गुफामा फसेका सबैको सकुशल उद्धार

July 10, 2018

बैंकक । थाइल्याण्डको थाम लुङ गुफामा थुनिएका १२ बालक तथा उनका फुटबल कोचको सकुशल उद्धार गएिको छ ।

थाइल्याण्डको वाइल्ड बोअर फुटबल क्लबका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका खेलाडीहरु १८ दिनदेखि गुफामा थुनिएका थिए । उनीहरु सबैलाई मंगलबा साँझ सम्म उद्धार गरिसकिएको थाइ नेभी सिलले जनाएको छ ।

त्यस्तै उनीहरुका लागि उद्धारमा गएका चार गोताखोर र चिकित्सकको पर्खाई गरिरहेको बताइएको छ ।

गुफामा फसेका मध्ये ८ जना बालकहरुको उद्धारका आइतबार र सोमबार गरिएको थियो। आज विहानै देखि बाँकी रहेका पाँच जनाको उद्धारमा उद्धारकर्मीहरु खटिएका थिए।

यी चार जना गत सोमबार बालकहरु फेला परेपछि उनीहरुसँगै यो ८ दिन गुफामै बसेका थिए ।

थाइल्याण्डका प्रधानमन्त्रीले उद्धार गरिएका बालकहरुको स्वस्थ्य उपचारर गरिरहेको बताएका छन् ।

यसैगरी रसियमा जारी विश्वकपमा फिफाले यो टोलीलाई निम्तो दिएकोमा स्वास्थ्य अवस्थ सुध्रन अझै कमजोर रहेकोले जान नसक्ने सम्भावना रहेको डेलीमेलले जनाएको छ । उनीहरुको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै डेलीमेलले उनीहरु सामान्य अवस्थामा फर्कन अझै एक हप्ता लाग्ने उल्लेख गरेको छ । विश्वकप फाइनल पाँच दिन पछि आइतबार हुने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार