‘ब्रेकअप’को ट्रेलर सार्वजानिक, आशिरमानको अपोजिटमा शिल्पा

January 21, 2019

काठमाडौं ।  नायक आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य अभिनय रहेको चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार राजधानीको पुतलीसडकस्थित बिग मुभिज सिनेमा हलमा एक कार्यक्रमबिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गर्दै उक्त फिल्म फागुन १७ गते बाट देशभरको हलहरुमा प्रदर्शन हुने जानकारी गराए ।

हेमराज बिसीको कथाा बनेको ‘द ब्रेकअप’लाई बिसीले नै निर्देशन गरेका छन् । चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

नरेन्द्र मैनालीले छायांकन गरेको ब्रेकअपलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

चलचित्रमा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीको संयुक्त लगानी रहेको छ ।

चलचित्रको यसअघि ‘आज हाम्रो’ र ‘हरपल’ बोलका दुई गीत सार्वजनिक भैसकेका छन् ।

सम्बन्धित समाचार