अर्थमन्त्री महराद्वारा १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत, गत वर्षभन्दा दुइ खर्ब बढी

May 29, 2017

काठमाडाैं । अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेट प्रस्तुत गरेका छन्।

सोमबार १ घन्टा ५० मिनेट लगाएर प्रस्तुत गरिएको बजेटमा चालु खर्चतर्फ ८ खर्ब, ३ अर्ब, ५३ करोड १४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब, २७ करोड ५९ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ।

स्थानिय तहका लागि पहिलो पटक एकमुष्ठ रुपमा २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ। यो कुल बजेटको १७.६ प्रतिशत रकम हो। स्थानिय तहअन्तर्गत गाउँपालिकाको लागि १० देखि ३९ करोड रुपैयाँ, नगरपालिकाको लागि १५ देखि ४३ करोड रुपैयाँ र महानगरपालिकाको लागि ५६ करोडदेखि एक अर्ब २४ करोड रुपैयाँसम्म बजेट विनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् ।

गत आर्थिक वर्षमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको थियो।

सम्बन्धित समाचार