बिएनका चार पुस्तक एकैसाथ

June 9, 2018

काठमाडौं‌ । बिहिवार राजधानको पद्मकन्या कलेजमा एक साथ चार कृति सार्वजनिक भयो । कथाकार रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्ट(लघुकथा संग्रह) र खेमराज पोखरेलको राम शाहको चौतारो(लघुकथा संग्रह),सिमानामा आमा(लघुकथा संग्रह) र पगाहा(कथा संग्रह) गरी एकैसाथ चार पुस्तकको विमोचन राजधानीमा गरिएको हो ।

प्रा.डा.यादबप्रकाश लामिछाने, डा. रामप्रसाद ज्ञवाली, विमला नेपालका साथै सहभागीहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
रञ्जुश्रीको घाइते मनिप्लान्टमाथि टिप्पणी गर्दै समीक्षक विमला नेपालले समाजिक, राजनीतिक विषयबस्तुमाथि कथा लेखिएको बताइन् ।

त्यसैगरी खेमराज पोखरेलको कथा र लघुकथामाथि डा. रामप्रसाद ज्ञवाली र प्रा. डा. यादवप्रकाश लामिछानेले आ आफ्ना धारणा राखेका थिए । कथाकार पोखरेलले सिमानाको पीडा,महिलाका विषयबस्तुका साथै सामाजिक बिसंगति माथि सशक्त कथा लेखेको बिचार उनीहरुले ब्यक्त गरेका थिए ।

कथाकार पोखरेलले आफुले समाजमा देखेका कुरालाई इमानदारीपूर्वक लेखेको बिचार ब्यक्त गरे भने रञ्जुश्री पराजुली हाल अमेरिका रहेकीले कार्यक्रममा अनुपस्थित रहेको बिएन पुस्तक संसारका कार्यकारी प्रमुख सूर्य बिसीले जानकारी दिए ।
चारै वटा पुस्तक बिएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो ।

सम्बन्धित समाचार