राष्ट्रपति भण्डारीद्वारा बहुमतीय सरकार गठनका लागि अाह्वान

June 1, 2017

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि राजनीतिक दललाइ अाह्वान गरेकी छन् । बिहिबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतको अाधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउनका लागि अाह्वान गर्नुभएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ११ गते राजीनामा दिएपछि राष्ट्रपतिले सातदिनभित्र सहमतीय सरकार गठनका लागि अाह्वान गरेकी थिइन् । सात दिन पुरा हुदाँ पनि सहमतीय सरकारको कुनै प्रयास नभएपछि राष्ट्रपतिले बहुमतीय सरकार बनाउन अाह्वान गरेकी हुन् ।

सम्बन्धित समाचार