिले रेडियो नेपालमा भरपर्ने उनी अचेल स्थानिय गोरखा एफएम सुन्दा रहेछन् । बिबिसी नेपाली सेवा सुन्ने आदत नै रहेछ । त्यसका लागि बेलुका ट्युनीङ मिटर बटारेर अन्य रेडियो स्टेशनतिर लैजाँदो रहेछन् । गोरखा एफएमबाट पनि बिबिसी प्रसारण प्रकृया अगाडी बढीरहेको अघिल्लै दिन स्टेशन म्यानेजर किशोरले सुनाएका थिए । बुढाको अनुहारमा चमक त देखियो तर शंका गरे–‘खै बाबु, बिजुली नआएपछि रेडियो नै बन्द पो हुने हो की !’ 

हाम्रो यात्रा लमजुङको बेसिंशहरस्थित रेडियो मर्स्याङ्दीतिर बढ्दै गर्दा गोरखामा झैं उर्जा संकट लमजुङको रेडियोमा छैन होला भन्ने लागेको थियो । तर जसै स्टेशनमा पुग्यौं, युपीएस व्याकअप पावरबाट आवाज सुनियो– ट्वुइक..ट्वुइक.. ट्वुइक.........। व्याकअप व्याट्री पूर्ण रिचार्ज हुन नपाएकाले युपिएसले अनौठो आवाज दिइरहेको थियो र केही समयमै रेडियो बन्द हुनेवाला थियो । 

एकविहान पोखरा सराङकोट पुग्यौं । गाउँ–गाउँमा खुलेको स्थानिय रेडियोहरुको प्रभावबारे छलफल भयो । स्थानीयलाई सु–सुचित गर्ने, मनोरञ्जन दिने मात्र नभई उनीहरुको क्षमता अभिवृद्धि र सचेतना बाँड्ने काममा उर्जा दिंदै आइरहेको रेडियो स्वयं अहिले उर्जाविहीन भएकोप्रति दुखेसो गरे ।

अर्कोदिन बाग्लुङ पुग्यौं । त्यहाँ पनि उस्तै हाल थियो। स्थानिय रेडियोमाथि सरकारले गर्दै आएको वेवास्ता र सौतेलो व्यवहारप्रति धेरैले आक्रोश पोखे । उनीहरुका अनुसार रेडियोकै कारण स्थानिय जनता चनाखो बनेका छन् । पहिले जस्तो नेता र टाठाबाठाले सोझालाई झुक्याउने अवस्था अब छैन । गाविसका रकम कहाँ र कसरी प्रयोग-दुरुपयोग भइरहेको छ, जनता आफैले खोज्न थालेका छन् । नबोल्नेहरु बोल्नसक्ने भएका छन् । सफलतादेखि पीरमर्का र समस्या बाँड्ने साझा चौतारीसम्म बनेको छ रेडियो भनेर उनीहरु चर्चा गर्दै थिए ।

 
लोडसेडिङ यस्तो घिटीघिटी अवस्थामा रहेर पनि रेडियोहरु अहिलेसम्म बाँची नै रहेका छन् । जनसमुदायलाई सुचना दिई नै रहेका छन् । अव त रेडियो प्रसारण स्थानीय स्तरमा मात्र सिमीत रहेको छैन । अनलाईन प्रशारणले विश्वलाई नै जोडेको छ । न्युयोर्क बसे पनि, लण्डन बसे पनि वा सिड्नी अथवा जोहन्सबर्ग, जहाँ बसे पनि रेडियोको अनलाईन प्रशारणले हामीलाई कहाँ के भै रहेको छ भन्ने घटनाको जानकारी दिई रहेको छ । १० बर्ष अघी म न्युयोर्कमा पहिलो पटक आउँदा नेपालको नाम सुन्न पाउँनु पनि मुस्किल हुन्थ्यो, गाउँघरको समाचार त परै जाओस् ! 
 
लेखक सोलु एफएमको सञ्चालक हुन ।
 

 

 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

 


Page 2 of 10