अमेरिकामा रेस्टुरेन्ट व्यवसायी खरेललाई ‘बिजनेस पर्सन अफ दि इयर’ को उपाधि

June 16, 2017

एभरेस्ट टाइम्स/न्युयोर्क

रिजउड निवासी २२ वर्षे युवा व्यवसायी विकास खरेललाई रिजउड डेमोक्रेटिभ क्लबले यस वर्षको बर्ष व्यवसायी (विजनेस पर्सन अफ दि इयर)उपाधिबाट सम्मान गरेको छ । १ सय ९ वर्ष पुरानो संस्था डेमोक्रेटिभ पाटीका क्लबले हरेक वर्ष विभिन्न क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यस अन्र्तगत विकासलाई रिजउड क्षेत्रमा नेपाली रेस्टुरेन्ट स्थापना गरी स्थानीय समुदायमा व्यवसाय र रोजगारी सिर्जना गरेको भनी उक्त सम्मान प्रदान गरेको हो । उक्त सम्मान न्युयोर्क स्टेटको एसेम्बलीवोमेन क्याथरिन टि नोलेनले प्रदान गरेको हो ।


खरेल रिजउड निवासी व्यवसायी तथा नेपाली जनसम्पर्क समितिका महासमितिका सदस्य वेद खरेलका कान्छा छोरा हुन् । उनले बुबाले सन २०१२ स्थापना गरेको रिजउडस्थित नेपालिज इन्डियान रेस्टुरेन्टको व्यवस्थापन आफनो हातमा लिई छोटो समयमै ४ वटा रेस्टुरेन्ट खोल्न सफल भएका छन । सम्मानित भएपछि विकासले आफुले गरेको मेहेनतस“गै पाएको यो सम्मानले हौसला र खुसी मिलेको बताए । ‘नेपाली र अन्य समुदायलाई लक्षित गरी मैले गरेको व्यवसायलाई हौसलास्वरुप यो क्लबले गरेको सम्मानले मलाई थप जिम्मेवारीबोध र हौसला मिलेको छ,’ विकासले भने । चितवनका खरेल परिवारले नेल तथा रेस्टुरेष्ट व्यवसाय चलाउदै आएका छन् ।

सम्बन्धित समाचार