बोस्टनमा वैशाखी साँझ सम्पन्न

May 18, 2017

अप्रिल १८ । नेपाली परम्परा र संस्कृतिलाई जीवन्तता दिने उद्देश्यले हरेक वर्षझैँ शनिबार यहाँ नेपाली नयाँ वर्ष २०७३ को उपलक्ष्यमा एक भव्य कार्यक्रम सम्पन्न भयो ।
ग्रेटर वोस्टन नेपाली कम्युनिटी (जीबीएनसी) को आयोजनामा सम्पन्न वैशाखी साँझमा यस भेगका महिला पुरुष तथा बालबालिका समेत गरी करिब तीन सय मानिसहरु उपस्थिति थिए ।
कार्यक्रमका प्रमुख कलाकारका रुपमा गायिका नलिना चित्रकार थिइन् । चित्रकारले करिब आधा दर्जन गीत गाउँदा मञ्चमा उपस्थित दर्शकहरु नृत्यमा जमेका थिए । कार्यक्रममा शेखर निरालाको रिमिक्स नृत्य, अमरदीपको डीजे धमाकाका अतिरिक्त स्थानीय कलाकारहरु अर्पणा रावल, पूजा शर्मा, पूजा घिमिरेको गीत र नृत्यले दर्शकहरुले भरपूर आनन्द लिएका थिए । कार्यक्रममा हालै वोस्टनमा खुलेको हिमालयन हेरिटेज कल्चरल एकेडेमीमा प्रशिक्षण लिइरहेका ससाना भाइबहिनीहरुको प्रस्तुति रोचक थियो भने चन्द्रदेव मण्डलले हास्यव्यंग्य प्रस्तुत गरे ।
यस्ता कार्यंक्रमले मानिसहरुलाई सामाजिक हुन सहयोग पुर्याउँछ । यस्तो कार्यक्रम मलाई मन पर्छ तर नेपाललाई नाकाबन्दी गर्ने भारत र तिनैको भाषामा हिन्दी गीत बजाउनु चाहिँ राम्रो होइन रघु भट्टराईको प्रतिक्रिया छ ।
त्यस अवसरमा जीवीएनसीका अध्यक्ष राम थापाले सो कार्यक्रममा उपस्थित हुनुहुने सबै आगन्तुकहरुलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले नेपाली नेपालीबीच सान्निध्यता ल्याउने र आफ्नो संस्कार र रीतिरिवाजको झझल्को आउने भएकोले यो पर्वलाई प्रत्येक वर्ष जीवीएनसीले मनाउँदै आएको स्मरण गराए ।
सुजना राजकर्णिकार र अर्जुन जंग कुँवरले सन्चालन गर्नुभएको सो कार्यक्रममा जीवीएनसीका वरिष्ठ उपाध्यक्ष विष्णुमणि आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा बृद्धा महिला भगवती कार्कीले नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गरे ।

सम्बन्धित समाचार