काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानको सहयोगमा संचालन गर्दै आएको निशुल्क अनौपचारिक बाल स्कुलका विद्यार्थीहरुको निबन्ध सुनेर अतिथि, शिक्षक र अभिभावक भावुक भएका छन् । देशका विभिन्न नौ जिल्लामा संचालित स्कुलका उत्कृष्ट एक एक जनाले आ-आफ्नो जिल्ला र स्कुलको प्रतिनिधित्व गर्दै मेरो समाज, मेरो सपना, मेरो भविष्य योजना, मेरो परिवार र…