मन्त्रिपरिषद् विस्तारः थपिए ११ मन्त्री, ४ राज्यमन्त्री, २२ सदस्यीय बन्यो मन्त्रिपरिषद्

March 16, 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाएका छन् ।

आज ११ मन्त्री र ४ राज्यमन्त्रीले शपथ लिएका छन् । अब मन्त्रिपरिषद् २२ जनाको बनेको छ ।

आज शपथ खाएका मन्त्रीहरु

प्रदीप ज्ञवाली- परराष्ट्र
रविन्द्र अधिकारी-पर्यटनमन्त्री
शेरबहादुर तामाङ-कानून, न्याय तथा संसदीय मामिला
गोकर्ण विष्ट-श्रम तथा रोजगार

रघुवीर महासेठ-भौतिक तथा योजना
जगत विश्वकर्मा-युवा तथा खेलकुद
विना मगर-खानेपानी तथा सरसफाई मन्त्रालय
शक्तिबहादुर बस्नेत-वन
वर्षमान पुन-उर्जा तथा जलस्रोत
गिरिराजमणि पोखरेल-शिक्षा तथा विज्ञान प्रविधि
चक्रपणि खनाल-कृषि तथा सहकारी

गोकुल बास्कोटा-सूचना सञ्चार राज्यमन्त्री

पद्मा अर्याल-स्वास्थ्य राज्यमन्त्री

धनबहादुर बुढा- संस्कृति

रामकुमारी चौधरी- कृषि तथा भुमिसुधार

सम्बन्धित समाचार