युक्रा न्यु इङ्ल्यान्ड च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

October 6, 2018

युनाइटेड  किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरको आयोजनामा न्यु हेम्प्शायर राज्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय  इन्स्टिच्युट अफ प्रोफेसनल प्राक्टिसको कार्यालय स्ट्राथाममा भएको रक्तदानमा रक्तदाताहरुको उल्लेख्य सहभागी थिए ।
कार्यक्रममा योग्य ३८ जनाले रक्तदान गरे । हरेक वर्ष किरात राईहरुको महान चाड साकेलाको उपलक्षमा गरिने रक्तदान यो वर्ष अमेरिकी रेडक्रसको व्यस्तताको कारण अन्तर्रास्ट्रिय मुटु दिवसको उपलक्ष्य पारेर गरिएको हो । कार्यक्रममा स्थानीय अमेरिकी नागरिकहरुसँगै बिभिन्न नेपाली संघ संस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
रक्तदानमा गैर आवासीय नेपाली संघ, न्यु हेम्प्शायर नेपाली समाज, न्यु हेम्प्शायर गुरुङ समाज, नेपाल आदिवासी जनजाति महासंघ हेम्प्शायर च्याप्टर, बुद्ध समाज हेम्प्शायर च्याप्टर, अन्तर्रास्ट्रिय साहित्य समाज न्यु हेम्प्शायर च्याप्टर, नेपाली जन सम्पर्क समिति न्यु हेम्प्शायर च्याप्टर,नेपाली संघीय समाज न्यु हेम्प्शायर च्याप्टर, नेपाली प्रवासी मंच हेम्प्शायर च्याप्टर लगाएतको सहभागिता थियो । न्यु हेम्प्शयारको सी कोस्ट, कंकार्ड,हुक्सेट,म्यान चेस्टर,नास्वा लगाएत अमेरिकाको बिभिन्न राज्यहरु म्यासाचुसेट्स बोस्टन,न्यु योर्कबाट समेत रक्तदाता आइपुगेका थिए ।
अर्गनाइजेसनका न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राईले सहभागी सबैलाई धन्यवाद दिँदै यस्तो मानवीय कार्यमा अझ आगामी दिनहरुमा सामुहिक रुपमा लाग्न सकियोस भनी अनुरोध गरेका थिए । उनले आफु सम्वद्ध अर्गनाइजेसनलाई अमेरिकी समाजमा पनि परिचित गराउँदै लाने अभियान अन्तर्गत साकेलाको उपलक्ष्यमा हरेक वर्ष रक्तदान गरिने र उक्त सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी रेडक्रसलाई आभार व्यक्त गरे । कार्यक्रममा अर्गनाइजेसनको सदस्यहरुको तर्फबाट मम, पिज्जा, फलफूल, चिया,कफी उपलब्ध गराईएको थियो ।
-सुरेश चाम्लिङ
न्यु हेम्प्शायरबाट 

सम्बन्धित समाचार