‘आइडिया एन्ड एन्टी करप्सन’ र ‘सत्यजीत रायका कथा’ एकसाथ विमोचित

January 12, 2018

काठमाडौं । डा देवेन्द्रराज पाण्डेको ‘आइडिया अफ इन्टिग्रिटी एन्ड दि युनिभर्स अफ करप्सन एन्ड एन्टी करप्सन’ र खगेन्द्र संग्रौला अनुदित ‘सत्यजीत रायका कथा’ एकसाथ विमोचन गरिएको छ ।

शुक्रबार कमलादीस्थित नेपालको प्रज्ञा प्रतिष्ठानमा एक समारोहकाबीच दुई कृतिहरु विमोचन गरिएको हो ।

डा पाण्डेको पुस्तक पूर्व सचिव कृष्ण ज्ञवाली, प्राध्यापक अमिना सिंह र आदित्य अधिकारीले विमोचन गरे भने खगेन्द्र संग्रौलाको अनुदिक कथा संग्रह ‘सत्यजीत रायका कथा’ माथि नारायण वाग्लेले विमोचन गरे ।

दुबै किताब रेड इन्कले बजारमा ल्याएको हो ।

सम्बन्धित समाचार