चाबहिल सिटीकाे रक्तदान तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न

September 26, 2018

काठमाडौं : लायन्स तथा लियाे क्लब अफ चाबहिल सिटीकाे अायाेजनामा बुधबार रक्तदान तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा ४० जनाले रक्तदान र ८९ जनाकाे मधुमेह परीक्षण गरेको कार्यक्रमका संयाेजक लायन जीवन वस्नेतले बताए ।

दीर्घायु गुरु अस्पताल, चाबहिलकाे प्राङ्गणमा ग्राण्डी अस्पतालकाे प्राविधिक सहयाेगमा हरेक हप्ता हुने कार्यक्रमकाे प्रमुख अथिति लायन्स क्लब अन्तर्राष्ट्रय ३२५ A2 का गभर्नर सुदर्शनधर प्रधानाङ्ग थिए ।

क्लबका अध्यक्ष लायन अजय खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रधानाङ्गले हरेक हप्ता संकलन फ्रेस रगतले अावश्यक विरामीलाई महत्वपूर्ण हुने बताए । कार्यक्रममा भाईस गभर्नर लायन शाेभा जाेशी, काठमाडाै महानगर ७ का वडा अध्यक्ष शुद्धकुमार डंगाेल, लायन मधुकर उपाध्याय, लायन दिपककृष्ण प्रजापती, लायन विधान जाेशी, लायन महाविर रिसाल लगायतले शुभकामना मन्तव्य दिए ।

सम्बन्धित समाचार