अछाम, डोटी, डंडेलधुरा र कैलालीमा सत्ताधारीले बुथकब्जा गरेको एमालेको अारोप

June 28, 2017

काठमाडौं ।स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विभिन्न स्थानमा सत्ताको दुरुपयोग गरी बुथ कब्जा गरिएको भन्दै एमालेले त्यस्ता मतदान केन्द्रमा पुन मतदानको माग गरेको छ । तीनवटै प्रदेशको स्थानीय निर्वाचनमा सहभागि भएर मतदान गर्ने मतदाताप्रति धन्यवाद दिंदै एमालेले बुथ कब्जा भएका मतदान केन्द्रहरुको पुन मतदान माग गरेको हो ।

 

अछाम, डोटी, डंडेलधुरा र कैलाली लगायतका जिल्लाका मतदान केन्द्रहरुमा सत्ताको चरम दुरुपयोग गरी बुथकब्जा गरिएको भन्दै एमालेले ती मतदान केन्द्रहरुमा पुन मतदानको माग गरेको हो ।

सम्बन्धित समाचार