सर्वनाममा छविरमणको ‘ग्रीनविचको साँझ’

September 26, 2018

शुभप्रभात राई / काठमाडौं

साहित्यकार छविरमण सिलवालको पछिल्लो समय फरक विधामा ‘ग्रीनविचको साँझ’ नियात्रा सार्वजानिक भएको छ।

बुधवार राजधानीको पुतलिसडकस्थित सर्वनाम नाटकघरमा ‘ग्रीनविचको साँझ’ नियात्रा अतिथि साथै दर्शक दिर्घामा बसेका साहित्यप्रेमिहरुले संयुक्त रुपमा विमोचन गरे।

साहित्य क्षेत्रमा कलम चलाउदै आएका सिलवालले यो पटक सात दिने लण्डन भ्रमणको क्रममा नियात्रा लिएर पाठकहरुको माझ आएका हुन्।

कार्यक्रममा साहित्यकार साथै लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक डा.लक्ष्मण प्रसाद गौतम, साहित्यकार रोज घिमिरे, समालोचक ज्ञानु अधिकारी, साहित्यकार तथा पत्रकार फुलमान बल लगायतको उपस्थिति रहेको थियो।

पुस्तकबारे साहित्यकार रोदनले जंगबहादुर राणाकै पाला देखिनै लेखिदै आएको नियात्रा कतिपयले त हेर्न पनि दिक्क लाग्ने खालको लेख्ने गरेको अवस्था रहेको बताए।

‘जंगबहादुरको बेलायती भ्रमण’ बाट लेख्न सुरु गरिएको नियात्रा पछिल्लो समय साहित्य क्षेत्रमा ईमान्दारी पूर्वक कलम चलाइरहेको छविरमणले लेखिएको नियात्रा पाठकले पढ्दा पाठकलाई नै यात्रा गरेझै अनुभव हुने उनले बताए।

समालोचक गौंतमले साहित्य क्षेत्रमा छवि को नयाँ छवि पाएको बताउदै नियात्रालाई सुरुदेखि अन्तिमसम्म नियाल्दा कतै पनि त्रुटी नभेटिएको दाबी गरे। उनले थपे, ‘लन्डन भ्रमण नेपालमै बसेर फिल गर्न सकिन्छ।’

समालोचक ज्ञानु अधिकारीले थपिन्, ‘आँखा र मन दुबैले लेखीएको पुस्तको हो ‘ग्रीनविचको साँझ। लण्डनको पर्यटन व्यावसाय, कृषि बजार, भौतिक संरचना लगायतका कुराहरु अति सौदर्यता पुर्वक प्रस्तुत गरिएको भन्दै पाठकले भरपुर मज्जा लिनेछन्।’

कार्यक्रममा साहित्यकार सुमन सौरभले ग्रीनविचको साँझको एक अंश बाचन समेत गरेका थिए।

लेखक सिलवालले लन्डन भ्रमण देखि पुस्तक लेखनमा मेत अत्यन्तै सहयोगी मनहरुको साथ पाएको प्रष्ट पार्दै भ्रमणलाई नियात्रामा परिणत गर्न कुनै पनि कठिनाई नपरेको बताए।

उनले ‘चाइना थाइपोला एक्सप्रेस’ नियात्रासमेत तयारी अवस्थामा रहेको र चाँडै सार्वजनिक गरिने जानकारी समेत दिए।

सिलवालको यो सातौँ पुस्तक शाब्दिक बुक्सले बजारमा ल्याएको हो । उक्त पुस्तकमा दश वटा नियात्रा समेटिएको छ, भने पुस्तकको मुल्य रु २ सय तोकिएको छ।

सम्बन्धित समाचार