का‌ंग्रेस प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनित

January 9, 2018

काठमाडौं । नेपाली काँग्रेसले आफ्नो प्रवक्तामा पार्टी केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई मनोनित गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा मनोनयन गरेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जनाए ।

पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

सम्बन्धित समाचार