यी हुन् सिडिओ महिला भएका ६ जिल्ला

December 5, 2019

काठमाडाै‌ं– सरकारले छ जिल्लामा महिलालाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ। भक्तपुर, रामेछाप, पर्वत, सिन्धुपाल्चोक, जुम्ला र हुम्लामा महिलालाई प्रमुख जिल्ला अधिकारी खटाइएको हो ।

भक्तपुरमा हुमकला अधिकारी, रामेछापमा लिलाकुमारी केसी पाण्डे, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बन्जाडे र हुम्लामा विनिता भट्टराइलाई सिडिओ खटाइएको छ।

यसैगरी, ४ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी महिला छन् । काभ्रेमा लक्ष्मीदेवी खतिवडा हुमागाईं, सिन्धुलीमा विजयाकुमारी प्रसाईं, रसुवामा सपनाकुमारी भट्टराई र डोल्पामा लक्ष्मीदेवी शर्मा सहायक प्रमुख जिल्ला अधिकारीमा कार्यरत छन्।

सम्बन्धित समाचार